रारा रैवार सम्वाददाता
भदौ १२ मुगु
मुगुः कर्णाली प्रदेशको सुर्खेतमा जारी नेपाल नेत्र ज्योति संघको पहिलो अधिबेशन बाट मुगु नेत्र ज्योति संघका अध्यक्ष तिलक बहादुर मल्ल कर्णाली प्रदेश नेत्र ज्योति संघको सभापतीमा निबिरोध निर्वाचित भएका छन ।कर्णाली प्रदेशका ५ जिल्ला बाट सहभागी पदाधीकारी सबैको मनोनयमा मुगु बाट प्रतिनिधित्व गदै आएका मल्ल प्रदेश सभापतीमा निर्विरोध निर्वाचित भएका हुन ।
मुगु ,जुम्ला हम्ला ,कालीकोट पश्चिम रुकुममा नेपाल नेत्र ज्योति संघको शाखा बिस्तार गरी पहिलो पटक कर्णाली प्रदेशको सुर्खेतमा अधिबेशन गरी मल्लको सभापतीत्वमा ८ सदस्यि नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेश संघको गठन गरीएको छ ।यसै बिच कर्णाली प्रदेशको सभापतीमा र्निविरोध निर्वाचित भएका मल्लले अब कर्णाली बासीले आखको उपचारमा समस्या भोगि अन्धकारमा बस्ने दिन हट्दै जाने बताए । उनका अनुसार कर्णाली प्रदेशमा आर्थिक अभावले आखाँको उपचारमा समस्या भोगेहरुको खोजि गदै र्दुगम गाउँमा आँखाको शिविर राखि उपचार गराउने तर्फ लागी पर्ने सभापती मल्लको भनाई छ ।

यस अघि पनी मुगु नेत्र ज्योति संघको अध्यक्ष हुदा पनी बिभिन्न समय आँखा शिविर सञ्चालन गरी हजारौ मोतिया बिन्दु भएका आँखाका रोगिको निशुल्क उपचार गरान सफल भएका बताउदै मल्ल अब कर्णाली बासीको हितमा र जहाँ आँखाका बिरामी छन त्यहि ठाउँमा गहेर उपचार गराउने मल्लले बताए ।
२० बर्ष देखि आँखाको क्षेत्रमा सेवा गदै आएका मल्ल कर्णाली प्रदेशको सभापतीमा निर्वाचितले कर्णाली प्रदेश बासी खुसी भएका छन । सामाजिक क्षेत्रमा योगदान गदै आएका मल्ल नेपाल रेडक्रस सोसाईटि कर्णाली प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ ।
रामदेवि खड्का
जेठ ०७
जिल्ला स्वास्थ्य कार्यलयमा स्थायी बन्धायकरण परिवार नियोजन गर्ने सख्यामा बृद्धि भएको छ । विगतको बर्षको तुलानमा पछील्ला बर्ष हरुमा स्थायी बन्ध्याकरण गर्नेको सख्यामा बृद्धि भएकमे जिल्ला स्वास्थ्य कार्यलय मुगुले जनाएको छ ।
विगतका बर्षमा अशिक्षाले परिवार नियोजन गर्न नमान्ने स्थानीय आजभोली परिवार नियोजन गर्न स्वास्थ्य संस्थमा आउने परिवार नियोजन सुपरभाईजर दिपेन्द्र यादबले बताउनुभयो ।
उहाँका अनुसार गहेको बर्ष १०३ जनाले स्थायी बन्ध्याकरण परिवार नियोजन गरेका र ७ जना महिलाले मिनिल्याब गरेका बताएनुभयो । यो बर्षको अहिले सम्म ७२ जनाले स्थायी बन्ध्याकरण गरेका र १ जनाले मिनि ल्याब सेवा लिएका सुपरभाईजर यादबले जानकारीदिनुभयो ।
उहाँका अनुसार अझै धार्मिक अन्धबिश्वासले लामा समुदायले भन्ने परिवार नियोजन गर्न मान्दैन उनिहरुले अस्थायी साधनको प्रयोग कण्डम, डिपो लगायतका प्रयोग गर्ने गरेकका सुपरभाईजर यादबको भनाई छ ।
रारा रैवार सम्वाददाता
चैत १० मुगु
नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश स्तरीय कार्यालय स्थापना गरिएको छ । आईतबार एक औपचारी कार्यक्रमको आयोजना गरी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल रेडक्रस सोसाईटीको कार्यलयको स्थापाना गरीएको हो ।
कार्यालयको उद्घाटन नेपाल सरकारका कर्णाली प्रदेश प्रमुख माननीय श्री दुर्गा केशार खनालले गर्नु भयो । सो कार्यक्रम को सभापतित्व कर्णाली प्रदेश संयोजक तिलक ब मल्लले गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटीले हरेक दिन दुखिको सहयोग गदै समाजरुपान्तरणमा उल्लेखिए भुमिका खेलेको स्थानीयको भनाई छ ।

कणार्लीका सबै जिल्लामा शाखा कार्यलय रहेपनी प्रदेश स्तरीय कार्यलय नभएको र आज एक औपाचरी कार्यक्रम गरी प्रदेश स्तरीय रेडक्रसको कार्यलय स्थापाना गरीएको कर्णाली प्रदेशका संयोजंक तिलक बहादुर मल्लले जानकारी दिनुभयो ।
उनका अनुसार आजै प्रदेश कार्यसमितिको पहिलो बैठक बसेको समेत बताउदै आगमी चैत १९ र २० गते कर्णाली प्रदेश स्तरीय अधिवेशन गर्ने निर्णय समेत गरीएको मल्लको भनाई छ ।
दिलमाया शाही
चैत्त ५ जुम्ला
विकास र समृद्धि नागरिकको जिवनसंग जोडीएको मुल आधार हो । जब विकास हुँदैन तबसम्म समृद्धि हासिल गर्न असम्भव छ । जुम्लामा रहेका ८ वटा स्थानीय तहहरुले विकास निर्माणको कार्यलाई रप्तारमा अघि बढाउन नसकेको आरोप लाग्ने गरेको छ ।, केहि स्थानीय तहले छोटो सयमै उदारणीय काम पनि गरेका छन् । जनभावना र जनआकांक्षा अनुसारको काम भएको जनप्रतिनिधिहरुले देखाएका छन् । केहि स्थानीय तहले काम गरे पनि त्यो सबैलाई थाहा पाउने गरि देखाउन सकेको अवस्था छैन् । काम भएको हुन्छ तर, देखाउन नसक्नु जनप्रतिनिधिको कमजोरी हो । गाउँपालिकाले गरेको काम प्रष्ट देखिने गरि काम गरेका गाउपालिका प्रति भने नागरिक हर्षित छन । नागरिकहरुको आवश्यताका अधारमा छिटोछरीतो काम गर्ने उदारण बनेको छ , पातररासी गाउपालिका,,,, विकास निर्माणका कामलाई सोचे अनुरुप अघि बढाउन नसकेपनि वर्षभरी गरेको काम र भएका उपलब्धिलाई जनताका बिचमा जानकारी गराउने कार्य पातारासि गाउँपालिकाले गरेको छ । केहि गौरवका योजना र केहि जनताका प्रत्यक्ष जनजीविकासँग जोडिएका कामहरु पातारासिले गरेको देखीन्छ ,छ । शिक्षा, पर्यटन, कृषि र पूर्वाधार, सभ्य सुन्दर र समृद्ध पातारासिको मुल आधार भन्ने मूख्य भनाइलाई आत्मसाथ गर्दे विकास गर्न तर्फ लागी परेको देखीन्छ ,।।
