रारा रैवार सम्वाददाता
कार्तिक २२ मुगु
भारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा मुगु सदरमुकाम गमगढीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुल्ता दहन गरीएको छ । मुगु जिल्ला स्थित रारा क्याम्पस स्वतन्त्र विद्याथी युनियनका सभापती चन्द्र प्रकाश मल्ललेको अगुवाईमा विहिबार देखि जारी आन्दोलनमा को आज शुक्रबार दास्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुल्ता दहन गरीएको हो । आन्दोलनमा भारती बिरुद्ध चर्का चर्का नारा लगाउदै सदरमुकाम गमगढी बजार परिक्रमा गदै विरोध प्रर्दशनसमेत गरिएको छ । पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भुभाग एक ईन्च पनि गुमाउन हामी चाहदैनौ राज्यले आदेश मात्र देओस हामी मर्न पनि तयार छौ । कालापानी,लिपुलेख मात्र होईन नेपालको साविकको नक्शा नै बिग्रने गरि भारत र चिनले मिचेका नेपालका अन्य भुभागको समेत कुटनैतिक तबरबाट पहल गरि फिर्ता ल्याउन पनि आन्दोरत विद्यार्थीहरुले सरकार समक्ष माग गरेका छन ।विरोध ¥यालीमा सहभागीहरु नेपाली भुभाग फिर्ता गर,सिमा मिच्न पादैन यस्तो छिमेकी चाहिदैन,गोर्खालीका सन्तान हौ,पछि हामी हटदैनौ,अघि बढ सरकार हामी तिम्रो साथमा छौ जस्ता नारा लगाउदै र पेलेकाड बोकेर सदरमुकाम गमगढीको कृष्ण चोक,मिलन चोक अदालत चोक हुदै पुन कृष्ण चोक पुगेर बजार परिक्रमा गरेको अनेरास्वबियुका नेता जितेन्द्र बमले बताए प्रर्दशनमा,अनेराश्ववियका विद्यार्थी, कार्यकर्ता स्वतन्त्र युवाहरु, र राष्टिय लोक तथा दोहोरी प्रतिष्ठानका कलाकारको सहभागिता रहेको थियो ।
रारा रैवार सम्वाददाता
चैत १८ मुगु
जिल्ला कृषि बिकास बैक मुगुको ३७ लाख कर्जा अशुली गर्न समस्या भएको छ । २०७० साल देखि स्वरोजगार कर्जा र नियमित कर्जागरी ३७ लाख कर्जा अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङक मुगु शाखाले जनाएको छ ।
४१ जना संग स्वरोजगार कर्जा र १० जना संग नियमित कर्जा गरी ५१ जना ग्राहक बाट कर्जा सवा ब्याज अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङ्गक मुगु शाखाका प्रवन्धक जनक बहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार बारम्बार ग्राहकहरु लाई मौखिक र लिखित जानकारी संगै ताकेता गर्दा पनी ग्राहकले नसुनेको जस्तै गरेको बताउनुभयो । एक हप्ता भित्र सवा ब्याज नबुझाएका धितो लिलाम गरीने कृषि बिकास बैक मुगुले जनाएको छ ।
नन्द बहादुर रोकाया
साउन १५ मुगु
छायाँनाथ रारा नगरपालिकाले
आगामी आर्थिकबर्ष २०७५।७६ को बजेट सार्व्जिनक गरेको छ । आज एक औपचारी कार्यक्रम गरी नगरपालिका प्रमुख हरि जगं शाहीले तेस्रो नगर सभामा बजेट सार्वजनिक गरेका हुन् । छायाँनाथ रारा नगरपालीकाले आर्थिक वर्ष ०७५र०७६ को लागी ४७ करोड ४२ लाख ६० हजार ५ सय ७० बजेट सार्वजनिक गरीएको हो । नगरपालिकालाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले शहरी सुविधायुक्त, राजनैतिक हिसावले समाबेशी सहभागीता , वाताबरणिय रुपले स्वस्च्छ, सफा तथा ब्यावस्थापकिय रुपले सुव्यवस्थित नगरको रुपमा बिकास गर्ने लक्ष्य का साथ बजेट सार्वजनिक गरीएको नगुप्रमुख शाहीले बताए ।
आर्थिक बिकास
छायाँनाथ रारा नगरपालीकाको कृषि उत्पादन वृद्धि गर्ने खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेती योग्य जमिनको समूचित प्रयोगको नीति लिएको छ । दुध फुल माछ मासु उत्पादनमा आत्मनिर्भर, कृषि वस्तुको उत्पादनलाई प्राथमिकतामा नगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालीकाले पर्यटन क्षेत्रको बिकास का लागी ५ वर्ष्िभत्र रारा , छायाँनाथ, थापर्, चंखेली क्रृणमोक्ष, मा पर्यटन सख्यामा दोब्बर बनाउने निति लिईएको छ । पर्यटक आउने मार्गको बिस्तारगर्ने पर्यटन क्षेत्रको बिकास का लागी रारा अभियान लगायत कार्यक्रम गरी गरीने जनाईएको छ । यसै बिच नगरपालीको समृद्धिका लागी रोजगारी तथा गरिबि निवारण जस्ता कार्यक्रम गरीने नितिमा उल्लेख गरीएको छ ,। जस्का लागी नगरपालीकाले आर्थिक बिकास अन्तरगत रोजगारी तथा गरिबी निवारण कार्यक्रमा १ करोड ५० लाख, कृषिमा ३२ लाख , उद्योग तथा वाणिज्यमा ३० लाख ५० हजार पर्यट १ करोड ७४ लाख सहकारीमा ४० लाख रकम गरी आर्थिक, बिकासको शिर्षकमा जम्मा ४ करोड २६ लाख ५० हजार रकम विनियोजित गरीएको छ ।
सामाजिक बिकास
छायाँनाथ रारा नगरपालिकाले कक्षा ५, ८, एस ई ई र १२ कक्षाको बोर्ड परिक्षमा उत्कष्ट नतिजा प्राप्त गर्ने बिद्यालयमा उपल्बधिको आधारमा बिशेष अनुदानको ब्याबस्था गर्ने भएको छ । विपन्न तथा गरिब परिवारका उत्कृष्ट बिद्यार्थी लाई उच्च शिक्षका लागी अध्यन गर्ने बिद्यार्थीलाई सहयोग गर्ने निति लिएको छ । शारीरिक मानसिक सामाजिक रुपमा स्वस्थ जन, छायाँनाथ राराको धन भन्ने नाराका लाई साहाकार पार्न प्रथामिक स्वास्थ्य केन्द्र स्यास्थ्य चौकि तथा आयुर्वेद औषधालयको भौतिक अबस्था सुधार र स्रोत साधनमा वृद्धि गरीने छ । महिला शसक्तिकरण खानेपानी तथा सरसफाई सामाजिक बिकास बातबरण तथा विपत ब्याबस्थापन सुशासन बस्ती बिकास का कार्यक्रमलाई प्रथामिकता दिई कार्यन्वयनमा ल्याईने छायाँनाथ रारा नगरपालीकाले जनाएको छ ।बेरोजगार बर्ग लाई स्वरोजगार बनाउन मेयर रोजगार कार्यक्रम तथा खेल क्षेत्रको बिकास गर्न मेयर कपको कार्यक्रम गरीने नगरपालीकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । जस्का लागी सामाजिक बिकास अन्तरगत शिक्षामा १ करोड ३२ लाख ५० हजार,स्वास्थ्यमा १९ लाख ५० हजार, खानेपानी तथा सरसफाईमा ९१ लाख संस्कृति प्रवद्र्धनमा ३३ लाख ४४ हजार खेलकुद तथा मनोरञ्जन २२ लाख लैगिक समानता तथा सामाजिक समाबेशिकरणमा ६१ लाख रकम गरी जम्मा ३ करोड ५९ लाख ४४ हजार विनियोजित गरेको छ ।

पुर्वधार बिकास
