रारा रैवार सम्वाददाता
कार्तिक २४ मुगु
मुगु :आर्थिक अभावले आखाँको उपचारमा समस्या भोगीरहेका हरुलाई खोजि खोजि उपचार गराउन प्रयत्नमा लागी पर्ने उपाध्यक्ष तिलक बहादुर मल्ले बताए । नेपाल नेत्र ज्योति संघको २६ औ महाधिबेशन बाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका मल्ले निर्वाचित भए लगतै यस्तो बताएका हुन । दुर्गम गाउँ देखि शहर सम्म आखाँका बिरामी छन भन्ने सम्पर्क गर्न आग्रह गदै उपाध्यक्ष मल्लले आर्थिक छैन भन्दैमा रोग पाल्ने दिन गहेका बताएका छन । प्रत्येक जिल्लामा नेपाल नेत्र ज्योति संघका शाखा कार्यलय छन । गाउँ गााउँमा आँखाको शिविर हुन्छन आर्थिक छैन भनेर रोग नपाल्नुहोस तपाईको साथमा नेपाल नेत्र ज्योति संघं छ र निशुल्क उपाचार गर्छ उपाध्यक्ष मल्ले भने ।

समय परिस्थती संग गाउँ गाउँमा आखँका शिविरपनी हुदै आएका छन । आगमी दिनमा पनी अझै बढी समय शिविर राख्ने र आखँका बिरामी लाई उपचार गराउनमा नेपाल नेत्र ज्योति संग लागी पर्ने उपाध्यक्ष मल्लको भनाई छ । २० बर्ष देखि आखाँको क्षेत्रमा समाजसेवा गरी योगदान गरेका मुगुका तिलक बहादुर मल्ल नेपाल नेत्रज्योति संघको २६ औ महाधिबेशन बाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका छन भने नेपाल नेत्रज्योति संघको केन्द्रिय अध्यक्षमा प्रा डा चेतराज पन्तको अध्यक्षतामा २७ सदस्ययी कार्य समित गठन गरीएको नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यलयले जनाएको छ ।
जिल्ला अध्यक्ष, कर्णाली प्रदेश सभापती हुदै केन्द्रिय उपाअध्यक्षमा निर्वाचित हुने उपाध्यक्ष मल्ल साविकको मध्यपश्चिमा अञ्चलबाटनै ईतिहासमा पहिलो र माथिल्लो पदमा पुग्ने ब्यक्ति समेत हुनुहुन्छ ।यसअघि गहेको भदौ महिनामा कर्णाली प्रदेशको सुर्खेतमा भएको नेपाल नेत्र ज्योति संघको पहिलो अधिबेशन बाट मल्ल कर्णाली प्रदेश नेत्र ज्योति संघको सभापतीमा पनी निबिरोध निर्वा्चित भएका थिय । सामाजिक क्षेत्रमा योगदान गदै आएका मल्ल नेपाल रेडक्रस सोसाईटि कर्णाली प्रदेशका प्रदेश संयोजंक समेत हुनुहुन्छ ।
रारा रैवार सम्वाददाता
कार्तिक २२ मुगु
भारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा मुगु सदरमुकाम गमगढीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुल्ता दहन गरीएको छ । मुगु जिल्ला स्थित रारा क्याम्पस स्वतन्त्र विद्याथी युनियनका सभापती चन्द्र प्रकाश मल्ललेको अगुवाईमा विहिबार देखि जारी आन्दोलनमा को आज शुक्रबार दास्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुल्ता दहन गरीएको हो । आन्दोलनमा भारती बिरुद्ध चर्का चर्का नारा लगाउदै सदरमुकाम गमगढी बजार परिक्रमा गदै विरोध प्रर्दशनसमेत गरिएको छ । पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भुभाग एक ईन्च पनि गुमाउन हामी चाहदैनौ राज्यले आदेश मात्र देओस हामी मर्न पनि तयार छौ । कालापानी,लिपुलेख मात्र होईन नेपालको साविकको नक्शा नै बिग्रने गरि भारत र चिनले मिचेका नेपालका अन्य भुभागको समेत कुटनैतिक तबरबाट पहल गरि फिर्ता ल्याउन पनि आन्दोरत विद्यार्थीहरुले सरकार समक्ष माग गरेका छन ।विरोध ¥यालीमा सहभागीहरु नेपाली भुभाग फिर्ता गर,सिमा मिच्न पादैन यस्तो छिमेकी चाहिदैन,गोर्खालीका सन्तान हौ,पछि हामी हटदैनौ,अघि बढ सरकार हामी तिम्रो साथमा छौ जस्ता नारा लगाउदै र पेलेकाड बोकेर सदरमुकाम गमगढीको कृष्ण चोक,मिलन चोक अदालत चोक हुदै पुन कृष्ण चोक पुगेर बजार परिक्रमा गरेको अनेरास्वबियुका नेता जितेन्द्र बमले बताए प्रर्दशनमा,अनेराश्ववियका विद्यार्थी, कार्यकर्ता स्वतन्त्र युवाहरु, र राष्टिय लोक तथा दोहोरी प्रतिष्ठानका कलाकारको सहभागिता रहेको थियो ।

हरिलाल नेपाली
कार्तिक २१ मुगु
भारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा आज यहाँ प्रर्दशन गरिएको छ ।मुगु जिल्ला स्थित रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत विरुद्घ चर्का चर्का नारा लगाउदै सदरमुकाम गमगढी बजार परिक्रमा गदै विरोध प्रर्दशन गरिएको हो ।पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भुभाग एक ईन्च पनि गुमाउन हामी चाहदैनौ राज्यले आदेश मात्र देओस हामी मर्न पनि तयार छौ । रारा क्याम्पस स्वतन्त्र विद्याथी युनियनका सभापती चन्द्र प्रकाश मल्लले बताए ।कालापानी,लिपुलेख मात्र हाईन नेपालको साविकको नक्शा नै विग्रने गरि भारत र चिनले मिचेका नेपालका अन्य भुभागको समेत कुटनैतिक तबरबाट पहल गरि फिर्ता ल्याउन पनि आन्दोरत विद्यार्थीहरुले सरकार समक्ष माग गरेका छन ।विरोध ¥यालीमा सहभागीहरु नेपाली भुभाग फिर्ता गर,सिमा मिच्न पादैन यस्तो छिमेकी चाहिदैन,गोर्खालीका सन्तान हौ,पछि हामी हटदैनौ,अघि बढ सरकार हामी तिमो्र साथमा छौ जस्ता नारा लगाउदै र पलेकाड बोकेर सदरमुकाम गमगढीको कृष्ण चोक,मिलन चोक अदालत चोक हुदै पुन कृष्ण चोक पुगेर बजार परिक्रमा गरेको थियो । प्रर्दशनमा नेपाल विद्यार्थी संघ,अनेराश्ववियका विद्यार्थी कार्यकर्ता र स्वतन्त्र युवाहरुको सहभागिता थियो ।
