रारा रैवार सम्वाददाता
कार्तिक २४ मुगु
मुगु :आर्थिक अभावले आखाँको उपचारमा समस्या भोगीरहेका हरुलाई खोजि खोजि उपचार गराउन प्रयत्नमा लागी पर्ने उपाध्यक्ष तिलक बहादुर मल्ले बताए । नेपाल नेत्र ज्योति संघको २६ औ महाधिबेशन बाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका मल्ले निर्वाचित भए लगतै यस्तो बताएका हुन । दुर्गम गाउँ देखि शहर सम्म आखाँका बिरामी छन भन्ने सम्पर्क गर्न आग्रह गदै उपाध्यक्ष मल्लले आर्थिक छैन भन्दैमा रोग पाल्ने दिन गहेका बताएका छन । प्रत्येक जिल्लामा नेपाल नेत्र ज्योति संघका शाखा कार्यलय छन । गाउँ गााउँमा आँखाको शिविर हुन्छन आर्थिक छैन भनेर रोग नपाल्नुहोस तपाईको साथमा नेपाल नेत्र ज्योति संघं छ र निशुल्क उपाचार गर्छ उपाध्यक्ष मल्ले भने ।

समय परिस्थती संग गाउँ गाउँमा आखँका शिविरपनी हुदै आएका छन । आगमी दिनमा पनी अझै बढी समय शिविर राख्ने र आखँका बिरामी लाई उपचार गराउनमा नेपाल नेत्र ज्योति संग लागी पर्ने उपाध्यक्ष मल्लको भनाई छ । २० बर्ष देखि आखाँको क्षेत्रमा समाजसेवा गरी योगदान गरेका मुगुका तिलक बहादुर मल्ल नेपाल नेत्रज्योति संघको २६ औ महाधिबेशन बाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका छन भने नेपाल नेत्रज्योति संघको केन्द्रिय अध्यक्षमा प्रा डा चेतराज पन्तको अध्यक्षतामा २७ सदस्ययी कार्य समित गठन गरीएको नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यलयले जनाएको छ ।
जिल्ला अध्यक्ष, कर्णाली प्रदेश सभापती हुदै केन्द्रिय उपाअध्यक्षमा निर्वाचित हुने उपाध्यक्ष मल्ल साविकको मध्यपश्चिमा अञ्चलबाटनै ईतिहासमा पहिलो र माथिल्लो पदमा पुग्ने ब्यक्ति समेत हुनुहुन्छ ।यसअघि गहेको भदौ महिनामा कर्णाली प्रदेशको सुर्खेतमा भएको नेपाल नेत्र ज्योति संघको पहिलो अधिबेशन बाट मल्ल कर्णाली प्रदेश नेत्र ज्योति संघको सभापतीमा पनी निबिरोध निर्वा्चित भएका थिय । सामाजिक क्षेत्रमा योगदान गदै आएका मल्ल नेपाल रेडक्रस सोसाईटि कर्णाली प्रदेशका प्रदेश संयोजंक समेत हुनुहुन्छ ।
नन्द बहादुर रोकाया
भदौ १७ मुगु
मुगु जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो रारा १०७.० मेगाहर्ज खारेजी भएको भएपनी मनपरी रुपमा सञ्चालन भएको छ । आर्थिक बर्ष २०७१÷०७२ सम्म रेडियोको नविकरण भएको भएपनी त्यस यताका तिन बर्ष रेडियो नविकरण नभई सुचना तथा सञ्चार मन्त्रालय बाट खारेज भएको भएपनी रेडियो सञ्चालनमा रहेको हो ।
५ सय वाट प्रसारण क्षमता बाट सञ्चालनमा रहेको रेडियो राराले आर्थिक बर्ष २०७१÷७२ नविकरण गरेको भएपनी तिन बर्ष देखि नविकरण नगरेको जिल्ला हुलाक कार्यलय जनाएको छ ।
मन्त्रालयको चलानी नम्बर ७५३ २०७३÷१२÷०७ को प्रत्र साथ प्राप्त रेडियो यन्त्र उपकरण सम्बन्धि कार्यविधि २०७३ को ७ को १ र २ मा लेखिए बमोजिम रारा एफ एफ को ईज्जाजत तथा अनुमती पत्र रद्ध भएको भएपनि रेडियो प्रशारणमा रहेको जिल्ला हुलाक कार्यलयका प्रमुख नाग्मल शाहीले जानकारी दिए ।
खारेजि रेडियो सञ्चालन बन्द गर्नको लागी बारम्बार प्रत्र पठाएको भएपनी अटेरी रुपमा रेडियो सञ्चालन गरेकोे हुलाक कार्यलयले जनाएको छ ।
यता छायाँनाथ रारा नगरपालीका नगर प्रमुख हरिजंग शाहीका अनुसार एफ एम रेडियो सञ्चालन प्रक्रिया स्थानीय सरकारको माताहतमा पर्ने भएकाले जिल्लामा सञ्चालीत तिन वटा एफ एफ लाई प्रत्र पठाएको भएपनी अन्य दुई रेडियोले ईज्जाजत तथा अनुमती सहित नविकरण भएका प्रत्र पेश गरेका
भएपनी रेडियो राराले कुनै कागज पेश नगरेको र जिल्ला हुलाक कार्यलयलाई बुझदाँ सामुदायिक रेडियो रारा खारेजि भएको प्रमुख शाहीको भनाई छ ।
प्रशारण बन्दको लागी सम्बन्धित निकायलाई प्रत्रचार गरेको भएपनी राजनैतिक कारण सुनुवाई नभएको नगरप्रमुख शाहीले आरोप लगाएका छन ।
रारा रैवार सम्वाददाता
भदौ १२ मुगु
मुगुः कर्णाली प्रदेशको सुर्खेतमा जारी नेपाल नेत्र ज्योति संघको पहिलो अधिबेशन बाट मुगु नेत्र ज्योति संघका अध्यक्ष तिलक बहादुर मल्ल कर्णाली प्रदेश नेत्र ज्योति संघको सभापतीमा निबिरोध निर्वाचित भएका छन ।कर्णाली प्रदेशका ५ जिल्ला बाट सहभागी पदाधीकारी सबैको मनोनयमा मुगु बाट प्रतिनिधित्व गदै आएका मल्ल प्रदेश सभापतीमा निर्विरोध निर्वाचित भएका हुन ।