नगरपालीकाले नगरका १४ वटै वडामा सडक संजाल जोडी गाउँ नगर लाई एक आपसमा जोड्ने ,एक गाउँ एक आर.सि.सी. सडक एक बस्ती एक ग्राभेल सडक तथा सडक गुरु योजना निर्माण, गमगढी चक्रपद संगै सिचाईमा ब्यबस्थित गर्ने नीतिमा उल्लेख छ ।एक बर्ष भित्र उज्यालो घर ,राम्रो नगर बनाउने र २१ शताब्दीमा पनी अध्यारोमा बस्न बाध्य भएहका समुदायका लागी सोलार जडान गरीने र उज्यालो बजारका रुपमा रुपान्तरित गर्न बजार क्षेत्रमा सोलार बत्तीको ब्याबस्था गर्ने नगर २१ औ शताब्दी सञ्चारको दुनियाँ भएको सञ्चारको बिकास गर्ने बताईएको छ । जस्का लागी स्थानीय सडक,पुल तथा झोलुङ्के पुलका लागी ४ करोड २७ ला २० हजार , सिंचाईमा ४० लाख , भवन तथा सहरी बिकास ८१ लाख उर्जामा ४ लाख सञ्चारमा ९ लाख रकम गरी जम्मा ५ करोड ६१ लाख २० हजार विनियोजित गरीएको छ । यसै बिच वातावरण तथा विपत ब्याबस्थापनमा ५४ लाख, सस्थागत बिकास सेवा प्रवाह र शुसानमा २ करोड ९ लाख विनियोजित गरीएको छ भने जम्मा पुंजिगत तर्फ १६ करोड ८५ लाख १४ हजार रकम विनियोजित गरीएको छायाँनाथ रारानगरपालीकाले जनाएको छ

यसै बिच आर्थिक बर्ष २०७५÷७६को चालु तर्फ खर्च ब्यहोरि र्ने स्रोतमा , आन्तरिक आम्दानिक ५० लाख ,नेपाल सरकारको निशर्त अनुदान १२ करोड ८३ लाख , नेपाल सरकारको सशर्त अनुदान १८ करोड १२ लाख, नेपाल सरकार राजस्व बाँडफाँटबाट प्राप्त हुने ७ करोड ३३ लाख ५० हजार , कर्णाली प्रदेश सरकारको निशर्त अनुदान ५१ लाख १५ हजार, कर्णाली प्रदे सरकार राजस्व बाँडफाँटबाट प्राप्त ३ लाख ७३ हजार तथा अनुमानित बजेट सामाजिक सुरक्षा ५ करोड ३० लाख ८ हजार ४ सय, विभिन्न कार्यक्रम गै स स १ करोड ४६ लाख १४ हजार १ सय ७० , गत बर्षको अ ल्या २ करोड गरी कुल बजेट ४७ करोड ८२ लाख ६० हजार ५ सय ७० रकम विनियोजित गरीएको छ । गत आर्थिक बर्षको संचित कोष फिर्ता ६ करोड ९४ लाख ९२ हजार ४सय ४८ रहेको छ । बजेट सार्वजनिक कार्यक्रमा जिल्ला स्थित सरोकारवा निकाय सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख, सबैको सहभागीता थियो । सहभागी सबैले नगर समृद्धीका लागी छायाँनाथ रारा नगरपालीका ल्याएको बजेटको प्रशंसा गरेका थिय ।।
नन्द बहादुर रोकाया
असार २८ मुगु छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक २०७५।७६ को नीति तथा कार्यक्रम सार्वजिनक गरेको छ । नगरपालिका प्रमुख हरि जगं शाहीले तेस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नगरपालिकालार्इ आर्थिक रुपले सम्पन्न, भौतिक रुपले शहरी सुविधायुक्त, राजनैतिक हिसावले समाबेशी सहभागीता , वाताबरणिय रुपले स्वस्च्छ, सफा तथा ब्यावस्थापकिय रुपले सुव्यवस्थित नगरको रुपमा बिकास गर्ने लक्ष्य छ ।
नगरपालीकाले नगरका १४ वटै वडामा सडक संजाल जोडी गाउँ नगर लाई एक आपसमा जोड्ने ,एक गाउँ एक आर।सि।सी। सडक एक बस्ती एक ग्राभेल सडक तथा सडक गुरु योजना निर्माण, गमगढी चक्रपद संगै गमगढी बजारमा लथालिगं रहेका टेलिफोन तार विधुतका तार खानेपानीका पाईप ब्यबस्थित गर्ने नीतिमा उल्लेख छ ।
एक बर्ष भित्र उज्यालो घर ,राम्रो नगर बनाउने र २१ शताब्दीमा पनी अध्यारोमा बस्न बाध्य भएहका समुदायका लागी सोलार जडान गरीने र उज्यालो बजारका रुपमा रुपान्तरित गर्न बजार क्षेत्रमा सोलार बत्तीको ब्याबस्था गर्ने नगर प्रमुख शाहीले बताए ।
नगरपालिकाले कक्षा ५, ८, एस ई ई र १२ कक्षाको बोर्ड परिक्षमा उत्कष्ट नतिजा प्राप्त गर्ने बिद्यालयमा उपल्बधिको आधारमा बिशेष अनुदानको ब्याबस्था गर्ने भएको छ ।

विपन्न तथा गरिब परिवारका उत्कृष्ट बिद्यार्थी लाई उच्च शिक्षका लागी अध्यन गर्ने बिद्यार्थीलाई सहयोग गर्ने निति लिएको छ ।
यसैविच शारीरिक मानसिक सामाजिक रुपमा स्वस्थ जन, छायाँनाथ राराको धन भन्ने नाराका लाई साहाकार पार्न प्रथामिक स्वास्थ्य केन्द्र स्यास्थ्य चौकि तथा आयुर्वेद औषधालयको भौतिक अबस्था सुधार र स्रोत साधनमा वृद्धि गरीने छ ।
कृषि उत्पादन वृद्धि गर्न खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेती योग्य जमिनको समूचित प्रयोगको नीति लिएको छ ।
दुध फुल माछ मासु उत्पादनमा आत्मनिर्भर, कृषि वस्तुको उत्पादनलाई प्राथमिकतामा नगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पहाड नगरपालीकाले पर्यटन क्षेत्रको बिकास का लागी ५ वर्ष्भित्र रारा , छायाँनाथ, थापर्, चंखेली क्रृणमोक्ष, मा पर्यटन सख्यामा दोब्बर बनाउने निति लिईएको छ ।
पर्यटक आउने मार्गको बिस्तारगर्ने पर्यटन क्षेत्रको बिकास का लागी रारा अभियान लगायत कार्यक्रम गरी गरीने जनाईएको छ यसै बिच नगर पालीको समृद्धिका लागी रोजगारी तथा गरिबि निवारण, महिला शसक्तिकरण
खानेपानी तथा सरसफाई सामाजिक बिकास बातबरण तथा विपत ब्याबस्थापन सुशासन बस्ती बिकास का कार्यक्रमलाई प्रथामिकता दिई कार्यन्वयनमा ल्याईने छायाँनाथ रारा नगरपालीकाले जनाएको छ ।
बेरोजगार बर्ग लाई स्वरोजगार बनाउन मेयर रोजगार कार्यक्रम तथा खेल क्षेत्रको बिकास गर्न मेयर कपको कार्यक्रम गरीने नगरपालीकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
असार १७ रारा रैवार मुगु

छायाँनाथ रारा नगरपालीका वडा नं ११ किसानले उन्नत सिमी खेती सम्बन्धि तालीमा पाए पछी खुसी भएका छन । वडा नं ११ का सबै गाउँभरीका किसानले उन्नत सिमी सम्बन्धिको तालीम पाए पछी खुसी भएका हुन । छायाँनाथ रारा नगरपालीकाको आर्थिक सहयोगमा तथा नारी उत्थान तता सचेतना केन्द्र मुग्ुको आयोजनामा ३ दिने आधुनि सिमी खेति सम्बन्धिको तालीममा छायाँनाथ रारा नग।पालीका वडा ११ का १०६ घरदुरीका किसान सहभागी भएका थिय । नारी उथान तथा सचेतना केन्द्र मुगुले वि
गतका बर्ष हरुमा समुहमा सिमि खेती सम्बन्धि तालीमा दिईै आएको भए पनी यो बर्ष भने गाउँ भरीका किसान लाई उन्नत सिमि खेती सम्बन्धि तालीमा दिईएको नारी उथान तथा सचेतना केन्द्र मुगुका अध्यक्ष चेतना शाहीले बताउनु भयो । बिगत बर्ष देखि नारी उत्थान तथा सचेतना केन््रदू मुगुले छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान हरु लाई समुहमा तालीम तथा सिमिको बिउ लगायत पोषण स्थिीमा सुधार ल्याउ बिभिन्न कार्यक्रम गदै आएको छ । सिमि खेतीको तालीमा पाए संगै किसान हरु बिगतमा गर्ने सिमी खेतीले खासै फल प्राप्त गर्न नसकेका भएपनी अब गर्ने सिमी खेतीले केहि प्रतिफल पाप्त गर्ने भन्दै खुसी देखिएका छन । बिगतका दिनमा बारीमा सिमि त लगाईन्थायो तर उत्पाद भने खासै नहुने गरेको किसान पार्वती बुढाले बताउनुभयो । सिमी लगाउने बेला जथाबाभि छकिर्ने र गोडमेलमा ध्यान नदिने गरेका भएपनी अब गर्ने सिमीको बारेमा थाहापाएपछी सिमीको रोप्ने देखि गोडमेलमा लागी परेको उहाँले बताउनु भयो ।
असार १३ रारा रैवार मुगु
सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध ढंगले काम गरिरहेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला,
बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापाले मन्त्रालयमाथि सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै सडक बालबालिको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिइएको बताउनुभयो ।
ज्येष्ठ नागरिकको संरक्षणका लागि ज्येष्ठ नागरिक ऐनको परिमार्जन प्रक्रिया अगाडि बढाइएको बताउँदै उहाँले हरेक प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्ने, बीमा तथा समाजिक
सुरक्षालगायत अन्य विषयमा सरकारले ध्यान दिइएको र यस सम्बन्धमा आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो ।
मन्त्री थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरकारले विशेष कार्यक्रम लागू गरेको तथा मुलुकका विभिन्न दश जिल्लामा पुनःस्थापना केन्द्र निर्माणको काम शुरु भएको बताउनुभयो ।
श्रम तथा समाजिक सुरक्षा मन्त्रालयको समन्वयमा वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र बेचबिखन नियन्त्रणका लागि प्रयास भइरहेको बताउँदै उहाँले सरकारले आगामी आवमा मानव बेचबिखन तथा जोखिम नियन्त्रणका लागि विशेष कार्यक्रम शुरु गर्न लागेको जानकारी दिनुभयो ।
मन्त्री थापाले महिलालाई रोजगारी तथा समाजिक सुरक्षाका लागि कार्यक्रम अगाडि सारिएको र संविधानप्रदत्त समानुपातिक तथा समावेशी कानूनको प्रबन्ध गरिन लागेको बताउनुभयो ।
सामाजिक कुरुतीका रूपमा रहेको छाउपडी प्रथा नियन्त्रणका लागि विशेष अभियान शुरु गरिएको उल्लेख गर्दै उहाँले महिला हिंसा नियन्त्रणका लागि प्रभावकारी अभियान शुरु गरिएको तथा विकृति, विसंगति नियन्त्रणका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको स्पष्ट पार्नुभयो ।
मन्त्री थापाले अपांगता भएका व्यक्तिको अधिकारका लागि पनि सरकारले ऐन तथा नियमावली निर्माणमा जोड दिएको उल्लेख गर्दै उनीहरूका लागि सहायक सामग्री उत्पादन र सहज आवागमनका लागि अपांगमैत्री भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।
मुलकमा ४८ हजार बढी गैरसरकारी संस्था र २५० अन्तर्राष्ट्रिय संघ संस्थालाई व्यवस्थापनका लागि गैरसरकारी ऐन प्रतिस्थापनको प्रक्रिया अगाडि बढाइएको तथा त्यस्ता संघ संस्थालाई सरकारको योजना र प्राथमिकताका क्षेत्रमा लगानी तथा खर्च गर्ने व्यवस्था गराउन गृह मन्त्रालयको समन्वयमा काम भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
मन्त्री थापाले आगामी पाँच वर्षभित्र ज्येष्ठ नागरिकलाई पूर्व प्रतिबद्धताअनुसार नै मासिक रु पाँच हजार ज्येष्ठ नागरिक सुरक्षा भत्ता उपलब्ध गराइने स्पष्ट पार्दै भृकुटीमण्डपमा रहेको मन्त्रालय मातहतका कार्यालयको व्यवस्थापनमा जोड दिइएको र त्यसका लागि कानूनी तथा नीतिगत व्यवस्था गर्न लागिएको बताउनुभयो ।
मन्त्री थापाको जवाफमा चित्त नबुझेको भन्दै सांसद प्रेम सुवाल, लक्ष्मीकुमारी चौधरी, विमला नेपाली, दुर्गा पौडेल, सरिताकुमारी गिरिले स्पष्टीकरण माग्नु भएको थियो । विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयको छलफल बुधबार पनि जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते बिहान ११ बजे बस्नेछ ।
रासस
वाईसीएलले नियन्त्रणमा लिएको ट्रक
१९ चैत, काठमाडौं । भारतबाट अवैधरुपमा भित्राइएको ८ टन कुखुराको मासु वाईसीएल चितवनले बरामद गरेको छ । गएराति बरामद भएको मासु र ट्रकलाई प्रहरीको जिम्मा लगाइएको छ । भैरहवा भन्सारबाट भारतीय नम्बर प्लेटको यूपी ७० बीटी १७७६ नम्बरको ट्रकमा लोड गरिएको बोनलेस मासु बरामद गरेर रामनगर प्रहरीलाई जिम्मा लगाइएको हो । सो टोलीमा वाईसीएल इन्चार्ज मधु न्याैपाने, कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेल, वाईसीएल केन्द्रीय सदस्यहरु उत्तम गुरुङ र साजन अधिकारी, वाईसीएल जिल्ला संयोजक ईश्वर रेग्मी, वाईसीएल भरतपुर महानगर १० का अध्यक्ष दिपन्द्र पण्डित, वडानम्बर २ का अध्यक्ष अमर तामाङ र भानु न्यौपाने सहभागी थिए ।
वाईसीएल टोलीले नवलपरासीको दुम्कीबासबाट पिछा गर्दै रामनगर पानी ट्यांकीमा आएर ट्रकसहित मासु नियन्त्रणमा लिएका थिए ।भन्सारको कागजमा माछा, केराउ, मकै, आलु र आलु चिप्स उल्लेख भएपनि ट्रकभित्र हेर्दा मकै र चिप्सको बीचमा बोनलेस कुखुराको मासु भेटिएका वाईसीएल चितवनका नेता साजन अधिकारीले जानकारी दिए ।
Source:https://www.onlinekhabar.com/2018/04/669485
१६ चैत, काठमाडौं । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको साक्षेप संसदलाई जानकारी गराएका छन् ।
अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिने अवस्था आएको बताए ।
देशको समग्र आर्थिक अवस्थाको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले स्थापित मान्यता विपरीत कर छुट दिने गरेको पाइएको बताए ।
उनले अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक बताउँदै उनले गैरबजेटरी खर्चका नियन्त्रण हुन नसकेको बताए ।
उनले संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको बताए । ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु लगायतका कारण पनि समस्या आएको औंल्याए ।
खतिवडाले राजश्व प्रणाली नतिजामुखी नहुनुले पनि चुनौती थपेको बताए ।
Source:https://www.onlinekhabar.com/2018/03/668933
१४ चैत, काठमाडौं । सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ।
अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन् ।
यसमा श्रेाणिविहीन समावेश भएको छैन । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ ।
२५ हजार जनसंख्या भएका गाउँपालिका ३३४ छन् भने त्यसमाथि जनसंख्या भएका गाउँपालिका १२६ छन् । यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजारसम्म जनसंख्या भएका नगरपालिका १५१ र ७५ हजारसम्म जनसंख्या भएका नगरपालिका १६८ छन् ।
यस्तै त्यसभन्दा धेरै जनसंख्या भएका नगरपालिका २६ वटा छन् भने उपमहानगर ११ महानगर ५ र संघीय राजधानी भएको महानगर एक वटा छन् । ७७ वटा जिल्ला समन्वय समितिसहित स्थानीय तहको संख्या ८३० पुग्छ ।
बैठकले स्थानीय तहको सेवाप्रवाह सम्वन्धी २०७४ पास भएको छ ।
कुन मन्त्रालयमा कति कटौती ?