नन्द बहादुर रोकाया
कार्तिक २० मुगु
कर्णाली प्रदेशमा बालविवाह,बहुविवाह लगायत समाजिक कु सस्कार चुनौतिको बिषय भएकाले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले पछल्लिो समय बिभिन्न सचेतनाका कार्यक्रम गदै आएको छ । बुधबारमात्रै जिल्ला प्रहरी कार्यलय मुगले मुगु जिल्लाका धार्मि झाग्री , पुरोहित पण्डित बाहुन लाई वालविाह न्युनिकरण का बारेमा पशिक्षण गराउनुका साथै नयाँ सहिंता कानुनका बारेमा जानकारी गराई कार्यक्रमको गरीएको थियोे
कार्यक्रममा सहभागी मुगुका धार्मि झाग्री , पुरोहित बाहुनहरुले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आफुहरुको पनी कु सस्कार का बिरुद्ध सधै साथ रहने र अभियान लाई सार्थकता बनाउ प्तिवद्ध रहेको उनिहरुले प्रतिवद्धता समेत गरेका छन ।
मुगु जिल्लामा पनी बालविवाह,बहुविवाह गर्नु हुुदैन यसो गरेमा भबिष्यमा ठुलो दुर्घटना निम्तीन सक्छ भन्ने मनासायले कर्णाली प्रदेशका गाउँ गाउँमा सरकारी र गैर सरकारी निकाय पुगे । पछील्लो समय प्रहरी पनी पुगेको छ । मुगमा प्रहरी साझेदारी कार्यक्रम अन्तगत प्रहरी संगं सहकार्य गरी पुरोहित,बाहुन धामी झाग्रीले पनी अभियान लाई सार्थकता तुल्याउने पण्डित हरुको भनाई छ ।
यस अघि पनी पण्डित पुरोहित ,धामी हरुले समय समयमा गाउँमा सन्देश मुलक कार्यक्रम गर्ने गरेका छन । बिगतका बर्षहरुमा जानी नजानी बालविाह गर्न प्रेरीत गर्ने गराउने पुरोहित बाहुन ,धामीहरु पछील्ला समय निश्चत उमेर पुगे पछी मात्र विवाह गराउने गरेका पण्डित लक्ष्मी प्रसाद प्याकुरेलले बताए ।
बालविवाह ,बहुविाह न्युनिकरणको पहिलो श्रेय आमा, बुवा, त्यसपछी पुरोहित बाहुन र धार्मी झाग्रीपनी हुने भएकोले बालविाह,बहुविवाह न्युुनिकरण अभियामा मुगुका धार्मि झाग्री, पुरोहित बाहुनले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अभियानमा साथ दिई काम गदै जाने छायाँनाथ मन्दिरका पुजारी एवंम पुरोहित बाहुन भिमप्रसाद चौलागाईले बताए ।
उनका अनुसार बालविवाह ,बहुविाह गरेमा नकरात्मक असर गर्ने बिभिन्न अध्यनले देखाएको छ । त्यसैले बालविवाह ,बहुविाह बाट टाढा रहि समाजरुपान्तरण सबै लाग्नु पनै चौलागाईलेको भनाई छ ।
वालविवाह बहुवाह जस्ता कु प्रथाले समाजमा नकरात्मक असर गर्ने बिभिन्न अध्यनले देखाएको छ । पुरोहित बाहुन धामी हरु नैे बालविाह, बहुबविाह जस्ता कु प्रथा न्युनिकरणको अभियानमा लागे पछी मुगुमा यस्तो कु प्रथा घट्दै जाने बिश्वासमा रहेको नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले बताए ।
यता जिल्ला जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहका अनुसार कर्णाली प्रदेशमा सामाजिक संस्कार कर्णाली प्रदेशमा चुनौतीको बिषय भएकाले कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बालविवाह ,बहुविाह न्युनिकरणका सवालमा बिभिन्न कार्यक्रम भईरहेका बताए ।
मुगु जिल्लामा पनीे बालविवाह ,बहुविवाह बाट टाढा रहि समाजरुपान्तरण लाग्न प्रेरेरित गर्न मुगु जिल्लाका धार्मि झाग्री, पुरोहित पण्डित बाहुन हरुलाई कानुनमा उल्लेख गरीएका कानुनका कुरा, दण्ड जरिवनाका बारेमा जानकारी गराईएको बताए ।
उनका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यलयको निर्देशनमा अरु जिल्लामा पनी सामाजिक कु संस्कार बालविाह बहविाहका बारेमा प्रहरी साझेदारी कार्यक्रम अन्तगत कार्यक्रम भईरहेका छन । मुगुमा पनी प्रदेश प्रहरीको निर्देशनमा बालविाह ,बहुविाह जस्थता कु प्रथाका बारेमा अभियान चलाई कार्यक्रम गदै आएको प्रहरी प्रमुख शाहाको भनाई छ ।
नन्द बहादुर रोकाया
कार्तिक १७ मुगु मुगुः काड्माडौ नार्गजुन नगरपालीका १० साविकको स्युटारचारका शिव प्रसाद पन्तलगायतको टोलीले फजुर्ल खर्चको बचतले मुगु जिल्लाको एक दलित बस्तीमा बिभिन्न सामाग्री सहयोग गरेका छन । वैदेशिक रोजगारमा काम गदै आएका पन्त लगायतको ७ जनाको टोलीले फजुल खर्च चुरोट, रक्सी लगायत अन्य फुजुल खर्च नगरीे त्यो पैसा बचत गरी शनीबार छायाँनाथ रारा नगरपालीका वडा नं १३ लापु दलित बस्ती गाउँमै पुगि ३४ जना बिद्यार्थीलाई न्यानो कपडा ,बिद्यालयलाई हिलटाँयाक्की,फिल्टर लगायत २८ घरदुरीका स्थानीलाई कम्मल बितरण गरी सहयोग प्रदान गरेका हुुन ।
कामको शिलशिलामा मकाउ बस्दै आउनु भएका शिव प्रसाद पन्तका अनुसार लापु गाउँ दलित बस्तीको पिडादायक अबस्था सञ्चारमाध्याम आए अनुसार त्यसै अनुसार आफु लगायत बैदेशिक रोजगारमा रहेका केहि साथिको सहयोगमा लापु गाउँको दलित बस्तीमा २ लाख ५० हजार बराबरको साम्रगी सहयोग गरेका बताए ।
