Advertise here
नेकपा माआवादी विप्लव समुहद्धारा निर्वाचन हुन नदिने तयारी
Advertise here

दान बहादुर बुढा
मुगु
नेकपा माओवादी विप्लव समुहले आफ्नो पकेट क्षेत्रमा आगामी वैशाख ३१ गते हुने निर्वाचन हुन नदिने रणनिती तयार गरेको बुझिएको छ ।
छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभा आफ्नो पकेट क्षेत्र भएको र त्यस गाउँमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने तयारीमा लागेको बताईएको छ । विशेष गरि उसले वडा तहमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट चुनावका लागि खडा भएका उम्मेदवारलाई अपहरण गर्ने सम्मको रणनिती तय गरिएको भन्ने बुझिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
 जिल्लाका अन्य क्षेत्रमा विप्लव समुहको प्रभाव शुन्य प्राय ः देखिएको र शोभा गाउँमा केहि उसका समर्थक देखिएकाले उनिहरुले धम्कि मात्र दिएको गरो छन । यसरी उम्मेदवारलाई अपहरण गर्ने कुरा जानकारीमा आए पछि सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्र्रहरी त्यस तर्फ पठाउने तयारी भईरहेको बुढाले बताए । जिल्लाभर अन्य क्षेत्रमा अवस्था शान्तिपुर्ण नै रहेको तथा मतदान केन्द्र खटिने कर्मचारी तोकिएको स्थानमा पुग्ने क्रम जारी रहेको उनले बताए । निर्वाचन अवरोधका लागि माओवादी विप्लव समुहका नेता कार्यकर्ता बाहिरी जिल्लाबाट समेत आएको जानकारी आफुले पाएको र निर्वाचनलाई शान्तिपुर्ण बनाउन उच्च सुरक्षा सर्तकर्ता अपनाईएको निर्वाचन सुरक्षाका लागि जिल्लाभर ३ सय ५७ जना म्यादी प्रहरी , ३ सय ३३ जना नेपाल प्रहरी  ८१ जना सशस्त्र प्रहरी र नेपालीलाई  एक नगरपालिका , तिन गाउँ पालिकाका सबै मतदान केन्द्रमा परिचालन गरिएको  र जिल्ला प्रहरी कार्यालयका डि एस पी सारदा प्रसाद चौधरीले बताइका छन जानकारी दिए ।





Advertise Here