"@MishiAmit bhai, he is very popular and a great bowler in the IPL." @IamSandeep25 is focused on learning from the seasoned campaigners.#DilDilli

नन्द बहादुर रोकाया
कार्तिक १० मुगु
बिजयादशमी तथा शुभदिवाली २०७६ को शुभ अबसरमा श्रीनगर युवाद्धारा आयोजित मिनिरारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भामवाडा फुटबल क्लबले जितेको छ ।आईतबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा ए वान स्पोट क्लबलाई पेनाल्टी शुटबाट पराजित गर्दै भामवाडाले उक्त उपाधि जितेको हो । खेल शुरु भएको ५ मिनेट भित्रै पहिलो गोल ए वान स्पोट क्लबले गरेको भए पनी खेलको १८ औ मिनेटमा भामवाडाले गोल फर्काए संगै निधारित समयमा खेल बराबरीमा सकिएपछि दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । शनीबार फुटबल खेल खेलीरहदा गोलको बिषय लाई लिएर विवाद भएको थियो । आईतबार समधान खोजी रेफ्रीको निर्देशन अनुसार खेल पुन खेलाईएको बताइएको छ
पेनाल्टी शुटमा ५र४ गोल अन्तरले ए वान स्पोट क्लबलाई पराजित गर्दै भामवाडा फुटबल क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो । पेनाल्टीमा भामवाडाको ५ र ए वान को ४ भएको थियो । विजेता भामवाडा फुटबल क्लबले ३५ हजार हजार रकम सहित शिल्ड र पदक प्राप्त गर्दा उपविजेता ए वान स्पोट क्लबले २० हजार प्राप्त गरेको छ ।
यसै बिच महिलाको खेलमा हिमाली भोटेले बिजेता र ए वान स्पोट क्लब उप बिजेता भएको छ । बिजेता हिमाली भोटेलाई ८ हजार रकम मेडल प्रमाण प्रत्र प्रदान गरीएको छ भने उपविजेता ए वान स्पोट क्लब लाई ५ हजार सहित मेडल प्रमाण प्रत्र प्रदान गरीएको आयोजक स्रोतका प्रवक्ता पदम राज मल्ले बताए । मिनि रारा गोल्डकप प्रतियोगितामा १४ पुरुष ३ महिलाको टिम सहभागी भएको थिय ।
काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन । राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बा्धिक रोजाइमा परेको क्षेत्र हो । त्यहि क्षेत्र लाई रोज्दै मुगु जिल्लाको सोरु गाउँपालीका १० वडा जन्म थलो भएकी मोडल जुनु आर्चाय कर्म थलो काड्माडौ बनाएर भविष्य खोज्दै छन ।
उनै आर्चायका ८ तस्विर हेर्नु होस
रारा रैवार सम्वाददाता
चैत १८ मुगु
जिल्ला कृषि बिकास बैक मुगुको ३७ लाख कर्जा अशुली गर्न समस्या भएको छ । २०७० साल देखि स्वरोजगार कर्जा र नियमित कर्जागरी ३७ लाख कर्जा अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङक मुगु शाखाले जनाएको छ ।
४१ जना संग स्वरोजगार कर्जा र १० जना संग नियमित कर्जा गरी ५१ जना ग्राहक बाट कर्जा सवा ब्याज अशुली गर्न समस्या भएको जिल्ला कृषि बिकास बैङ्गक मुगु शाखाका प्रवन्धक जनक बहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार बारम्बार ग्राहकहरु लाई मौखिक र लिखित जानकारी संगै ताकेता गर्दा पनी ग्राहकले नसुनेको जस्तै गरेको बताउनुभयो । एक हप्ता भित्र सवा ब्याज नबुझाएका धितो लिलाम गरीने कृषि बिकास बैक मुगुले जनाएको छ ।
शान्तिमाया खत्री
असार २९ जुम्ला
गहेको असार २७ गते भएकोे जुम्ला रारा अल्ट्रा म्याराथुनका प्रतियोगि खेलाडीहरु लाई आज सम्मानका साथ पुरस्कार बितरण गरीएको छ । अल्ट्रा म्याराथुनको समापन तथा खेलाडी बिदाई कार्यक्रमको अबसरमा उनिहरुलाई पुरस्कार बितरण गरीएको हो ।
प्रतियोगितामा केटा तर्फ क्रमश दुर्गा बहादुर बुढा , धिर बुढा र धमेन्द्र भण्डारी प्रथम,द्धितिय र तितृय भएका थिए भने यस्तै केटी तर्फ सुनमाया बुढा, राममाया बुढा र हिमाली रावल प्रथम,द्धितिय र तितृय आएका थिए ।
सदरमुकाम जुम्ला खलंगाबाट शुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड बुढाले पाँच घण्टा १९ मिनेट ४९ सेकेण्डमा पुरा गरी प्रथम हुनुभएको हो ।
पाँच घण्टा २८ मिनेट ३२ सेकेण्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय र पाँच घण्टा ३२ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी धमेन्द्र भण्डारी तृतीय भएका थिए
