Advertise here
देशको पूर्व र मध्ये भागमा मौसम बदली हुने
Advertise here


९ असार रारा रैवार मुगु
काठमाडौं उपत्यकामा आज दिनभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा अहिले पनि हल्का वर्षा भइरहेको छ । 

र दिनभरी बदली भइरहने मौसमविद् गंगा नगरकोटीले सीआईएनसँग बताउनुभयो । नगरकोेटीका अनुसार आज देशको पूर्व र मध्ये भागमा अधिकांश समय बदली रहन्छ ।

 पानी पर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिम क्षेत्रमा भने केही ठाउँमा मात्रै बदली हुने नगरकोटीले जानकारी दिनुभयो । 

यसैबीच,बाढी पूर्वानुमान शाखाका अनुसारआज देशको झापा, इलाम, ताप्लेजुङ, धनकुटा लगायतका जिल्लाका स साना खोलानालाहरुमा पानीको बहाब बढ्ने पूर्वानुमान छ तर खतराको तह पार हुने 

संभावना भने न्युन रहेको छ । देशका अन्य कुनै पनि प्रमुख नदीहरुमा आगामी ३ दिन बहाब उच्च हुने संभावना नरहेको शाखाले जनाएको छ । 

Advertise Here