गुनासो सुन्ने पहिलो गाउपालिका
नागरिकको गुनासो सुन्ने र उनिहरुले गरेको प्रश्नमा सरकारले जवाफ दिने काम पातारासि गाउँपालिका पहिलो बनेको छ ।। त्यहाँका स्थानीयले मनमा लागेका कुरा प्रत्यक्ष रुपमा सरकार समक्ष राख्न पाएका छन् । गाउँपालिकाले गरेको विकास, सुरक्षा र मदिरा नियन्यणका विषयमा स्थानीयले खुलेर मनमा लागेका कुरा राखेका छन् । सरकारले गरेको कामलाई सुधार गर्न र आगामी दिनमा हुने विकास निर्माणका कामलाई अझै प्रभावकारी रुपमा संचालन गर्न सरकारलाई जनताले सुझाव दिएका छन् ।
स्थानिय सरकारको अनुभित
त्यहाका नागरिकले सिहदरवर गाउमा आएको महसुस गरेको स्थानिय रामतुला बुढाले बताइन । उनले भनिन् पहिला सानोकामको लागी सदरमुकाम धाउनु पथ्यो अहिले पालिकाले दिएको छ । बुढाले थपिन ् सरकार समक्ष आफ्नो मन्मा लागेका गुनसो गर्न पाउदा खुसि लागेको छ । ,स्थानीय सरकार गाउँमा आइ सकेपछि भएका उपलब्धि र आगामी दिनमा गर्नु पर्ने बाँकि विकास निर्माणका बारेमा जानकारी गराउन वृहत्त सार्वजनिक सुनूवाई कार्यक्रम गरेको हो । गाउँपालिकाले गौरवका योजनाहरु अघि सारेको छ।
योजना यस्ता छन ?
उथ्र्रु पेरे चोत्रा सडक, चुकेनी जलविद्युत आयोजना, रारा–मुन्दु–धान,चौरी, लुम, सेफुक्सोण्डो सडक निर्माणलाई गौरवका योजनाका रुपमा पातारासि गाउँपालिकाले अघि सारेको छ । गाउँपालिकाको मुहार फेर्नको लागि दिर्घकालिन रणनीतिक गुरु योजना तयार गर्न लागेको बताएको छ । विकास र समृद्धिको नारालाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए। सरकारले गर्ने काम पारदर्शि हुनु पर्ने भन्दै उहाँले गाउँपालिका बासिलाई डर रहित वातावारणमा बस्न पाउने व्यवस्था गर्नु सरकारको कर्तव्य भएको बताए ।
मदिरा न्युनिकरण गर्ने
मदिरा सेवनलाई न्युनिकरण गर्न तर्फ स्थानिय सरकार तयार रहको अध्यक्ष बोहोराले बताए । उनले भने यसैको प्रयोगले गर्दा समाजमा विकृति फैलिएको छ । समाजमा विकृति फैलाउने जोसुकै व्यक्तिलाई शुन्य सहनशिल्ता अपनाएर कारबाहीको दायरामा ल्याउने उनकोे भनाइ छ ।स्थानीय स्तरमा प्रयोग हुने मदिराले महिला र बालबालिकालाई प्रत्यक्ष असर गरेको भन्दै यस्तो कार्य नियन्त्रणको लागि सबैको भूमिका हुने पतररासी गाउपाकिाका प्रमुख प्रशासिकय अधिकृत टेक बहादुर बुढथापाले बताए ।उनले भने समाजमा हुने जघन्य प्रकृतिका घटना मेलमिलापका आधारमा टुंगो लगाउन नहुने भन्दै कानुनी प्रक्रियामा आउन नागरिकलाई सुझाव दिए ।सभ्य समाज निर्माण हुन सकेमा समृद्ध समाज निर्माण गर्न सकिने भन्दै सकारात्मक सोचको विकास हुनु पर्ने बुढाथापाले बताए
कृषि र पर्यटनमा अब्बल पातररासी
जुम्लाका अन्य गाउँपालिका भन्दा पातारासि क्षेत्र कृषि र पर्यटनमा अब्बल रहेको क्षेत्र हो । गाउँपालिका भित्रको स्रोत साधनलाई भरपुर सदुपयोग गर्दे सुखि र खुसी नागरिक निर्माणको अभियानमा जुटेको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा कालिमार्सी धान फल्ने छुम ज्युलोलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने भएको छ ।
अभियानमा सहयोग गर्न आग्रह
पातारासि गाउँपालिकालाई बाल विवाह, मदिरा, छाउपडि र छुवाछुत मुक्त गाउँपालिका निर्माणको अभियानमा सहभागि भएकाले सबैलाई सहयोग गर्न गाउपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम तय गरेकाले विकास निर्माणका क्षेत्रमा देखिने गरि कामको थालनी भएको छ । पातारासि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकवहादुर बुढथापाले समृद्धि र नमूना गाउँपालिका निर्माणको कार्यमा सिंगो टिम लागिएको बताइए ।उनले भने पर्यटन क्षेत्रको विकास र कृषिलाई मुलधारमा राखेर गाउँपालिकाले कार्यक्रम अघि सारीएको छ ।
रामदेवि खड्का
माघ २१ मुगु
प्रमुख प्रतिपक्षी नेपाली काग्रेश मुगुले पनि सरकारका बिरुद्ध प्रर्दशन गरेको छ । नेपाल सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेस मुगले आज सदरमुकाम गमगढीकमा बिरोद्ध प्रर्दशन गरेको हो ।
दुई तिहाईको दम्ब देखाउदै केपि शर्मा वली नेतृत्वको सरकारले जन्ताको हित विपरित काम गरेको , हत्या,हिसां बढाएको , ठुला माछा लाई संरक्षण गरेको आरोप लगाउदै आज मुगु सहित देशभर नेपाली काग्रेशले नालायक सरकारका बिरुद्ध प्रर्दशन गरीरहेको नेपाली काग्रेश मुगुले जनाएको छ ।
नालायक सरकारले एकलौटी हिसाबले संवैधानिक परिषद्बाट निर्णय गरेको, चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पारित गरेको अधिनायकवादी चरित्र, निर्मला प्रकरण, ३३ किलो सुन कान्ड लगायत विषयको बिरोध नेपाली काग्रेश सडमा उत्रेको र सरकार बिरुद्ध प्रर्दशन गरीरहेको नेपालीकाग्रेश मुगुका माहासमिति सदस्य तिलक बहादुमल्लेले बताउनुभयो । उनका अनुसार देशमा मुल्य बृद्धि ,बिद्यार्थिको शुल्क बृद्धि लगायत निर्मला हत्या प्रकरण ६ महिना पुगीसक्दा पनी सरकार मौनभएको बताए ।