मन्त्रिपरिषद् बैठकले संघमा रहने २१ मन्त्रालयको संगठन संरचना र दरबन्दी पारित गरेको छ । संघको मन्त्रालयमा रहने दरबन्दी ३२६० बाट २६५४ मा झारिएको छ ।
| मन्त्रालय | विद्यमान दरबन्दी | नयाँ कायम दरबन्दी |
| प्रधानमन्त्री कार्यालय | १५८ | ३०२ |
| ऋर्थ | २२७ | १५२ |
| उद्योग | ११२ | ११७ |
| कृषि | ३२५ | १७९ |
| खानेपानी | ७७ | ६८ |
| गृह | ३०७ | २२६ |
| परराष्ट्र | १४१ | १४१ |
| भौतिक पूर्वाधार | १०६ | ९४ |
| महिला | ८० | ८६ |
| खेलकुद | ६६ | ५६ |
| रक्षा | ९८ | ९८ |
| वन | १६१ | १३० |
| सहरी विकास | १०२ | ७७ |
| शिक्षा | २२६ | १८७ |
| श्रम | ६७ | ७२ |
| पर्यटन | १०६ | ८४ |
| सामान्य प्रशासन | ३३१ | १७४ |
| सञ्चार | ७५ | ८५ |
| स्वास्थ्य | १११ | १०६ |
२०७४ चैत १५ गते २:३० मा प्रकाशित (२०७४ चैत १४ गते २१:३१मा अद्यावधिक गरिएको)
Source:https://www.onlinekhabar.com/2018/03/668552
राजु लामिछाने
रुकुम, चैत १४ – तरकारीको बिउ उत्पादनका हिसाबले पकेट क्षेत्र मानिएको जिल्लामा क्रियाशील एक सहकारी संस्थाले तरकारीको उन्नत बिउ बिक्री गरेर सवा दुई करोडभन्दा बढी आम्दानी गरेको छ ।
समशितोष्ण उन्नत बिउ उत्पादन कृषि सहकारी संस्था चौरजहारी नगरपालिका – १० ले तीन वर्षमा तरकारीको उन्नत बिउ मात्रै विक्री गरेर दुई करोड २१ लाख ८० हजार रुपैयाँको कारोबार गरेको हो । सहकारीमा आवद्ध किसानहरुले गरेको बिउ उत्पादन र त्यसबाट भएको विक्रीको जोड्दा दुई करोड २१ लाख ८० हजार रुपैयाँ भएको सहकारीका अध्यक्ष गोपाल विएमले बताउनुभयो । औपचारिक विउ विजनको कारोबारमार्फत उन्नत बिउ विक्री गर्दा सहज भएको सहकारीले जनाएको छ ।
उक्त सहकारीले २०७१ सालको पुस महिना यता अहिलेसम्म ७५ मेट्रिक टन तरकारीको उन्नत बिउउत्पादन गरेर बिक्री वितरण गरेको हो । अध्यक्ष बिएमका अनुसार, सहकारीमा आवद्ध किसानहरुले तीन वर्षको अवधिमा सबैभन्दा बढी मुलाको बिउ बिक्रीगरेका छन् । ५१ मेट्रिक्टन मुलाको बिउ बिक्रीबाट ९६ लाख ९० हजार, ९ मेट्रिकटन केराउबाट ९ लाख ९० हजार, ७ मेट्रिकटन प्याजको बिउबाट ८४ लाख, ५ मेट्रिक टन रायोको विउबाट २५ लाख र ३ मेट्रिक टन काउलिको बिउ बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।
सहकारीकी अध्यक्ष बिएमले २०७१ सालदेखि बिउ बिक्रीले औपचारीकता पाएसँगै आफूहरु पनि व्यवसायिक बन्दै गएको बताउनु भयो । किसानका लागि उन्नत बिउ विजन कार्यक्रम, कृषि उद्यम केन्द्र जिल्ला लगानीद्धार कार्यालयले बिउ बिक्रीका लागि सहजिकरण गरिदएपछि बिउ बजारीकरण गर्न सजिलो भएको उहाँले जनाउनु भयो । बिउ उत्पादन गरेर पनि विक्रीको लागि समस्या भैरहेको बेलामा बिउ कम्पनीसँग सम्झौता गर्ने वातावरण कृषि उद्यम केन्द्रले बनाइदिएपछि उत्पादित तरकारीको बिउसजिलै विक्री हुने गरेको सहकारी सञ्चालक समितिका सदस्य पर्शुराम शर्माले बताउनु भयो ।
चौरजहारी नगरपालिकाका १०, ११ र १३ नम्बर वडाका २ सय ५८ घरधुरी किसान आवद्ध भएर उनीहरुले एक हजार नौ सय ७५ रोपनी क्षेत्रफलमा तरकारीको उन्नत बिउ उत्पादन गर्दै आएका छन् ।
Source:http://ujyaaloonline.com/news/96140/sheed-income-/
शम्भु दंगाल, काठमाडाैं चैत्र १४
वाम गठबन्धनले चुनाव अगाडि बनाएको घोषणापत्रमा आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थल, नहरलगायतका ठूला भौतिक पूर्वाधारहरूको तीव्र विकास गरिने उल्लेख छ । आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिने घोषणापत्रमा दाबी छ । यसै अवधिमा रसुवागढी–काठमाडांै–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिने पनि बताइएको छ ।
आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गर्ने वाम घोषणापत्रको परिकल्पना छ । काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइने पनि घोषणापत्रमा छ । काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणपत्रको मुद्दा छ ।
राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसँग द्रुतमार्गहरूद्वारा जोडिने परिकल्पना वामगठबन्धनको घोषणामा छ । पर्यटक सेवाका लागि विभिन्न महत्वपूर्ण पर्यटकीय स्थानमा केबुलकार र मोनोरेल सञ्चालन गर्ने परिकल्पना पनि घोषणा पत्रमा छ ।
यी प्रतिबद्धता चुनाव अगाडिका हुन् । वाम गठबन्धनको प्रतिबद्धता चुनावबाट अनुमोदन भएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा वाम गठबन्धनको सरकार पनि बनेको छ । यस्तोमा अब घोषणापत्रमा राखिएका कामहरू कसरी अगाडि बढ्छन् ? आम चासोको विषय हुने नै भयो ।
रातोपाटी संवाददाता शम्भु दङ्गालले नेपालमा थरीथरीका रेलको हल्ला र यसको वास्तविकता जान्ने प्रयास गरेका छन् ।
‘नेपालको रेल सपना’ शृङ्खलाको पहिलो अङ्कमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको अवस्था के छ भन्ने बुझाउन खोजेका छौँ ।
रेलमार्गको रियालिटी

करिब ५ घण्टामा पूर्वको झापाबाट सुदूरपश्चिमको महेन्द्रनगर र त्यति नै समयमा महेन्द्रनगरबाट झापा पुग्ने अनुमान गरिएको मेचीकाली विद्युतीय रेलमार्गको काम अघि बढेको छ ।
काठमाडौंमा रहेको रेल विभागका अनुसार यतिबेला सिमाराको निजगढदेखि बर्दिबाससम्मको खण्डमा रेलमार्ग निर्माणको काम भइरहेको छ ।
बर्दिबासदेखि लालबन्दीसम्मको सिभिल इन्जिनियरिङको काम सम्पन्न भएको छ भने उक्त क्षेत्रमा रहेका केही पुलहरू निर्माणका लागि ठेक्का व्यवस्थापनको काम भइरहेको छ ।
प्रारम्भमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको परियोजना नेपालकै आर्थिक स्रोतमा निर्माण भइरहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।
