दिलमाया शाही
जुम्ला चैत १२
समाजमा हुने हिंसात्मक अपराधिक गतिबिधिक रोक्नको लागी गाउपालिकाका पुेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक सिताराम रिजाले बताउनु भ्एको छ पातररासी गाउपलिकाले अयोजना गरेको बिकास शुरक्षा ,मदिरा नियन्त्रण सम्बन्ध्री बृहत सार्वजानिक सुनुवाई कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
समाजमा हुने अपराधिक क्रियाकलापका कारण महिलाहरुलाई हिंसामा परेको भन्दै प्रहरी साझेदारी कार्यक्रम अन्तरगत्त स्थानिय स्थरबाट सचेत गराउर्दै आएको डिएसपी रिजालले बताउनु भएको छ ।
उहाले भन्नु भयो अपराधिक मुक्त जुम्ला जिल्ला बनाउनको लागी हामी लागी परेका छा्रै ,जुम्ला लुकेर रहेका हिंसात्मक गतिबिधि रोक्नको लागी प्रहरी मात्र नभएर नागरिकको पनि उतिकै भुमिका रहने हुदा यस्ता खालका गतिबिध्रि भएमा जानकरी दिन उहाले अग्रह गर्नु भएको छ ।
समाजमा हुने गरेको बालबिवाहा बहुबिवाहा छाउपडि ज्स्ता क्रियाकलापले महिला बडी पडितछन । डिएसपी रिजालले भन्नु भयो बालबिवाहाको असर अकाल मृत्यु हो ।
बालबिवाहालेनै बहेबिवाहा निम्त्याएको छ । जुम्ला जिल्लाको सुरक्षा ब्यवस्था कडा बनाउन जिल्लाप्रहरी कार्यालयले कुनै पनि कसर बाकी नरख्ने प्रतिबद्धता गरेको छ ।।
दिलमाया शाही
जुम्ला चैत्त १०
कर्णालीका दस वटै जिल्लामा पुस्तकालय स्थापनामा जुटेको नेपाल प्रहरीले अहिले कारागार भित्र पुस्तक क्लव गठन गर्न थालेको छ । जुम्ला कारागारमा गगनबहादुर शाहीको संयोजकत्वमा ७ सदस्यीय पुस्तक क्लव गठन गरिएको हो । कर्णाली प्रदेशका डिआईजी महेशबिक्रम शाह,चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे लगायतको टोलीले पुस्तक क्लवमा आवद्धलाई अबिर लगाएर औपचारीक रुपमा घोषणा गरेका हुन ।
कारागार भित्र औपचारीक कार्यक्रम गरेर पुस्तकालयको निरिक्षण र पुस्तक क्लव गठन गरिएको जुम्लाका प्रहरी प्रमुख डिएसपी सिताराम रिजालले जानकारी दिनु भ्एको छ ।
उहाका अनुसार पुस्तकालयमा सात सय बढि पुस्तक संकलन भईसकेका छन् । डिआईजी शाहले कर्णालीको जुम्लाबाटै कारागारमा पुस्तकालय निर्माणको सोचको बिकास भएको बताउनु भयो , उहाले पुस्तक क्ल्व पनि जुम्लाबाटै गठन गर्न थालिएको बताउनु भयो ।
एक कारागारमा दुई हजार भन्दा कम पुस्तक नहुने उहाले बताउनु भयो ,। उहाले भन्नुभयोअहिलेका कैदीबन्दी पुस्तक पढेर असल नागरिकका रुपमा पुनरस्थापित हुनेमा आशा गरेका छौ ।
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले स्थानीय सरकारले सुधारगृहलाई गर्न सक्ने सहयोग गरिने बताउनु भयो । उहाले भन्नुभयो ,हरेक सकारात्मक परिबर्तनका लागि साथ र सहयोग दिन तयार रहेको छु ।उहाले कैदीबन्दीको सकरात्मक परिबर्तनका लागि स्रोत साधनले भ्याए सम्मको साथ दिने प्रतिबद्धता जनाउनु भयो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पठन संस्कृतिको बिकास गर्न कर्णालीका प्रत्येक कारागारमा पुस्तकालय निर्माण गरिएको बताउनु भयो । उहाले भन्नुभयो पठन संस्कृतिले जीवन रुपमान्तरणको यात्रामा लैजान सकिनेमा दुईमत छैन् ।सकरात्मक सोचको विकास गर्न, ज्ञान सिपको आदान प्रदान गरी असल नागरिक बन्न प्रेरित गर्नेमा ढुक्क रहेको बताउनु भयो ।
ईतिहास,राजनिति,कानुनी, साहित्यीक र मानव जीवनमा लागु हुने प्रकारका पुस्तक कारागारमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले कर्णाली प्रदेशका कैदी बन्दी परिर्बतनका संवाहक हुने छन भन्ने सन्देश विश्वभर फैलाउने कार्यमा अग्रसर हुन आग्रह गर्नु भयो ।
कर्णाली प्रदेशका दस वटै जिल्लामा चैत २३ गते एकसाथ पुस्तकालय उद्घाटन हुने छन् । पुस्तकालय स्थापना भएर पुस्तक क्लब गठन भएपछि कैदीबन्दीमा नयाँ उत्साह थपिएको जेलर टंकराज न्यौपानेले जानकारी दिनु भएको छ । उहाका अनुसार पुस्तक पढ्नको लागि पटक पटक कैदीबन्दीले माग गरिरहेका थिए । झण्डै दुई बर्षको अन्तरालमा पुस्तक पढ्न पाउने सपना साकार भएकोमा उहाले खुसी ब्यक्त गर्नु भयो ।
मुगु ११ असोज
