Advertise here
कार्यालय प्रमुख नहुँदा योजना सम्झौता हुन सकेनन्
Advertise here


सुमन मल्ल जेठ २९ मुगु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकि रहँदा सरकारी कार्यालयमा कार्यालय प्रमुख नहुँदा धेरै विकास योजना सम्झौता हुन सकेका छैनन । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मुगुका कार्यालय प्रमुख, लेखापाल र सुब्बा समेत जिल्ला बाहिर गए पछि चालु आर्थिक वर्षमा सम्पन्न गर्नु पर्ने विकास निर्माणको योजनाको सम्झौता समेत हुन नसकेको पाईएको छ । कार्यालयका कार्यालय प्रमुख मोहमद तजमुल सरुवा भएर गए पछि उनको ठाउँमा आएका राजकुमार यादव जेठ ८ गते देखि १४ गतेसम्म हाजिर भएको देखिन्छ । उनि पन्ध्र गते देखि काजमा जिल्ला बाहिर गएको देखिन्छ । त्यस्तै लेखापाल सुरेश केसी र सुब्बा तिर्थराज शाही पनि १४ गते देखि नै जिल्ला बाहिर गएका छन । माथिल्लो तहका कर्मचारी सबै जिल्ला बाहिर गए पछि चालु आर्थिक वर्ष भित्र सम्पन्न गरि सक्नु पर्ने अधिकाँश योजनाहरु सम्झौता समेत हुन नसकेका र कति योजनाहरु छन भन्ने पनि आफुहरुले एकिन भन्न नसक्ने कार्यालयका निमित्त प्रमुख तथा खरिदार कृष्ण रावलले बताए । सोरु गाउँ पालिकामा रहेका योजनाहरुका सम्झौता भई सके पनि खत्याड गाउँ पालिका , मुगुम कार्मारोङ गाउँ पालिका योजना सम्झौता हुन नसकेको कार्यालयको भनाई छ । विकास निर्माणका योजनाहरु असार १५ गते सम्म सम्पन्न भई असारको २१ गते भित्र भुक्तानी लिई सक्नु पर्ने भए पनि खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयमा कार्यालय प्रमुख सहित माथिल्लो तहका कर्मचारी नहुँदा असार मसान्त सकिन एक महिना मात्र बाँकि रहँदा सम्म पनि योजना सम्झौता हुन सकेका छैनन ।

Advertise Here