काग्रेशले राणा , पञ्चायत लगायत राजतन्त्र हटाउने बेला महत्वपुर्ण भुमिका खेलेकाले यो अधिनायकबादको गठबन्धनको सरकार लाई ढालेर छाड्ने नेपाली काग्रेश मुगुका पुर्व पाटी सभापती ऐन बहादुर शाहिले बताए । सकारले जन्ता लाई राहाता भन्दा आहत दिएको आरोप लगाउदै शाहीले । यो कमजोरी अरुले नभई नालायक सरकाले गरेका कारण जन्ताले दुख पाएको उहाँको भनाई छ ।
ठटेली रुप, उखान ,टुक्काले देश बन्दै देश बनाउन जनताको भावाना अनुसार काम गर्नु पने पुर्व शिक्षा राज्य मन्त्रि हस्त बहादुर मल्लले बताउनुभयो । केपिशर्मा वलीको सरकारले घर घमा ग्यास , पानी जहाँजका जस्ता झुटा नाराले जन्ताले पताउनै छाडेको मन्त्रीमल्लको भनाई छ ।
बिरोध प्रर्दशनमा गाउँ गाउँ बाट हजारौ नेता तथा कार्यकर्ताले सदरमुका गमगढी आज काग्रेशमय भएको बताउदै नेपाली काग्रेशका उपसभापाती खगेन्द मल्ले यो जनमानसले बालुवाटार हल्लीएको बताए ।
यो सरकार नसचिए जन्ताको हित बिपरित कामगदै गहेमा नेपाली काग्रेशले ज्वारभाट जलाए झै यो सरकारलाई सडक बाटै ढाल्ने उपसभापती मल्लको भनाई छ । बिरोध कार्यक्रममा बोल्दै अधिकांस नेताहरुले यो दुई तिहाको सरकारले छिन्को माचि काम नगर्ने केपि शर्मावली नेतृत्वको सरकारलाई आउदो चुनावमा जन्ताले बदला लिने काग्रेश नेताको भनाई छ ।

मुगु १२ असोज गाउँ पर्यटन प्रवद्धन मञ्च नेपाल ९भिटोफ–नेपाल०ले रारा स्थित मुर्मा लगायतका ३ वटा गन्तव्य गाउँ घोषणा गरेका छन्। भिटोफ–नेपालले ती गाउँलाई भ्रमण वर्ष गन्तव्य घोषणा गर्दै यस वर्षको विश्व पर्यटन दिवस मनाएको छ ।बिहीबार राजधानीमा आयोजित कार्यक्रम बिच भिटोफ–नेपालले कर्णाली प्रदेशको मुगु जिल्लास्थित रारा ताल नजिक रहेको मुर्मा गाउँ, लमजुङगको राईनास्कोट गाउँ र रामेछापको दोरम्बा गाउँलाई पर्यटन भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटन मार्फत गाउँहरुको आर्थिक विकास सँगै नेपाल समृद्धितर्फ अगाडी बढने बताए । मन्त्री अधिकारीले घोषणा भएका गाउँहरुका प्रतिनिधि मुर्माबाट रारा पर्यटन विकास समितीका अध्यक्ष देबिकृष्ण रोकाया, दोरम्बा गाउँका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठ र राईनास्कोटबाट विष्णुमाया गुरुङगलाई प्रमाण पत्र सहित सम्मानित गरेका थिए ।सो अवसरमा बोल्दै भिटोफ–नेपालका अध्यक्ष ध्रुव सिम्खडाले राज्यले सरकारी कर्मचारीलाई लिभ होलिडे मनाउन व्यवस्था गर्न सुझाउ दिँदै, गाउँ पर्यटन प्रवर्द्धनका लागि आवश्यक निती ल्याउन आग्रह गरे । राज्यले भौतिक पुर्वाधार विकासमा ध्यान दिनु पर्ने बताउदै अध्यक्ष सिम्खडाले कम लगानीमा नै पर्यटन मार्फत मात्र गाउँमा रहेका नेपालीहरुको आर्थिक स्तर उकास्न सकिने बताए ।
असार ३१, जुम्लाा पन्ध्र दिनदेखि अनशन बसिरहेका डा गोविन्द केसीले औषधि प्रयोग गर्न नमान्दा उनलाई विभिन्न स्वास्थ्य समस्याले च्याप्दै लगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा केसीले औषधि लिएर अनशनमा बस्नुको कुनै अर्थ नरहेन भन्दै स्वास्थ्य अवस्था गम्भीर भए पनि औषधि लिन नमानेका हुन् ।डा केसीलाई उधृत गर्दै उपचारमा संलग्नक डा पुजन रोकायाले भने, औषधि लिएर अनशन बस्नुको के अर्थ रु शरिरमा ग्लुकोजको मात्रा निकै कम रहेकाले डा। केसीको मस्तिष्कमा समेत समस्या बढ्दै गएको जानकारी दिए ।, आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।
शुभाकर विश्वकर्मा,
३१ असार जुम्ला
जुम्लामा ९ हजार १ सय ४७ जना गरिब परिवार रहेका छन् । जुम्लाका आठ वटा स्थानिय तहमा ९ हजार १ सय ४७ जना रहेको पाईएको हो ।जुम्लामा रहेका गरिब घरपरिवारमा मध्य तीन समुहमा वर्गिकरण गरिएको छ । जुम्लाकाअति गरिब, मध्यम गरिब र सामान्य गरिबको सुचि सार्वजनिक गरिएको छ । कनका सुन्दरी गाउँपालिकामा १ हजार २ सय ६७, सिँजा गाउँपालिकामा १ सय ९५, हिमा गाउँपालिकामा१ हजार २ सय १९ जना गरिव परिवार रहेका छन् । यस्तै तिला गाउँपालिकामा १ हजार ३ सय सय ८८ ,तातोपानी गाउँपालिकामा१ हजार २ सय ९० चन्दननाथ नगरपालिकामा१हजार ९२ जना गरिब छन् । गुठिचौर गाउँपालिकामा १ हजार ७२ जना , र पातारासी गाउँपालिकामा ७ सय २७ जना गरिब छन् । विस २०६८को जनगणना अनुसार १ लाख २० हजा जनसंख्या छ ।
नरजन तामाङ
हुम्ला ३१ असार
८ वर्ष अगाडी सुरु गरिएको नेहर खोला लघु जल विद्युत आयोजनाको काम सकिएको छ । हुम्ला जिल्लाको सर्केगाड गाँउपालिका—१ जैर र मुगु जिल्लाको सोरु गाँउपालिका—५ नेहर गाँउका स्थानियहरुलाई लक्षित गरी यो लघु जल विद्युत निर्माण कार्य गरिएको हो हुम्लाको जैर गाउँमा कुनै बक्ती बल्ने कुनै पानीको मुहान नभएपछि नेरघाट र जैरले मिलेर पानीको एक स्रोतबाट दुई जिल्लाका गाउँहरुलाई उज्यालो गर्न ६५ किलो वार्डको नेरघाट साना जल विद्युत आयोजनाको काम सुरु गरिएको थियो ।