नेपाल रेडक्रस सोसाईटी शाखाकार्यलय मुगका सभापती एवम केन्दीय सदस्य तिलक बहादुर मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको संयोजकमा निविरोध चयन हुनु भएको छ ।विगत २५ बर्षदेखि सामाजिक क्षेत्रमा योगदान गदै आउनुभएका मल्ल नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशको संयोजकमा निविरोध चयन हुनु भएको हो । मल्लको संयोजकत्वमा १५ सदस्यीय नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश तर्दश समिति समेत चयन गरिएको छ ।नेपाल रेडक्रस सोसाईटी को विधान २०२० ) सत्रौ संसोधन २०७४ं)को २७.१ अनुासार मल्ल लाई कर्णाली प्रदेशको संयोजकमा चयन गरीएको नेपाल रेडक्रस सोसाईटी तर्दश समितिले जनाएको छ । सदस्यमा कर्णाली प्रदेशका १० वटै जिल्लाका पदधिकारी समेटिएका छन । संयोजक मल्ल नेपाल रेडक्रसमा आवद्ध हुदाँ शुरुमा सदस्यबाट शुरुवाती गर्नुभएको थियो । पछी समाजमा उल्लेखिय र उदारणिय काम गदै समाज रुपान्तरणमा अनवरत रुपमा लागी सबैको मन मुटुमा बस्न सफल मल्ललाई पछील्लो समय कर्णाली प्रदेशकै एक सफल सामजिक अभियान्ताका रुपमा चित्रण समेत गरीन्छ ।संयोजक मल्लले मुगु जिल्लाको सामाजिक बिकासमा समेत ठुलो योगदान पु¥यानु भएको छ । समाज लाई सुसुचित बनाउन रेडियोको स्थापाना देखि सहकारीकारुपमा पहिलो सहकारी चंखेली तथा रेडपाण्ड सहकारीको स्थापाना , नेत्र ज्योति संघको स्थापाना समेत गर्नु भएको छ ।मल्लले रेडक्रसको,मन्त्री हुदै जिल्ला रेडक्रस सभापतीमा चार कार्यकाल ,केन्द्रीय सदस्यमा दुई कार्यकाल सम्म सेवा समेत गर्नु भएको छ । समाजमा उदारणिय कामगरेको आधारमा मल्लले दैविक प्रकोप उद्धार राष्ट्रिय पुस्कार ,मावन सेवा पदक लगायत बिभिन्न कदर पदक समेत प्राप्त गुर्नुभएको छ ।
नन्द बहादुर रोकाया
साउन १५ मुगु
नेपाली कांग्रेस मुगले अधिनायक सरकार विरुद्ध आज मुगु सदरमुकमा गमगढीमा विरोध प्रदर्शन गरेको छ । केपि शर्मा ओली नेतृत्वको बहुमतको सरकार भएपनी बहुमतको सरकारले जन्ताका भावाना लाई ख्यालनै नगरी मनलाग्दी रुपमा जन्ताका ईच्छा विपरित काम गरेको भन्दै आज मुगु सहित देशैभरका ७७ जिल्लाका सदरमुकाममा बिरोध सभाको आयोजना गरीएको हो ।
मुगु जिल्लामा भने नेपाली काग्रेश मुगुका का वरिष्ठ नेता तथा पुर्व शिक्षा मन्त्री हस्त बहादुर मल्लकाम नेतृत्वमा बिरोध सभा गरीएको नेपाली काग्रेश मुगुले जनाएको छ । नेपाली काग्रेश मुगुले सरकार विरुद्ध आज बृहत बिरोध सभाकोको जुलुस निकालेर मुगु सदरमुकमा गमगढी बजारका विभिन्न क्षेत्रमा नारा लगाउँदै मुगु सदरमुकाम गमगढी बजारमा प्रदर्शन गरेको थियो । बजार परिक्रमा पछि कृष्ण चोक अगाडि कोणसभाको आयोजना गरिएको हो ।
कोण सभामा बोल्दै नेपाली काग्रेश मुगुका का वरिष्ठ नेता तथा पुर्व शिक्षा मन्त्री हस्त बहादुर मल्लले केपि शर्मावली नेतृत्वको सकार अधिनायकवादी भएको र जनताको जिविका चलाउन धौ धौ भईरहेका बेला सरकारले मूल्य वृद्धि गरेकोले बाध्य भएर नेपाली काग्रेश सडकमा उत्रेको बताए । उनले भने कमन्युष्ट सरकारले जन्ता लाई घुडा टेकाउने छ त्यसका लागी जन्ता सजग रहन आग्रह गरे ।
नेपालकै ठुलो ताल रारामा बैशाख १ गते प्रधामनमन्त्री केपि शर्मा वली रारामा आउनुभयो उहाँ लाई रारामा ल्याउदा ९१ लाख खर्च भयो । राराको बिकासका लागी झुट्टा आश्वासन मात्रै दिनुभयो तर उल्टै सुन्दर रारातालको अस्तित्व मात्रै खस्कियो राराको बिकासका लागी बहुमतको सरकारले एक पैसा छुटाउन सकेन यहि हो बहुमतको सरकार भन्दै मल्लले भन्नुभयो कमन्युष्टको सरकार जन्ता दुखी भएको देख्ने सरकार हो ।
यो सरकार होजर सरकार हो जन्ताको भावना विपरित खन्दै जान्छ , जन्ताले दुख पाउदै जान्छन । त्यसैले जन्ताका हात पाखुरा छन मन लाग्दी रुपमा डोजर चलाउनु पदैन भन्दै नेपाली काग्रेशले बिरोध सभाको आयोजना गरेको नेता मल्लको भनाई थियो । बिरोध सभामा नेपाली काग्ेशका भातृ संगठनका नेता तथा कार्यकर्ता सहभागी भएका थिय ।
दान बहादुर बुढा,
मुगु १४ साउन “