मुगु ,जुम्ला हम्ला ,कालीकोट पश्चिम रुकुममा नेपाल नेत्र ज्योति संघको शाखा बिस्तार गरी पहिलो पटक कर्णाली प्रदेशको सुर्खेतमा अधिबेशन गरी मल्लको सभापतीत्वमा ८ सदस्यि नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेश संघको गठन गरीएको छ ।यसै बिच कर्णाली प्रदेशको सभापतीमा र्निविरोध निर्वाचित भएका मल्लले अब कर्णाली बासीले आखको उपचारमा समस्या भोगि अन्धकारमा बस्ने दिन हट्दै जाने बताए । उनका अनुसार कर्णाली प्रदेशमा आर्थिक अभावले आखाँको उपचारमा समस्या भोगेहरुको खोजि गदै र्दुगम गाउँमा आँखाको शिविर राखि उपचार गराउने तर्फ लागी पर्ने सभापती मल्लको भनाई छ ।
यस अघि पनी मुगु नेत्र ज्योति संघको अध्यक्ष हुदा पनी बिभिन्न समय आँखा शिविर सञ्चालन गरी हजारौ मोतिया बिन्दु भएका आँखाका रोगिको निशुल्क उपचार गरान सफल भएका बताउदै मल्ल अब कर्णाली बासीको हितमा र जहाँ आँखाका बिरामी छन त्यहि ठाउँमा गहेर उपचार गराउने मल्लले बताए । रारा रैवार सम्वाददाता
असार २२ रारा
कणार्ली भन्ने बित्तिकै सबैको नजरमा भोकमरी ,अशिक्षा पिडैपिडाले गुज्रिएकको ठाउँ भन्ने सबैको मनमा छ । तर कणार्ली त्यस्तो छैन कणार्लीमा जन्मिएका ब्यक्तिले पनी समाजरुपान्तरण देखि ठुला ठुला काम गरेका छन । मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ ।
अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन ।
राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बा्धिक रोजाइमा परेको क्षेत्र हो ।
युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने
योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन जुनु जैसी आचार्य अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन कणार्लीप्रदेशको मुगु जिल्ला त्यसमा विकग गाउँ सोरुगाउँपालीका वडा नं १० मा जन्मिएकी मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल जुनुले केहि म्युजिक भिडियोमामा आफ्नो जादुमय अभिनय प्रदर्शन गरि सकेकी छिन ।
११ कक्षा पढ्दै गरेकी जुनुले सानै उमेरमा ३ वटा सौन्दर्य प्रतियोगितामा प्रतिस्प्रधा गरेर विभिन्न टाइटल समेत जित्न सफल भएकी छिन भने
दर्जनौ र्याम्प सो हरुमा भाग लिएर आफ्नो कुशल क्षमता प्रदर्शन गरिसकेकी छिन । बिगत ६ बर्ष देखि काठमाडौँमा बसेर २ बर्ष देखि मोडलिङ क्षेत्रमा उनि सक्रिय छिन ।
अभिनय तथा नृत्यमा पोख्त मोडल जुनु जैसी आचार्य सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन
मुगुको रारामा जन्मेर हुर्केकी जुनु हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन मोडल जुनु भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनि बताउछिन

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने जुनु अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिसरत छिन । जुनुले भनिन्न अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।
उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो िएक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि जुनु बताउछिन।
हरि लाल नेपाली
जेठ ०७ मुगु
छायाँनाथ रारा नगरपालीका भित्र रहेका गाउँ गाउँमा योग शिवर सञ्चालन गरीएको छ । सकरात्मक स्वस्थ समाज निमार्ण गर्ने उदेश्यका साथ नगरपालीकाका बिभिन्न गाउँ बस्तीमा योगशिविर सञ्चालन गरीएको हो ।
छायाँनाथ रारा नगरपालीकाको आर्थिक सहयोग तथा पतंजली योग समितिको आयोजनामा छायाँनाथ रारा नगरपालीका भित्र रहेका २७ वटा गाउँमा योग शिविर सञ्चालाज गरिएको छ ।
आईतबार बाट शुरु भएको योग शिविरमा ९ जना योग शिवर परिचालीत भएका पतंजली योग समिति मुगुले जनाएको छ ।
योगाले दिर्ग रोगी दम, बल्ड प्रेरस, मुटु रोग क्यान्सर जस्ता रोग नियमित योगाले सन्चो हुने भएकाले योगामा आई स्वास्थय लाभ लिन पतंजली योग समितिमा अध्यक्ष जय बहादुर मल्लले आग्रह गर्नुभयो ।
उहाँका अनुसार मुगुमा नियमित योगा भईरहेको बताउदै यस बाट गाउँमा स्थानीयले पनी लाभ लिइयोस भन्ने उदेश्यले नगरपालीकाका गाउँ गाउँमा योगा शिविर सञ्चालन गरीएको बताउनु भयो ।
एक गाउँमा तिन दिन सम्म योगा सञ्चालन गरीने र आगमी असार २० गते सम्म यो कार्यक्रम लाई निरन्ता दिईने पतंजली योग समिति मुगुले जनाएको छ ।