यसैगरी, महिलातर्फ छ घण्टा ३४ मिनेट ४९ सेकेण्डमा अन्तिम बिन्दु रारातालको हुटुमा पुगेर सुनमाया बुढा प्रथम, छ घण्टा ५९ मिनेट ४३ सेकेण्डभित्र पार गरी राममाया बुढा द्वितीय र सात घण्टा १० मिनेट १७ सेकेण्डमा पार गरी हिमाली रावत तृतीय हुनुभएको छ ।
प्रतियोगितामा प्रथम,द्धितिय र तितृय आउने खेलाडीलाई क्रमश ५० हजार ३० हजार र २० हजारका दरले पुरस्कार बितरण गरीएको कर्णाली खेलकुद कल्ब जुम्लाले जनाएको छ । अन्य टप टेन भित्रका खेलाडीलाई सम्मानका साथ रु २ ̸ २ हजार पुरस्कार प्रदान गरीएको कर्णाली खेलकुद कल्बका अध्यक्ष सरोज शाहीले बताए
यसैबिच कार्यक्रममा कार्यक्रमा बोल्दै उद्योग वन तथा प्रर्यटन मन्त्रालय कर्णाली प्रदेशका शाखा अधिकृत महेश कुमाईले खेल क्षेत्रको बिकासका लागी मन्त्रालयले बिशेष बजेटको व्यवस्था गरेको बताएका छन ।
प्रर्यटन प्रवद्धनको लागी खेल क्षेत्रको नै महत्वपुर्ण भुमिका रहने भएको हुदा सबैले खेल क्षेत्रलाई महत्व दिनु पर्ने उनले बताए । यता कल्बका उपाअध्यक्ष रोशन क्षेष्ठ , कल्बका सदस्य महेन्द्र कार्की लगायतका अन्य खेलाडी हरुले जुम्ला रारा अल्ट्रा म्याराथुन बाट थप हौसला मिलेका बताएका छन ।
समापन तथा खेलाडी बिदाई कार्यक्रमको अबसरमा प्रथम आएका पुरुष खेलाडी दुर्गा बहादुर बुढाले खेल क्षेत्रको बिकासको लागी रु ५ हजार रुपैया हरी रोकाया पाउन्डेशन लाई सहयोग गरेका छन । धावक हरी रोकाया जस्तै सर्याै व्यतिm जुम्लामा उत्पादन गर्न सक्नु पर्ने उनले जोड दिएका छन ।
शान्तिमाया खत्री,
असार २८ जुम्ला
जुम्ला रारा अल्ट्रा म्याराथुनको उपाधी जुम्लाकै खेलाडीले हात पारेका छन् । पूरुष र महिला दुवै तर्फको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान जुम्लाकै खेलाडीहरुले हात पार्न सफल भए । पूरुष तर्फ दुर्गा बहादुर बुढा र महिला तर्फ सुनमाया बुढाले म्याराथुनको उपाधी हात पारेका छन ।
पूरुष तर्फ निर्धारित दुरी ५ घण्टा २० मिनेट ३९ सेकेण्डमा मा पार गर्दै दुर्गा बहादुर बुढा र महिला तर्फ ६ घण्टा ३४ मिनेट ५१ सेकेण्डमा पार गर्दै सुनमाया बुढाले उपाधी जित्नुभयो । यस्तै प्रतियोगितामा पूरुष तर्फ ५ घण्टा २८ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै जुम्लाकै धिरबहादुर बुढा दोस्रो हुनुभयो ।
महिला तर्फ राममाया बुढा दोस्रो हुनुभयो । प्रतियोगितामा जिल्ला बाहीरबाट ३६ जना खेलाडीले भाग लिएको भएपनि जुम्लाकै खेलाडीहरुले उपाधी जित्न सफल भएका हुन् । प्रतियोगिता जुम्ला सदरमुकाम देखि शुरु भई मुगुको हुटु लेकमा पुगेर टुङ्गिएको थियो ।
जुम्ला रारा अल्ट्रा म्याराथुनको रुड जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाईमा रहेको डाँफे लेक हुँदै, न्याउरीघाट, चौथा, र ४ हजार १७ मिटर उचाईमा रहेको चुचेमाराबाट मिलीचौर हुँदै मुगुको हुटु लेक भएर राराताल पुगेको थियो ।
असार २२, एजेन्सी रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २(१ गोल अन्तरले पराजित गरेको हो ।
यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् ।
बेल्जियमले खेलको १३ औं मिनेटमा बेल्जियमले अग्रता बनाएको थियो । बेल्जियमले प्रहार गरेको कर्नर किकलाई बचाउने क्रममा ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।
त्यसपछि खेलको ३१ औं मिनेटमा गोल गर्दै बेल्जियमले २–० गोलको अग्रता लियो । बेल्जियमका लागि केभिन डे ब्रुयनीले गोल गर्दै दोब्बर अग्रतामा पुर्याएका थिए । उनले निकै सुन्दर गोल गरेका थिए ।
ब्राजिलले बेल्जियमको पोष्टमा धेरै अवसर पाएपनि गोल भने गर्न सकेन । खेलमा २ गोलको अग्रता लिएको बेल्जियमलाई रोक्दै १ गोल गर्ने क्रममा ७६ औं मिनेटमा रेनाटो अगुष्टोले खेलको खेलको ७६औं मिनेटमा गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याएका थिए । तर त्यसपछिका अवसरहरुलाई बेल्जियमले रोक्न सफल भयो ।
पहिलो हाफमा १ गोल गरेर अग्रता लिएको फ्रान्सले दोश्रो हाफको खेलमा थप १ गोल गर्दै २ गोलले अग्रता लिएको थियो । उसले पहिलो हाफको ४० औं मिनेटमा राफेल भरेनाले हेड गोलबाट अग्रता लिएको थियो ।