उनका अनुसार आफनो प्रमुख नेतृत्वमा र लन्डन बदै आउनुभएका भरत पाण्डे, मकाउ बस्दै आउनुभएका बिस्णु प्रसाद श्रेष्ठ, जंग बहादुर गुरुङ, रंग बहादुर गुरुङ र दिपक रानाभाट, अमेरीका बस्दै आउनु भएकी प्रियंका लामिछानेको सहयोगमा लापु गाउँका दलित बस्तीका २८ घरदुरीका स्थानीलाई कम्बल, श्री नमुना आधारभुत बिद्यालयका ३४ जना बिद्यार्थी लाई न्यानो कपडा, जुत्ता मोझा, झोला टोपि, स्टेशनरी साम्रगी लगायत नमुना आधारधुत बिद्यालय लाई पानी खाने ५सय लिटरको हिलटाँयाक्कि र फिल्टर सहयोग प्रदान गरीएको पन्तले बताए ।
स्व हजुरबुवा पहलमान पन्तको सम्झना तथा आर्थिवादले विकट दलित बस्तीमा सहयोग गर्न पाउदाँ खुसी छु विगतका धेरै बर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गदै आईरहेको भएपनी यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपुर्ण सहयोग भएको बताए । अझै लापु बस्तीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत पन्तले गरे । यसै बिच आर्थिक अवस्था कमजोरका कारण जाडो बाट बच्ने लुगा किन्न नसक्ने लापु वासी न्यानो कपडा पाँउदा अत्यन्तै हर्षित भएका छन । जाडोको सृजन शुरु भएको छ । लुगा लत्ता किन्ने पैसा थिएन मनकारी भावाना बाकेका शिब प्रसाद पन्त लगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिदै स्थानीयले भगवान आएको अनुभति गरेका स्थानीय गोरा विकले बताए ।

नन्द बहादुर रोकाया
कार्तिक १० मुगु
बिजयादशमी तथा शुभदिवाली २०७६ को शुभ अबसरमा श्रीनगर युवाद्धारा आयोजित मिनिरारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भामवाडा फुटबल क्लबले जितेको छ ।आईतबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा ए वान स्पोट क्लबलाई पेनाल्टी शुटबाट पराजित गर्दै भामवाडाले उक्त उपाधि जितेको हो । खेल शुरु भएको ५ मिनेट भित्रै पहिलो गोल ए वान स्पोट क्लबले गरेको भए पनी खेलको १८ औ मिनेटमा भामवाडाले गोल फर्काए संगै निधारित समयमा खेल बराबरीमा सकिएपछि दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । शनीबार फुटबल खेल खेलीरहदा गोलको बिषय लाई लिएर विवाद भएको थियो । आईतबार समधान खोजी रेफ्रीको निर्देशन अनुसार खेल पुन खेलाईएको बताइएको छ
पेनाल्टी शुटमा ५र४ गोल अन्तरले ए वान स्पोट क्लबलाई पराजित गर्दै भामवाडा फुटबल क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो । पेनाल्टीमा भामवाडाको ५ र ए वान को ४ भएको थियो । विजेता भामवाडा फुटबल क्लबले ३५ हजार हजार रकम सहित शिल्ड र पदक प्राप्त गर्दा उपविजेता ए वान स्पोट क्लबले २० हजार प्राप्त गरेको छ ।
यसै बिच महिलाको खेलमा हिमाली भोटेले बिजेता र ए वान स्पोट क्लब उप बिजेता भएको छ । बिजेता हिमाली भोटेलाई ८ हजार रकम मेडल प्रमाण प्रत्र प्रदान गरीएको छ भने उपविजेता ए वान स्पोट क्लब लाई ५ हजार सहित मेडल प्रमाण प्रत्र प्रदान गरीएको आयोजक स्रोतका प्रवक्ता पदम राज मल्ले बताए । मिनि रारा गोल्डकप प्रतियोगितामा १४ पुरुष ३ महिलाको टिम सहभागी भएको थिय ।
रारा रैवार संवाददाता
असोज १० मुगु
मुगुमा ४० औ बिश्व पर्यटन दिबसको अबसरमा धार्मिक स्थल तथा बजार सरसफाई गरिएको छ । नेपाल युवा परिषद जिल्ला शाखा मुगुको आयोजनामा र युवाहरुको सहभागतीता बिश्व पर्यटन दिबसको अबसरमा मुगुमा रहेका पर्यटकिय ,तथा धार्मिक स्थलको सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रम पछीको कार्यक्रममा बोल्दै नेपाल युवा परिषद जिल्ला शाखा मुगुका संयोजक कृष्ण बहादुर बाहोराले पर्यटन प्रवर्धन गर्न र ओझलमा परेका धार्मिक तथा पर्यटकिय स्थलको प्रवद्र्धन गर्न नेपाल युवा
परिषदले देशैभरी धार्मिक तथा पर्यटकिय स्थलको सरसफाई गर्ने निर्देशन अनुरुप नेपाल युवा परिषद जिल्ला शाखामुगुको आयोजनमा मुगुमा पनी धार्मिक तथा पर्यटकिय स्थल, बजार सरसफाई गरीएको बताए ।
उनका अनुसार कर्णाली प्रदेशमा पर्यटकिय स्थल ,धार्मिक स्थल ,तथा सांस्कृतिक सम्पदाको सम्भावाना धेरै छ ।
तर प्रचारप्रसार नहुदाँ कर्णाली प्रदेशका पर्यटकिय स्थल ओझलमा छन । अब कर्णालीको पर्यटकिय स्थल धार्मिक स्थल चिनाउन युवाहरुले चासो दिनु पर्ने बताए । युवा परिवर्तनका संवाहक हुन ।
अरुको भर पर्नु भन्दा प्रत्येक युवाले आफनो गाउ ठाउँ , जिल्लमा भएका पर्यटकिय स्थल धार्मिक स्थलको प्रचार प्रसार गर्नमा जुट्नु पर्ने संयोजक बोहोराको भनाई छ । कार्यक्रममा सहभागी युवाको जमातले पर्यटनको संरक्षण गर्नु पर्ने आवज निकाले ।
उनीहरुले जिल्लाको विभिन्न क्षेत्रमा रहेका प्राकृतिक सम्पदा रारा ताल , छायाँनाथ मन्दि ,चखेली हिमाल, थार्प मस्टा लगायतका पर्यटकिय स्थलको प्रचारप्रसार गरेर पर्यटक भित्राउन सके मुगुको समृद्धि हुने बताएका छन ।
कर्णाली प्रदेशको समग्र पर्यटकिय सम्भावनाका बारेमा प्रदेश सरकार र स्थानीय सरकारले कार्ययोजना बनाई संरक्षण प्रर्वधन गनुपर्ने सहभागी युवाहरुको भनाई छ । सरसफाई कार्यक्रमा जनप्रनिधि , सुरक्षाकर्मी , नागरिक समाज, समाजसेवि कर्मचारी लगायतको सहभागी रहेको थियो ।