आप्नो गाउँमाखानेपानीको समय पर्याप्त मुहान नभएपछि मुुगुको नेरघाटका स्थानीयसँगको सल्लाहमा एकै पानीको मुहानमार्फत बत्ती बाल्ने सहमती भएपछि बत्ति बाल्न सफल भएको निर्माण समितिका अध्यक्ष समेत रहेका सर्केगार्ड गाउँपालिका १ जैरका ज्ञामी बुमीले भने जिल्ला फरक भएपनि विकासमा सहकार्य गरेमा हुन्छ, भन्ने नमुना देखाउन हामीले नेरघाट साना लुघ जल विद्युत आयोजना सुरु गरेका हौ । २०६८ सालदेखि तत्कालिन साविकको फोतु गाउँ विकस समिति मुगुले सुरु गरेको भएपनि निर्माण कार्यले तदारुकता नलिएपछि आफनो सहकार्यको पहल गरेर दुई वटै जिल्लाका स्थानीयको श्रम लागतमा आयोजनाको काम सम्पन्न भएको बुमीले बताए । सघिय सरकारले भनेझै समृद्ध नेपालमा सुखी नेपाली बन्न जैर र नेरघाटका नागरिकले गरेको काको सिको गर्न पर्छ । हुम्ला र मुगुको सिमा पर्ने चंखेली लामो समयदेखि विवाद कायमै रहेको छ ।एक गाउँपालिका रहेको हुम्लाको सिमकोट गाउँपालिकाको वडा नम्बर १ दोजाम र २ ठेहे बिच जंगलको सिमाना विवाख समेत समाधान भएको छैन । बत्ति उदघाटन गर्ने नेरखोला पुगेका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगानाले भने वडा पालिका भन्दा जिल्लानै फरक भएका नेरघाट र जैरका स्थानीयको पहलमा सम्पन्न भएको नेरखोला लघु जल विद्युत सामुदायिक मेलमिलापको नमुना योग्य काम भएको यहाँका स्थानीयहरुबाट सिको सिक्नुपर्ने बताए । भौगोलिक विकटता र आर्थिक श्रोत अभावले रोकिएको उक्त आयोजना आफु निर्वाचित भएपछि ५० लाख रक विनियोजन गरेर बक्ति बाल्न योग्य भएको सर्केगार्ड गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । उनले भने आगामी दिनहरुमा नेरजलविद्युत आयोजनाका लागि जस्तो सुकै सहयोग गर्ने पनि तत्पर रहने अध्यक्ष रोकायाले बताए ।

३ करोड १५ लाखको लागतमा निर्माण
वैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रको २ करोड ५० लाख हुम्लाको सर्केगार्ड गाउँपलिकाको ५० लाख मुगुको सोरु गाउँपालिकाबाट १५ लाख गरी कुल ३ करोड १५ लाखको लागतमा नेरखोला जल विद्युत आयोजना सम्पन्न भएको छ । ६५ किलोवाट विद्युत हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका १ जैरका ३ सय र मुगु जिल्ला सोरु गाउँपालिका ५ नेरका २ सय गरी ५ सय घरधुरीलाई विद्युतीकरण जोडीएको सर्केगार्ड गाउँपालिका १ का वडाध्यक्ष गोकुल बुढाले बताए ।सबै सामन नेपाली सेनाको हेलिकप्टर मार्फत ढुवानी गरी ६५ किलोवाट बिधुतउत्पादन गरी गाँउलेहरुको बिजुलीबालेर उज्यालोमा बस्ने सपना अब पुरा भएपछि स्थानीयहरुको मुहार सुखी देखिन थालेको छ । दुरीका हिसाबले हुम्ला सर्केगार्ड गाउँपालिकाको जैर र मुगुको सोरु गाउँपालिकाको नेहर गाउँ आफना सदरमुकामदेखि २ दिनको टाढा रहेका छन मुगुको पानी हुम्ला जिल्लाको लगानीमा ६५ किलोवाटको विद्युत निर्माण भएपछि स्थानीयहरु हर्षित भएको छन ।
शान्तीमाया खत्री
असार ३० जुम्ला
जुम्लामा जिवन बिमा गराउनेहरुको सख्या बढ्दै गएको छ । सुरक्षीत जिवन उज्वल भबिष्यको आसाका साथ जिवन बिमा गर्नेको सख्या वृद्धि भएको हो । बिमाको बारेमा सबैलाई जानकारी गराए सँगै बिमा गराउने हरुको सख्या बढ्दै गएको एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेड शाखा कार्यालय जुम्लाले जनाएको छ । कार्यलयका अनुसार अहिले सम्म ४ हजार ५ यस भन्दा बढी व्यक्तिले जिवन बिमा गराई सकेका छन । जिवन बिमा गराउनको लागी साडे सात सय जना अभिकर्ताहरुले महत्वपुर्ण भुमिका खेलेको शाखा कार्यालय जुम्लाका शाखा प्रबन्धक बिर बहादुर भण्डारीले बताएका छन । स्थानिय बासीहरुको बिश्वासिलो व्यक्रि नै बिमा गराउने अभिकर्ता भएको हुदा बिमा कार्य सहज भएको उनले तबाएका छन । अभिकर्ताहरुकै सक्रियताले गर्दा धेरै जनाको बिमा गराउन सफल भएको उनको भनाई रहेको छ । कर्णाली प्रदेशकै दोस्रो शाखाको रुपमा शाखा बिस्तार गरी बिमती व्यतिm लाई दिनु पर्ने आबश्यक सेवा सुबिधा नियमित रुपमा प्रधान गर्दै आएको शाखा प्रबन्धक भण्डारीले बताएका छन । आफ्नो र आफ्ना भाबी सन्तती हरुको सुरक्षाको लागी सबलै समयमै जिवन बिमा गर्नु पर्ने एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेड शाखा कार्यालय जुम्लाले जनाएको छ ।
शान्तिमाया खत्री
असार २९ जुम्ला

जुम्ला जिल्लामा रहेका ३ वटा टेलिशेन्टर मध्ये २ वटा टेलि शेन्टर प्रयोग बिहिन अबस्थामा रहेका छन । जुम्लामा २०६६ सालबाट टेलि शेन्टर स्थापना गरेकोभए पनि २ वटा टेलि शेन्टर अहिले सञ्चालनमा नआएर प्रयोग बिहिन अबस्थामा रहेका हुन । ३ वटा टेलि शेन्टर मध्ये अहिले सम्म जिल्ला हुलाक कार्यालय जुम्लाको मात्र प्रयोगमा आएको छ । इलाका हुलाका कार्यालय डिल्लीचौर र इलाका हुलाका कार्यालय मालीकाठाटाको टेलि शेन्टर प्रयोगमा नआएको जिल्ला हुलाक कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार डिल्लीचौर इलाका हुलाका कार्यालय र मालीकाठाटा इलाका हुलाक कार्यालयका टेलिसेन्टर एक बर्ष सम्म पनि काम नगरी बिग्रीएका छन । गाउमा बिद्युतको समस्या भएको हुदा २ वटा टेलिशेन्टर सञ्चालनमा नआएको जिल्ला हुलाक कार्यालय जुम्लाका निमित हुलाका अधिकृत जनक बहादुर नगरकोटिले बताएका छन । जिल्ला हुलाक कार्यालय जुम्लाको टेलिशेन्टर सदरमुकाम भित्र भएको हुदा स्थापन भए देखिनै सञ्चालन भई रहेको उनले बताएका छन । सञ्चालनमा भएको एउटा टेलिशेन्टरबाट नियमित मेल फ्याक्स,फोटोकफि र लेबिनेसन गर्ने लगाएतका काम हरु भई रहेको उनको भनाई रहेको छ । । आज रेडियो खुला आकाससँग कुराकानी गर्दै निमितm हुलाका अधिकृत नगरकोटिले हुलाक कार्यालयबाट दिईने सेवा सुबिधा हरु आफुहरुले नियमित रुपमा दिई रहेको हुदा सबैलाई कार्यालयको सुबिधा लिई दिन हुन आग्रह समेत गरेका छन । यसै बिच दुई वटा इलाका हुलाका कार्यालयका टेली शेन्टर प्रयोगमा अनआएको हुदा सेवा लिन असजिलो भएको स्थानिय बासीहरुले बताएका छन । दुवै ईलाका हुलाका कार्यालयका टेलि सेन्टरलाई प्रयोगमा ल्याउनको लागी आबश्यक पहल भएता पनि प्रयोगमा आउन नसेको उनिहरुले बताएका छन ।