त्यस्तै दोश्रो गोल ६१ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले प्रहार गरे, जसलाई निकै अनुभवी गोलरक्षक फर्नान्दो मुस्लेरोले दुई हातले रोकेका थिए तर उक्त बल गोल हुन पुग्यो ।
डिबक्स बाहिरबाट प्रहार भएको प्रहार गम्भीर गल्ती हुँदा फ्रान्सको लागि अग्रतामा दोब्बर बन्यो ।
दोस्रो हाफमा उरुग्वेले केही सुधारिएको प्रदर्शन गरेपनि गोल भने गर्न सकेन । फलस्वरूप उरुग्वे क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
जय रोनाल्डेश्वर अनि जय मेश्वेश्वर । साथै जय यिनै ईश्वरका साक्षात भक्तजनहरु । यो जगतको विराट खेलाकाशमा सुर्य बनेर चम्केका ।विश्वको गोलाईलाई फुटबलले नै नाप्न खोजेका । तिमी दुवै खेलेश्वरको अन्तरध्यानले भक्तको रुवाबासि त चलेको छ नै । साथसाथै अब यस खेल जगतमा नव ईश्वरको अवतार हुने सम्भावना पनि सशक्त भएर जुर्मुराएको छ ।
हे रोनाल्डेश्वर र र मेस्वेश्वर
तिमिलाई यो कुरा पनि थाहा होला । संसारको ईतिहासमा हेर्ने हो भने हरेक मानिस,समाज र विश्व हार्नेको होईन जित्नेको पछाडि दौडिरहेछन् । असक्तलाई होईन झन् सशक्तलाई काँधमा बाकिरहेछन् । यो मनुवाको बानि पनि अचम्मको छ । आज रोनाल्डो र मेस्सि बिना श्वास फेर्न नसक्नेहरु भालि जित्नेकै भक्त हुनेछन्।जसरि श्रीमतिको स्वर्गे पछि श्रीमान र श्रीमानको मृत्यु पछि श्रीमतिले अर्को विहे गर्छन् ।।
हाई रोनाल्डेश्वर र मेस्वेश्वर ।
संसारको कुनै चिज समाप्त हुँदा बाँकि रहेका अरु त्यसको लाशले होईन गुणले अमूल्य आँशुको थोपा टिल्पिलाउने गर्छन् । यो फुटबलको महायज्ञबाट तिमी दुबैजनाको विश्वको माझमा उभिएर दुवै हात हल्लाउँदै गोल्डकप उचाल्ने सपना एेना फुटेसरि चकनाचुर भएपनि तिम्रो खेलको अनुसरण गर्ने उदाउँदा ईश्वर र भक्तमा कमि आउने छैन । तिमी विना अबको फुटबल यात्रा विश्वका अधिकांश भक्तका माझमा सुकेको कागति जस्तै निरस त बन्ने छ नै । तर के गर्नु भिरमा लडेको गाईलाई रामराम भन्न सकिन्छ तर काँधमा हाल्न सकिन्न । समय न हो यसले कोल्टे फेरेको थाहा नै हुदो रहेनछ । बगेको खोला फर्कने भए मरेको मुर्दा ब्युझने भए आहा१ त्यो समय जस्तो महान अरु के नै हुन्थ्यो होला र है
डियर दद्वयेश्वर
संसार जित्ने सपना त कसलाई हुदैन । तर पनि आवश्यकता र क्षमता भन्दा पनि बढि सोचिएको सपनाले आफैलाई मिच्छ । पृथ्वी गोलो छ । तिमिसँग खेलेर जित्ने सँग घुम्दै जाँदा भेट हुन्छ अवश्य ।
अवको गन्तव्य लाई काँडा रहित बनाउनु । ठेस लागेर उठेको मानिस नै महनन बन्छ । हामी दौडिन खाज्दा सानोमा कति धेरै पटक लडेथ्यौँ त्यो गनेर साध्य छैन ।गन्न पनि हुदैन । सुनलाई गहना बन्न कति चोट सहनु पर्छ । पत्थरलाई मूर्ति बन्न कति पीडा सहनु पर्छ ।
संसार हेरेर चित्त बुझाउने हो। अब सोचौँ कि यो विश्वकप हाम्रो हातमा रहेनछ । फुटबलको देवालयमा अब उदयमान एक नयाँ ईश्वरको जन्म हुनेछ ।नयाँ ईश्वरलाई बधाई , रोनाल्डेश्वर र मेश्वेस्वरलाई बिदाई ।
प्रकाशित २०७५ /०३/१८
लेखक चन्द्र प्रकाश बढुवाल रोवा मुगु
असार १३ रारा रेवार मुगु
असार २७ गते हुने जुम्ला रारा अल्ट्रा म्याराथुन प्रतियोगिताको तयारी तीव्र पारिएको छ। पर्यटन प्रवर्द्धनका लागि कर्णाली स्पोर्टस क्लबले आयोजना गरेको पहिलो तथा जुम्लामा दोस्रो पटक अल्ट्रा म्याराथुन हुन लागेको हो।
यो प्रतियोगिताले कर्णाली प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०७५ लाई थप टेवा पुग्ने विश्वास लिएको छ।खेलक्षेत्रमार्फत कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रलाई विश्वसामु चिनाउने ध्ययले हुन लागेको जुम्ला(रारा अल्ट्रा म्याराथुनमा भाग लिने खेलाडीले ४९ किलो मिटर दूरी पार गर्ने भएका छन्।
क्लबका अध्यक्ष सरोज शाहीका अनुसार अल्ट्रा म्याराथुनमा राष्ट्रिय तथा स्थानीय स्तरका सयौँ ख्यातिप्राप्त एथेलेटिक्स खेलाडीले सहभागिता जनाउँदैछन्।
समुन्द्री सतहदेखि २३ सय ५० मिटर उचाईमा रहेको जुम्ला सदरमुकाम खलंगा बजारबाट डाँफे लेक, न्याउरीघाट, चौथा हुँदै ४ हजार १७ मिटर उचाइ रहेको चुचेमारा, मिलीचौर भएर खेलाडी रारातालसम्म पुग्नुपर्ने म्याराथुनको रुट कायम गरिएको छ।