प्रारम्भिक बाल विकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी”को मूल नारा दिएर मुगु जिल्लामा प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि पाँच दिने अभिभावक शिक्षा तालिम सम्पन्न भएको छ । तालिममा प्रारम्भिक बाल्यावस्थाका बालबालिकाहरुको सर्वांगीण विकासका लागि नव दम्पत्ति, गर्भपती महिला, अभिभावक, तथा स्याहारकर्ताहरुमा जनचेतना जागरण गर्ने, उपयुक्त तरीकाले उत्प्रेरणावर्धक वातावरणमा बालबालिका हुर्काउने र उनीहरुको आत्मविश्वास बढाउनमा अभिभावक तथा स्याहारकर्ताहरुको भूमिकालाई सक्रिय बनाउने विषयवस्तु समेटिएका कुरा तालिमका प्रशिक्षक शशी वि.सी. ले जानकारी गराउनु भयो । त्यसैगरी, अभिभावक शिक्षा सञ्चालनको क्रममा सत्र सहजीकरणका चरणहरु, हालसम्मका राम्रा अभ्यासहरु, आगामी दिनहरुमा सुधार गर्नुपर्ने पक्षहरुको विश्लेषण, एवं शिशु बाल विकास केन्द्र र पूर्व प्राथमिक कक्षामा बालबालिकाहरुलाई नियमित सहभागी गराउन प्रेरित गर्ने प्रभावकारी उपायहरु बारेमा समेत विचार आदानप्रदान गरिएको थियो । विगतको शैक्षिक प्रणालीमा प्रारम्भिक बाल विकास केन्द्रलाई विद्यालय शिक्षाभन्दा बाहिर राखेको थियो भने संघीय शासन प्रणालीले विद्यालय क्षेत्र विकास योजनामार्फत विद्यालय शिक्षाको अभिन्न अंगको रुपमा लिएको छ । प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षाको नीति, कानून तथा मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमनको पूर्ण अधिकार स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको हुँदा यसको दिगो तथा प्रभावकारी व्यस्थापन गर्न स्थानीय सरकारले प्रत्यक्ष संलग्नता र सहभागिताको लागि पहल र भूमिका खेल्नु पर्ने बारेमा तालिमका सहभागीहरुले धारणा व्यक्त गर्नुभएको थियो ।

तालिम विभिन्न चार चरणहरुमा सञ्चालन भएको हो । पहिलो चरण र दोश्रो चरण असार २१ देखि ३१ गतेसम्म छाँयानाथ रारा नगरपालिको गमगढीमा भएको थियो भने तेश्रो र चौथो चरण श्रावण १९ देखि २३ गतेसम्म गमगढी र खत्याड गाँउपालिकाको माझचौरमा भएको थियो । तालिममा मुगुमकार्मारोंग गाँउपालिकाबाट ४ जना, सोरु गाँउपालिकाबाट २० जना, खत्याड गाँउपालिकाबाट २० र छाँयानाथ रारा नगरपालिकाबाट ३९ जना सहजकर्ता एवं शिक्षा विकास तथा समन्वय ईकाइबाट ४ जना गरी जम्मा ८७ जना सहभागीहरु हुनुहुन्थ्यो ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागको सहकार्य तथा यूनिसेफको आर्थिक सहयोगमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्रत्यक्ष सहजीकरणमा तालिम सञ्चालन भएको हो । छाँयानाथ रारा नगरपालिका प्रमुख हरिजंग शाहीको प्रमुख अध्यक्षतामा गमगढीमा भएको सबै चरणको तालिमको समापन समारोहमा प्रमुखबाट प्रारम्भिक बाल विकास केन्द्रको लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।
साउन ५ काठमाडौं चिकित्सा शिक्षा सुधारका माग राखेर अनसनमा बसिरहेका प्राध्यापक डा। गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको छ। र्यालीका सहभागीले डा। केसीका माग सम्बोधन गरी उनको जीवन रक्षा गर्न माग गरेका छन्।
माइतीघरबाट सुरु भएको र्यालीमा पूर्व प्रधानमन्त्रीदेखि पूर्वप्रधान न्यायाशीशहरूसम्म सहभागी छन्। नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई र उनकी पत्नीसमेत रहेकी नेत्री हिसिला यमी र्यालीमा सहभागी छन्। पूर्व मन्त्री एवं कांग्रेस नेता गगन थापा पनि सहभागी छन्।
यस्तै पूर्व प्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ र सुशीला कार्की पनि कार्यक्रममा सहभागी छन्। अभिनेत्री मनिषा कोइरालासहित विभिन्न कलाकारहरू पनि र्यालीमा सहभागी छन्।
चिकित्साशिक्षा सुधारका लागि गठित माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासहित नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, कृष्ण पहाडी, श्याम श्रेष्ठ लगायत लेखक(बुद्धिजीवी पनि कार्यक्रममा छन्।
साभार अन्नपुर्ण पोष्ट दैनिक
दान बहादुर बुढा ,१६असार
कर्णाली प्रदेशमानै पहिले पटक मुगु जिल्लामा रहेको छायानाथ रारा नगर पालिकाको आयोजना र एक दर्जन संघ सस्थाको सआयोजनामा गरीएको एक दिने अभिभावक मेला सम्पनन भएको छ ।
छायानाथ रारा नगरपालिका भित्र रहेका प्रारम्भिक बाल्यावस्थामा पढीरहेका बालबालिकाको शारीरीक मानशिक बौदिक।संवेगात्मक।सामाजिक,सांस्कृतिक र भाषाको बिकास गर्ने भबिस्या उज्जल बनाउन नगरपालिका भित्र रहेका बिद्यालय शैक्षिक अबस्थालाई माथि उठाउनकोलागी मेलामा सहभागी भएका अभिभावकले मेलामा देखे शिकेका कुरालाई घर परीवार गाउ टोल मा प्रयोग गनकोलागी आमा बुबा र स्याहार कर्ता अभिभावक नै हुन स्थानिय स्रोत साधनको प्रयोग गरेर शैक्षिक कृयाकलाप अधि बढाउन ,अभिभावक,शिक्षक,बिद्याथिहरुले शैक्षि क्षेत्रको आदान प्रदान गर्ने उ द्श्यले अभिभावक मेला सन्चालन गरीएको छायानाथ रारा नगरपालिकामागुका नगर प्रमुख हरिजङ्ग शाहीले बताएका छन

