Advertise here
कविता ( याद )
Advertise here


म यस्तो यादको खोजिमा निस्कदैछुँ
जुन याद आयो भने फेरि कहिल्यै याद नआओस् ।
आज पनि
सम्झनाको खामभित्र
आशुका अक्षर  र रगतका डिकाहालि कोरिएका
 यादका  पत्रै  पत्रहरु बोकेर
मेरो दिलको ठेगाना खोज्दै
मेरै मुटुमा बाँस बस्न आईपुग्यो
तिम्रो हुलाकि तस्विर
हुलाकि आईरहन्छ खबर ल्याएर
परदेशि कहिल्यै आउदैन अनुहार ल्याएर ।

तिम्रै यादका लामा लहरहरुले
यो मनको खुल्ला मैदानमा
अझ लामो पिङ बनाएका छन्
जुन पिङमा मेरो मुटुलाई रहरलाग्ने गरि राख्छन्
अनि डरलाग्ने गरि मच्चाईरहन्छन् ।
तिम्रो यादको लहरले मच्चाएको यो मुटु
कहिले रहर बन्छ उफ्रिन्छ
कहिले खण्डहर बन्छ टुक्रिन्छ ।

त्यसैले
म त्यस्तो यादको खोजिमा छुँ
जुन याद आयो भने फेरि कहिल्यै याद नआओस्

मेरो छातिभरि ढकमक्क फुलेको  बगैँचामा
तिम्रा यादका बयलगाडाहरु कुद्दा
रहरका गुलाबहरु फुल्ने आँटै गर्दैनन्
बिजयको गुराँस मुस्कुराउने मनै गर्दैनन्
सुनदरताको लज्जावति त्यसै खुम्चिन्छ ।
भावनाको मखमलि झनै वईलाउँछ ।

यदैयादको शिखर बाट जब म जुन नियाल्छु
जुनको चम्किलो प्रकाश मेरै आखामा हाम फाल्छ ।
अनि त्यो चाँदनि घेराले
तिम्रो चाँदनि चेहराको अझ बढि याद दिलाएर फर्किन्छ ।

झ्यालमा झुन्डिएको पर्दा बिस्तारै सारेर
जब तिमिले टेक्ने आँगन नियाल्छु ।
आँगनमै हुर्किएका एकजोडि परेवा उड्दै मेरो अंगालोमाआउँछन्
त्यो न्यानो अंगालो रित्तै छोडेर उड्दा
अझ बढ्चा तिम्रो अंजुलि र काखको याद दिलाउँछन् ।
हो ,त्यसैले
म त्यस्तो यादको खोजिमा छु
जुन याद आयो भने फेरि कहिल्यै याद नआओस्

अगेनोको चुलो भित्र मुढा बलेर
 खरानी बनिरहेछ
कोठा भित्रैको कालो आकासमा
धुँवाको राप उडिरहेछ
यो दिलको  दुलोे भित्र मुटु जलेर
 पानी पानी बनिरहेछ
मन भित्रैको रातो आकाशमा
यादको तातो वाफ उडिरहेछ ।

आजभोलि त यस्तो लाग्दैछ
खोला कुर्लेर नबग्ने भए
त्यो नदि पनि सुख्खा बगर बन्दो हो
याद जन्मेर मर्ने भए
त्यो कोमल मुटु पनि कडा पथ्थर बन्दो हो
आँशु उर्लेर नझर्ने भए
दुईटै परेलि जम्दो हो र चिसो वरफ बन्दो हो ।

त्यसैले
म त्यस्तो यादको खोजिमा छु
जुन याद आयो भने फेरि कहिल्यै याद नआओस् ।

घाम जन्मन्छ,सगसँगै छायाँ जन्माउँछ
घाम मर्छ , सगसँगै छायाँ अस्ताउँछ
तर ,
तिमीले नै जन्माई दिएका मेरा यादहरु
न सगसँगै जिउन सके न एक्लाएक्लै मर्न चाहन्छन ।

भमरा बत्तालिएर छुट्छन्
फुल भेट्छन्
तृप्ति हुन्छन् प्यास मेट्छन्
एवं रितले ।
यादहरु अत्तालिर उड्छन्
सिरानमै लुकेको तिम्रो हुलाकि तस्विर हेर्छन
झन् अतृप्त  भई फर्केर
मष्तीस्कको घारमा भुनभुनाईरहन्छन् ।
त्यसैले
म त्यस्तो यादको खोजिमा छु
जुन याद आयो भने फेरि कहिल्यै याद नआओस्।

लेखक चन्द्र प्रकाश बढुवाल मुगु 

Advertise Here