Advertise here
बाढीमा वेपत्ता भएका परिवारलाई तत्काल चालिस हजार राहत दिईने
Advertise here

रारा रैवार
२१  असार, मुगु

असार १७ गते हिमाल बाट यार्सा गुम्बा संकलन गरि घर फर्किने क्रममा बाढीले बगाएर वेपत्ता भएका तिन जनाको परिवारलाई तत्काल चालिस हजारका दरले राहत उपलब्ध गराउने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले शनिवार हिमालबाट घर फर्किदै गरेको वेला जिल्लाको पुर्वी क्षेत्र मुगुम कार्मारोङ गाउँ पालिका वडा नम्बर ६ निवासी १६ वर्षका उर्गिन लामा, सोही वडा निवासी २७ वर्षका कुनक्याप लामा र ४० वर्षका तेन्जीङ लामाको सेरोग खोला तर्ने क्रममा माथीबाट आएको बाढीले बगाएर बेपत्ता बनाएको र उनिहरुको शव आजसम्म पनि नभेटिएकाले उनिहरुको मृत्यु भई सकेको ठहर गर्दै प्रति परिवार ४० हजारका दरले राहत दिने निर्णय गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
समितिले केही दिन अगाढी सोरु गाउँ पालिकाको गिलाह भन्ने स्थानमा आगलागि भएका आगलागि पिडीतलाई पाँच हजारका दरले राहत दिने समेत निर्णय गरेको छ । वर्षा सुरु भएसंगै हुनसक्ने दैवी प्रकोपलाई मध्य नजर गर्दै आवश्यक उद्धार र राहतका लागि तयारी रहन सवै क्षेत्रलाई निर्देशन समेत दिईएको छ । उद्धार सामग्री, राहत सामाग्री सदरमुकाम तथा तिन वटा गाउँपालीकामा तत्काल जम्मा गर्ने र उद्धारमा खटिने मानविय जनशक्तिलाई समेत तयारी अवस्थामा राख्न समितिले अनुरोध समेत गरेको छ ।

Advertise Here