उक्त म्याराथुनमा प्रथम हुने खेलाडीले ५ घण्टाभित्र ४९ किलो मिटर तोकिएको रुट पार गर्नसक्नु पर्नेछ । प्रतियोगितामा सोलुखुम्बु जिल्ला, त्रिभुवन आर्मी क्लबलगायत देशका विभिन्न जिल्लाबाट खेलाडीले भाग लिँदैछन्।
एथेलेटिक्स धावक हरिबहादुर रोकाया बिरामी परेपछि जुम्ला आयोजक क्लबका प्रशिक्षक सिता न्यौपानेले क्लबमा आवद्ध तथा अन्य २७ जना बढी धावकलाई नियमित प्रशिक्षण दिइरहेकी छिन्।
पर्यटन प्रर्वद्धन र खेल क्षेत्रको विकासका लागि आयोजित अल्ट्रा म्याराथुन प्रतियोगिता सफल पार्न जिल्ला खेलकुद विकास समिति, चन्दननाथ नगरपालिकालगायत अन्य निकायसँग समन्वय र सहकार्य भैरहेको छ।
म्याराथुन सम्पन्न गर्न ११ लाख बढी खर्च लाग्ने आयोजकले जनाएको छ।म्याराथुन प्रतियोगितामा प्रथम हुने महिला पुरुषलाई ५०र५० हजार, दोस्रो हुने महिला, पुरुषलाई ३०र३० हजार र तेस्रो हुने महिला पुरुष
प्रतियोगीलाई २०र२० हजार नगदसहित प्रमाण पत्र र मेडल पुरस्कार उपलव्ध गराइने क्लबका अध्यक्ष सरोज शाहीले पत्रकार सम्मेलनमा बताए। त्यसैगरी बाहिर जिल्लाबाट आउने खेलाडीलाई आउने जाने यातायात भाडा र खान बस्नका लागि व्यवस्थापन गरिएको छ।
साभार अन्नपुर्ण
९ असार रारा अनलाईन मुगु
रुसमा जारि विश्वकपमा समूह डीु को खेल निकै रोचक मोडमा पुगेको छ । शुक्रबारको खेलमा आइसल्याण्डलाई २(० गोल अन्तरले पराजित गर्दै नाइजेरियाले ३ अंक बटुलेपछी समूह ुडीु बाट नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम क्रोयसिया बनेको छ ।
शुक्रबार नाइजेरियाले आइसल्याण्डलाई २(० ले पराजित गरेपछि स्वतस् क्रोएसियाले दुई खेलबाट ६ अंक सहित नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो । अब समूह डीु बाट नाइजेरिया ९३ अंक०, अर्जेन्टिना ९१ अंक० र आइसल्याण्ड ९१ अंक० सहित क्रमश पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् । क्रोएसियाले नकआउटमा आफ्नो स्थान पक्का गरेकाले अब यी तीन मध्ये १ टिम मात्र नकआउट चरणमा प्रवेश गर्नेछन् । अब तीनै टिमले १र१ खेल खेल्न बाँकी छँदा खेल निकै रोचक मोडमा पुगेको हो ।
विश्वकपमा समुह चरणको १र१ खेल हुन बाँकी छ, अबको खेल क्रोएसियाले आइसल्याण्डसँग खेल्दैछ भने अर्जेन्टिनाले नाइजेरियासँग खेल्दैछ । आगामी खेलमा नाइजेरियाले अर्जेन्टिनालाई जित्न सके वा बराबरीमै रोक्न सके पनि नाइजेरिया ६ वा ४ अंक सहित नकआउट चरणमा प्रवेश गर्नेछ भने अर्जेन्टिनाले जिते ४ अंक सहित नकआउट चरणमा प्रवेश गर्नेछ ।
उता अर्जेन्टिनालाई बराबरीमा रोक्न सकेको आइसल्याण्डलाई समेत २ गोलले पराजित गरेको नाइजेरियाले आफू कम्जोर नभएको प्रमाणित गर्दै अर्जेन्टिनासँगको खेललाई समेत चुनौती थपिदिएको छ ।
उता आइसल्याण्डलाई ठूलो चुनौतिको पहाड क्रोएसिया बनेको छ । लगातार २ खेल जितेको क्रोएसियालाई पराजित गर्नु आइसल्याण्डलाई चुनौतीपूर्ण छ ।
१६ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेलाडीको अनुशासनलाई लिएर कडा निगरानी गर्ने भएको छ ।
आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचार्डसनले खेलाडीहरूको व्यवहारमा पुनर्निरिक्षण गरिने बताएका हुन् । क्रिकेट खेलप्रतिको सम्मान बचाउन र आचारसंहिता उल्लंघन नहोस् भनेर कडा निगरानी गरिने प्रमुख कार्यकारी रिचार्डसनले आईसीसीको एक अन्तर्वार्तामा भनेका छन् ।
खेलाडीको पुनर्निरक्षणको प्रमुख जिम्मा पनि उनैले निभाउने छन् । ‘यसले प्रमुख गरी दुई कुरामा ध्यान दिन्छ । पहिलो, आईसीसीको आचारसंहिता । जसमा अपराधको आधारहरुको मूल्याङ्कन गरेर निर्णय गरिने छ’ उनले भने, दोस्रो, क्रिकेटको खेलको भावनामा आधारित रहेर एकअर्कामा हुनुपर्ने सम्मानलाई ख्याल गरिनेछ । यसमा पूर्व खेलाडी, खेल अफिसियल र वर्तमान खेलाडीको राय सुझाव लिइने छ ।’
धेरै अघिदेखि खेलाडीको व्यवहारलाई लिएर प्रश्न उठिरहेको हुँदा आफूहरूले यस्तो कदम उठाउन लागेको उनले बताएका छन् । यो सबै क्रिकेटलाई विश्वसनीय बनाउन गर्न लागिएको उनको भनाइ छ ।
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टका दौरान अष्ट्रेलियाका खेलाडी बल टेम्पिरिङ विवादमा परेपछि खेलाडीको अनुशासनलाई लिएर प्रश्न उठिरहेको थियो । यसै समय आईसीसीले नयाँ योजना ल्याएको हो ।
