Advertise here
यार्सा संकलनका लागि २० गते वन प्रबेश दिईन
Advertise here

जिल्लाको पुर्वि भेगका विभिन्न हिमाली पाटन क्षेत्रमा पाई यार्सा गुम्बा संकलनका लागि आउदो जेठ २० गते वन प्रबेश अनुमति दिईने भएको छ ।
सोमवार जिल्ला समन्वय समितिमा बसेको सर्व दलिय बैठकले मुगुम कार्मारोङ गाउँ पालिकाका संयोजक छिरिङ क्याप्ने लामाको संयोजकत्वमा यार्सा संकलन मुल व्यवस्थापन समिति गठन गरेको र मुल समितिले गाउँ पालिकाको वडा नम्बर २ मा निर्वाचित पदाधिकारीहरुलाई यार्सा संकलन तथा व्यवस्थापनको मुख्य जिम्मेवारी दिईए पछि जेठ २०
गते यार्सा संकलनका लागि वन प्रबेशको अनुमति दिईएको हो ।
वन प्रबेशका लागि रसिद काट्ने  जेठ १६ गते देखि १९ गतेसम्म रहने छ भने त्यसका लागि प्रबेश शुल्क जिल्ला भित्रका लागि एक हजार पाँच सय र जिल्ला बाहिरकका लागि दुई हजार लिईने यार्सा संकलन तथा व्यवस्थापन समिति मुगुम कार्मारोङ गाउँ पालिका वडा नम्बर २ मुगुले जनाएको छ । यार्सा संकलन गर्न जानेले आफ्नो परिचय खुल्ने कागजातहरु अनिवार्य साथमा बोक्न पनि अनुरोध गरेको छ ।

Advertise Here