बालबालिकाको पोषणमा सुधार ल्याउन सन्तुलित आहार र सरसफाईमा जोड दिनु पर्ने
०६ साउन,मुगु
मुगु जिल्लाको विकासको
आधारको रुपमा रहेका बालबालिकाको पोषणको स्थितिमा सुधार ल्याउन पहिले यहाँका
बालबालिकाको सरसफाइमा ध्यान दिन आवस्यक रहेका जनाइएको छ । बालबालिकाको पोषणमा
ध्यान दिने कुरा त सर्ब बिदितै भए पनि त्यो संगै सरसफाईमा ध्यान दिदा अझै उत्तम
हुने पोषण विज्ञ डाक्टर दिपिका ज्ञवालीले जानकारी दिनुभयो ।
आज बिहान रेडियो सौर्यदयको९२.४ मेघा हर्ज को रेडियो कार्यक्रम स्वास्थ्य सन्देशमा कुरा र्गदै
उहाँले यस्तो बताउनु भएको हो । नेपालको अन्य जिल्लाको तुलनामा मुगु्
जिल्लाका बालबालिकाहरुमा कुपोषण ज्यादा देखिएकोले यसको न्यूनिकरण गर्नको निमित्त
सकभर स्थानिय खानेकुराको प्रयोग गर्दा सहज हुने जानकारी दिनु भयो । त्यस्तै उहाँले
मुगु जिल्लामा पोषणको स्थितिमा सुधार ल्याउनको निमित्त खर्चिएको रकमको सहि सदुपयोग
हुने हो भन यहाँको पोषण स्थितिमा सुधार आउन सक्ने बिश्वास ब्यक्त गर्नु भयो ।
साथै रेडियोको बिकास बहस
कार्यक्रममा कुराकानि गर्दै राष्ट्रिय मानब अधिकार आयोग जुम्लाका निमित्त कार्यालय
प्रमुख राजेन्द्र न्यौपानेले अन्य जिल्लाको हकमा मुगु जिल्लाका बालबालिकाको पोषणको
स्थिति धेरै नाजुक देखिएकोले आफुहरुले यसलाई सुधारको निमित्त केन्द्रीय कार्यलयमा
पनि जानकारी गराईएको बताउनु भयो । बालबालिका , गर्भवती महिला तथा सुत्केरी महिलाले पोषणयुक्त सन्तुलित आहार खाना
पाउनु पर्ने मानव अधिकार, स्वास्थ्य
अधिकार रहेको न्यौपानेको भनाई थियो । मुख्य गरि कम जन्मान्तर र वाल विवाह नै
कुपोषणको पहिलो कारण रहेको न्यौपानेको तर्क छ ।