Source:https://www.onlinekhabar.com/2018/03/668986
काठमाडौं, चैत १३ – आईपीएल टिम दिल्ली डेयरडेभिल्समा अनुबन्धित नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली पुगेका छन् ।
दिल्ली पुगेका सन्दीप टिमको प्रशिक्षण क्याम्पमा छिट्टै समावेश हुँदैछन् । मंगलबार दिल्ली डेयरडेभिल्सले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमाफर्त सन्दीपको भिडियो सन्देश सार्वजनिक गरेको छ ।
सन्दीपले आफूले दिल्ली डेयरडेभिल्सका बलर अमित मिश्राबाट धेरै कुरा सिक्ने बताउँदै भनेका छन्, ‘अमित भाइ आईपीएलका महान तथा धेरै चर्चित बलर हुनुहुन्छ । मलाई लाग्छ उहाँ आईपीएलका लिडिङ विकेटटेकर पनि हुनुहुन्छ । उहाँबाट मैले बलिङ भेरियसनलगायतका थुप्रै कुरा सिक्ने अपेक्षा लिएको छु ।’
सन्दीपले आफूले हरसम्भव आफ्नो टिमलाई जिताउन प्रयास गर्ने बताएका छन् ।
भिडियोमा उत्साहित देखिएका सन्दिपले भन्छन्, ‘म मेरो टिमलाई हरेक खेल जिताउन प्रयास गर्नेछु र हामीले प्रतियोगिता जित्ने गरी नै खेल्नुपर्छ, मैले सबै खेलाडीबाट धेरै कुरा सिक्नेछु, यस्ता प्रकारका लिजेन्ड खेलाडीसँग जोडिन पाउनु मेरा लागि धेरै नै ठूलो अवसर हो ।’
बीस लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्समा आवद्ध भएका सन्दीप मंगलबार दिल्ली पुगेका हुन् । गौतम गम्भीर कप्तान रहेको दिल्ली डेयरडेभिल्सको पहिलो खेल किंग्स इलाभेन पञ्जाबसँग अप्रिल ८ मा हुनेछ ।
Source: http://ujyaaloonline.com/news/96097/sandeep-reaches-delhi/
२८ बैशाख, काठमाडौं । रियल मड्रिड दोस्रो लेगमा एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । तर, समग्रमा जित हात पार्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले रियललाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले १२ औं मिनेटमा नै निगुइजको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ४२ औं मिनेटमा रियल मड्रिडका इस्कोले गोल गरेपछि पहिलो हाफ २–१ मा सकियो ।
दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । र, मड्रिड डर्बीमा एथ्लेटिकोले २–१ को जित हात पार्यो ।
तर, पहिलो लेगमा ३–० को जित निकालेको रियल मड्रिड समग्रमा ४–२ गोल अन्तरले विजयी भएको छ र युभेन्टससँगको फाइनल भिडन्त पक्का गरेको छ ।
स्रोत अन लाइन खबर
२६ बैशाख, धनगढी । विभागीय टोली एपीएफलाई पराजित गर्दै राइजिङ क्रिकेट वुमन काठमाडौंले अत्तरिया कप क्रिकेटमा उपाधि जितेको छ । उपाधिसँगै उसले नगद २ लाख हात पारेको छ भने उपविजेता एपीएफले १ लाखमै चित्त बुझाएको छ ।
अत्तरीयास्थित एपीएफको खेल मैदानमा टस जितेर पहिले व्याटिङ्ग गरेको राईजिङ्ग क्रिकेट वुमनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर१ सय ५२ रन बनायो । उसका लागि अलराउण्डर विदेशी खेलाडी पूजा निमाभाटले ३८ बलको सामना गर्दै ४ चौकाको मद्दतले ३७ रन बनाइन् ।त्यस्तै सहनवाज प्रविण २५, शान्ता मुखर्जी २३, शान्ति खतिवडा २१, नेरी थापा र आरती विडारीले समान १३/१३ रन बनाए । एपिएफकी सरिता मगरले ४ ओभरमा २९ रन खचिर्ँदै ३ विकेट लिइन् ।१ सय ५३ रनको विजय लक्ष्य पछ्याएको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन मात्रै बनाउन सक्यो । एपिएफकी पूजा पाण्डेले ४२ बलमा ४८ रन बनाए पनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन् । करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाइन् ।
एपिएफलाई सस्तैमा समेट्न राइजिङ क्रिकेट वुमन काठमाडौंकी पूजा निमाभाटले ४ ओभरमा १७ रन खर्चिदै ४ विकेट हात पारिन् ।प्रतियोगितामा १ सय ७ रन बनाउँदै ११ विकेट लिएकी राइजिङ क्रिकेट वुमन काठमाडौंकी पूजा निमाभाट उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद २५ हजार रुपैयाँ पनि हात पारेकी छन् । राइजिङकै शान्ता मुखर्जी उत्कृष्ट विकेट किपर भइन् भने विभागिय टोली एपिएफकी ज्योति पाण्डेय र सरिता मगर क्रमशः उत्कृष्ट ब्याट्वुमन र बलर घोषित हुँदै १० हजार नगद प्राप्त गरे .