दान बहादुर बुढा १९ असार
मुगु बाट – कर्णाली प्रदेशको हुम्ला हुदै तिब्बत कैलाश मानसरोवर दर्शन गर्न गएका भारतिय ८ जना तिथालुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
हिजो नै भारतको केरला निवासी ५६ बर्षिय नारायनम लिला सिमकोट होटलमा मुत्यू भएको र आन्द्रा प्रदेश सल्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यू भएको प्रहरी नायव उपरिक्षक रबीन श्रेष्ठले जानकारी गराए लिला मानसरोवर पुगेर फर्केर आउदा अकस्मात होटलमा मृत्यू भएको उनको भनाई गत असार १७ गते एक जनाको ताक्लाकोटमै मूत्यू भएको प्रहरी कार्यालयले जनाएको छ । मानसरोवर दर्शन गर्न जाने क्रममा यो बर्ष ८ जना भारतिय नागरिकको मृत्यू भएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । भारतिय नागरिकको लेक लागेर मृत्यू हुने गरेको बुझिएको छ ।
तिब्बतको मानसरोवर दर्शन गर्न सबै भन्दा बढी भारतिय तिथालु आउने जाने गरेको बढी भेटीने गरेको हुम्लाका स्थानिय बासीहरुको भनाई रहेको छ ।
असार ९ रारा रैवार मुगु
नुवाकोट बिहे भोजमा मासु चाख्ने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किदा विदुर नगरपालिका वडा नम्बर १३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको हो ।

आफन्तको बिहेमा गएका कोइरालाको भोजमा मासु खाँदा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएका छन् ।
चाख्ने क्रममा मासुको हाड घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको थियो तर अस्पताल लाने क्रम
मा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दान बहादुर बुढा जेष्ठ २१ गते
कैलालि जिल्लामा जन्मनु भएका यमलाल रसाईली एक खु«ट्टे अपाङ्गता भएका साईकल यात्री जन्म जिल्ला बाट मुगुको रारा ताल सम्म नेपालको राष्ट्रिय झन्डा सहीत अपाङ्गगता भएका नागरीकको समान सहित,सामाजिक न्यायमा सुनिचितता भन्दै साईकल चलाएरै कर्णाली प्रदेशको सुर्खेत दैलेख,कालीकोट ,नाग्मा सम्म पीज रोड हुदै नाग्मदेखी जुम्लाको सिन्जा मुगुको रारा सम्मको कर्ची सडकमा साईकल चढेर रारामा पुग्यका हुन ।
रसाईली एक खुट्टाले साईकल चलाउन थालेको २१ बर्ष भयो । अहिले सम्म नेपालका ३८ जिल्लामा साईकलको यात्रा गरी सकेका छन । यो समयको रारा यात्रा भर्ने रसहईलीको मनरन्जन भन्दा्र मुगुका एक अपाङ्गगता भएका बालकलाई बिद्यालय नपठाउन सक्र्ने प्रधान मन्त्रीले भर्ना गराउन नसकेको खवरले खीन्न बनाएको हुदा अनी रारा पुग्यको बताएका छन ।

२०७५ साललाई कर्णाली प्रदेशलाई पर्याटन बर्ष घोषण गर्न बैशाख १ गते मुगु पुग्यका प्रधान मन्त्री के।पी शर्मा आलीले कणाली रारा पर्यटन बर्ष शुभारम्भ सहील बिद्यालय भर्ना अभियान समेत सुभारम्भ गरीए पनि मुगुमा बालमैत्री बिद्यालय नभएको भन्दै मुगुका पुन्न बहादुर कुलाललाई बिद्यालयमा भना प्रधान मन्त्रीले नगरेको सुन्दा आफु कठीन साईकल यात्रा गरी कुलाललाई बिद्यालयमा भर्नाका लागी पहल गर्नको लागी र शारीरिक रुपमा अशक्त्त भएका मानिसहरुले पनि नेपाल र मुलुकको बिभिन्न पर्यटन क्षेत्रलाई प्रपद्घन गर्न सकिर्ने समेत बताएका छन ।
बिद्यालय भर्ना हुन नपाएका पुन्न बहादुर कुलाल भएको घर सडक सन्जाल बाट केही टाढा भएको हुदा कुलाललाई भेन्ट नपाउदा दुख मान्दै यमलालले छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाहीलाई तत्काल फोन गरी पुन्न बहादुरलाई बिद्यालय भर्नामा पहल गरी दिन आग्रह गरेपछी नगर प्रमुखले तत्काल बुझेर बिद्यालय भना नभए नगरपालिकाको पहलमा भना गर्ने बाचा समेत गरेका थिए ।
यमलाद रसाईली एक खुट्टाले मेची महाकालीको साईकल यात्रा गरी भारतको बिभिन्न जिल्लामा पनि एक खुट्टाले साईकल यात्रा गरी सकेको समेत बताउन्छन ।
१६ चैत, मुगु। पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।
मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।
उनको स्वास्थ्य स्थितिप्रति गम्भिर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।
शम्भु दंगाल, काठमाडाैं चैत्र १४
वाम गठबन्धनले चुनाव अगाडि बनाएको घोषणापत्रमा आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थल, नहरलगायतका ठूला भौतिक पूर्वाधारहरूको तीव्र विकास गरिने उल्लेख छ । आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिने घोषणापत्रमा दाबी छ । यसै अवधिमा रसुवागढी–काठमाडांै–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिने पनि बताइएको छ ।
आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गर्ने वाम घोषणापत्रको परिकल्पना छ । काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइने पनि घोषणापत्रमा छ । काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणपत्रको मुद्दा छ ।
राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसँग द्रुतमार्गहरूद्वारा जोडिने परिकल्पना वामगठबन्धनको घोषणामा छ । पर्यटक सेवाका लागि विभिन्न महत्वपूर्ण पर्यटकीय स्थानमा केबुलकार र मोनोरेल सञ्चालन गर्ने परिकल्पना पनि घोषणा पत्रमा छ ।
यी प्रतिबद्धता चुनाव अगाडिका हुन् । वाम गठबन्धनको प्रतिबद्धता चुनावबाट अनुमोदन भएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा वाम गठबन्धनको सरकार पनि बनेको छ । यस्तोमा अब घोषणापत्रमा राखिएका कामहरू कसरी अगाडि बढ्छन् ? आम चासोको विषय हुने नै भयो ।
रातोपाटी संवाददाता शम्भु दङ्गालले नेपालमा थरीथरीका रेलको हल्ला र यसको वास्तविकता जान्ने प्रयास गरेका छन् ।
‘नेपालको रेल सपना’ शृङ्खलाको पहिलो अङ्कमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको अवस्था के छ भन्ने बुझाउन खोजेका छौँ ।
रेलमार्गको रियालिटी

करिब ५ घण्टामा पूर्वको झापाबाट सुदूरपश्चिमको महेन्द्रनगर र त्यति नै समयमा महेन्द्रनगरबाट झापा पुग्ने अनुमान गरिएको मेचीकाली विद्युतीय रेलमार्गको काम अघि बढेको छ ।
काठमाडौंमा रहेको रेल विभागका अनुसार यतिबेला सिमाराको निजगढदेखि बर्दिबाससम्मको खण्डमा रेलमार्ग निर्माणको काम भइरहेको छ ।
बर्दिबासदेखि लालबन्दीसम्मको सिभिल इन्जिनियरिङको काम सम्पन्न भएको छ भने उक्त क्षेत्रमा रहेका केही पुलहरू निर्माणका लागि ठेक्का व्यवस्थापनको काम भइरहेको छ ।
प्रारम्भमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको परियोजना नेपालकै आर्थिक स्रोतमा निर्माण भइरहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।
उनले भने– ‘हामी पनि रेल बनाउन सक्छौँ भनेर देखाउनका लागि पनि हामी नेपाली प्राविधिकले यो काम गरिरहेका छौँ । यसको डिजाइन कोरियन कम्पनीका प्राविधिकले गरे पनि निर्माणकार्य भने नेपाल आफैले गरिरहेको छ ।’
९ सय ४५ किलोमिटर दूरीको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग २ सय किलोमिटर प्रतिघण्टाको दरले रेल कुद्ने गरी डिजाइन भइरहेको रेल विभागले जनाएको छ ।यो सिङ्गल ट्र्याक हुनेछ ।
त्यसकारण १४ देखि १५ किलोमिटरको दूरीमा पासिङ स्टेसन राखिनेछ ।
रेल निर्माणका लागि प्रतिकिलोमिटर ५० करोड खर्च लाग्ने सूचना अधिकारी उपाध्यायले बताए ।
उनले कुनै अवरोधबिना द्रुत गतिमा काम अघि बढ्यो भने १० वर्षभित्रमा योजना सम्पन्न गर्न सकिने उल्लेख गरे ।
राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको मेचीकाली विद्युतीय रेलमार्गको अध्ययन र निर्माण सँगसँगै भइरहेको हो ।
बुटवलभन्दा पूर्वको अध्ययन समाप्त भइसकेको छ भने निजगढदेखि भरतपुरसम्मको खण्डमा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज परेको हुँदा उक्त स्थानबारे पुनरावलोकन गर्न वन विभागले अनुरोध गरेपछि निजगढबाट हेटौँडा हुँदै भरतपुरतिर आउने बारेमा सम्भाव्यता अध्ययन भएको छ ।
उक्त क्षेत्रको डीपीआर तयार गर्न बाँकी छ । अन्य खण्ड बुटवल पूर्वको भने सम्पन्न भइसकेको छ ।
बुटवल पश्चिमतर्फ भने अध्ययन कार्य भइरहेको छ । आगामी असोज–कात्तिकसम्ममा प्रतिवेदन आउने गरी काम भइरहेको छ ।त्यस स्थानको प्रतिवेदन आएपछि पूर्व–पश्चिम रेल मार्ग निर्माणको प्रारम्भिक अध्ययन सम्पन्न हुन्छ ।
विभागका सूचना अधिकारी उपाध्यायले भने– ‘कुनै पनि कामको सुरु गर्न कठिन हुन्छ तर सुरु भएपछि त्यसलाई अगाडि बढाउन सजिलो हुन्छ । रेल विभाग गठन भएको यतिका वर्ष भइसक्यो, काम भएन भनेर आलोचना पनि गर्छन् तर सबै पक्रिया मिलाएर अगाडि बढ्दा केही ढिला हुन्छ । जस्तो वनसँग स्वीकृति लिनुपर्यो, मुआब्जा निर्धारण गर्ने अर्को चरण हुन्छ, ठेक्का व्यवस्थापन गर्ने एउटा चरण हुन्छ, काम सञ्चालन गर्ने अर्को चरण हुन्छ । प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्यो । यी प्रक्रियाका कारण प्रारम्भमा केही ढिलो भए पनि पछि गएर छिटो हुन्छ ।’
हालसम्म २५ किलोमिटरको सिभिल इन्जिनियरिङ कार्य भइसकेको छ । यो भनेको लिकभन्दा तलको सतहको काम हो । यो खण्डमा तुँदी सन्तोषी कन्स्ट्रसन, गजुरमुखी कन्र्सट्रक्सन, हिन्दुम्यान थोकर कन्स्ट्रसन, गोल्डेन गुड कन्स्ट्रसन, दिवा कन्स्ट्रक्सन लागयतका नेपाली निमार्ण व्यवसायीले ठेक्कामा काम गरिरहेका छन् ।
नेपालको ३ करोड जनसङ्ख्यामध्येमा ५० प्रतिशत हाराहारी रेल गुड्ने क्षेत्रमा बसोबास गर्दछन् । यो रेलमार्गले डेढ करोड जनसङ्ख्यालाई सेवा पुर्याउँछ भने पहाडबाट तराई झरेकाहरूलाई पनि सेवा पुर्याउँछ ।
दूरीका हिसाबले ९ सय ४५ किलोमिटर सामान्यतया पाँच वर्षमा निर्माण सम्पन्न गर्न सकिने भए पनि ठूला ठूला नदीहरू कर्णाली, नारायणी कोशीका कारण समय लम्बिने भएको हो ।
यी नदीमा पुल बनाउन समय लाग्ने भएकाले आयोजनाको कामपछि धकेलिने भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । १० वर्षमा पूर्ण निर्माण सम्पन्न गर्नका लागि प्रतिवर्ष झन्डै १ सय किलोमिटर निमार्ण हुनुपर्ने हुन्छ ।