रामदेवि खड्का
जेठ ०६ मुगु
जेठ ०६ मुगु
नेपाली काग्रेश केन्दीय कार्यलयको अभियान अन्तरगत मुगु काग्रेशले पनी जन जागरण अभियाको सुरुवात गरेको छ । नेपाली काग्रेश मुगुले पहिलो चरणको अभियान अन्तरगत गहेको बैशाख २७ गते बाट जागरण अभियाको शुरुवाती गरहेको हो ।
नेपाली कागे्रश मुगुले सरकारका काण्डै काण्ड लिएर गाउँ गाउँमा जागरण अभियान गरीरहेको छ । देशभर एक साथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तरगत मुगुका गाउँ गाउँमा काग्रशले कार्यक्रम गदै छ ।
सबै जिल्ला, क्षेत्र, गाउँ नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान अन्तरगत नेपाली काग्रेश मुगुले पनी अभियान लाई तिव्र रुपमा अगाडी बढाएको नेपाली काग्रेश मुगुले जनाएको छ ।अभियान अवधिभर वर्तमान सरकारले जनता लाई फैलाएको हावादारी गफ
र सुन काण्ड, वाईडवडी काण्ड निर्मला हत्या काण्ड जग्गा प्रकरण काण्ड लगायतका बारेमा जनता लाई सुशुचित गरी देश उदो गति तिर लागेको जानकारी गराउदै अभियान अगाढी बढाउने नेपाली काग्रेश मुगुका उप सभापती खगेन्द्र बहादुर मल्ले बताए ।
उनका अनुसार नेपाली काग्रेश मुगुले जिल्ला कार्यसमितिका सम्पुर्ण पदधिकारी लाई आ आप्नो स्थानीय तहमा परिचालीत गरेर घरदैलो अभियान , सहित परिवार भेटघाट, जेष्ठ नागरीक भेटघाट लगायत सरकार बिरुद्ध खबरदारी काण्डै काण्डका बारेमा जनता लाई शुसुचित गरीरहेका मल्लको भनाई छ ।
जागरण अभियान अन्तरगत जेठ ५ गते मुगुमकामरोगं गाउँपालीको पुलुमा भब्य कार्यक्रम गरीएको छ भने ।जेठ १५गते सोरु गाउँपालीकाको कालैमा जेठ १८ गते खत्याड गाउँपालीकाको माथचौरमा र जेठ २५गते मुगु सदरमुकमा गमगढीमा भब्य समारोग गरी वर्तमान सरकारको खबरदारी गरी अधिनायक वाद सरकारका क्रियाकलापका बारेमा जनता लाई सुशुचित गरीने नेपाली काग्रेश मुगुले जनाएको छ ।
अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ । तीन चरणमा हुने अभियानको प्रथम चरण गहेको वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ ।
त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने उनले नेपाली काग्रेशले जनाएको छ । प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ ।
हरिलाल नेपाली
जेठ ०६ मुगु
जिल्ला प्रहरी कार्यलय मुगुको नयाँ निमार्ण हुन लागेको भवनको शिल्यानस गरिएको छ । कणाली प्रदेश प्रहरी प्रमुख महेश विक्रम शाहाद्धारा सोमबार भवनको शिल्यानस गरिएको हो ।
कर्णाली प्रदेश सरकारको २ करोड ६५ लाख ८९ हजार ५ सय ३७ लागतामा १९ कोठाको नयाँ भवन निमार्ण गरिने जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।
कणार्ली प्रदेशका १४ वटा स्थानमा प्रहरी भवन र युनिट यो बर्ष बाट निमार्ण कार्य अगाडी बढ्ेका कणार्ली प्रदेश प्रहरी प्रमुख शाहाले जानकारी दिनुभयो ।
शिल्यानश कार्यक्रम बोल्दै प्रदेश प्रहरी प्रमुख शाहाले देशमा तिन तहको सरका गठन भएको छ । देश संघिय संरचनामा गहेकाले जनप्रनिधि पनी राष्टसेवक भएको बताउनुभयो । एक राष्टसेबकले अर्को राष्ट सेवक लाई भवन निमार्ण देखी अन्य संरचना निमार्णमा सहयोग गर्न अनुरोध समेत गरेका छन ।
प्रहरी लाई पनी अपराध , अनुसन्धानको काममा कटीबद्ध भएर लाग्नु निर्देशन दिनुभएको छ । समाजमा हुने अपराधिक क्रियकलाप लाई नियन्तत्रण गर्नमा प्रहरीले रात्त दिन नभरी खट्न निदेशन दिएका छन ।
रारा रैवार सम्वाददाता
चैत २२ मुगु
मुगु यहाँका बिभिन्न गाउँबस्तीमा सुरक्षित गर्भपन सम्बन्धि सडक नाटक पछुतो प्रर्दशन गरीएको छ । असुरक्षित गर्भपन बढ्दै धेरैको अकालमा ज्यान गहेकाल त्यसकोे रोगथाम गर्न टेवा पुगोस तथा सुरक्षित गर्भपतनका बारेमा स्थानीय लाई जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दशन गरिएको हो ।
कर्णाली नाट्य समुहको आयोजना तथा आईपास नेपालको आर्थिक सहयोग र कर्णाली गरिब न्युनिकरण तथा बिकास मञ्च प्एब्म्ँ सहजिकरणमा नाटक प्रदर्शन गरिएको थियो ।
स्थानीय नागरिक एवम् सिमान्तकृत बर्ग लक्षित बर्ग गर्भवती महिला एकल महिला लगायत सबै स्थानीय हरु अन्र्तगत पर्ने समुदायका बिभिन्न क्षेत्रका नागरिकहरुलाई सुरक्षित गर्भपनन गराउनु पर्छ सुरक्षित गर्भपन गराउन स्वास्थ्य सस्था जानु पर्छ भन्ने सन्देश नाटकमार्फत स्थानियलाई जानकारी गराईएको कर्णाली नाट्य समुह मुगुले जनाएको छ ।