स्रोत अन लाइन खबर
२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।
उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।
पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।
उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।
पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।

२१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।
स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए ।
पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।

२१ चैत, भैरहवा । राष्ट्रिय गौरवको आयोजना रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टर नेपाली कम्पनी बिच रकम विवाद कारण रोकिएको विमानस्थलको निर्माण कार्य सुचारु भएको छ ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीचच रकमको विवाद कारण केही दिन रोकिएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनीले आफैंले सुचारु गरेको आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिए ।
चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण केही दिन रोकिएको विमानस्थलको निर्माण को काम चिनियाँ कम्पनीले तत्काल आफूले भ्याएसम्म निर्माण कार्य गरिरहेको छ आयोजना प्रमुख शर्माले अनलाइनखबरसगँ भने अहिले उसले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र फायर भवनको निर्माण कार्य गरिरहेको छ ।
सरकारबाट विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले नेपाली कम्पनीलाई निर्माण कार्य जिम्मा दिएको थियो ।
निर्माण कार्य जारी रहेको अवस्थामै नेपाली कम्पनीले आफुलाई चिनियाँ कम्पनले काम गरेको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माण कार्य रोकेको थियो ।

२१ चैत, चितवन। मुग्लिन-नारायणगढ सडक खण्डको कविलास-६ घुमाउनेमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । पहिरोका कारण साढे ७ घण्टादेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालानमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए ।
सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । पहिरोमा परी मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा लम्जुङ सुन्दर बजार ३ भोटओडार बस्ने ४५ वर्षीय रेशराज राना रहेका छन् । अर्का एकको पहिचान खुलेको छैन् । बा १० प ४८४४ नम्बरको मोटरसाइकल सवार रानाको घटनास्थलमै मृत्यु भएको हो । उनको मोटरसाइकल पछाडि बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् ।
उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै ना ४ ख ५४१९ नम्बरको ट्याङकरका सह चालकको समेत मृत्यु भएको छ । अन्दाजी २८ / २९ वर्षको जस्तो देखिने उनको पूर्ण सनाखत हुन बाँकी छ ।
ट्याङकरका चालक पर्सा जिल्ला लछुमनवा १८ वस्ने ३६ वर्षका बनु पटेल समेत घाइते छन् । पहिरोले पाँचवटा सवारी साधन पुरिएको छ ।
पुरिएको सवारी साधनमध्ये दुईवटा सवारी साधनको केही भाग मात्रै देखिएको छ । मालबाहक ट्रक, टाटा मोबाइल, कार र टयाङकरसँगै केही मोटरसाइकलहरु पनि पुरिएको प्रहरीले आशंका गरेको छ ।
माथिबाट खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । घटनास्थल भरतपुरदेखि २० किलोमिटरको दूरीमा छ ।

२१ चैत, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा स्थानीय तहको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको छ । साथै एक व्यक्ति केन्द्र, प्रदेश र स्थानीय तह मध्ये एउटामा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले गौतमको नेतृत्वमा १५ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको हो । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली छन् । यस्तै नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् ।
यस्तै महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ । समितिमा सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । यस्तै छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् ।