यद्यपि विभन्नि खण्ड खण्डमा निर्माण सम्पन्न गरेपछि रेलगाडी छोटो दूरीका रूपमा सञ्चालन गर्न भने सकिनेछ ।
भारतसँग पाँच कनेक्सन
मेचीकाली विद्युतीय रेलमार्ग भारतसँग पाँच स्थानमा जोडिनेछ । क्रस कन्ट्री कनेक्टिभिटी बनाउनुपर्ने एडीबी, बिम्स्टेक, वल्र्ड बैङ्क लगायतको अन्तर्राष्ट्रिय संस्थाहरूको अनुरोधका आधारमा पूर्वपश्चिम रेलमार्ग जोड्न भारतले पाँचवटा लिक बनाउने भएको हो ।
जलपाइगुढीबाट काँकडभिट्टा, बकनाहबाट विराटनगर, जयनगरबाट बर्दिबास, नौतनियाबाट भैरहवा र रूपैडियाबाट नेपालगञ्ज गरी पाँच ठाउँमा लिक निमार्ण गरिदिने बताएको हो ।
यीमध्ये जनकपुर–जयनगर–बर्दिबास निर्माण भइरहेको छ । यस्तै बकनाहबाट विराटनगर पनि निर्माण भइरहेको छ । यी पाँचवटा कनेक्सन भारतकै प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण हुनेछन् । भारतले बनाउनेबारेमा सहमतिसमेत भइसकेको छ ।
यस्तै महेन्द्रनगरबाट पारी जाने रेल कनेक्सनका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्ने उपाध्यायले बताए ।
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्यायले मेची काली रेलमार्ग निमार्णमा मुख्य ४ वटा समस्या देखेका छन् ।पहिलो र मुख्य समस्या भनेको बजेट हो । पर्याप्त बजेट नहुँदा काम सोचेअनुसार अगाडि बढ्न सकेको छैन । यसपछि आवश्यक प्राविधिक जनशक्ति आपूर्तिमा समस्या रहेको छ ।
देशको झन्डै आधा जनसङ्ख्या लाभान्वित
मेचीकाली विद्युतीय रेलमार्ग निर्माण सम्पन्न भएमा देशका आधा जनसङ्ख्या लाभान्वित हुने भएका छन् ।
नेपालको ३ करोड जनसङ्ख्यामध्येमा ५० प्रतिशत हाराहारी रेल गुड्ने क्षेत्रमा बसोबास गर्दछन् । यो रेलमार्गले डेढ करोड जनसङ्ख्यालाई सेवा पुर्याउँछ भने पहाडबाट तराई झरेकाहरूलाई पनि सेवा पुर्याउँछ ।
विद्युतले चल्ने रेलका लागि धेरै विद्युत पनि नचाहिने हुन्छ । ३० मेगावाटको डेडिकेटेट विद्युत स्टेसन भयो भने पूर्वपश्चिम रेल आरामसँग चल्ने उपाध्यायले जानकारी दिए ।
उनले भने– ‘रेल स्टार्ट भएर गुड्ने बेला धेरै विद्युत चाहिए पनि गुडेपछि भने धेरै विद्युत नचाहिने हुन्छ । थोरै विद्युतमा पनि यसलाई सञ्चालन गर्न सकिन्छ ।’
समस्याका चाङ
रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्यायले मेची काली रेलमार्ग निमार्णमा मुख्य ४ वटा समस्या देखेका छन् ।
पहिलो र मुख्य समस्या भनेको बजेट हो । पर्याप्त बजेट नहुँदा काम सोचेअनुसार अगाडि बढ्न सकेको छैन ।
यसपछि आवश्यक प्राविधिक जनशक्ति आपूर्तिमा समस्या रहेको छ । अहिले सिभिल इन्जिनियरले काम गरिरहे पनि स्लिपर र रेल बिछ्याउनका लागि रेल्वे इन्जिनियरहरूको आवश्यक पर्ने हुन्छ ।
अर्को पक्ष भनेको अन्तरसम्बन्धित सरकारी निकायहरूबीच नै समन्वयको अभाव छ । मुआब्जा र वन फँडानीका कामलाई स्थानीयसँग, स्थानीय सरकारसँग, वनमन्त्रालयसँग राम्रो समन्वय हुन सकेको छैन् ।
निर्माण सामग्रीको पनि समस्या छ । नदीजन्य सामग्रीको उत्खनन् र स्थानीय नदीमा निर्माण सामग्रीको उत्खनन्मा समस्या रहेको छ ।
अहिले जनशक्तिका रूपमा सिभिल इन्जिनियरिङमा महानिर्देशक अनन्त आर्चाय, सिनियर डिभिजनल इन्जिनियर प्रकाश भक्त उपाध्याय दुई जना इन्जिनियर, सीडीई र मेकानिकल इन्जिनियर २ जना मात्र रहेका छन् ।
यी जनशक्तिले अहिले लालबन्दी बर्दिबास क्षेत्रको काम हेरिरहेका छन् ।
रेलगाडीका लागि विदेशमा अडर
रेलमार्ग निर्माणपछि रेलगाडी गुडाउनका लागि विदेशी निर्माण कम्पनीलाई निर्माण गर्न अर्डर दिनुपर्ने उपाध्यायले बताए । अर्डर दिएको एकदेखि डेढ वर्षभित्र मात्र रेलगाडि तयार हुनेछ । यसका लागि केही समय लाग्ने उनले बताए ।
जनकपुर जयनगरमा डिजेलबाट रेल चल्ने भए पनि पूर्व पश्चिम रेलमार्गमा विद्युतबाट सञ्चालन हुने रेलगाडी गुड्नेछ । अहिले प्रारम्भिक काम सुरु मात्र भएकोले पछि विद्युत प्राधिकरणसँग पनि सहकार्य गरिने उनको भनाइ छ ।
source:http://ratopati.com/story/38658
काठमाडौं, १३ चैत
संसद्मा अब प्रधानमन्त्री र सांसदबीच महिनाको पहिलो र तेस्रो साता प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले महिनाको पहिलो र तेस्रो साता एक घन्टा सांसदहरूले तत्काल गरेको प्रश्नको प्रधानमन्त्रीले जवाफ अनिवार्य दिनुपर्ने नियम बनाएको छ ।
प्रधानमन्त्रीसँग हुने एक घन्टाको समयमा बढीमा १० सांसदले प्रश्न सोध्न सक्नेछन् । नियमावली मस्यौदा समितिको मंगलबारको बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरबारे सहमति जुटाएको समिति सभापति कृष्णभक्त पोखरेलले बताए । ‘संसद्लाई जनताप्रति बढी उत्तरदायी र जवाफदेही बनाउन तथा सरकारको कामकारबाहीमा खबरदारी तथा सुझाब दिन यो नियम उपयुक्त हुने ठानेका छौँ । संसद्मा यो नियम पहिलोपटक ल्याउन लागिएको हो,’ उनले भने ।
शून्य र विशेष समय अर्थपूर्ण हुने
संसद्मा सांसदहरूले शून्य र विशेष समयमा उठाएका सवाल अब अर्थपूर्ण र प्रभावकारी बन्ने देखिएको छ । यसअघिको संसद्मा शून्य र विशेष समयमा सांसदले राखेको जिज्ञासालाई सरकारले गम्भीरतापूर्वक लिएको थिएन । तर, संघीय संसद्को प्रतिनिधिसभा सञ्चालनको नियमावलीमा शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा तीन दिनभित्र सरकारको तर्फबाट अनिवार्य जवाफ आउनुपर्ने नियम राखिएको छ ।