उनले भने– ‘हामी पनि रेल बनाउन सक्छौँ भनेर देखाउनका लागि पनि हामी नेपाली प्राविधिकले यो काम गरिरहेका छौँ । यसको डिजाइन कोरियन कम्पनीका प्राविधिकले गरे पनि निर्माणकार्य भने नेपाल आफैले गरिरहेको छ ।’
९ सय ४५ किलोमिटर दूरीको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग २ सय किलोमिटर प्रतिघण्टाको दरले रेल कुद्ने गरी डिजाइन भइरहेको रेल विभागले जनाएको छ ।यो सिङ्गल ट्र्याक हुनेछ ।
त्यसकारण १४ देखि १५ किलोमिटरको दूरीमा पासिङ स्टेसन राखिनेछ ।
रेल निर्माणका लागि प्रतिकिलोमिटर ५० करोड खर्च लाग्ने सूचना अधिकारी उपाध्यायले बताए ।
उनले कुनै अवरोधबिना द्रुत गतिमा काम अघि बढ्यो भने १० वर्षभित्रमा योजना सम्पन्न गर्न सकिने उल्लेख गरे ।
राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको मेचीकाली विद्युतीय रेलमार्गको अध्ययन र निर्माण सँगसँगै भइरहेको हो ।
बुटवलभन्दा पूर्वको अध्ययन समाप्त भइसकेको छ भने निजगढदेखि भरतपुरसम्मको खण्डमा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज परेको हुँदा उक्त स्थानबारे पुनरावलोकन गर्न वन विभागले अनुरोध गरेपछि निजगढबाट हेटौँडा हुँदै भरतपुरतिर आउने बारेमा सम्भाव्यता अध्ययन भएको छ ।
उक्त क्षेत्रको डीपीआर तयार गर्न बाँकी छ । अन्य खण्ड बुटवल पूर्वको भने सम्पन्न भइसकेको छ ।
बुटवल पश्चिमतर्फ भने अध्ययन कार्य भइरहेको छ । आगामी असोज–कात्तिकसम्ममा प्रतिवेदन आउने गरी काम भइरहेको छ ।त्यस स्थानको प्रतिवेदन आएपछि पूर्व–पश्चिम रेल मार्ग निर्माणको प्रारम्भिक अध्ययन सम्पन्न हुन्छ ।
विभागका सूचना अधिकारी उपाध्यायले भने– ‘कुनै पनि कामको सुरु गर्न कठिन हुन्छ तर सुरु भएपछि त्यसलाई अगाडि बढाउन सजिलो हुन्छ । रेल विभाग गठन भएको यतिका वर्ष भइसक्यो, काम भएन भनेर आलोचना पनि गर्छन् तर सबै पक्रिया मिलाएर अगाडि बढ्दा केही ढिला हुन्छ । जस्तो वनसँग स्वीकृति लिनुपर्यो, मुआब्जा निर्धारण गर्ने अर्को चरण हुन्छ, ठेक्का व्यवस्थापन गर्ने एउटा चरण हुन्छ, काम सञ्चालन गर्ने अर्को चरण हुन्छ । प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्यो । यी प्रक्रियाका कारण प्रारम्भमा केही ढिलो भए पनि पछि गएर छिटो हुन्छ ।’
हालसम्म २५ किलोमिटरको सिभिल इन्जिनियरिङ कार्य भइसकेको छ । यो भनेको लिकभन्दा तलको सतहको काम हो । यो खण्डमा तुँदी सन्तोषी कन्स्ट्रसन, गजुरमुखी कन्र्सट्रक्सन, हिन्दुम्यान थोकर कन्स्ट्रसन, गोल्डेन गुड कन्स्ट्रसन, दिवा कन्स्ट्रक्सन लागयतका नेपाली निमार्ण व्यवसायीले ठेक्कामा काम गरिरहेका छन् ।
नेपालको ३ करोड जनसङ्ख्यामध्येमा ५० प्रतिशत हाराहारी रेल गुड्ने क्षेत्रमा बसोबास गर्दछन् । यो रेलमार्गले डेढ करोड जनसङ्ख्यालाई सेवा पुर्याउँछ भने पहाडबाट तराई झरेकाहरूलाई पनि सेवा पुर्याउँछ ।
दूरीका हिसाबले ९ सय ४५ किलोमिटर सामान्यतया पाँच वर्षमा निर्माण सम्पन्न गर्न सकिने भए पनि ठूला ठूला नदीहरू कर्णाली, नारायणी कोशीका कारण समय लम्बिने भएको हो ।
यी नदीमा पुल बनाउन समय लाग्ने भएकाले आयोजनाको कामपछि धकेलिने भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । १० वर्षमा पूर्ण निर्माण सम्पन्न गर्नका लागि प्रतिवर्ष झन्डै १ सय किलोमिटर निमार्ण हुनुपर्ने हुन्छ ।
यद्यपि विभन्नि खण्ड खण्डमा निर्माण सम्पन्न गरेपछि रेलगाडी छोटो दूरीका रूपमा सञ्चालन गर्न भने सकिनेछ ।
भारतसँग पाँच कनेक्सन
मेचीकाली विद्युतीय रेलमार्ग भारतसँग पाँच स्थानमा जोडिनेछ । क्रस कन्ट्री कनेक्टिभिटी बनाउनुपर्ने एडीबी, बिम्स्टेक, वल्र्ड बैङ्क लगायतको अन्तर्राष्ट्रिय संस्थाहरूको अनुरोधका आधारमा पूर्वपश्चिम रेलमार्ग जोड्न भारतले पाँचवटा लिक बनाउने भएको हो ।
जलपाइगुढीबाट काँकडभिट्टा, बकनाहबाट विराटनगर, जयनगरबाट बर्दिबास, नौतनियाबाट भैरहवा र रूपैडियाबाट नेपालगञ्ज गरी पाँच ठाउँमा लिक निमार्ण गरिदिने बताएको हो ।
यीमध्ये जनकपुर–जयनगर–बर्दिबास निर्माण भइरहेको छ । यस्तै बकनाहबाट विराटनगर पनि निर्माण भइरहेको छ । यी पाँचवटा कनेक्सन भारतकै प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण हुनेछन् । भारतले बनाउनेबारेमा सहमतिसमेत भइसकेको छ ।
यस्तै महेन्द्रनगरबाट पारी जाने रेल कनेक्सनका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्ने उपाध्यायले बताए ।
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्यायले मेची काली रेलमार्ग निमार्णमा मुख्य ४ वटा समस्या देखेका छन् ।पहिलो र मुख्य समस्या भनेको बजेट हो । पर्याप्त बजेट नहुँदा काम सोचेअनुसार अगाडि बढ्न सकेको छैन । यसपछि आवश्यक प्राविधिक जनशक्ति आपूर्तिमा समस्या रहेको छ ।
देशको झन्डै आधा जनसङ्ख्या लाभान्वित
मेचीकाली विद्युतीय रेलमार्ग निर्माण सम्पन्न भएमा देशका आधा जनसङ्ख्या लाभान्वित हुने भएका छन् ।
नेपालको ३ करोड जनसङ्ख्यामध्येमा ५० प्रतिशत हाराहारी रेल गुड्ने क्षेत्रमा बसोबास गर्दछन् । यो रेलमार्गले डेढ करोड जनसङ्ख्यालाई सेवा पुर्याउँछ भने पहाडबाट तराई झरेकाहरूलाई पनि सेवा पुर्याउँछ ।
विद्युतले चल्ने रेलका लागि धेरै विद्युत पनि नचाहिने हुन्छ । ३० मेगावाटको डेडिकेटेट विद्युत स्टेसन भयो भने पूर्वपश्चिम रेल आरामसँग चल्ने उपाध्यायले जानकारी दिए ।
उनले भने– ‘रेल स्टार्ट भएर गुड्ने बेला धेरै विद्युत चाहिए पनि गुडेपछि भने धेरै विद्युत नचाहिने हुन्छ । थोरै विद्युतमा पनि यसलाई सञ्चालन गर्न सकिन्छ ।’
समस्याका चाङ
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्यायले मेची काली रेलमार्ग निमार्णमा मुख्य ४ वटा समस्या देखेका छन् ।
पहिलो र मुख्य समस्या भनेको बजेट हो । पर्याप्त बजेट नहुँदा काम सोचेअनुसार अगाडि बढ्न सकेको छैन ।