एमाले बैठकले पार्टीको निर्णयअनुसार स्थानीय तहको उम्मेदवारको सिफारिस पठाउनका लागि मिति पनि तोकेको छ ।
वडा कमिटीले चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीले वैशाख ४ गतेसम्म, जिल्ला कमिटीले वैशाख ७ गतेसम्म र प्रदेश कमिटीले वैशाख १० गतेसम्म उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्नेछ । यसरी आएको नामबारे वैशाख १२ गते स्थानीय कमिटी बैठक बसेर निर्णय गर्नेछ ।
एमालेले एक व्यक्ति केन्द्र, प्रदेश र स्थानीय तह मध्ये एउटामा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ । सचिव योगेश भट्टराईले अनलाइनखबरसँग भने, ‘हामीले चुनावको तयारीका लागि सबै कार्यकर्तालाई गाउँ र्फकन आग्रह गरेका छौं ।

२१ चैत, काठमाडौं । १८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । उपत्यका बाहिर पनि लोडसेडिङ न्यून हुँदै गएको छ ।
धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई साइजमा ल्याउने प्रमुख पात्र हुन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उर्जामन्त्री जनार्दन शर्माले मुकेशराज काफ्लेलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको केही महिनापछि नै काठमाडौंमा लोडसेडिङ हुन छाडेको थियो ।
पहिले के कारणले चर्को लोडसेडिङ भइरहेको थियो र अहिले एकाएक कसरी हट्यो भन्ने प्रश्न कुलमानलाई भेट्ने थुप्रैले तेस्र्याउँछन् । यसको जवाफमा कुलमानले भन्ने गरेका छन्, ‘पुरानो कुरा कुरा कोट्याउनतिर नलागौं । अहिले लोड म्यानेजमेन्ट गरेका छौं, यसैका कारण नै लोडसेडिङ अन्त्य भएको हो ।’
चमत्कारको शैलीमा लोडसेडिङ हटाइदिने कुलमानको आज सबैतिर वाहवाही भइरहेको छ, जसका हकदार उनी हुन् पनि । यद्यपि, यो अभियानमा कुलमान एक्लै भने छैनन् । उनी कार्यकारी निर्देशक बनेपछि धेरै कर्मचारीमा काम गर्ने उत्साह बढेको छ ।
अधिकांश उच्च तहका पदाधिकारीसँग उनी पछिल्लो अवस्थाको बारेमा सोधखोज गरिरहेका हुन्छन् । यसबाट कर्मचारीलाई खटेर काम गर्ने जाँगर चलेको छ ।
कुलमानलाई मन्त्रीदेखि कर्मचारीसम्मको साथ र सहयोग छ । आखिर को-को हुन् त लोडसेडिङ हटाउने अभियानमा कुलमानका सारथी ?
१. गोपालबाबु भट्टराई
लोडसेडिङ अन्त्य गर्ने कुलमानको टिमका एक पात्र हुन् प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई । ३३ केभिएसम्मको प्रसारणलाइन निर्माण, सवस्टेशन मर्मत-सम्भारका साथै मिटर रिडिङसम्मको काम उनकै नेतृत्वमा भएको छ ।
लाइन जानेबित्तिकै जनताले नो लाइटमा फोन गरेर जानकारी लिन सक्छन् । यो काम उनकै नेतृत्वमा रहेको बितरण तथा ग्राहक सेवा निर्देशनालयले गर्छ । बिग्रिएका लाइनलाई तत्काल मर्मत गर्ने काममा भट्टराईले तीब्रता दिएका छन् । प्रसारण लाइन बिग्रेर लामो समय बिद्युतबिना बस्नुपर्ने अवस्था हटेको छ । प्राधिकरणका कुल कर्मचारीमध्ये ६० प्रतिशतभन्दा बढी उनकै निर्देशनालाय अन्तर्गत रहेका छन् ।
कार्यकारी निर्देशकको प्रतिवद्धताले आफुहरुमा काम गर्ने उत्साह पलाएको भट्टराई बताउँछन् । उनले भने, ‘दिनदिनैको काममा उहाँले चासो राख्दा हामीलाई पनि काम गर्न उत्साह पलाएको छ । हाकिम नै समर्पित भएर लागेपछि हामी पछि हट्ने त कुरा आएन नी ।’
२. विष्णुकुमार श्रेष्ठ
प्रणाली सञ्चालन विभागको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठको पनि लोडसेडिङ हटाउनमा ठूलो भूमिका रहेको छ । देशका विभिन्न भागमा रहेका पावर हाउस कतिबेला चलाउने र कति समय सञ्चालन बन्द गर्ने भन्ने निधो प्रणाली सञ्चालन विभागले गर्छ ।
थप विद्युतको आवश्यकता देखियो भने जलाशयुक्त आयोजना कुलेखानी कुन बेलामा चलाउने र कति घन्टा चलाउने भन्ने पनि यही बिभागले टुङ्गो लगाउँछ । मागअनुसार विद्युत कहाँबाट उत्पादन गर्ने भन्ने चटारो यही बिभागलाई छ ।
श्रेष्ठ भन्छन्, ‘अहिले त हामी जोश-जाँगरका साथ राती पनि काममा खटिएका छौ ।’ २०४६ सालदेखि बिद्युत प्राधिकरणमा जागीर सुरु गरेका श्रेष्ठ २५ वर्षदेखि यही बिभागमा कार्यरत छन् ।