समितिबारे टुंगो लाग्दै
प्रतिनिधिसभाको नियमावली मस्यौदाको प्रारम्भिक ढाँचामा सातवटा संसदीय समिति गठन गर्ने उल्लेख छ । तर, नियमावली मस्यौदा समितिले भने समितिको संख्या केही थप्ने तयारी गरेको छ । समिति सभापति पोखरेलले समितिको संख्या सातभन्दा केही थप हुने बताए । राष्ट्रिय सभामा तीन र प्रतिनिधिसभामा सात गरी १० वटा समिति बनाउने भनिए पनि सरकारले मन्त्रालयको संख्या बढाएकाले प्रत्येक मन्त्रालयको कामकारबाहीको निगरानी गर्न समिति संख्या पनि बढाउन आवश्यक रहेको नेताहरूले बताउँदै आएका छन् । समिति सभापतिले राज्यमन्त्रीसरहको सुविधा पाउने भएकाले समिति संख्या बढाएर मन्त्री बन्न नसकेका असन्तुष्ट नेताहरूलाई व्यवस्थापन गर्न दलहरूले समिति संख्या बढाउन लागेको भन्दै जनस्तरमा भने यसको आलोचना भएको छ ।
केही दिनभित्रै मस्यौदामाथिको छलफल सकिने
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले नियमावलीमाथि सहमति जुटाउने क्रमलाई तीव्र पारेको छ । ५ चैतमा पहिलोपटक समिति बैठक बसे पनि सबै सदस्य उपस्थित नभएपछि सभापति चयन गर्न सकेको थिएन । ८ गतेको बैठकले एमाले सांसद कृष्णभक्त पोखरेललाई सभापति चयन गरेको थियो । त्यसपछि निरन्तर छलफल गर्दै आएको समितिले २४४ दफाको नियमावली मस्यौदामध्ये ९६ दफासम्ममा सहमति जुटाइसकेको छ ।
Source:http://www.enayapatrika.com/2018/03/28/35109/
२४ जेष्ठ। आगामि असार १ गतेदेखि जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आउने भएको छ । नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमको अन्तीम तयारी पुरा भएकाले आगामि असार १ गतेदेखि जुम्लामा कार्यान्वयनमा आउने भएको हो । नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ तथा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली २०७२ बमोजिम सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सहज तथा प्रभावकारी रुपमा उपलब्ध गराई स्वस्थ्य समाजको निर्माण गर्ने उद्देश्यले जुम्लामा पनि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो ।
स्वास्थ्य बिमा कार्यक्रम जुम्लाका सम्पर्क ब्यक्ति नरेश कुमार शाहिले जुम्लामा यस बिषयमा सबै सरोकारवालासँग छलफल गर्नुका साथै स्वास्थ्य बिमा दर्ता सहयोगि छनोट कार्य अन्तीम चरणमा पुगेकाले आँउदो असार १ गतेदेखि जुम्लामा कार्यक्रम कार्यान्वयनमा आउने बताउनुभयो । असार १ गते अघि स्वास्थ्य बिमा दर्ता सहयोगिलाइ तालिम दिएर बिमाका लागि उनिहरुलाइ गाँउघरमा पठाइने शाहिको भनाइ छ ।

स्वास्थ्य बिमा दर्ता सहयोगिहरु स्वयंमसेवकको रुपमा घरदैलोमै पुगि सबै परिवारको फोटो खिच्नुका साथै बिमा गरीदिने छन्, उहाले भन्नुभयो । सबैले स्वास्थ्य बिमा गर्ने मानसिकता बनाइराख्नुहोला् । स्वास्थ्य बिमाको फाइदा लिन उहाँको अनुरोध छ । स्वास्थ्य बिमा पाँच जना सदस्यसम्म भएको परिवारलाई एक परिवार मानेर वार्षिक दुई हजार पाँच रुपैयाँ योगदान रकम (प्रिमियम शुल्क) बुझाई ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट सेवा लिन पाउन सक्नेछन् ।
पाँच जनाभन्दा बढी सदस्य भएको परिवारको हकमा बाँकि प्रत्येक सदस्यको लागि ४ सय २५ रुपैयाँका दरले थप तिर्दै जानुपर्ने छ । भने त्यसरी सदस्यता लिँदा सम्बन्धित परिवारको सुविधा थैलीमा समेत रु १० हजारका दरले थप हुँदै जाने भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठ्माडौका शाखा अधिकृत जागुराम चौधरीका अनुसार नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेकोले परिप्रेक्षयमा सरकारले यो कार्यक्रम नेपालमा पहिलो पटक कार्यान्वयनमा ल्याइएको बताइएको छ ।
उहाले भन्नुभयो, स्वास्थ्य बिमा एक वर्षका लागि मात्र मान्य हुनेछ । एक बर्षभित्र स्वास्थ्य सेवा लिनु पर्नेछ अन्यथा यो सेवा सुविधा लिन चाहनेले अर्को वर्ष पुनः बिमा बापतको रकम बुझाई नवीकरण गर्नुपर्ने हुन्छ । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमा रकम बुझाई सदस्यता लिएकालाई बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवा, कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि अन्तरङ्ग सेवातर्फ परीक्षण, एक्सरे लगायतका सेवा सुविधा पाइने शाखा अधिकृत चौधरीले बताउनुभयो । हरेक प्राकृतिक घटनाबाट आर्थिक सुरक्षित रहन कृषि, पशु सँगै स्वास्थ्य बिमा गर्नु पनि त्यत्तिकै आवाश्यक रहेको उहाको भनाइ छ ।
स्रोत कर्णाली अनलाइन
२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।
उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।
पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।
उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।
पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।
२१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।
स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए ।
पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।