यसै बिच नेपाल युवा परिषद जिल्ला शाखाले शुक्रबार देखि पुर्णता पाएको छ । कृष्ण बहादुर बोहोराको संयोजकत्वमा १३ सदस्यि कार्य समित चयन गरिएको छ ।
यस अघि नेपाल युवा परिषदको संयोजक र सहसंयोजक चयन भएका भएपनी अन्य पदाधिकारी चयन भएका थियनन् । आज बाट कार्य समितिले १३ सदिस्य चयन गरिएको नेपाल युवा परिषद जिल्ला शाखा मुगुले जनाएको छ ।
रारा रैवार सम्वाददाता
भदौ २६ मुगु
मुगु छायानाथ रारा नगरपालिका बडा ४का अध्यक्ष बिष्णु कुमार भामले ११ वटा दलित ,विपन्न घरपरिवारलाई लाभा भिजोल मोबाइल वितरण गरेका छन । छायांनाथ रारा नगरपालिका वडा न,८ सिगाडि गाउँका ११ जना दलित घरपरिवारलाइ बिपन्न परिबारलाई मोवाइल उपलब्ध गराएका हुन ।
पाँच बर्षको छायाँनाथ पारिश्रमीक छायाँनाथ रारा नगरपालीका वडा न १ देखि १४सम्मका दलित ,गरिब विपन्न परिवार लाई वितरण गर्ने घोषण संगै भाम यति बेला गाउँ गाउँमा घरदैलो अभियान गदैछन ।
अध्यक्ष भामले बुधबार मात्र सिगाडी गाउँमा ११ जना लाई मोवाईल वितरण गरेका छन । सामाजिक उतरादायित्व सन्दर्भमा आफुले बिपन्न बर्गलाई सहयोग स्वरुप स्टेशनरी , सञ्चारका साधन उपलब्ध गराउदै आएको अध्यक्ष भामले जानकारी दिए ।
उनि भन्छन पाँच बर्षमा हुने पारिश्रमीक तलब ७ लाख छायानाथ रारा नगरपालिकाका वडा नं १ देखि १४ सम्मालाई प्रत्यक वडामा ५० हजारका दरले राहत तथा सहयोग हस्तानतरण गर्ने घोषण संगै घरदैलो अभियानमा छु । वडा नं ५,६७ र ८मा सहयोग हस्तान्तण अभियान जारी रहेको अध्यक्ष भामको भनाई छ ।
रामदेवि खड्का
साउन १४ मुगु
रेडपाण्डा कृषि सहकारी सस्था लिमिटेड मुगले ढुङ्गा लागी घाईते भएका छायाँनाथ रारा नगरपालीका १० मुर्मा गाउँमा हरि बहादुर रोकाया लाई १० हजार रुपैया नगद सहयोग गरेको छ ।
जिल्ला हुलाक कार्यालयमा कार्यरत हुलाकी छायाँनाथ रारा नगरपालिका ९ मुर्मा गाउँका हरिबहादुर रोकाया लाई १० हजार उपचार खर्चको लागी सहयोग गरिएको हो ।
सोमबार बिहान ८ बजे छायाँनाथ रारा नगरपालिकाबाट खत्याड गाउँपालिकामा हुलाक र्पुयाई फकिर्ने क्रममा छायाँनाथ रारा नगरपालिका ९ जेउडेमाथि पातीहाल्न भन्ने स्थानमा माथिबाट आएको ढुंगाले लागेर रोकाया घाईते भएका थिय ।
५० वर्षका रोकायाको ढुङ्गाले थिचि टाउको, छात्ती ढाड्मा गहिरो चोट लागेको छ । उनको अहिले कोहलपुरमा उपचार भईरहेको छ ।
घाईते रोकायाको उपचारका लागी १० हजार सहयोग गरिएको रेडपाण्डा कृषि सहकारी सस्था लिमिटे मुगुका अध्यक्ष तिलक बहादुर मल्लले बताए । रेडपाण्डा कृषि सहकारीका सस्थापक सेयर सदस्य समेत रहेका रोकाया लाई शिघ्र स्वास्थ लाभको कामाना गरी १० हजार सहगोग गरीएको अध्यक्ष मल्लको भनाई छ ।
आज एक कार्यक्रमका बिच कर्णाली प्रदेश सभा सदस्य झोवा बिकको हात बाट रोकायाका काका हस्तान्तण गरीएको छ । रकम हस्तान्तण कार्यक्रमा छायाँनाथ रारा नगरपालीका वडा नं ८ का अध्यक्ष कर्ण बहादुर रावल र ९ का वडा अध्यक्ष मणि चन्द्र रोकायको सहभागीता रहेको थियो ।
खड्क सुनार
जेठ ०७ मुगु
मुगुमा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरियाली सहयोग नियोग ९कोइका०को २५ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माणाधीन भवनको करिब ९५ प्रतिशत काम पूरा भएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
२०७३ साउन अन्तिम सातादेखि निर्माण कार्य थलिएको अस्पताल भवनको रंगरोगन गर्ने काम मात्र बाँकी रहेको छ। लुम्बिनी बिल्डर्सले निर्माण कार्यको जिम्मा लिइएको भवनको स्ट्रक्चरको काम सम्पन्न भइसकेको छ भने भित्री भागको फिनिसिङ, रंगरोगन, पर्खाल, पानी ट्यांकीलगायत काम धमाधम भइरहेको छ।
कोइकाका कन्ट्रक्सन इन्जिनियर मक्रबहादुर स्वाँर अनुसार २०७६ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम भए पनि सडक बन्द, सामना ढुवानीमा समस्याका कारण पुस मसान्तमा मात्र निर्माण कार्य सकिने छ ।
अस्पातल भवन तीनतले र ६० कोठा रहेको छ। अस्पताल अपाङ्गमैत्री, पर्याप्त शौचालय, बगैंचा र पर्याप्त पार्किङ सुविधासहितको भवन रहेको कोइकाले जनाएको छ। अस्पताल भवन निर्माणपछि शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार जिल्लामै गर्ने जिल्ला अस्पताल मुगुले जनाएको छ। कोइकाका अनुसार अस्पताल भवन भूकम्पप्रतिरोधी हुनेछ ।
अस्पताल भवन निर्माणपछि २० करोड रुपैयाँ बराबरको उपकरण राखिने जनाइएको छ। एक्सरे, भिडियो एक्सरे, ल्याबलगायत मुगुमै जटिल रोगको शल्यकृया गर्ने व्यवस्थासहित उपकरण खरिद गरी अस्पताललाई हस्तान्तण गरिने कोइकाले जनाएको छ।
भवन अभावमा बिरामीको बिचल्ली
जिल्ला अस्पताल मुगुमा भवन अभाव हुँदा एकै कोठामा बिरामीले खचाखच छ। एक कोठामा २० जनाभन्दा बढी बिरामी राखिएको छ। पुरानो भौतिक संरचना भत्काई नयाँ भवन बन्दै गरेकाले एकै कोठामा बिरामी राख्नुको विकल्प नभएको जिल्ला अस्पताल मुगुका मेडिकल अधिकृत डबलबहादुर मल्लले बताए।