अभिभावकको मुख्य आर्कषकहरु नाटक,प्रारम्भिक बालबिकासमा बुबाको जिम्मेवारी,प्रारम्भिक बालबालिकाको महत्तव देउडागीत,बालकथा,अभिभापक कथा,रैथानिक स्थानिय खाद्यान्न बाली,१ बर्षदेखी १० बर्ष सम्मका बालकालीकाको स्वास्थ्य परिक्षण स्थानिय स्रोत साधाबाट बनाईएका शैक्षिक सामाग्रीहरु रहेका छन ।
यस अभिभावक मेलामा बिद्यार्थि अभिभावग गरी ८सय जना भन्दा बढीले मेलाको अवलोकन अध्यान गरेका छन भने मेलामा १५ बटा स्टल रहेका छन प्रारम्भिक स्टलमा प्रारम्भिक बाल बालिकाहरुलाई पढाउर्ने तरीका बारे र स्थानिय खाद्यान्न बाली,स्वास्थ्य परीक्षया गरेको मेला आयोजकले बताएका छन ।

अभिभावक मेलामा सहभागी भएका छायानाथ रारा नगरपालिका ५ कार्कीबाडा गाँउका जनक सेजुवालका अनुसार स्कदैमै राम्रो छ साना निनि बाबुलाई सहजको लागी ज्ञान मुलक रहेको छ , यस्ता मेला बर्षको २,३ पटकहुनु प्रर्ने समेत बताएका छन ।
जिल्ला रहेका सरोकार बाला सबैको भेला भएको छ सबै भन्दा अभिभावकले बाल बच्चालाई गाई गोरु भेडा बाख्रा चराउन नलगाउनु प्रर्ने रहेछ नियमित बिद्यालयका पठाउनु प्रर्ने राम्रँो सन्देश दिएको छ यो अभिभावक मेला गरेकोमा निकै राम्रो भएको छायानाथ रारा नगरपालिका ३ फुली गाँउका दिप बहादुर खड्काले बताएका छन ।
मुुुगु ११ रारा रैवार
मुगुमा ग्रमिणदेखि सदरमुकाम क्षेत्रका टोल टोलमा बिहिबार देखि प्रहरी अभियान सञ्चालन गरिएको छ । समाजमा हुने अपराधिक गतिबिधि, जाँड रक्सी खाएर हो(हाल्ला गर्ने लगायत महिला हिसां र बालविवाह न्युनिकरण गरेर समाजमा शान्ति स्थापना गर्न टोल टोलमा प्रहरी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ।
टोल टोलमा प्रहरी अभियान अन्तरगत बिभिन्न्न सचेतजनमुलक कार्यक्रम समेत प्रहरीले गरिरहेको छ । अभियान अन्तरगत आइतबार लागुऔषध द्रुब्यसनीका बारे जानकारीसहित लागु औषध द्रुब्यसनीले पार्ने अल्पकालिन असर तथा दिर्घकालिन असरका बारेमा माहाकाली माध्यामि बिद्यालयका बिद्यार्थीहरुलार्इ प्रहरीले प्रशिक्षण दिएको थियो ।
बिद्यार्थी बालबालिकाहरुले लागु औषध द्रुब्यसन र घरे
लु मदिराको बिक्रि बितरणमा समुदायमा सचेतना जोगाउन सक्ने भन्दै बिद्यार्थीलाइ लागु औषध द्रुब्यसन सम्बन्धि प्रशिक्षण दिइएको मुगु प्रहरीले जनाएको छ।
मुगुमा लागु औषधका घटनाहरु लुकिछिपी भइरहेकाले त्यसको रोकथाम गर्न र अब हुन सक्ने घटनाका बारेमा सचेत गराउँन माहाकाली माध्यामिक, विद्यालयका बिद्यार्थीलाई सचेतनामुलक प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरिक्षक डेकेन्द्र शर्मा बताए ।
उनका अुनसार सकारात्मक समाजको निर्माणमा गर्न बिद्यार्थी तथा बालबालिकाको अहम भूमिक हुने भएकाले बिद्यार्थीलाई टोल टोलमा प्रहरी अभियानका अन्तरगत लागुऔषध रोकथामका बारेमा जानकारी गराइएको बताए।
बालवालिका भविष्यका कर्णदार हुन यो बेलामा लागु औषध र मदिराको लतमा फसेमा उनीहरुको भबिष्य अन्धकार हुने भन्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अभिभावकले पनि आफना छोराछोरीको संगत तथा बानी ब्यबहार निगरानी गर्न आग्रह गरे ।
काठमाण्डाैं, चैत १८, – सरकारले २०७५ सालको बिदाको सूचि सार्वजनिक गरेको छ ।
आइतबार राजपत्रमा सूचना निकालेर सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । सरकारले यसअघि नै सार्वजनिक बिदा कटौतीको निर्णय गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो ।
यसअनुसार वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ । सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ ।
सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ । दसैँ बिदा असोज ३० देखि कात्तिक ३ तथा तिहार बिदा कात्तिक २१, २२ र २३ गते हुनेछ ।
