Advertise here
लेक लागेर यार्सा संकलकको मृत्यु
Advertise here


रारा रैवार जेठ २९ मुगु जिल्लाको पुर्वी भेगको मुगुम कार्मारोङ गाउँ पालिका वडा नम्बर २ मुगु गाउँका पाटन क्षेत्रमा यार्सा संकलन गर्न गएका एक जना संकलकको लेक लागेर मृत्यु भएको छ । यार्सा संकलनका लागि हिमाली पाटन क्षेत्र ठुलो कोईकी भन्ने स्थानमा लेक लागेर विरामी परेका जुम्ला जिल्ला गोठी चौर गाउँपालिका वडा नम्बर ५ कुम्रीका २५ वर्षका गौरीलाल भण्डारीको आईतवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेक लागेर विरामी परेका भण्डारीलाई बोकेर ल्याउदै गर्दा मुगु गाउँ पुग्न एक घण्टा बाँकि रहँदा छोटी चौर भन्ने स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए । मृतक भण्डारीलाई बोकेर ल्याउने उनका साथी विरामी परेको र अरु मान्छे नहुँदा लास अहिलेसम्म दाह संस्कार हुन नसकेको प्रहरीको भनाई छ । मृतक भण्डारीका परिवारलाई विहानै खबर पठाई सकेको पनि प्रहरीले जनाएको छ ।

Advertise Here