नगरपालिकाका तिन वडा कार्यालय स्थापना
सरकारले थप जनशक्ति नपठाउन्जेल सम्म एकै जना सचिवले तिन वटै वडाको जिम्मेवारी सम्हाल्ने गरि वडा कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनाका क्रममा नगरपालिकाका मेयर हरिजंग शाहीले तत्काल तिन वडा एक जना सचिवले हेर्ने अवस्था रहेको र सम्बन्धित निकायलाई तत्काल थप जनशक्ति व्यवस्था गर्न अनुरोध गरि पठाउने बताए । नगर पालिका भित्रका विद्युत नपुगेका र सडक नपुगेका गाउँ बस्तिमा छ महिना भित्र विद्युतिकरण र सडक विस्तार गर्ने गरि तयारी तिब्र भईरहेको शाहीको भनाई थियो ।