असोज २३ गते संविधान दिवसको दिन देशभरी नै राष्ट्रिय दिवसको बिदा हुनेछ भने दिवस बिदा अन्तर्गत मजदुर दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको दिन देशभरी नै बिदा दिइएको छ ।
यसैगरी बुद्ध जयन्तीको दिनपनि देशभरी नै बिदा हुनेछ । काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा बिदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन बिदा हुनेछ ।
मंसिर १७ गते अपांगता भएका कर्मचारीका लागि बिदा हुनेछ ।
राजपत्रमा प्रकाशित बिदाको सूचि हेर्नुहोस्
१६ चैत, मुगु। पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।
मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।
उनको स्वास्थ्य स्थितिप्रति गम्भिर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।
चैत्र १६ । मुगु
विगत दुइ वर्ष देखि मुगु र बाजुरा जिल्लामा शिक्षा, स्वास्थ्य र कृषिकाे क्षेत्रमा काम गर्दै अाइरहेकाे अवसर परियाेजनाले कृषि प्रशार सम्बन्धि कृषि प्रशारकहरू लगाएत अवसर परियाेजनाका सामाजिक परिचालकहरूलाइ २ दिने जिल्ला स्तरीय पुनःतार्जगी तालिम जिल्ला स्थित चन्दनाथ हाेटलमा अाज सम्पन्न गरेकाे छ ।
१५ गते बिहान सवा नाै बजेबाट शुरू भएकाे तालिमकाे उद्घाटन शेषनमा बाेल्दै मुगु जिल्ला समन्वय समिति प्रमुख पूर्ण बहादुर राेकायाले भन्नु भयाे । " मुगु जिल्ला भाैगाेलिक विविधतायुक्त जिल्ला हाे , यहाँ अाज भन्दा केहि बर्ष पहिले जिल्लाका बासिन्दालाइ अावश्यक पर्ने सम्पूर्ण खाद्य पदार्थ जिल्ला भित्र नै उत्पाद हुने गर्थ्याे तर अाजभाेलि काम भन्दा कहानी बढी भन्ने गर्ने प्रचलनले गर्दा जिल्लामा खाद्य उत्पादन क्षमता घट्दै गइरहेकाे छ ।जसका कारण जिल्लामा निर्यात भन्दा अायात बढेकाे छ । अबका दिनमा कथनी भन्दा करणीमा जाेड दिन तालिमा सहभागी सबैलाइ अनुराेध गर्दछु । "
२ दिन सम्म चलेकाे उक्त तालिममा कृषि विकास कार्यालयका अधिकृतहरूले प्रशिक्षण दिनु भएकाे थियाे ।
नन्द बहादुर कार्की , चैत्र १४ । मुगु
जिल्लाको पश्चिम भेग खत्याड गाउपालिका वडा न . ९ स्थित श्री शिव प्राथमिक विद्यालय नखर्जी डाँडाकाेटमा गत चैत्र ११ गते दिउसाे चलकाे हावाहुरीले विद्यालय भवनकाे छाना पूर्ण रूपमा क्षति बनाएकाे छ ।

ECD देखि ५ कक्षा सम्म पठन पाठन हुने यस विद्यालयमा दलित छात्रा ६३, छात्र ४३ र अन्य छात्रा २४, छात्र ३० गरी जम्मा १५० जना बालबालिका अध्ययन गर्दै अाइरहेकाे कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलमान राेकायाले बताउनु भएकाे छ । राेकायाका अनुसार "याे विद्यालयकाे छाना पटक पटक हावाहुरीले उडाउने गरेकाे छ ,याे चाैथाे पटक हाे । १ अान्तरिक, २ दरबन्दी, १ ECD सहयाेगी कार्यकर्ता र १ कार्यालय सहयाेगि सहित ५ जना शिक्षक तथा कर्मचारी रहेकाे यस विद्यालय भवन निर्माण पश्चात वर्षेनी हावाहुरीका कारण छाना उडाउने गरेकाे छ। विद्यार्थीकाे विचल्ली भएकाे छ । हामीले पटक पटक यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्र सरकारी संघ संस्थासँग सहयाेग माग्दै मर्मत सम्भार गर्दै अाइरहेका थियाै तर याे पटक ३ वटै भवनकाे छाना मात्र नभएर कक्षा काेठाका सेताेपाटी, डेस्क बेन्च, अन्य शैक्षिक सामाग्रीहरूमा पनि क्षति पुगेकाे छ । अव केहि दिनमै नयाँ शैक्षिक सत्र शुरू हुने भएकाले यस क्षेत्रमा काम गर्ने सम्पूर्ण सराेकारवाला निकायहरूसँग सक्दाे सहयाेग चाँडै गरिदिन अनुराेध गर्दछु । "

विद्यालयका प्र.अ. रामचन्द्र कार्कीसँग सम्पर्क गर्दा प्रहरी मुचुल्का भैसकेकाे र अन्दाजी क्षति करिब १६ लाख भन्दा माथि रहेकाे बताउनु भएकाे छ । कार्कीले सहयाेगि संघ संस्थाहरूबाट सहयाेगकाे अपेक्षा रहेकाे र सकभर चाँडै सहयाेगकाे अाशा राख्नु भएकाे छ ।
वडा अध्यक्ष नरेन्द्र राेकायासँग सम्पर्क गर्दा अाफु गाँउबाट टाढा रहेकाेले चाँडै क्षति ग्रस्त विद्यालयकाे अवलाेकन गर्ने बताउनु भएकाे छ । उहाँले भन्नु भयाे "मर्मत लागि हामीसँग पर्याप्त बजेट छैन यसका लागि गाँउपालिका तथा यस क्षेत्रमा काम गर्ने सम्पूर्ण गैह्र सरकारी संस्थासँग सहयाेगका लागि अनुराेध गर्दछु ।"
०६, साउन,मुगु