मुगुमा बढ्दो असुरक्षित गर्भपन संगै घरायसि औषधिले धेरैको अकाल ज्यान गहेकाले यस्को रोगथाम गर्न र सुरक्षित गर्भपनका बारेमा जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दश आबश्य देखिएकाले सुरक्षित गर्भपनका बारेमा नाटक पछुतो प्रर्दशन गरीएको छ ।
मगलबार छायाँनाथ रारा नगरपालीकाको १३ वडा रुगा बुधबार मुगु सदरमुकाम गमगढी तथा बिहिबार नगरपालीकाकै ११ रोवाका बिभिन्न वस्तीमा सडक नाटक प्रर्दशन गरीएको कर्णाली नाट्य समुहका संयोजक गगन बहादुर बुढाले बताउनुभयो ।
सडक नाटक हेर्न आएका सहभागीले सुरक्षित गर्भपनका बारेमा जान्न बुझन पाएका थिएनौ आज प्रर्दशन गरीएको नाटक बाट धेरै जान्न बुझन पाएको बताएका छन । यस्ता कार्यक्रम सडक नाटक मार्फत अझै धेरै गर्नुपर्ने स्थानीयको भनाई छ । मुगुमा ईच्छा विपरित कसैको गर्भ रहेमा घरायसि औषिधिको प्रयोगमा सिसा पिसेर खाने, गहतको झोल खाने लगायत जडीबुटीको प्रयोग गर्न गर्छन ।
जसका कारण धेरैको अकालमा मृत्यु समेत हुन पुगेको कर्णाली गरिब न्युनिकरण तथा बिकास मञ्च प्एब्म्ँ कार्यकारी निर्देशक शिबचन्द कार्काीले बताए । उनका अनुसार सुरक्षित गर्भपनका बारेमा जनचेतना फैलाउन र यस्को रोगथाम गर्न सडक नाटक आबश्यक देखिएकाले सडक नाटक मार्फत स्थानीय लाई जानकारी दिईने कार्काीको भनाई छ ।रारा रैवार सम्वाददाता
चैत १७ मुगु
गरे के हुदैन भन्ने आत्मबिश्वास बढउन सात जना शारिरिक रुपमा अपांग भएका ब्यक्ति अटोको यात्रा गदै मुगु पुगेका छन । सडक दुर्घटना न्युनिकरणको मुद्धा बोकि जुम्लापछी ३९ औ जिल्लाकारुपमा आईतबार अपांगता भएका कलकार मुगु पुगेका हुन ।
राष्ट्रि अपाङ्ग सास्कृतिक प्रतिष्ठान काड्माडौको टोलि जिल्ला जिल्लाका ट्राफिक कार्यलय संग सहकार्य गरी बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न सहयोग पुगोस भन्ने उदेश्यका साथ आज मुगु पुगेका छन ।
अपांगता भएका ब्यक्तिले पनी समाज रुपान्तरणमा योगदान दिन सक्छन भन्ने धारणा बोकि जोखिम सडक मा अटोको यात्रा गरी मुगु पुगेका राष्टिय« अपाङ्ग सास्कृतिक प्रतिष्ठानका संयोजक आकाश विरहि कान्छाले बताउनुभयो ।
देशभरी सडक दुर्घटना न्युनिकरण र अपांगताको हक अधिकारका बिषय जिल्ला जिल्लामा सास्कृतिक कार्यक्रम गदै ३९ औ जिल्लाका रुपमा मुगु पुगेको राष्ट्रि अपाङ्ग सास्कृतिक प्रतिष्ठानका संयोजक कान्छाको भनाई छ ।
उहाँका अनुसार प्रदेश नम्बर १ को ताप्लेजुङको पाथिभारा देविको दर्शन गरेर शुरु भएको देश दौडा यात्रा आज पुगु पुगेको उहाँको बताउनुभयो ।
मुगुमा पनी लक्षीत समुदायमा क्षमता अभिबृद्धिका साथै, बढ्दो सडक दुर्घटना न्युनिकरणका बिषयमा सास्कृतिक कार्यक्रम गरीने संयोज विरहिले बताउनुभयो । कार्यक्रम मंगलबार सदरमुकमा गमगढीको कृष्ण चोकमा गरीने जनाईएको छ ।
नन्द बहादुर रोकाया
मंसिर १० मुगु
नेपाल नेत्र ज्योति संघ मुगुको सभापतीमा तिलक बहादुर मल्ल निरविरोध निर्वा्चित भएका छन् । नेत्र ज्योती संघ मुगुको दोस्रो जिल्ला अधिवेशनले मल्ल लाई सभापतिमा निरविरोध निर्वाचन गरेको हो ।
संघको महिला सदस्यमा सरिता रोकाया र धनशिला मल्ल , हिरा देबि मल्ल चयन भएका छन भने अन्य सदस्यमा लोग जंग मल्ल,हरि बहादुर बिटालु, , मल्ल छिरिङ लामा, लोक चन्द्र थापा, हरि बहादुर भण्डारी जय बहादुर मल्ल बिशाल कुमार हितान, अज बहादुर सेजुवाल भिम तिरु निवाचित भएका छन् ।
सभापतिमा निर्वाचित मल्लले मुगुमा रहेको आँखा उपचार केन्द्रलाई थप सेवा गरी अस्पतालको रुपमा स्तर उन्नती गर्ने बताउनुभएको छ । मुगु जिल्लामा नेत्र ज्योति संघले अन्धोपन निराकरण गर्न बिभिन्न कार्यक्रम गर्ने र मुगु जिल्ला लाई एक समृद्ध मुगु बनाउने तर्फ समाज सेवा गरीरहने सभापती मल्ल्को भनाई छ ।
मल्ल नेपाल रेडक्रस सोसाईटिको कर्णाली प्रदेश संयोजक लगायत बिभिन्न सामाजिक संघ सस्थामा आवद्ध भई समाजरुपान्तरण लागी उल्लेखिनिय योगदान दिदै आएका छन ।