यसअघि अस्पतालमा १५ शय्याको रहे पनि स्तरोन्नति गरी ५० शय्याको बनाउने पहल गरिरहेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पारसमणि मल्लले बताए।
रामदेवि खड्का
जेठ ०६ मुगु
जेठ ०६ मुगु
नेपाली काग्रेश केन्दीय कार्यलयको अभियान अन्तरगत मुगु काग्रेशले पनी जन जागरण अभियाको सुरुवात गरेको छ । नेपाली काग्रेश मुगुले पहिलो चरणको अभियान अन्तरगत गहेको बैशाख २७ गते बाट जागरण अभियाको शुरुवाती गरहेको हो ।
नेपाली कागे्रश मुगुले सरकारका काण्डै काण्ड लिएर गाउँ गाउँमा जागरण अभियान गरीरहेको छ । देशभर एक साथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तरगत मुगुका गाउँ गाउँमा काग्रशले कार्यक्रम गदै छ ।
सबै जिल्ला, क्षेत्र, गाउँ नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान अन्तरगत नेपाली काग्रेश मुगुले पनी अभियान लाई तिव्र रुपमा अगाडी बढाएको नेपाली काग्रेश मुगुले जनाएको छ ।अभियान अवधिभर वर्तमान सरकारले जनता लाई फैलाएको हावादारी गफ
र सुन काण्ड, वाईडवडी काण्ड निर्मला हत्या काण्ड जग्गा प्रकरण काण्ड लगायतका बारेमा जनता लाई सुशुचित गरी देश उदो गति तिर लागेको जानकारी गराउदै अभियान अगाढी बढाउने नेपाली काग्रेश मुगुका उप सभापती खगेन्द्र बहादुर मल्ले बताए ।
उनका अनुसार नेपाली काग्रेश मुगुले जिल्ला कार्यसमितिका सम्पुर्ण पदधिकारी लाई आ आप्नो स्थानीय तहमा परिचालीत गरेर घरदैलो अभियान , सहित परिवार भेटघाट, जेष्ठ नागरीक भेटघाट लगायत सरकार बिरुद्ध खबरदारी काण्डै काण्डका बारेमा जनता लाई शुसुचित गरीरहेका मल्लको भनाई छ ।
जागरण अभियान अन्तरगत जेठ ५ गते मुगुमकामरोगं गाउँपालीको पुलुमा भब्य कार्यक्रम गरीएको छ भने ।जेठ १५गते सोरु गाउँपालीकाको कालैमा जेठ १८ गते खत्याड गाउँपालीकाको माथचौरमा र जेठ २५गते मुगु सदरमुकमा गमगढीमा भब्य समारोग गरी वर्तमान सरकारको खबरदारी गरी अधिनायक वाद सरकारका क्रियाकलापका बारेमा जनता लाई सुशुचित गरीने नेपाली काग्रेश मुगुले जनाएको छ ।
अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ । तीन चरणमा हुने अभियानको प्रथम चरण गहेको वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ ।
त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने उनले नेपाली काग्रेशले जनाएको छ । प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ ।
रारा रैवार सम्वाददाता
चैत २२ मुगु
मुगु यहाँका बिभिन्न गाउँबस्तीमा सुरक्षित गर्भपन सम्बन्धि सडक नाटक पछुतो प्रर्दशन गरीएको छ । असुरक्षित गर्भपन बढ्दै धेरैको अकालमा ज्यान गहेकाल त्यसकोे रोगथाम गर्न टेवा पुगोस तथा सुरक्षित गर्भपतनका बारेमा स्थानीय लाई जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दशन गरिएको हो ।
कर्णाली नाट्य समुहको आयोजना तथा आईपास नेपालको आर्थिक सहयोग र कर्णाली गरिब न्युनिकरण तथा बिकास मञ्च प्एब्म्ँ सहजिकरणमा नाटक प्रदर्शन गरिएको थियो ।
स्थानीय नागरिक एवम् सिमान्तकृत बर्ग लक्षित बर्ग गर्भवती महिला एकल महिला लगायत सबै स्थानीय हरु अन्र्तगत पर्ने समुदायका बिभिन्न क्षेत्रका नागरिकहरुलाई सुरक्षित गर्भपनन गराउनु पर्छ सुरक्षित गर्भपन गराउन स्वास्थ्य सस्था जानु पर्छ भन्ने सन्देश नाटकमार्फत स्थानियलाई जानकारी गराईएको कर्णाली नाट्य समुह मुगुले जनाएको छ ।
मुगुमा बढ्दो असुरक्षित गर्भपन संगै घरायसि औषधिले धेरैको अकाल ज्यान गहेकाले यस्को रोगथाम गर्न र सुरक्षित गर्भपनका बारेमा जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दश आबश्य देखिएकाले सुरक्षित गर्भपनका बारेमा नाटक पछुतो प्रर्दशन गरीएको छ ।
मगलबार छायाँनाथ रारा नगरपालीकाको १३ वडा रुगा बुधबार मुगु सदरमुकाम गमगढी तथा बिहिबार नगरपालीकाकै ११ रोवाका बिभिन्न वस्तीमा सडक नाटक प्रर्दशन गरीएको कर्णाली नाट्य समुहका संयोजक गगन बहादुर बुढाले बताउनुभयो ।
सडक नाटक हेर्न आएका सहभागीले सुरक्षित गर्भपनका बारेमा जान्न बुझन पाएका थिएनौ आज प्रर्दशन गरीएको नाटक बाट धेरै जान्न बुझन पाएको बताएका छन । यस्ता कार्यक्रम सडक नाटक मार्फत अझै धेरै गर्नुपर्ने स्थानीयको भनाई छ । मुगुमा ईच्छा विपरित कसैको गर्भ रहेमा घरायसि औषिधिको प्रयोगमा सिसा पिसेर खाने, गहतको झोल खाने लगायत जडीबुटीको प्रयोग गर्न गर्छन ।
जसका कारण धेरैको अकालमा मृत्यु समेत हुन पुगेको कर्णाली गरिब न्युनिकरण तथा बिकास मञ्च प्एब्म्ँ कार्यकारी निर्देशक शिबचन्द कार्काीले बताए । उनका अनुसार सुरक्षित गर्भपनका बारेमा जनचेतना फैलाउन र यस्को रोगथाम गर्न सडक नाटक आबश्यक देखिएकाले सडक नाटक मार्फत स्थानीय लाई जानकारी दिईने कार्काीको भनाई छ ।
दिलमाया शाही
जुम्ला चैत १२