मुगु जिल्लामा छउपडी प्रथा उन्मुलन गर्न बिभिन्न निकायहरु यति बेला सक्रिय बनेका छन् । महिला तथा बालबालिका कार्यालय, सोरु गाउँपालिका, हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगु, किर्डाक नेपाल तथा अन्य बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालहरु यो अभियानमा जुटेका हुन । महिला तथा बालबालिका कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्णा चन्दका अनुसार, महिला तथा बालबालिका कार्यालय मुगुले यो आर्थिक बर्षमा छाउपडी प्रथाका कार्यक्रमलाई प्रथामिकतामा राखि जिल्लाभर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
त्यस्तै भरखरै मात्र सम्पन्न भएको स्थानिय तहको निवार्चनमा नेकपा एमाले बाट प्रतिनिधित्व गर्दै सोरु गाउँपालिकाको उपाध्यक्षमा निबार्चित हुनु भएकी राज्यलक्ष्मी मल्लले पनि छाउपडी प्रथा उन्मुलन गर्ने खाले योजनालाई प्राथामिकतामा राखि अगाडि बढ्ने जानकारि दिनुभयो । उहाँका अनुसार मुगु जिल्लाको सबै भन्दा बढि छाउ प्रथा मान्ने गाउँपालिका सोरु गाउँपालिका भएको हुनाले यसलाई न्यूनिकरण गर्न केहि चुनौती भए पनि त्यस्ता चुनौतिलाई अवसरको रुपमा ठानि छाउपडी प्रथालाई न्यूनिकरण गर्ने प्रमुख लक्ष्य रहेको बताउनु भयो ।
यस्तै मुगु जिल्लामा रहेको गैर सरकारी संस्था हिरिसडेकले पनि बिभिन्न गाउँ पालिकाहरुमा निगरानि समितिहरु बनाई त्यहाँका महिलाहरुलाई जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको हिरिसडेककी छाउपडी प्रथा उन्मुलन तथा मानब अधिकार परियोजनाकी अधिकृत सञ्जु तिमिलसेनाले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो, यस्तो अन्तरक्रियामा स्वंयम धामि झाँक्रिलाई पनि सहभागिता गराईने भएको हुनाले छाउपडी प्रथा न्यूनिकरणमा केहि सहज हुने आसा लिएका छौ । भर्खरै मात्र दैलेखमा भएको जस्तै घटना नघटोस भनेर महिला तथा महिलासंग सरोकार राख्ने सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालयहरुले यस्तो कदम चालेका हुन ।समाजले रुढिवादी परम्परा र धार्मिक परम्परालाई बढि मान्यता दिने भएका कारण छाउपडि प्रथाले बढि प्रोत्साहन पाएको तथा जिल्लामा छाउपडी प्रथा महिला हिंसाको प्रमुख कारण समेत बनेको महिला बिकास कार्यालय मुगुले जानकारी दिएको छ । मुगु जिल्लामा हालसम्म महिलाहरु महिनावारी भएको बेला खासै कुनै अप्रिय घटना घटेको नभएता पनि महिला छाउ गोठमा बस्दा उनिहरुमा निम्तिन सक्ने खतरा र विभन्न खाले समस्या नपरोस भन्ने नेपाल सरकारको लक्ष्य रहेको महिला तथा बालबालिका कार्यालयकी निमित्त कार्यालय प्रमुख कृष्णा चन्दको भनाई रहेको छ ।
०६ साउन,मुगु
स्थानीय तहको निर्वाचन र अब हुने प्रदेश तथा संघीय सभाको निर्वाचनका कारण जिल्लामा यो वर्ष नागरिकता लिनेको संख्या बढेको छ ।
२०७३ सालमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनेको संख्या १ हजार १ सय २६ रहेकोमा २०७४ बैशाख यता नागरिकता लिनेको संख्या बढेर १ हजार ६ सय ६५ पुगेको जिल्ला प्शासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीले जानकारी दिए । सरकारले निर्वाचन प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहबाट नयाँ मतदाता नामावली दर्ता गराउन राष्ट्रिय निर्वाचन आयोगले निर्देशन गरे पछि नागरिकता लिनेको संख्या बढेको हो । नेपालको कानुन अनुसार १६ वर्ष उमेर पुगेकाले नागरिकता पाउने र नागरिकता पाउनेले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने कानुनी व्यवस्था छ ।
यसै बिच मतदाता नामावली दर्ता कार्य साउन १ गते देखि सुरु भए यता शुक्रवार सम्म ३ सय ३९ जनाले मतदाता सुचिमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शुक्रबारसम्म मतदाता दर्ता गराउने कार्य उत्साहजनक रहेको जिल्ला निर्वाचन अधिकारी राजीमान बुढाले जानकारी दिए ।
बुढाका अनुसार साउन १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा नै नयाँ मतदाता नामावली दर्ता , पुराना दर्ता भएकाहरुको अध्यावधिक र दर्ता मतदाता नामावली माथी दावी विरोध गर्ने कार्यक्रम हुने र त्यस पछि साउन १६ गते देखि साउन ३२ गतेसम्म जिल्लाका तिन वटै गाउँ पालिकाबाट मतदाता नामावली दर्ता कार्य गरिने छ ।
०३ साउन,मुगु
