Advertise here
दर्ता विनै सञ्चालनमा ग्रिल उद्योग
Advertise here

वैशाख २१ मुगु
सदरमुकाम गमगढीमा दर्ता नभएका दुई वटा ग्रिल उद्योग अबैध रुपमा सञ्चालन भईरहेको पाईएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिमा ग्रिल उद्योगको दर्ता गराई सञ्चालन गर्नु पर्ने भए पनि डेढ वर्ष यता देखि उद्योग दर्ता नगरि अर्को व्यवसायको पाना नम्बर राखेर उद्योग सञ्चालन भए पनि सम्बनिधत निकायले नियमन गर्न सकेको छैन । गमगढी बजारको नयाँ सडकमा सञ्चालनमा रहेको शुभ ग्रिल तथा ग्यारेज उद्योगको नाम साईन बोर्डमा राखे पनि यो उद्योग घरेलुमा दर्ता नभएको पाईएको छ । उसले  ग्रिल उद्योगको साईन बोर्डमा शुभ टे«डर्स एण्ड अडर्स सप्लायर्सको पाना नम्बर राखेर उद्योग सञ्चालन गरेको  छ । २०६५ सालमा  आफुले व्यवसाय दर्ता गरि कारोवारमा ग्रिल उद्योग सञ्चालन गर्ने उल्लेख गरेको तथा त्यति वेला गाडी आई नसकेकाले उद्योग सञ्चालन गर्न नसके पनि अहिले गाडी पुगे पछि उद्योग सञ्चालन गरेको उद्योगका सञ्चालक बखतबहादुर बढुवालले बताए । ग्यारेज उद्योगको दर्ता छुट्टै गर्नु पर्ने भए पनि दर्ता नगरी आफै साईन बोर्डमा ग्यारेज उद्योग उल्लेख गरेको बताए ।
त्यस्तै बजारमा सञ्चालनमा रहेको अर्को हिमाली चुल्हो उद्योगले पनि ग्रिल उद्योग दर्ता नगरेर ग्रिलको काम गरिरहेको छ । चुल्हो उद्योगले चुल्होको काम बाहेक ग्रिलको काम गर्न नपाउने भए पनि मुल्य अभिबृद्धि कर छलि गरिरहेको छ । मेरो चुल्हो उद्योगको व्यवसायमा मैले ग्रिलको काम गर्ने भनेर व्यवसाय थप गरेर काम गरि रहेको उद्योगका सञ्चालक अंकबहादुर विसीले बताए ।
 ग्रिल उद्योग सञ्चालन गर्दा अनिवार्य रुपमा घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गर्नु पर्ने घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय मुगुका कार्यालय प्रमुख विवेकजंग शाहीले बताए । घरेलुमा दर्ता भई सके पछि मात्र आन्तरिक राजश्व कार्यालयले पाना नम्बर दिन्छ नत्र दिदैन प्रमुख शाहीले भने । दर्ता नभई सञ्चालनमा आएको उद्योगलाई नितीगत दायरा पुरा गरि उद्योग सञ्चालन गर्न निर्देशन दिईने शाहीले बताए ।


Advertise Here