Advertise here
मोटर साईकल दुर्घटना हुँदा एक घाईते
Advertise here


सुमन मल्ल जेठ २९ मुगु सदरमुकाम गमगढी बजारमा सोमवार अपरान्ह चार बजे तिर मोटर साईकल दुर्घटना हुँदा एक जना घाईते भएका छन । गमगढी बजारको नयाँ सडक देखि कृष्ण चोक तर्फ आउदै गरेको भे ६ प ६८३६ नम्बरको मोटर साईकल चोक नजिकै दुर्घटना हुँदा मोटर साईकल चालक छायानाथ रारा नगरपालिका वडा नम्बर १ निवासी रविनकुमार मल्ल घाईते भएका हुन । घाईते मल्ललाई थप उपचारका लागि जिल्ला अस्पताल पठाईएको गमगढी बजारमा रहेका कालिका मालिका प्रहरी चौकिले जनाएको छ ।

Advertise Here