सडक दुर्घना न्युनिकरण सम्बन्धी जुम्लाका नागरिकलाइ सचेतनाका कार्यक्रम गरिएको छ । जुम्लामा दिनप्रतिदिन बढ्दै गएको सडक दुर्घना न्युकरण गर्न राष्टीय अपांगता संस्कृतिक प्रतिष्ठान नेपालले आज जुम्लाको पुरानो बसपार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सचेतना दिइएको हो।
मौलिक कला सँस्कृतिकको संरक्षण गरौ दवेको आवाज लुकेको प्रतिभाको उजागर गरौ भन्नने मुल नाराका साथ जिल्ला ट्रफिक कार्याल जुम्लाको सहजीकरणमा जनचेताना सम्बन्धी साँस्कृतिक कार्यक्रमगरिएको हो ।
प्रपुर्खोली घर गुल्मी र हालको जन्म घर रोल्पा भएका एक जना अपांगता भएका ब्यतिm सडक दुर्घना न्युनिकरणको देश दौडामा जुम्ला पुग्नु भएको छ ।नाम आकाश विरहि कान्छा भनेर आफुलाईख चिनाउने उहाले आफ्नो जिवनको पिडा परिबर्तनमा बदल्लन सफल हुनु भएको छ ।
सडक दर्घना न्युनिकरण सम्बन्धि जनचेताना जोगाउन बिभिन्न किसिमका सास्कृतिक कार्यक्रम देखाउन जुम्ला उहा ३८औ जिल्लाको रुपमा पुग्नु भएको छ ।सडक दुर्घना न्युनिकरणको अभियानमा जुटेका उहाले लागुऔषध, अपांगताको हक अधिकारको क्षेत्रमा वकालत गदै आउनु भएको छ ।
जुम्लामा पनी सडक न्युनिकरण लगायत लागुऔषध र अपाँगता भएका ब्यतिहरुले पनि आफ्नो क्षामता अनुसारको सपांगता ब्यतिmसहरा काम गर्न सक्छन भन्ने बिषयमा भिविन्न सास्कृतिक कार्यक्रम मार्फत छंलंग पारिएको छ ।
उक्त साँस्कृतिक कार्यक्रममा बाल्दै प्रमुख जिल्ला आधकारी दुर्गा बञ्जाडेले अपांगता भएका ब्यक्ति हरुले जुम्लामा आएर उदारणिय कार्य गरेको प्रति धन्यबाद दिनु भएको छ । उहाले भन्नु भयो आगामी दिनमा यस्ता खालका दुर्घना हुन नदिन लागी पर्ने बताउनु भएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक सिताराम रिजाले भन्नु भयो दुर्घना हुन नदिनको लागी चालकले ट्रफिक नियम पालन गर्न आबश्यक रहेको छ । उहाले भन्नु भयो मानिसलाइ सवारी दुर्घनाले धेरै जसो अपांगता हुन्छन त्यसकारण सधैभरी पिडा भोग्दा बाध्य बनाउनछ ।
उहाले भन्नु भयो कतिपय नागरिक सवारी दुर्घनाले अपाँगता जिवन बिताएका छन, भने त्यो भन्दा धेरैको ज्यान गएको छ । राष्टीय अपांगता संस्कृतिक प्रतिष्ठान नेपालले तिब्रगतिमा सवारी नचाउन, पौदलयात्रीहरुलेआफ्नो साइडमा हिड्न माधक प्रदार्थ सेवन गरि सवारी नचलाउन ,आफुपनि बाँचौ र अरुलाई पनि बचाउजस्ता संचेनाका कार्यक्रम साँस्कृतिक मार्फत झल्काइएको छ ।
दिलमाया शाही
चैत्त ५ जुम्ला
विकास र समृद्धि नागरिकको जिवनसंग जोडीएको मुल आधार हो । जब विकास हुँदैन तबसम्म समृद्धि हासिल गर्न असम्भव छ । जुम्लामा रहेका ८ वटा स्थानीय तहहरुले विकास निर्माणको कार्यलाई रप्तारमा अघि बढाउन नसकेको आरोप लाग्ने गरेको छ ।, केहि स्थानीय तहले छोटो सयमै उदारणीय काम पनि गरेका छन् । जनभावना र जनआकांक्षा अनुसारको काम भएको जनप्रतिनिधिहरुले देखाएका छन् । केहि स्थानीय तहले काम गरे पनि त्यो सबैलाई थाहा पाउने गरि देखाउन सकेको अवस्था छैन् । काम भएको हुन्छ तर, देखाउन नसक्नु जनप्रतिनिधिको कमजोरी हो । गाउँपालिकाले गरेको काम प्रष्ट देखिने गरि काम गरेका गाउपालिका प्रति भने नागरिक हर्षित छन । नागरिकहरुको आवश्यताका अधारमा छिटोछरीतो काम गर्ने उदारण बनेको छ , पातररासी गाउपालिका,,,, विकास निर्माणका कामलाई सोचे अनुरुप अघि बढाउन नसकेपनि वर्षभरी गरेको काम र भएका उपलब्धिलाई जनताका बिचमा जानकारी गराउने कार्य पातारासि गाउँपालिकाले गरेको छ । केहि गौरवका योजना र केहि जनताका प्रत्यक्ष जनजीविकासँग जोडिएका कामहरु पातारासिले गरेको देखीन्छ ,छ । शिक्षा, पर्यटन, कृषि र पूर्वाधार, सभ्य सुन्दर र समृद्ध पातारासिको मुल आधार भन्ने मूख्य भनाइलाई आत्मसाथ गर्दे विकास गर्न तर्फ लागी परेको देखीन्छ ,।।
गुनासो सुन्ने पहिलो गाउपालिका
नागरिकको गुनासो सुन्ने र उनिहरुले गरेको प्रश्नमा सरकारले जवाफ दिने काम पातारासि गाउँपालिका पहिलो बनेको छ ।। त्यहाँका स्थानीयले मनमा लागेका कुरा प्रत्यक्ष रुपमा सरकार समक्ष राख्न पाएका छन् । गाउँपालिकाले गरेको विकास, सुरक्षा र मदिरा नियन्यणका विषयमा स्थानीयले खुलेर मनमा लागेका कुरा राखेका छन् । सरकारले गरेको कामलाई सुधार गर्न र आगामी दिनमा हुने विकास निर्माणका कामलाई अझै प्रभावकारी रुपमा संचालन गर्न सरकारलाई जनताले सुझाव दिएका छन् ।
स्थानिय सरकारको अनुभित
त्यहाका नागरिकले सिहदरवर गाउमा आएको महसुस गरेको स्थानिय रामतुला बुढाले बताइन । उनले भनिन् पहिला सानोकामको लागी सदरमुकाम धाउनु पथ्यो अहिले पालिकाले दिएको छ । बुढाले थपिन ् सरकार समक्ष आफ्नो मन्मा लागेका गुनसो गर्न पाउदा खुसि लागेको छ । ,स्थानीय सरकार गाउँमा आइ सकेपछि भएका उपलब्धि र आगामी दिनमा गर्नु पर्ने बाँकि विकास निर्माणका बारेमा जानकारी गराउन वृहत्त सार्वजनिक सुनूवाई कार्यक्रम गरेको हो । गाउँपालिकाले गौरवका योजनाहरु अघि सारेको छ।
योजना यस्ता छन ?
