Advertise here
विद्यालय नजाने शिक्षकलाई जागिरबाट हटाउन सकिने निर्देशक गौतमको भनाई
Advertise here


रारा रेवार, जेठ २९ मुगु सरकारको तलब खाएर विद्यालय नजाने शिक्षकलाई जागिरबाट हटाउन सकिने मध्य पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका निर्देशक हरि गौतमले बताएका छन । आईतवार गमगढीमा आयोजना गरिएको एक अन्र्तक्रिया कार्यक्रममा बोल्ने क्रममा राज्य कोषबाट तलब खाएर कसैले काम गर्दैन भने प्रमाण सहित लेखेर पठाए त्यस्ता शिक्षकलाई जागिरबाट आफुले हटाउने गौतमको भनाई थियो । बालबालिकाकालाई गुणस्तरिय शिक्षा दिन शिक्षक बनाईएको र काम गर्दैनन भने माया गरेर राख्न नसकिने गौतमले बताए । जिल्ला भित्रका सरकारी विद्यालयमा विद्यार्थी कसरी टिकाई राख्ने भन्दा पनि शिक्षकलाई कसरी टिकाउने भन्ने चिन्ता रहेको जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले बताए । शिक्षकहरुले काम नगर्नुमा कार्यालयमा जनशक्तिको अभाव रहेको तथा स्रोत व्यक्ति शैक्षिक शैलिले भन्दा प्रशासनिक शैलीबाट काम गरिरहेकाले केही समस्या आएको हमालको दावी छ । कार्यक्रममा सहभागिहरुले जिल्लाको शैक्षिक अवस्था दिन प्रतिदिन कमजोर हुँदै गएकाले शैक्षिक गुणस्तर कायम गर्न सबै आ आफ्नो क्षेत्रमा ईमान्दार हुनु पर्ने तर्क गरेका थिए ।

Advertise Here