३. मनोज सिलवाल
लोडसेडिङ हटाउनमा भारतबाट आयातीत बिद्युतको पनि ठुलो हात छ । किनकि गत वर्षभन्दा यस वर्ष बिद्युत आयात बढेको छ ।
खिम्ती ढल्केबर प्रसारण लाइनको निर्माण भएपछि भारतबाट विद्युत आयात थप्न सम्भव भएको हो । खिम्ती ढल्केबर प्रसारण लाइनको काम रातारात भएको थियो । यसरी प्रसारणलाइन निर्माण गर्ने बिद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमा निमित्त उपकार्यकारी निर्देशकको रुपमा मनोज सिलवाल रहेका छन् ।
४. प्रबल अधिकारी
अधिकारी प्राधिकरणका प्रवक्ता तथा बिद्युत व्यापार विभागका प्रवन्धक हुन् । निजी कम्पनीबाट उत्पादित विजुलीको ‘पावर पर्चेज एग्रीमेन्ट’ गर्ने जिम्मेवारी पनि अधिकारीलाई नै छ । उनि धेरैजसो कुलमानसँगै हुन्छन् ।
कुलमानलाई निर्णय प्रक्रियामा सघाउनेदेखि आवश्यक जानकारीसमेत अधिकारीले उपलब्ध गराउँछन् । कुलमानको व्यस्त सेड्युलसँगै दगुर्ने अधिकारीलाई मिडियाको चासो पनि सम्बोधन गर्ने जिम्मेवारी छ ।
५ हरेराम न्यौपाने
निर्माणाधीन अवस्थामा रहेका जलबिद्युत आयोजनाको नियमन गर्ने काम उत्पादन निर्देशनालयले गर्दछ । दुई वर्षदेखि यही निर्देशनालयमा बसेर काम गरिरहेका छन् हरेराम न्यौपाने । उनले कुलमान आएपछि केही फरक महशुस गरेका छन् । समयमा निर्णय दिने कुलमानको बानीको उनी खुलेर प्रशंसा गर्छन् ।
न्यौपाने भन्छन्, ‘नयाँ कार्यकारी निर्देशकले समयमै निर्णय दिनुहुन्छ र निर्णयका लागि हामीले छिट्टै उहाँलाई कन्भिन्स गर्न सक्छौ ।’
६ शान्ति लक्ष्मी शाक्य
कर्मचारीको सरुवा गर्नेदेखि कुन कर्मचारी कहाँ काजमा खटाउने भन्ने जिम्मवारी शान्तिलक्ष्मी शाक्यको काँधमा छ । प्रशासनको निमित्त उपकार्यकारी निर्देशक शाक्यले हालै मात्र २४ सय कर्मचारीको सरुवा गर्ने आँट गरेकी थिइन् ।
आफूले गरेको सरुवालाई कार्यकारी निर्देशकले साथ दिएकोमा उनी निकै खुसी छिन् । शाक्य भन्छिन्, ‘प्रशासन यस्तो ठाउँ हो, जहाँ कर्मचारी सरुवा गर्दा आफ्नै सरुवा हुन बेर लाग्दैन । तर कुलमान सरको कारण त्यसो भएन ।’
७. राजीव शर्मा
प्रसारण निर्देशनालयमा उपयकार्यकारी निर्देशक रहेका राजीव शर्मा पनि लोडसेडिङ हटाउनका लागि खटिने महत्वपूर्ण व्यक्तिमा पर्दछन् । प्रसारण लाइनको निर्माण सञ्चालन तथा सम्भार गर्ने कार्यमा शर्माले सफल नेतृत्व दिइरहेका छन् ।
८. शिवकुमार अधिकारी
कार्यकारी निर्देशकको सचिवालयमा रहेका छन् सहनिर्देशक अधिकारी । विभिन्न कार्यालय तथा क्षेत्रीय निर्देशनालयबाट आएका तथ्यांकहरु इन्ट्री गर्ने उनको जिम्मामा छ । यसरी प्राप्त भएका तथ्यांकका आधारमा कहाँ बढी विद्युत चुहावट भएको छ वा कुन ठाउँमा पोलहरु ढलेका छन् भन्ने जानकारी हासिल हुन्छ ।
यही तथ्यांकका आधारमा कुलमानले कर्मचारीलाई निर्देशन दिने गर्छन् । साथै, उनकै सहयोगमा नीतिगत निर्णय बोर्डमा लैजाने अनि त्यो बोर्डबाट पारित भएको नीतिबमोजिम काम अघि बढाउनसमेत यो सचिबालयले महत्वपूर्ण भूमिका खेल्छ ।
कुलमान अाफैं सक्रिय
सामुहिक प्रयासमा भएको कामको म्ख्य जस अहिले कुलमानले नै लिएका छन् । किनकि लोडसेडिङ हटाउने कामको नेतृत्व उनले नै गरेका हुन् ।
कुलमानसँग चिलिमे हाइड्रोपावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरेको अनुभव छ । उनले चिलिमेकै आम्दानीबाट तीनवटा अन्य आयोजना निर्माण सुरु गरेका थिए ।
ती आयोजनाको निर्माण तीब्र गतिमा अघि बढाइरहेकै बेला तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिदिएकी थिइन् ।
उनलाई चिलिमेबाट सरुवा गरेपछि रसुवामा आन्दोलनसमेत भएको थियो । तर, प्राधिकरणको कार्यकारी निर्देशक हुनुअघि उनी खासै चर्चित भने थिएनन् ।
कुलमानले अहिले प्राधिकरणका प्रायः धेरै कर्मचारीबाट उचित सहयोग पाइरहेका छन् । उनी लोडसेडिङ घट्नुको श्रेय प्राधिकरण्को पूरै टिममा रहेको सार्वजनिक कार्यक्रमहरुमा बताउँछन् ।
उनले विद्युत् विज्ञान भएकाले प्राधिकरणको सबै कर्मचारीको ‘टिम वर्क’बाट उपलब्ध विजुली म्यानेमेन्ट गर्दै अहिलेको अवस्थामा ल्याएको सम्भव भएको बताउने गरेका छन् ।