उथ्र्रु पेरे चोत्रा सडक, चुकेनी जलविद्युत आयोजना, रारा–मुन्दु–धान,चौरी, लुम, सेफुक्सोण्डो सडक निर्माणलाई गौरवका योजनाका रुपमा पातारासि गाउँपालिकाले अघि सारेको छ । गाउँपालिकाको मुहार फेर्नको लागि दिर्घकालिन रणनीतिक गुरु योजना तयार गर्न लागेको बताएको छ । विकास र समृद्धिको नारालाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए। सरकारले गर्ने काम पारदर्शि हुनु पर्ने भन्दै उहाँले गाउँपालिका बासिलाई डर रहित वातावारणमा बस्न पाउने व्यवस्था गर्नु सरकारको कर्तव्य भएको बताए ।
मदिरा न्युनिकरण गर्ने
मदिरा सेवनलाई न्युनिकरण गर्न तर्फ स्थानिय सरकार तयार रहको अध्यक्ष बोहोराले बताए । उनले भने यसैको प्रयोगले गर्दा समाजमा विकृति फैलिएको छ । समाजमा विकृति फैलाउने जोसुकै व्यक्तिलाई शुन्य सहनशिल्ता अपनाएर कारबाहीको दायरामा ल्याउने उनकोे भनाइ छ ।स्थानीय स्तरमा प्रयोग हुने मदिराले महिला र बालबालिकालाई प्रत्यक्ष असर गरेको भन्दै यस्तो कार्य नियन्त्रणको लागि सबैको भूमिका हुने पतररासी गाउपाकिाका प्रमुख प्रशासिकय अधिकृत टेक बहादुर बुढथापाले बताए ।उनले भने समाजमा हुने जघन्य प्रकृतिका घटना मेलमिलापका आधारमा टुंगो लगाउन नहुने भन्दै कानुनी प्रक्रियामा आउन नागरिकलाई सुझाव दिए ।सभ्य समाज निर्माण हुन सकेमा समृद्ध समाज निर्माण गर्न सकिने भन्दै सकारात्मक सोचको विकास हुनु पर्ने बुढाथापाले बताए
कृषि र पर्यटनमा अब्बल पातररासी
जुम्लाका अन्य गाउँपालिका भन्दा पातारासि क्षेत्र कृषि र पर्यटनमा अब्बल रहेको क्षेत्र हो । गाउँपालिका भित्रको स्रोत साधनलाई भरपुर सदुपयोग गर्दे सुखि र खुसी नागरिक निर्माणको अभियानमा जुटेको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा कालिमार्सी धान फल्ने छुम ज्युलोलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने भएको छ ।
अभियानमा सहयोग गर्न आग्रह
पातारासि गाउँपालिकालाई बाल विवाह, मदिरा, छाउपडि र छुवाछुत मुक्त गाउँपालिका निर्माणको अभियानमा सहभागि भएकाले सबैलाई सहयोग गर्न गाउपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम तय गरेकाले विकास निर्माणका क्षेत्रमा देखिने गरि कामको थालनी भएको छ । पातारासि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकवहादुर बुढथापाले समृद्धि र नमूना गाउँपालिका निर्माणको कार्यमा सिंगो टिम लागिएको बताइए ।उनले भने पर्यटन क्षेत्रको विकास र कृषिलाई मुलधारमा राखेर गाउँपालिकाले कार्यक्रम अघि सारीएको छ ।
रारारैवार सवांददाता
फागुन १३ मुगु
नेपाली काँग्रेस भित्र आन्तरिक लोकतन्त्रको अभ्यास नहुँदा अहिले चौतर्फी क्षेत्रबाट लोकतन्त्र समाप्त पार्ने खेल भई रहेकाले काँग्रेस भित्रै लोकतान्त्रिक पद्धतीको विकास हुनु पर्ने काँग्रेसका जिल्ला स्तरिय नेताहरुले बताएका छन ।
सोमवार काँग्रेसका पुर्व महामन्त्री महेन्द्र नारायण निधीको ९७ औ जन्म जयन्तीका अवसरमा महेन्द्र नारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्र माथीका चुनौती र यसका सामना विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले त्यस्तो बताएका हुन ।
लोकतन्त्रको हिमायती बताउने काँग्रेस भित्र अहिले गुट उपगुट सिर्जना भएको, पदिय लोलुपताले पुस्तान्तरण हुन नसकेको , पाटीको संस्थागत हित भन्दा व्यक्ति र नातावाद हावी भई नैतिकता र अनुशासन समेत कायम हुन नसक्दा लोकतन्त्र माथी थप चुनौति थपिदै गएकाले
अव काँग्रेसले लोकतन्त्रको संस्थागत विकासका लागि आन्तरिक सुदृढिकरण नगर्दासम्म लोकतन्त्रको रक्षा गर्न नसकिने नेपाली काँग्रेस मुगुका कार्यवाहक सभापति खगेन्द्रबहादुर मल्लले बताए ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी संघका तिर्थराज शाहीले काँग्रेस आफै अलोकतान्त्रिक बाटोमा हिड्दा देशमा भष्ट्राचार , अनियमितता मौलाउदै गएको र लोकतन्त्रको विरोधी मानिएका वाम शक्तिहरुको दुई तिहाई बहुमतको सरकारले संसदिय व्यवस्था माथी नै हमला गरि रहँदा प्रतिपक्ष काँग्रेस आन्तरिक विवादमा नै अल्झि रहेको बताए ।
अब केहि महिना भित्रै मुगु काँग्रेसले आफना सबै भातृ संगठन र पाटी पंक्ति कार्यकर्तालाई प्रशिक्षित गरि लोकतन्त्रको संस्थागत विकासका लागि घरदैलो अभियान सञ्चालन गर्नु पर्ने , जिल्लामा देखिएका अनियमितता, भ्रष्टाचारका विरुद्ध खबरदारी गर्नु पर्ने महेन्द्र नारायण स्मृति प्रतिष्ठान मुगुका अध्यक्ष प्रकाशकुमार शाहीले बताए ।
नन्द बहादुर रोकाया
मंसिर १० मुगु
नेपाल नेत्र ज्योति संघ मुगुको सभापतीमा तिलक बहादुर मल्ल निरविरोध निर्वा्चित भएका छन् । नेत्र ज्योती संघ मुगुको दोस्रो जिल्ला अधिवेशनले मल्ल लाई सभापतिमा निरविरोध निर्वाचन गरेको हो ।
संघको महिला सदस्यमा सरिता रोकाया र धनशिला मल्ल , हिरा देबि मल्ल चयन भएका छन भने अन्य सदस्यमा लोग जंग मल्ल,हरि बहादुर बिटालु, , मल्ल छिरिङ लामा, लोक चन्द्र थापा, हरि बहादुर भण्डारी जय बहादुर मल्ल बिशाल कुमार हितान, अज बहादुर सेजुवाल भिम तिरु निवाचित भएका छन् ।
सभापतिमा निर्वाचित मल्लले मुगुमा रहेको आँखा उपचार केन्द्रलाई थप सेवा गरी अस्पतालको रुपमा स्तर उन्नती गर्ने बताउनुभएको छ । मुगु जिल्लामा नेत्र ज्योति संघले अन्धोपन निराकरण गर्न बिभिन्न कार्यक्रम गर्ने र मुगु जिल्ला लाई एक समृद्ध मुगु बनाउने तर्फ समाज सेवा गरीरहने सभापती मल्ल्को भनाई छ ।
