Advertise here
अस्थायी शिक्षकको परीक्षा स्थगित
Advertise here

काठमाडौं, चैत १६ – आउँदो चैत २३ गते हुने भनिएको शिक्षकको आन्तरिक परीक्षा स्थगित भएको छ । 
शिक्षक सेवा आयोगले शुक्रबार सूचना सार्वजनिक गर्दै अहिलेलाई परीक्षा स्थगित गरिएको जनाएको छ । 
 
बिहीबार नै अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षाको स्थगनको माग राख्दैसयुक्त विद्यार्थी संगठनले एक घण्टा चक्काजाम गरेका थिए । 
उनीहरुले शिक्षक सेवा आयोगले लिइने परीक्षामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेका भन्दै परीक्षा स्थगितको माग गरी दिउँसो १२ देखि १ बजेसम्म माइतीघर मण्डलामा चक्का जाम गरेका थिए । 
विद्यार्थी संगठनले शिक्षा ऐन–२०२८ को नवाैँ संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेको भन्दै परीक्षा स्थगितको माग गरेका हुन ।



Source:http://ujyaaloonline.com/news/96269/teacher's-exam-postpond/

Advertise Here