मुग ९ असोज मुगुको छायाँनाथ रारा नगरपालिकाले मुगु आउदै गरेको मालवाहक गाडीबाट १२ लाख बराबरको मदिरा नियन्त्रणमा लिएको छ । नगरपालिकाले मुगुको रारा विमानस्थल चेकपोष्ट प्रहरीको सहयोगमा ४ सय ४० कार्टुन मदिरा मुगु आउदै गरेको ना ५ ख ५७०२ नम्बरको मालवाहक गाडीबाट ४ सय ४० कार्टुन वियर नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको मदिरा १४ लाख मुल्य बराबर रहेको छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बिस्णुकुमार भामले बताउनुभयो । आउँदो मंसिर १ गते दिन मदिरा मुलुककै पहिलो मदिरा निषेधित नगरपालिकाका घोषण गरीने नगरपालिकाका प्रमुख हरीजङ्ग शाहीले बताउनुभयो । मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकालाई पूर्णरुपमा मदिरा निषेधित क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ बाहिर जिल्लाबाट आउने मदिरलाई पनी रोक्ने नगरपालीले निर्णय गरेको थियो ।
असोज ३ मुगु
आज मुगु सहित देशैभर संविधान दिवस भब्यरुपमा मनाईएको छ । संविधान दिवस ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा मुगु सहित देशैभर विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनार्इँको हो । संविधान दिवस मुल समारोह समितिको आयोजनमा मुगु सदरमुकाम गमगढीमा प्रभातफेरीको आयोजना गरेर संविधान दिवस मनाइएको थियो । मुगु सदरमुकाम गमगढी स्थित अदातलतचोक बाट शुरु भएको र्याली बजार परिक्रमा गरेर प्रावाधिक कार्यलयमा पुगेर कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरी र्यालीमा समन्वय समितिका उप प्रमुख कर्णशिला मल्ल ,जिल्ला न्यायधिस जवाहर प्रसाद सिहं , छायाँनाथ रारा नगरपालीका मेयर हरिजंग शाहि, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगुका सभापती ंएवम केन्द्रीय सदस्य तिलक बहादुर मल्ल लयायत कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।


असार १६ मुगु रारा रैवार मुगु
अर्जेन्टिनी टिम क्याप्टेन लियोनल मेस्सी लाई मुगुका समर्थकले चिठ्ठी लेख्न भ्याएका छन । अजेन्टिेनि टिमले हार्नु नै थियो, भने लिक आउट चरणमा हार्नु पर्ने बाहिरीनु पर्ने भन्दै मेस्सी समर्थकले मुगु बाट चिठ्ठी लेखेका हुन । मुगुका अर्जेन्टिनी समर्थकहरुले भने मेस्सी दाई अर्थात अर्जेटिना टिमले हार्नुनै थियो भने लिक आउट चरणमा हार्नु पर्ने अहिले आएर हार्दा यो संसारमा कोहि छैन जस्तो लाग्छ, मन भक्कानिएको छ मुटु जलेको छ, खाना मात्र होईन पानी खान पनी मन लाग्दैन । किन यस्तो भयो । आजको ग्रह दशा के हुन । केहि पनी बुझि नसक्नु छ । त्यहि पनि मन लाई शान्ती पार्न तथा मुगु लगायत विश्वका अजेन्टिनी समर्थको मनलाई सान्तोना पार्न यो सानो चिठ्ठी लेख्न मुगाली समर्थक युवा गईरहेका छन । यो हाम्रो लागी नभएर बिश्वका अर्जेन्टिना सर्मथक लाई शान्ती दिनको लागी हो । हार्नुका कारण पनि छन, त्यो अरुले बुझेका हुदैनन् अरुले हारे को मा खुसी व्यक्त गरेका छन । मेस्सी जो विश्वमा नाम चलेका खेलाडी हुन जस्को कुनै गल्ती छैन । मेस्सी एक असलखेलाडी हुन, “भनीन्छ नि बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनी बिक्दैन” त्यस्तै भयो आज मेस्सी खराब खेलाडी भएका भए अर्जेन्टिना टिमले फराकिलो अन्तरमाजित्थ्यो । तर असल खेलाडी भएर हार्नु पर्ने बाध्याता भयो । मेस्सीले अर्जेन्टीना लाई जिताउन हर बखत प्रयास गरे तर सकेनन् । मेस्सी संग राम्रा खेलाडी नभएर पनी आज आएर मेस्सी अर्थात अर्जेन्टिना टिमले यो दुरदर्शा भोग्नु प¥यो । ठिकै छ दाजु खेलमा हार जित हुन्छ । तर अपत्यारिलो हार हुदाँ मात्र मन भकानीयर केहि कुरा लेख्याको हौ । हामिलाई कसैले के सोच्का होलान, त्यो तिर हामि छैनौ । हामि छौ त केवल मेस्सी दाई अर्थात अर्जेन्टिना टिमले कसरी ह्रायो । हुन त फ्रान्सका लाई पेनाल्टी लक्की गोल हुन पुग्यो । यो नै फ्रान्सको जितको लक्षण हो, तर पनि बल अर्जेन्टिना टिमको पासमा बढी हुदाँ हुदै फ्रान्सले जितेको छ “हरो नपाउने लाई जाईफल” भने जस्तै भयो । ईन्जुरी समयमा गोल हार्नुनै फ्रान्स भन्दा अर्जेन्टिना टिम बलियो मानीन्छ । त्यहि पनि हार्न पुग्यो त्यसमा हाम्रो भन्नु केहि छैन । रुसमा जारी बिश्व कपको उपाधि जे होस पुराना भन्दा नया टिमले उचालोस हाम्रो शुभकामाना यहि छ । लेखक नन्द बहादुर रोकाया / गणेश खड्का
१५ असार रारा रैवार मुगु
