Advertise here
आगामी आर्थिक वर्षका कार्य योजनामा बालबालिकाका सवाललाई समेट्ने सरोकारवालाको प्रतिबद्धता
Advertise here


रारा रैवार
२१  असार, मुगु

छायानाथ रारा नगरपालिकाका १४ वटै वडाहरुले आर्थिक वर्ष २०७४। ०७५ का लागि योजना तर्जुमा गर्दा बालबालिकाहरुका सवाललाई समेत सम्बोधन गर्ने सरोकारवालाले प्रबिद्धता जनाएका छन । 
बुधवार सदरमुकाममा आयोजना गरिएको एक कार्यक्रमका सहभागिहरुले आगामी वर्षका लागि योजना तर्जुमा गर्दा वडा र गाउँ स्तरबाट बालबालिका सहभागि गराई उनिहरुका सवालमा छनौट गरिएका योजनालाई नगर परिषदबाट पारित गर्ने प्रतिबद्धता गरिएको हो । हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक द्धारा आयोजना गरिएको स्थानीय निकायको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको सहभागिता, बाल मैत्री स्थानीय शासन सम्बन्धि शुभारम्भ परियोजनाको जानकारी कार्यक्रममा सहभागि भएका नगरपालिकाका सबै क्षेत्रका सरोकारवालाहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन ।
हिरिसडेकले नगरपालिकाका सबै वडाहरुमा बालबालिकालाई लक्ष्यीत गरि असार देखि पौससम्म यो परियोजना सञ्चालन गर्न लागेको हो ।

Advertise Here