Advertise here
१८ औ राष्ट्रिय सरसफाई सप्ताह सम्पन्न
Advertise here
रारा रेवार, जेठ २९ मुगु
जेठ २२ गते देखि सुरु भएको १८ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरि आईतवार सम्पन्न भएको छ ।
विहान ८ बजे जिल्ला अदालत चोकबाट ब्यानर पोष्ट कार्ड सहित सुरु गरिएको ¥यालीले बजार परिक्रमा गरि कृष्ण चोकमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी विजयराज पौडेलले समाजको सभ्यता र पहिचान नै स्वास्थ्य भएकाले सवैले वातावरणिय तथा व्यक्तिगत सरसफाईमा ध्यान दिनु पर्ने बताए । त्यस्तै छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले सरसफाई नगरपालिकाको पहिलो प्राथामिकतामा रहेकाले सवै गाउा वस्तिमा स्वच्छ नागरिक स्वच्छ वातावरण अभियान सञ्चालन गरि नगरवासीलाई स्वास्थ्य सम्बन्धि चेतना स्तर वृद्धि गर्दै मानसिक रुपमा सबैलाई स्वच्छ बनाउनु पर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतना मुलक सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।
Advertise Here