रुकुम पश्चिम० – बालिका जबर्जस्ती गर्न खोज्ने जिल्ला अस्पताल रुकुम९पश्चिम०मा कार्यरत अहेव चन्द्रकुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
मुसीकोट नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई जबर्जस्ती गर्न खोजेको आरोपमा अहेव मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

अस्पतालमा उपचारका लागि आएकी बालिकालाई मल्लले बुधबार राति ११ बजेतिर जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।
शौचालय जाँदै गरेकी बालिकालाई नजिकै रहेको प्रतिक्षालयमा बोलाएर मल्लले जबर्जस्ती करणीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयमा दिइएको जाहेरीमा उल्लेख छ ।
मल्लबाट फुत्किन सफल बालिकाले आफ्नो
परिवारका सदस्यलाई आफूलाई जबर्जस्ती गरिएको बताएपछि बिहीबार जाहेरी दर्ता भएको र लगत्तै मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
मल्लमाथि जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । शुक्रबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको खड्काले जानकारी दिनुभयो ।
आठबीसकोट नगरपालिका –१४, घेत्मा घर भएका मल्ल विगत तीन वर्षदेखि जिल्ला अस्पतालमा करारमा कार्यरत थिए ।
स्रोत उज्यालो
मुुुगु ११ रारा रैवार
मुगुमा ग्रमिणदेखि सदरमुकाम क्षेत्रका टोल टोलमा बिहिबार देखि प्रहरी अभियान सञ्चालन गरिएको छ । समाजमा हुने अपराधिक गतिबिधि, जाँड रक्सी खाएर हो(हाल्ला गर्ने लगायत महिला हिसां र बालविवाह न्युनिकरण गरेर समाजमा शान्ति स्थापना गर्न टोल टोलमा प्रहरी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ।
टोल टोलमा प्रहरी अभियान अन्तरगत बिभिन्न्न सचेतजनमुलक कार्यक्रम समेत प्रहरीले गरिरहेको छ । अभियान अन्तरगत आइतबार लागुऔषध द्रुब्यसनीका बारे जानकारीसहित लागु औषध द्रुब्यसनीले पार्ने अल्पकालिन असर तथा दिर्घकालिन असरका बारेमा माहाकाली माध्यामि बिद्यालयका बिद्यार्थीहरुलार्इ प्रहरीले प्रशिक्षण दिएको थियो ।
बिद्यार्थी बालबालिकाहरुले लागु औषध द्रुब्यसन र घरे
लु मदिराको बिक्रि बितरणमा समुदायमा सचेतना जोगाउन सक्ने भन्दै बिद्यार्थीलाइ लागु औषध द्रुब्यसन सम्बन्धि प्रशिक्षण दिइएको मुगु प्रहरीले जनाएको छ।
मुगुमा लागु औषधका घटनाहरु लुकिछिपी भइरहेकाले त्यसको रोकथाम गर्न र अब हुन सक्ने घटनाका बारेमा सचेत गराउँन माहाकाली माध्यामिक, विद्यालयका बिद्यार्थीलाई सचेतनामुलक प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरिक्षक डेकेन्द्र शर्मा बताए ।
उनका अुनसार सकारात्मक समाजको निर्माणमा गर्न बिद्यार्थी तथा बालबालिकाको अहम भूमिक हुने भएकाले बिद्यार्थीलाई टोल टोलमा प्रहरी अभियानका अन्तरगत लागुऔषध रोकथामका बारेमा जानकारी गराइएको बताए।
बालवालिका भविष्यका कर्णदार हुन यो बेलामा लागु औषध र मदिराको लतमा फसेमा उनीहरुको भबिष्य अन्धकार हुने भन्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अभिभावकले पनि आफना छोराछोरीको संगत तथा बानी ब्यबहार निगरानी गर्न आग्रह गरे ।
राजु लामिछाने
रुकुम (पश्चिम), चैत १० – मुसीकोट नगरपालिका–११, चलाक्चाका वसन्त ओली उमेरले २१ वर्ष पुग्नुभयो ।
दाङको पद्मोदय पब्लिक नमूना माविमा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले विभिन्न ४० ओटा विद्युतीय उपकरण प्रयोग गरेर नयाँ उपकरण बनाउनु भएको छ । जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरेर उहाँले ६ महिनाको अवधिमा विशेष गरी घरायसी प्रयोगमा आउने उपकरण निर्माण गरेको जानकारी गराउनुभयो ।
सुरुमा एसी पावरलाई डीसी र डीसी पावरलाई एसीमा परिवर्तन गर्ने उपकरण निर्माण गरेका ओलीले अहिले जिएसएम कन्ट्रोलरसम्म निर्माण गर्नुभएको छ । ओलीले निर्माण गर्नुभएका ४० विद्युतीय उपकरणमध्ये अहिले वाटर सेन्सर मात्रै बजारमा गएको छ ।
पहिलो चरणमा निर्माण गरेका सय वटा वाटर सेन्सर बिक्री गरेको र अब दश हजार वाटर सेन्सर बनाउने तयारीमा रहेको ओलीले जानकारी गराउनुभयो । वाटर सेन्सरले ट्याङ्कीको पानी सकिएको खण्डमा स्वचालित रुपमा मोटर खोल्छ भने ट्याङ्ककी भरिएपछि स्वचालित रुपमा नै पानी तान्ने मोटर बन्द गर्ने गर्दछ । यो उपकरण घरायसी काममा प्रयोग भैरहेको र धेरै माग आइरहेको पनि उहाँले बताउनुभयो ।
