Advertise here
स्थानीयवासी नमिल्दा अपेक्षित राजश्व उठेन
Advertise here


जिल्लाको पुर्वी क्षेत्र मुगुम कार्मारोङ्घ गाउँ पालिका वडा नम्बर २ मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाईने यार्सा गुम्बा संकलनका लागि बन प्रवेश शुल्क यो वर्ष राम्रो संकलन हुन सकेन । स्थानीय तहको निर्वाचनमा सबै व्यस्त रहेकाले वन प्रवेशका लागि निर्धारित गरिएको समय पहिला नै धेरै मान्छेहरु बनमा प्रवेश गरेकाले राजश्व अघिल्लो वर्ष भन्दा ३४ लाख कम संकलन भएको दुई नम्बर वडा कार्यालयले जनाएको छ । विगतमा स्थानीयवासीको अगुवाईमा सुरक्षाकर्मि सहित बनमा गएर चोरहरु समातेर ल्याउने गरे पनि यो वर्ष गाउँलेहरु बीच विवाद भएका कारण पहिले नै बन प्रबेश शुल्क नतिरी बन गएकालाई ल्याउन नसक्दा ४१ लाख मात्र राजश्व संकलन भएको सबै संकलक बन प्रवेश गरि सके पछि सुरक्षा कर्मि सहित केही स्थानीयवासी रसिद बोकेर बनमा नै खटिएका छन ।

Advertise Here