यसपछि आवश्यक प्राविधिक जनशक्ति आपूर्तिमा समस्या रहेको छ । अहिले सिभिल इन्जिनियरले काम गरिरहे पनि स्लिपर र रेल बिछ्याउनका लागि रेल्वे इन्जिनियरहरूको आवश्यक पर्ने हुन्छ ।
अर्को पक्ष भनेको अन्तरसम्बन्धित सरकारी निकायहरूबीच नै समन्वयको अभाव छ । मुआब्जा र वन फँडानीका कामलाई स्थानीयसँग, स्थानीय सरकारसँग, वनमन्त्रालयसँग राम्रो समन्वय हुन सकेको छैन् ।
निर्माण सामग्रीको पनि समस्या छ । नदीजन्य सामग्रीको उत्खनन् र स्थानीय नदीमा निर्माण सामग्रीको उत्खनन्मा समस्या रहेको छ ।
अहिले जनशक्तिका रूपमा सिभिल इन्जिनियरिङमा महानिर्देशक अनन्त आर्चाय, सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्याय दुई जना इन्जिनियर, सीडीई र मेकानिकल इन्जिनियर २ जना मात्र रहेका छन् ।
यी जनशक्तिले अहिले लालबन्दी बर्दिबास क्षेत्रको काम हेरिरहेका छन् ।
रेलगाडीका लागि विदेशमा अडर
रेलमार्ग निर्माणपछि रेलगाडी गुडाउनका लागि विदेशी निर्माण कम्पनीलाई निर्माण गर्न अर्डर दिनुपर्ने उपाध्यायले बताए । अर्डर दिएको एकदेखि डेढ वर्षभित्र मात्र रेलगाडि तयार हुनेछ । यसका लागि केही समय लाग्ने उनले बताए ।
जनकपुर जयनगरमा डिजेलबाट रेल चल्ने भए पनि पूर्व पश्चिम रेलमार्गमा विद्युतबाट सञ्चालन हुने रेलगाडी गुड्नेछ । अहिले प्रारम्भिक काम सुरु मात्र भएकोले पछि विद्युत प्राधिकरणसँग पनि सहकार्य गरिने उनको भनाइ छ ।
source:http://ratopati.com/story/38658
नन्द बहादुर कार्की , चैत्र १४ । मुगु
जिल्लाको पश्चिम भेग खत्याड गाउपालिका वडा न . ९ स्थित श्री शिव प्राथमिक विद्यालय नखर्जी डाँडाकाेटमा गत चैत्र ११ गते दिउसाे चलकाे हावाहुरीले विद्यालय भवनकाे छाना पूर्ण रूपमा क्षति बनाएकाे छ ।

ECD देखि ५ कक्षा सम्म पठन पाठन हुने यस विद्यालयमा दलित छात्रा ६३, छात्र ४३ र अन्य छात्रा २४, छात्र ३० गरी जम्मा १५० जना बालबालिका अध्ययन गर्दै अाइरहेकाे कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलमान राेकायाले बताउनु भएकाे छ । राेकायाका अनुसार "याे विद्यालयकाे छाना पटक पटक हावाहुरीले उडाउने गरेकाे छ ,याे चाैथाे पटक हाे । १ अान्तरिक, २ दरबन्दी, १ ECD सहयाेगी कार्यकर्ता र १ कार्यालय सहयाेगि सहित ५ जना शिक्षक तथा कर्मचारी रहेकाे यस विद्यालय भवन निर्माण पश्चात वर्षेनी हावाहुरीका कारण छाना उडाउने गरेकाे छ। विद्यार्थीकाे विचल्ली भएकाे छ । हामीले पटक पटक यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्र सरकारी संघ संस्थासँग सहयाेग माग्दै मर्मत सम्भार गर्दै अाइरहेका थियाै तर याे पटक ३ वटै भवनकाे छाना मात्र नभएर कक्षा काेठाका सेताेपाटी, डेस्क बेन्च, अन्य शैक्षिक सामाग्रीहरूमा पनि क्षति पुगेकाे छ । अव केहि दिनमै नयाँ शैक्षिक सत्र शुरू हुने भएकाले यस क्षेत्रमा काम गर्ने सम्पूर्ण सराेकारवाला निकायहरूसँग सक्दाे सहयाेग चाँडै गरिदिन अनुराेध गर्दछु । "

विद्यालयका प्र.अ. रामचन्द्र कार्कीसँग सम्पर्क गर्दा प्रहरी मुचुल्का भैसकेकाे र अन्दाजी क्षति करिब १६ लाख भन्दा माथि रहेकाे बताउनु भएकाे छ । कार्कीले सहयाेगि संघ संस्थाहरूबाट सहयाेगकाे अपेक्षा रहेकाे र सकभर चाँडै सहयाेगकाे अाशा राख्नु भएकाे छ ।
वडा अध्यक्ष नरेन्द्र राेकायासँग सम्पर्क गर्दा अाफु गाँउबाट टाढा रहेकाेले चाँडै क्षति ग्रस्त विद्यालयकाे अवलाेकन गर्ने बताउनु भएकाे छ । उहाँले भन्नु भयाे "मर्मत लागि हामीसँग पर्याप्त बजेट छैन यसका लागि गाँउपालिका तथा यस क्षेत्रमा काम गर्ने सम्पूर्ण गैह्र सरकारी संस्थासँग सहयाेगका लागि अनुराेध गर्दछु ।"
ठमाडौं, चैत १३ – फोर्ब्स पत्रिकाले निकालेको सन् २०१८ को ३० वर्ष मुनिका प्रभावशाली युवाको सूचीमा नेपालका पाँच जना युवा पर्न सफल भएका छन् ।
फोर्ब्सले निकालेको थर्टी अण्डर थर्टी एसिया सूची अन्तर्गत सामाजिक उद्यमशीलता विधामा नेपालका पाँच जना सामाजिक उद्यमी युवा परेका हुन् । फोहोर मैला व्यवस्थापना तथा कवाडी सामान व्यवस्थापन तथा पुनः प्रयोगका लागि ‘खाली सिसी’ नामक संस्था स्थापना गरेकी आयुषी केसी यो सूचीमा पर्नुभएको छ । केसीले ‘खाली सिसी’ मार्फत शहरका विभिन्न ठाउँमा पुगी कवाडी सामान संकलन तथा त्यसको पुनः प्रयोगको अभियान थाल्नुभएको थियो ।
त्यस्तै यो सूचीमा नेपालकी कञ्चन अमात्य पनि पर्नुभएको छ । ‘सस्टेनेबल फिस फार्मिङ इनिसिएटिभ’ की संस्थापक कञ्चनले ग्रामिण भेगका महिलाको जीवनस्तर उकास्न तथा खाद्य असुरक्षा र गरिबी हटाउन पहल गर्दै आउनुभएको छ ।
यो सूचीमा पर्ने अरु नेपाली युवामा सचित पण्डित, निशान चण्डी श्रेष्ठ, सुवास श्रेष्ठ रहेका छन् । यी तीन युवाले ‘इको सेल इण्डस्ट्रिज’ नामक संस्था स्थापना गरी सुलभ मूल्यमा भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि आवश्यक सामग्री निर्माण गर्दै आएका छन् ।
फोर्ब्सले विभिन्न १० वटा विधामा ३० –३० जना गरी ३ सय जना युवालाई हरेक वर्ष फोब्र्स थर्टी अण्डर थर्टी मा समावेश गर्दै आएको छ ।
Source: http://ujyaaloonline.com/news/96095/forbes-thirty-under-thirty-asia/
२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।
उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।
पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।
उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।
पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।
२१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।
स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए ।
पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।