गमगढीः जिल्ला सदरमुकाम गमगढीमा आजबाट व्यवहार परिवर्तनमा सञ्चार तथा सकरात्मक भिन्न व्यवहार पोषण सम्बन्धि पाँच दिने तालिमको शुरुवात भएको छ ।
केयर नेपालको आर्थिक सहयोगमा अवसर परियोजनालाई मुगुमा पुनं निर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी) र बाजुरमा गिफ्ट बाजुुराद्धारा सञ्चालनमा रहेका छन् ।पाँच दिन सम्म संचालन हुने तालिममा डा .देबिका ज्ञवालि र एस.के बस्नेतले सहजीकरण गर्ने आयोजक संस्था केयर नेपालल का परियोजना प्रबन्धक राम सिंह ठगुन्नाले जानकारी दिएको छ । तालिमम कार्यक्रम लागु भएका बाजुरा र मुगुका २६ जना कर्मचारी सहभागि रहेका छ भने परियाजोना को कार्यक्रम मुगु र बाजुरा मा साविक का १० -१० गा.वि.स मा संचालन रहेको छ । सो तालिमको उद्घाटन शत्रमा सहभागिहरुले बालबालिकामा देखा पर्ने कुपोषण न्यनिकरण र्गनका लागी सकरात्मक सोचको आबश्यकता रहेको बताएका थिए ।
परियोजनाले विषेस गरि शिक्षाका क्षेत्रमा मुख्य गरि तथा स्वास्थय, कृषि एवम पोषणका क्षेत्रमा पनी काम गर्ने भएकाले दुवै जिल्लामा अवसर परियोजना सञ्चालित गाविसहरुमा पोषणका क्षेत्रमा बिभिन्न जानकारी सहज रुपमा पुगोस भन्नका लागी सामाजिक परिचालकहरुका लागी तालिमको आयोजना गरिएको केयर नेपालका सञ्चार प्रमुख सुमन गिरीले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थय कार्यालय मुगुका डां जितेन्द्र कडेलले बाजुरा र मुगुमा पनी पोषणको स्थिती राम्रो नपाईएकाले यसलाई सबै सरोकारवाला तथा सम्बन्धित निकायको सहयोगमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । पोषणका बारेमा जानकारी तथा त्यसको अवस्था आवश्यक भएमा जिल्ला स्वास्थय कार्यालयले त्यसमा सहयोग गर्नेमा समेत उहाँले स्पष्ट पार्नुभएको थियो
यता, तालिमबाट सिकेका कुराहरुलाई सके सम्म व्यवहारमा लागु गर्दै समुदायलाई सिकाउन सामाजिक परिचालकहरुलाई सरोकारवालाहरुले आग्रह समेत गरेका थिए ।
दान बहादुर बुढा, मुगु
सदरमुका गमगढी देखी पश्चिम भेगमा रहेको खत्याड गाउँपालिकाका बालबालीकाहरु हिजो आज बालभित्रे पत्रिका बाट जनचेतना जगाउदै छन ।
खत्याड गाउँ पालिकामा रहेका १,२,३,४ वडामा रहेका बालबालीकाहरु बालक्लव मार्फत निमार्ण गरीएको बाल पत्रिका मार्फत गाउँ बस्ती टोल,छिमेकमा रहेका परम्परागत रहेका छाउ प्रथा ,मानिस बिरामी हुदा धार्मि झाक्रीको भरमा प्रर्दा हुने घटना बोक्सी,दलित छुवाछुत गर्ने र गाउँ छरमा रहेका सकारात्मक कुरा नकारात्क कुरो,बिकास निमार्णमा हुर्ने अनियमिता भष्टचार बारे जनचेतना दिदै आएका छन ।
मोवाईल बाहेक अन्य कुनै पनि संन्चार सेवा नभएको खत्याड गाउँ पालिकामा यु एम एन कलष्टर नेपालको आर्थिक रहयो साझेदारी स्थानिय सस्था ग्रामीण सामुदायिक सस्था जिएसएस मुगुको पहलमा निमार्ण गरीएका बाल क्लब सेरी,श्रीकोट,खमाले,गम्थाले माशिक भित्रेपत्रीका मार्फत नियमित पत्रिका प्रकास गरी रहेका छन ।
पहिले पहिले हामीलाई भित्रे पत्रीका प्रकाशनमा निकै गारो भएको थियो ।
ग्रामीण सामुदायिक सस्था जिएसएस संस्था बाट पटक पटक तालिम दिदा हिजो आज सहजै रुपमा पत्रिका प्रकाशन गदै आएका छौ हाम्रो समाजको कुरुति,कुसस्कारको र नियमित बिकासी कार्यमा भईरहेको भस्टचार बिरुद्घ आवाज उठाई रहने छु र्तमालीका बाल क्लवका उपाध्क्षय मुन्देबी थापाले जानकारी गराएका छन ।
०१ असार , मुगु ,

केयर नेपाल को आर्थिक सहयोग र पुन निर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी) मुगुको सझेधारी मा सञ्चालित अवसर परियोजना अन्र्तगत आज जिल्ला सदरमुकाम गमगढीमा बालमैत्री शिक्षण क्रियाकलाप सम्बन्धित ३ दिने शिक्षक कार्यशाला शुरु भएको छ । आज कार्यशालाको शुरुवात गर्दै शिक्षा बिभागका सह–सचिव मित्रनाथ गड्तौलाले आजबाट शूरु भएको कार्यशालाले शिक्षकहरुमा बालमैत्री क्रियाकलापहरुमा बृद्धि गराई शिक्षण स्तरमा माथी उतार्न सहयोगी बन्न सहभागि शिक्षकहरुलाई आग्रह गरे ।

उनले भने ‘मुगुमा बिचमै बिद्यालय जान छोड्ने बिद्यार्थीहरुको संख्या धेरै छ भन्ने हामी सुन्छौ, अब शिक्षक साथीहरुले त्यसको अन्त्य गर्दै बिद्यार्थीहरु निरन्तर रुपमा बिद्यालय गईराख्ने र लामो समयसम्म पढाई निरन्तरता दिने अनुकुल बातावरण सिर्जना गर्नुपर्छ ।’ आजबाट शुरु भएको सो कार्यशालाका जिल्लाका बिभिन्न स्थानिय तहहरुका १५ वटा बिद्यालयहरुका झण्डै २० जना शिक्षकहरुको सहभागिता रहेको छ ।