यसैगरी उहाँले पछिल्लो पटक बनाएको विद्युतीय उपकरण जिएसएम कन्ट्रोलर हो । यसले फोन गरेकै भरमा राइस कुकरमा भात पकाउने, रेफ्रिजेरेटर खोल्ने र बन्द गर्ने तथा सबै विद्युतीय उपकरण खोल्ने र बन्द गर्ने गर्दछ । नेपाल टेलिकमको एउटा जीएसएम सिम र आइसी जडान गरेर यो उपकरण बनाइएको छ । विद्युतीय उपकरणको काम नसकिँदै बत्ती गएको खण्डमा पनि यस उपकरणले सम्बन्धित व्यक्तिलाई फोन वा म्यासेज पठाएर खबर गर्ने उहाँले दाबी गर्नुभयो ।
यसैगरी उहाँले निर्माण गरेको अर्को उपकरण सेक्युरीटी सिस्टम पनि हो । घर/पसल बन्द गरेर कतै हिँडेका बेला त्यस ठाउँमा कोही पसेमा वा चोरी गर्न थालेमा लगत्तै यो उपकरणले सम्बन्धितलाई फोन गरिदिने र चोरी हुनबाट बच्ने उहाँले बताउनुभयो । ओलीले फेज भोल्टेज टेस्टर, रिमोटबाटै ढोका खुल्ने, बत्ती बाल्ने, पंखा घुमाउने उपकरण पनि बनाउनु भएको छ ।
रात परेपछि आफैँ बल्ने तथा उज्यालोमा आफैँ निभ्ने बत्ति, मान्छे पस्न बित्तिकै कोठामा आफै बत्ति बल्ने तथा मान्छे बाहिर निस्केपछि आफै बत्ति निभ्ने मोशन लाइट नाम उपकरण पनि ओलीले बनाउनु भएको छ । यसैगरी भोल्टेज कन्ट्रोलर, रोबेटिक गाडी, थपडी तथा चुड्कीले बल्ने बत्तीलगायतका अन्य विद्युतीय उपकरण समेत बनेका छन् ।
सानै उमेरदेखि विद्युतीय सामग्रीमा चासो भएकाले पछिल्लो समय विद्युतीय उपकरण बनाउन सफल हुँदै गएको उहाँको भनाई छ । ७/८ कक्षा पढ्दादेखि नै यस्तै काममा रुची राख्ने र ओली स–साना लाइटहरु सानैमा बनाएको उहाँले स्मरण गर्नुभयो । ३ सय बढी उपकरण बनाउँदा ४० उपकरण सफल भएको उहाँले जानकारी दिनुभयो । ओलीले विभिन्न उपकरण बनाउने क्रममा ७० हजार रुपैयाँभन्दा बढी रकम खर्च भएको छ ।
पढ्ने भनेर घरबाट पठाइएको खर्च कटाएर विद्युतीय उपकरण निर्माणका लागि आवश्यक सामग्री खरिद गर्ने गरेको र काम गर्दै जाँदा सफल भैरहेकाले नयाँ उपकरण आविष्कार गर्ने योजनामा रहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
‘इच्छाशक्ति, चासो भएपछि धेरै गर्न सकिन्छ, म पनि त्यस्तै गरिरहेको छु, सफल पनि भैरहेको छु अझै गर्न सकिन्छ भन्ने विश्वास पनि बढ्दै गैरहेको छ’ उहाँले भन्नुभयो । उहाँले चाँडै नै चालक विनै गुड्ने गाडी, मान्छे विना खाना पकाउने प्रविधि, धान काट्ने मेसिनलगायतका यन्त्रहरु अविष्कार गर्ने लक्ष्य रहेको ओलीले जानकारी दिनुभयो ।
Source: http://ujyaaloonline.com/news/95916/If-you-phone-the-food-was-cook/
२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।
उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।
पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।
उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।
पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।
उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।
पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।
उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।
पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।
२१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।
स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए ।
पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।
निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।
स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए ।
पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।
२१ चैत, भैरहवा । राष्ट्रिय गौरवको आयोजना रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टर नेपाली कम्पनी बिच रकम विवाद कारण रोकिएको विमानस्थलको निर्माण कार्य सुचारु भएको छ ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीचच रकमको विवाद कारण केही दिन रोकिएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनीले आफैंले सुचारु गरेको आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिए ।
चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण केही दिन रोकिएको विमानस्थलको निर्माण को काम चिनियाँ कम्पनीले तत्काल आफूले भ्याएसम्म निर्माण कार्य गरिरहेको छ आयोजना प्रमुख शर्माले अनलाइनखबरसगँ भने अहिले उसले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र फायर भवनको निर्माण कार्य गरिरहेको छ ।
सरकारबाट विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले नेपाली कम्पनीलाई निर्माण कार्य जिम्मा दिएको थियो ।
निर्माण कार्य जारी रहेको अवस्थामै नेपाली कम्पनीले आफुलाई चिनियाँ कम्पनले काम गरेको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माण कार्य रोकेको थियो ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीचच रकमको विवाद कारण केही दिन रोकिएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनीले आफैंले सुचारु गरेको आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिए ।
चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण केही दिन रोकिएको विमानस्थलको निर्माण को काम चिनियाँ कम्पनीले तत्काल आफूले भ्याएसम्म निर्माण कार्य गरिरहेको छ आयोजना प्रमुख शर्माले अनलाइनखबरसगँ भने अहिले उसले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र फायर भवनको निर्माण कार्य गरिरहेको छ ।
सरकारबाट विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले नेपाली कम्पनीलाई निर्माण कार्य जिम्मा दिएको थियो ।
निर्माण कार्य जारी रहेको अवस्थामै नेपाली कम्पनीले आफुलाई चिनियाँ कम्पनले काम गरेको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माण कार्य रोकेको थियो ।
२१ चैत, चितवन। मुग्लिन-नारायणगढ सडक खण्डको कविलास-६ घुमाउनेमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । पहिरोका कारण साढे ७ घण्टादेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालानमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए ।
सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । पहिरोमा परी मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा लम्जुङ सुन्दर बजार ३ भोटओडार बस्ने ४५ वर्षीय रेशराज राना रहेका छन् । अर्का एकको पहिचान खुलेको छैन् । बा १० प ४८४४ नम्बरको मोटरसाइकल सवार रानाको घटनास्थलमै मृत्यु भएको हो । उनको मोटरसाइकल पछाडि बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् ।
उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै ना ४ ख ५४१९ नम्बरको ट्याङकरका सह चालकको समेत मृत्यु भएको छ । अन्दाजी २८ / २९ वर्षको जस्तो देखिने उनको पूर्ण सनाखत हुन बाँकी छ ।
ट्याङकरका चालक पर्सा जिल्ला लछुमनवा १८ वस्ने ३६ वर्षका बनु पटेल समेत घाइते छन् । पहिरोले पाँचवटा सवारी साधन पुरिएको छ ।
पुरिएको सवारी साधनमध्ये दुईवटा सवारी साधनको केही भाग मात्रै देखिएको छ । मालबाहक ट्रक, टाटा मोबाइल, कार र टयाङकरसँगै केही मोटरसाइकलहरु पनि पुरिएको प्रहरीले आशंका गरेको छ ।
माथिबाट खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । घटनास्थल भरतपुरदेखि २० किलोमिटरको दूरीमा छ ।
सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । पहिरोमा परी मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा लम्जुङ सुन्दर बजार ३ भोटओडार बस्ने ४५ वर्षीय रेशराज राना रहेका छन् । अर्का एकको पहिचान खुलेको छैन् । बा १० प ४८४४ नम्बरको मोटरसाइकल सवार रानाको घटनास्थलमै मृत्यु भएको हो । उनको मोटरसाइकल पछाडि बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् ।
उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै ना ४ ख ५४१९ नम्बरको ट्याङकरका सह चालकको समेत मृत्यु भएको छ । अन्दाजी २८ / २९ वर्षको जस्तो देखिने उनको पूर्ण सनाखत हुन बाँकी छ ।
ट्याङकरका चालक पर्सा जिल्ला लछुमनवा १८ वस्ने ३६ वर्षका बनु पटेल समेत घाइते छन् । पहिरोले पाँचवटा सवारी साधन पुरिएको छ ।
पुरिएको सवारी साधनमध्ये दुईवटा सवारी साधनको केही भाग मात्रै देखिएको छ । मालबाहक ट्रक, टाटा मोबाइल, कार र टयाङकरसँगै केही मोटरसाइकलहरु पनि पुरिएको प्रहरीले आशंका गरेको छ ।
माथिबाट खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । घटनास्थल भरतपुरदेखि २० किलोमिटरको दूरीमा छ ।




