२१ चैत, भैरहवा । राष्ट्रिय गौरवको आयोजना रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टर नेपाली कम्पनी बिच रकम विवाद कारण रोकिएको विमानस्थलको निर्माण कार्य सुचारु भएको छ ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीचच रकमको विवाद कारण केही दिन रोकिएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनीले आफैंले सुचारु गरेको आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिए ।
चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण केही दिन रोकिएको विमानस्थलको निर्माण को काम चिनियाँ कम्पनीले तत्काल आफूले भ्याएसम्म निर्माण कार्य गरिरहेको छ आयोजना प्रमुख शर्माले अनलाइनखबरसगँ भने अहिले उसले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र फायर भवनको निर्माण कार्य गरिरहेको छ ।
सरकारबाट विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले नेपाली कम्पनीलाई निर्माण कार्य जिम्मा दिएको थियो ।
निर्माण कार्य जारी रहेको अवस्थामै नेपाली कम्पनीले आफुलाई चिनियाँ कम्पनले काम गरेको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माण कार्य रोकेको थियो ।
२१ चैत, चितवन। मुग्लिन-नारायणगढ सडक खण्डको कविलास-६ घुमाउनेमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । पहिरोका कारण साढे ७ घण्टादेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालानमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए ।
सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । पहिरोमा परी मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा लम्जुङ सुन्दर बजार ३ भोटओडार बस्ने ४५ वर्षीय रेशराज राना रहेका छन् । अर्का एकको पहिचान खुलेको छैन् । बा १० प ४८४४ नम्बरको मोटरसाइकल सवार रानाको घटनास्थलमै मृत्यु भएको हो । उनको मोटरसाइकल पछाडि बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् ।
उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै ना ४ ख ५४१९ नम्बरको ट्याङकरका सह चालकको समेत मृत्यु भएको छ । अन्दाजी २८ / २९ वर्षको जस्तो देखिने उनको पूर्ण सनाखत हुन बाँकी छ ।
ट्याङकरका चालक पर्सा जिल्ला लछुमनवा १८ वस्ने ३६ वर्षका बनु पटेल समेत घाइते छन् । पहिरोले पाँचवटा सवारी साधन पुरिएको छ ।
पुरिएको सवारी साधनमध्ये दुईवटा सवारी साधनको केही भाग मात्रै देखिएको छ । मालबाहक ट्रक, टाटा मोबाइल, कार र टयाङकरसँगै केही मोटरसाइकलहरु पनि पुरिएको प्रहरीले आशंका गरेको छ ।
माथिबाट खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । घटनास्थल भरतपुरदेखि २० किलोमिटरको दूरीमा छ ।
२१ चैत, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा स्थानीय तहको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको छ । साथै एक व्यक्ति केन्द्र, प्रदेश र स्थानीय तह मध्ये एउटामा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले गौतमको नेतृत्वमा १५ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको हो । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली छन् । यस्तै नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् ।
यस्तै महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ । समितिमा सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । यस्तै छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् ।
एमाले बैठकले पार्टीको निर्णयअनुसार स्थानीय तहको उम्मेदवारको सिफारिस पठाउनका लागि मिति पनि तोकेको छ ।
वडा कमिटीले चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीले वैशाख ४ गतेसम्म, जिल्ला कमिटीले वैशाख ७ गतेसम्म र प्रदेश कमिटीले वैशाख १० गतेसम्म उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्नेछ । यसरी आएको नामबारे वैशाख १२ गते स्थानीय कमिटी बैठक बसेर निर्णय गर्नेछ ।
एमालेले एक व्यक्ति केन्द्र, प्रदेश र स्थानीय तह मध्ये एउटामा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ । सचिव योगेश भट्टराईले अनलाइनखबरसँग भने, ‘हामीले चुनावको तयारीका लागि सबै कार्यकर्तालाई गाउँ र्फकन आग्रह गरेका छौं ।
२१ चैत, काठमाडौं । १८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । उपत्यका बाहिर पनि लोडसेडिङ न्यून हुँदै गएको छ ।
धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई साइजमा ल्याउने प्रमुख पात्र हुन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उर्जामन्त्री जनार्दन शर्माले मुकेशराज काफ्लेलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको केही महिनापछि नै काठमाडौंमा लोडसेडिङ हुन छाडेको थियो ।
पहिले के कारणले चर्को लोडसेडिङ भइरहेको थियो र अहिले एकाएक कसरी हट्यो भन्ने प्रश्न कुलमानलाई भेट्ने थुप्रैले तेस्र्याउँछन् । यसको जवाफमा कुलमानले भन्ने गरेका छन्, ‘पुरानो कुरा कुरा कोट्याउनतिर नलागौं । अहिले लोड म्यानेजमेन्ट गरेका छौं, यसैका कारण नै लोडसेडिङ अन्त्य भएको हो ।’
चमत्कारको शैलीमा लोडसेडिङ हटाइदिने कुलमानको आज सबैतिर वाहवाही भइरहेको छ, जसका हकदार उनी हुन् पनि । यद्यपि, यो अभियानमा कुलमान एक्लै भने छैनन् । उनी कार्यकारी निर्देशक बनेपछि धेरै कर्मचारीमा काम गर्ने उत्साह बढेको छ ।
अधिकांश उच्च तहका पदाधिकारीसँग उनी पछिल्लो अवस्थाको बारेमा सोधखोज गरिरहेका हुन्छन् । यसबाट कर्मचारीलाई खटेर काम गर्ने जाँगर चलेको छ ।
कुलमानलाई मन्त्रीदेखि कर्मचारीसम्मको साथ र सहयोग छ । आखिर को-को हुन् त लोडसेडिङ हटाउने अभियानमा कुलमानका सारथी ?