शिक्षकहरुका बिचमा बालमैत्री शैक्षिक क्रियाकलापका राम्रा तथा नराम्रा अनुभवहरुमा छलफल गरि कसरी अझ प्रभावकारी बालमैत्री सिकाईका क्रियाकलाप सञ्चालन गर्न सकिन्छ ? भन्ने बिषयमा निचोड निकाल्ने र सिकाईलाई अझ प्रभावकारी बनाउन सहयोग गर्नका लागी कार्यशालाको आयोजना गरिएको अवसर परियोजनाले जनाएको छ । कार्यशालामा बिभिन्न २ श्रोतकेन्द्रका श्रोतव्यक्तिहरु पुर्णदिप कडेँल र बिष्णुहरी ढुगांनाले शिक्षकहरुसगँ सहजिकरण गर्नुहुनेछ ।
कार्यशालाको उद्धघाटमा बोल्दै जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले पनी शिक्षा को स्थिती सुधारमा महत्वपुणै भुमिका शिक्षककै भएकाले आफुहरुले कार्यशालामा सिकेका कुराहरुलाई आफ्नो बिद्यालयमा फर्केर व्यवहारमा उतार्न अनुरोध गर्नुभएको थियो ।
उद्धघाटन कार्यक्रम शत्रको समापनमा बोल्दै सामुदायिक रेडियो मुगु एफ एम १०७ थोप्लो ४ मेगाहर्जको मातृ संस्था पुनंनिर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी) का अध्यक्ष तिलक बहादुर मल्लले पनी शिक्षकहरुलाई शिक्षामा परिवर्तनका बाहक भनेका शिक्षक नै भएकाले नहिच्किचाई अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले मुगुबासीलाई सामुदायिक रेडियो सुनाउन जन्मेको आरआरडिसी स्वास्थय, शिक्षा, कृषी, बिकास निर्माण तथा अन्य क्षेत्रहरुमा फैलिएकाले शिक्षामा परिवर्तनका लागी आफुहरु तयार रहेकोमा जोड दिनुभयो । बिद्यालयहरुलाई नमुना र प्रभावकारी शिक्षाको थलो बनाउनका लागी बिद्यालयलाई परेका आवश्यक्क्तालाई जिल्ला शिक्षा कार्यालय मार्फत आरआरडिसी सम्म आउन अनुरोध पनी गर्दै सो पुर्तिका लागी सम्बन्धित निकायमा सबैको सक्रियता बढाउने बिश्वास समेत व्यक्त गर्नुभएको थियो । आजबाट शुरु भएको कार्यशाला आगामी शनिबार असार ३ गते सकिने अवसर परियोजनाका सयोजक शिवचन्द्र कार्किले जानकारी दिनुभयो ।
स्रोत http://www.karnalionline.com
रारा रेवार, जेठ २८ मुगु
छायानाथ रारा नगरपालिकाका तिन वटा वडाहरुको आईतवार स्थापना गरिएको छ भने निर्वाचनबाट विजयी वडाका पदाधिकारीहरुले पदभार समेत ग्रहण गरेका छन ।
नगरपालिकाका वडा नम्बर ६,७ र ८ नम्बर वडा कार्यालयहरु साविकको पिना गाविसको भवनमा रहने गरि स्थापना गरिएका हुन । कार्यालय स्थापना गरिएका अन्य वडा कार्यालयहरुमा जस्तै यि तिन वटा वडाको काम एक जना सचिवले सम्हाल्नु पर्ने भएको छ । जिल्लाका अन्य तिन वटा गाउँ पालिकाका सबै वडा तथा गाउँ पालिकाका कार्यालयहरु यसै गरि स्थापना भई सकेका छन ।
रारा रैवार ,मुगु
उद्योग गरौं, उद्यमी बनौ र आम्दानी बढाऔ भन्ने उदेश्यका साथ गमगढीमा एक महिने आधारभुत कम्प्युटर मर्मत सिप विकास तालीम सुरु भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति मुगुको आयोजना तथा ईन्टर सफ्ट नेपाल प्रालि मुगुको प्राविधिक सहयोग तथा सहकार्यमा जेठ २६ गते देखि सुर भएको तालीममा जिल्ला भरका १२ जना सहभागि भएका छन । सहभागि मध्य ४ जना पुरुष र ८ जना महिला रहेका छन ।
एक महिने तालीम पछि उद्योग सञ्चालन गरि व्यवसाय गर्न चाहनेका लागि घरेलु तथा साना उद्योग विकास समितिले निशुल्क उद्योग दर्ता गराउने छ भने ईन्टर सफ्टले तालीममा उत्कृष्ट हुने पाँच जनालाई रोजगारको समेत अवसर दिने ईन्टर सफ्टका प्रबनध निर्देशक नरेशकुमार शाहीले जानकारी दिए ।
रारा रैवार ,मुगु
शुक्रवार देखि सदरमुकाम गमगढीमा विपद तथा प्रकोप पुर्व सुचना सम्बन्धि तिन दिने क्षमता अभिवृद्धि तालीम सुरु भएको छ ।
सामुदायिक विकास कार्यक्रम सिडिपी मुगुको आयोजनामा सुरु भएको तालीममा जिल्लामा आउन सक्ने विपद र घट्न सक्ने प्रकोपका विषयमा पुर्व तयारी तथा सुचना प्राप्त गर्न सहज होस र समुदायलाई प्रकोप जोखिम उन्मुख बनाउनका लागि तालीमको आयोजना गरिएको सिडिपी मुगुले जनाएको छ । आईतवार सम्म सञ्चालन हुने तालीमका लागि सिडिपीले समुदायमा गठन गरेका प्रकोप पुर्व सुचना कार्यदलका पदाधिकारीहरु रहेका छन । साविकका श्रीनगर , सेरी र नार्थपु गाविसमा गठित कार्यदलका ३६ जना सहभागि रहेका छन ।