मल्ल नेपाल रेडक्रस सोसाईटिको कर्णाली प्रदेश संयोजक लगायत बिभिन्न सामाजिक संघ सस्थामा आवद्ध भई समाजरुपान्तरण लागी उल्लेखिनिय योगदान दिदै आएका छन ।
कार्तिक २ मुगु

सामुदायिक रेडियो मुगु १०७।४ मेगाहर्ज मुगुले मदिरा निषेधित जिल्ला बनाउन स्थानीय सरकारले चालेको कदम लाई आत्म साथ गदै मदिरा बिरुद्धको अभियान थालेको छ । सरोकारवाला निकायले बिगतका बर्षमा पनि मदिरा न्युनिकरण अभियान चलाएपनि खासै प्रभावकारी नभएकाले स्थानीय सरकार तथा अन्य सरोकारवाला सस्थालाई निरन्तर घचघच्याउन र ग्रामिण स्तरमा चेतना फैलाउन रेडियोले अभियान थालेको हो । मदिराले ब्यक्ति र समाजमा पारेका असर र भाबि पुस्तालाई पर्ने प्रभाबका बारेमा रेडियोबाट सन्देश मुलक जानकारी प्रसारण गर्ने रेडियो मुगुका स्टेशन म्यानेजर नन्द बहादुर रोकायाले बताउनुभयो । मुगुमा मदिरा सेवनका कारण शान्ति सुरक्षामा खलल् पुगेको र समाजमा अपराधका घटना बढ्न थालेको भन्दै मुगुमा रहेका सबै सरोकारवाला निकायले साझा प्रतिवद्धा गरेका छन । सरोकारवाला निकायले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न र गराउन मुगुलाई मदिरा मुक्त जिल्ला घोृषणमा गर्न सहयोग पुगोस भन्ने उदेश्यले अभियान थालीएको म्यानेजर रोकायाको भनाई छ । आज बडा दशैको अबसरमा रेडियो मुगुले दशै बिशेष कार्यक्रम सञ्चालन गरी जिल्लका सरोकारवाला निकाया लाई मदिरा निषेधित मुगु जिल्ला बनाउन यहाँ हरुको पहल कदमि के हुने छ भन्ने सन्दर्भमा सवाल जफाव गरेको र सरोकारवाला निकायले गरेका प्रतिवद्धता कार्यन्वन गराउन र माह अभियान लाई सफल बनाउन लागी पर्ने रेडियो मुगुले जनाएको छ ।
राम देवि खडुका
मुगु १२ असोज
मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । जिल्ला सम्मनवय समिति मुगु अन्तर्गतको गैह्र सरकारी संस्था ग्रामिण पहुँच कार्यक्र ¥याप थ्रि को आर्थिक र प्राविधिक सहयोगमा गमगढी ग्रिलाह सडक निर्माण पुरा भए संगै सोरुगाउँपालीका सडक सञ्जालमा जोडिएको हो ।
गमगढी गिलाह सडकखण्डको निमार्ण सम्मपन्न भएसंगै बिहिबार चार प्राङ्कग्रे गाडी सोरुगाउँपालीका वडा नं ८ तारापानी सम्म पुगेका छन ।
तारापानीमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित हुनुका साथै पहिलो पटक सोरुगाउँपालीकामा गाडी पुगेको खुसीयालीमा स्थानीयले फुलमाला बाजाँगाजाले स्वागत समेत गरेका थिय । एक दिनको पैदल यात्रापछि सदरमुकाम पुगिने अब एक घण्टाको यात्राबाट पुग्न सकिने
सोरु गाउँपालिकाको ८ का स्थानीय जयबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार बिरामि हुदाँ धेरै समस्या हुने गरेको भएपनी अब सदरमुकाम जान आउन सहज हुनुका साथै औषधी उपचारको का लगि पनी सहज हुने उहाँको भनाई छ ।

गमगढी ग्रिलाह सडको २२. किलो मिटर सडक निर्माण पुरा भएको र केहि थप मर्मतको काम बाँकी रहेकोले मंसिरको अन्तिमसम्ममा सोरु गाउँपालिकालाई हस्तान्तरण गरिने ग्रामिण पहुच कार्यक्रमका टिम लिडर मोहन रुवालीले बताउनुभयो ।
मुगु १२ असोज गाउँ पर्यटन प्रवद्धन मञ्च नेपाल ९भिटोफ–नेपाल०ले रारा स्थित मुर्मा लगायतका ३ वटा गन्तव्य गाउँ घोषणा गरेका छन्। भिटोफ–नेपालले ती गाउँलाई भ्रमण वर्ष गन्तव्य घोषणा गर्दै यस वर्षको विश्व पर्यटन दिवस मनाएको छ ।बिहीबार राजधानीमा आयोजित कार्यक्रम बिच भिटोफ–नेपालले कर्णाली प्रदेशको मुगु जिल्लास्थित रारा ताल नजिक रहेको मुर्मा गाउँ, लमजुङगको राईनास्कोट गाउँ र रामेछापको दोरम्बा गाउँलाई पर्यटन भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटन मार्फत गाउँहरुको आर्थिक विकास सँगै नेपाल समृद्धितर्फ अगाडी बढने बताए । मन्त्री अधिकारीले घोषणा भएका गाउँहरुका प्रतिनिधि मुर्माबाट रारा पर्यटन विकास समितीका अध्यक्ष देबिकृष्ण रोकाया, दोरम्बा गाउँका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठ र राईनास्कोटबाट विष्णुमाया गुरुङगलाई प्रमाण पत्र सहित सम्मानित गरेका थिए ।सो अवसरमा बोल्दै भिटोफ–नेपालका अध्यक्ष ध्रुव सिम्खडाले राज्यले सरकारी कर्मचारीलाई लिभ होलिडे मनाउन व्यवस्था गर्न सुझाउ दिँदै, गाउँ पर्यटन प्रवर्द्धनका लागि आवश्यक निती ल्याउन आग्रह गरे । राज्यले भौतिक पुर्वाधार विकासमा ध्यान दिनु पर्ने बताउदै अध्यक्ष सिम्खडाले कम लगानीमा नै पर्यटन मार्फत मात्र गाउँमा रहेका नेपालीहरुको आर्थिक स्तर उकास्न सकिने बताए ।
मुग ९ असोज मुगुको छायाँनाथ रारा नगरपालिकाले मुगु आउदै गरेको मालवाहक गाडीबाट १२ लाख बराबरको मदिरा नियन्त्रणमा लिएको छ । नगरपालिकाले मुगुको रारा विमानस्थल चेकपोष्ट प्रहरीको सहयोगमा ४ सय ४० कार्टुन मदिरा मुगु आउदै गरेको ना ५ ख ५७०२ नम्बरको मालवाहक गाडीबाट ४ सय ४० कार्टुन वियर नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको मदिरा १४ लाख मुल्य बराबर रहेको छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बिस्णुकुमार भामले बताउनुभयो । आउँदो मंसिर १ गते दिन मदिरा मुलुककै पहिलो मदिरा निषेधित नगरपालिकाका घोषण गरीने नगरपालिकाका प्रमुख हरीजङ्ग शाहीले बताउनुभयो । मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकालाई पूर्णरुपमा मदिरा निषेधित क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ बाहिर जिल्लाबाट आउने मदिरलाई पनी रोक्ने नगरपालीले निर्णय गरेको थियो ।


