१. गोपालबाबु भट्टराई
लोडसेडिङ अन्त्य गर्ने कुलमानको टिमका एक पात्र हुन् प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई । ३३ केभिएसम्मको प्रसारणलाइन निर्माण, सवस्टेशन मर्मत-सम्भारका साथै मिटर रिडिङसम्मको काम उनकै नेतृत्वमा भएको छ ।
लाइन जानेबित्तिकै जनताले नो लाइटमा फोन गरेर जानकारी लिन सक्छन् । यो काम उनकै नेतृत्वमा रहेको बितरण तथा ग्राहक सेवा निर्देशनालयले गर्छ । बिग्रिएका लाइनलाई तत्काल मर्मत गर्ने काममा भट्टराईले तीब्रता दिएका छन् । प्रसारण लाइन बिग्रेर लामो समय बिद्युतबिना बस्नुपर्ने अवस्था हटेको छ । प्राधिकरणका कुल कर्मचारीमध्ये ६० प्रतिशतभन्दा बढी उनकै निर्देशनालाय अन्तर्गत रहेका छन् ।
कार्यकारी निर्देशकको प्रतिवद्धताले आफुहरुमा काम गर्ने उत्साह पलाएको भट्टराई बताउँछन् । उनले भने, ‘दिनदिनैको काममा उहाँले चासो राख्दा हामीलाई पनि काम गर्न उत्साह पलाएको छ । हाकिम नै समर्पित भएर लागेपछि हामी पछि हट्ने त कुरा आएन नी ।’
२. विष्णुकुमार श्रेष्ठ
प्रणाली सञ्चालन विभागको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठको पनि लोडसेडिङ हटाउनमा ठूलो भूमिका रहेको छ । देशका विभिन्न भागमा रहेका पावर हाउस कतिबेला चलाउने र कति समय सञ्चालन बन्द गर्ने भन्ने निधो प्रणाली सञ्चालन विभागले गर्छ ।
थप विद्युतको आवश्यकता देखियो भने जलाशयुक्त आयोजना कुलेखानी कुन बेलामा चलाउने र कति घन्टा चलाउने भन्ने पनि यही बिभागले टुङ्गो लगाउँछ । मागअनुसार विद्युत कहाँबाट उत्पादन गर्ने भन्ने चटारो यही बिभागलाई छ ।
श्रेष्ठ भन्छन्, ‘अहिले त हामी जोश-जाँगरका साथ राती पनि काममा खटिएका छौ ।’ २०४६ सालदेखि बिद्युत प्राधिकरणमा जागीर सुरु गरेका श्रेष्ठ २५ वर्षदेखि यही बिभागमा कार्यरत छन् ।
३. मनोज सिलवाल
लोडसेडिङ हटाउनमा भारतबाट आयातीत बिद्युतको पनि ठुलो हात छ । किनकि गत वर्षभन्दा यस वर्ष बिद्युत आयात बढेको छ ।
खिम्ती ढल्केबर प्रसारण लाइनको निर्माण भएपछि भारतबाट विद्युत आयात थप्न सम्भव भएको हो । खिम्ती ढल्केबर प्रसारण लाइनको काम रातारात भएको थियो । यसरी प्रसारणलाइन निर्माण गर्ने बिद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमा निमित्त उपकार्यकारी निर्देशकको रुपमा मनोज सिलवाल रहेका छन् ।
४. प्रबल अधिकारी
अधिकारी प्राधिकरणका प्रवक्ता तथा बिद्युत व्यापार विभागका प्रवन्धक हुन् । निजी कम्पनीबाट उत्पादित विजुलीको ‘पावर पर्चेज एग्रीमेन्ट’ गर्ने जिम्मेवारी पनि अधिकारीलाई नै छ । उनि धेरैजसो कुलमानसँगै हुन्छन् ।
कुलमानलाई निर्णय प्रक्रियामा सघाउनेदेखि आवश्यक जानकारीसमेत अधिकारीले उपलब्ध गराउँछन् । कुलमानको व्यस्त सेड्युलसँगै दगुर्ने अधिकारीलाई मिडियाको चासो पनि सम्बोधन गर्ने जिम्मेवारी छ ।
५ हरेराम न्यौपाने
निर्माणाधीन अवस्थामा रहेका जलबिद्युत आयोजनाको नियमन गर्ने काम उत्पादन निर्देशनालयले गर्दछ । दुई वर्षदेखि यही निर्देशनालयमा बसेर काम गरिरहेका छन् हरेराम न्यौपाने । उनले कुलमान आएपछि केही फरक महशुस गरेका छन् । समयमा निर्णय दिने कुलमानको बानीको उनी खुलेर प्रशंसा गर्छन् ।
न्यौपाने भन्छन्, ‘नयाँ कार्यकारी निर्देशकले समयमै निर्णय दिनुहुन्छ र निर्णयका लागि हामीले छिट्टै उहाँलाई कन्भिन्स गर्न सक्छौ ।’
६ शान्ति लक्ष्मी शाक्य
कर्मचारीको सरुवा गर्नेदेखि कुन कर्मचारी कहाँ काजमा खटाउने भन्ने जिम्मवारी शान्तिलक्ष्मी शाक्यको काँधमा छ । प्रशासनको निमित्त उपकार्यकारी निर्देशक शाक्यले हालै मात्र २४ सय कर्मचारीको सरुवा गर्ने आँट गरेकी थिइन् ।
आफूले गरेको सरुवालाई कार्यकारी निर्देशकले साथ दिएकोमा उनी निकै खुसी छिन् । शाक्य भन्छिन्, ‘प्रशासन यस्तो ठाउँ हो, जहाँ कर्मचारी सरुवा गर्दा आफ्नै सरुवा हुन बेर लाग्दैन । तर कुलमान सरको कारण त्यसो भएन ।’
७. राजीव शर्मा
प्रसारण निर्देशनालयमा उपयकार्यकारी निर्देशक रहेका राजीव शर्मा पनि लोडसेडिङ हटाउनका लागि खटिने महत्वपूर्ण व्यक्तिमा पर्दछन् । प्रसारण लाइनको निर्माण सञ्चालन तथा सम्भार गर्ने कार्यमा शर्माले सफल नेतृत्व दिइरहेका छन् ।
८. शिवकुमार अधिकारी
कार्यकारी निर्देशकको सचिवालयमा रहेका छन् सहनिर्देशक अधिकारी । विभिन्न कार्यालय तथा क्षेत्रीय निर्देशनालयबाट आएका तथ्यांकहरु इन्ट्री गर्ने उनको जिम्मामा छ । यसरी प्राप्त भएका तथ्यांकका आधारमा कहाँ बढी विद्युत चुहावट भएको छ वा कुन ठाउँमा पोलहरु ढलेका छन् भन्ने जानकारी हासिल हुन्छ ।
यही तथ्यांकका आधारमा कुलमानले कर्मचारीलाई निर्देशन दिने गर्छन् । साथै, उनकै सहयोगमा नीतिगत निर्णय बोर्डमा लैजाने अनि त्यो बोर्डबाट पारित भएको नीतिबमोजिम काम अघि बढाउनसमेत यो सचिबालयले महत्वपूर्ण भूमिका खेल्छ ।
कुलमान अाफैं सक्रिय
सामुहिक प्रयासमा भएको कामको म्ख्य जस अहिले कुलमानले नै लिएका छन् । किनकि लोडसेडिङ हटाउने कामको नेतृत्व उनले नै गरेका हुन् ।
कुलमानसँग चिलिमे हाइड्रोपावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरेको अनुभव छ । उनले चिलिमेकै आम्दानीबाट तीनवटा अन्य आयोजना निर्माण सुरु गरेका थिए ।
ती आयोजनाको निर्माण तीब्र गतिमा अघि बढाइरहेकै बेला तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिदिएकी थिइन् ।
उनलाई चिलिमेबाट सरुवा गरेपछि रसुवामा आन्दोलनसमेत भएको थियो । तर, प्राधिकरणको कार्यकारी निर्देशक हुनुअघि उनी खासै चर्चित भने थिएनन् ।
कुलमानले अहिले प्राधिकरणका प्रायः धेरै कर्मचारीबाट उचित सहयोग पाइरहेका छन् । उनी लोडसेडिङ घट्नुको श्रेय प्राधिकरण्को पूरै टिममा रहेको सार्वजनिक कार्यक्रमहरुमा बताउँछन् ।
उनले विद्युत् विज्ञान भएकाले प्राधिकरणको सबै कर्मचारीको ‘टिम वर्क’बाट उपलब्ध विजुली म्यानेमेन्ट गर्दै अहिलेको अवस्थामा ल्याएको सम्भव भएको बताउने गरेका छन् ।
२१ चैत, काठमाडौं । प्रहरी धरपकडका क्रममा ‘देश खारेज गर’को नारा लगाएको भन्दै चर्कौ आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् ।
उनले सोमबार पत्रकार सम्मेलन गर्दै मातृभूमिको अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको बताइन् ।
आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनकी पत्नी यमी लगायतलाई पक्राउ गरेको थियो । त्यसक्रममा यमीले ‘यो देश खारेज गर’ भन्ने नारा लगाएकी थिइन् ।
झण्डै एक घन्टाको ठेलमठेलमा आफू अर्धमूर्छित हुन पुगेको तर, पति डा. बाबुराम भट्टराई लगायत सम्हालेको उनले सुनाइन् ।
लगतै सुरक्षाकर्मीहरुले पक्राउ गर्दा आफूले आवेश र अर्धचेत अवस्थामै नाराबाजी गरेको भन्दै नयाँ शक्तिकी अन्तराष्ट्रिय सम्वन्ध विभाग प्रमुख यमीले भनिन्, त्यसैक्रममा स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन भन्न पुगेछु ।’
नेपाली भाषामा राम्रो दखल नहुनुका साथै आन्दोलनको दबाव, आवेश र बेहोसीमा आदेशलाई अन्यथा भन्न पुगेको भन्दै उनले भनिन्, साथीहरुले रोकेपछि मात्र म होसमा आएँ र आफ्नो गल्ती महसुस गरेँ ।’
यो परिस्थिति जन्य घटना भएको भन्दै उनले भनिन्, ‘बेहोसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति म अत्यन्त दुःखी छु । म अन्तरहृदयदेखि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दछु ।’
साथै आगामी दिनमा आफ्नो अभिव्यक्तिमा पूर्ण समेत रहने समेत नेतृ यमीले बताएकी छन् ।