रामदेवि खड्का
जेठ ०७
जिल्ला स्वास्थ्य कार्यलयमा स्थायी बन्धायकरण परिवार नियोजन गर्ने सख्यामा बृद्धि भएको छ । विगतको बर्षको तुलानमा पछील्ला बर्ष हरुमा स्थायी बन्ध्याकरण गर्नेको सख्यामा बृद्धि भएकमे जिल्ला स्वास्थ्य कार्यलय मुगुले जनाएको छ ।
विगतका बर्षमा अशिक्षाले परिवार नियोजन गर्न नमान्ने स्थानीय आजभोली परिवार नियोजन गर्न स्वास्थ्य संस्थमा आउने परिवार नियोजन सुपरभाईजर दिपेन्द्र यादबले बताउनुभयो ।
उहाँका अनुसार गहेको बर्ष १०३ जनाले स्थायी बन्ध्याकरण परिवार नियोजन गरेका र ७ जना महिलाले मिनिल्याब गरेका बताएनुभयो । यो बर्षको अहिले सम्म ७२ जनाले स्थायी बन्ध्याकरण गरेका र १ जनाले मिनि ल्याब सेवा लिएका सुपरभाईजर यादबले जानकारीदिनुभयो ।
उहाँका अनुसार अझै धार्मिक अन्धबिश्वासले लामा समुदायले भन्ने परिवार नियोजन गर्न मान्दैन उनिहरुले अस्थायी साधनको प्रयोग कण्डम, डिपो लगायतका प्रयोग गर्ने गरेकका सुपरभाईजर यादबको भनाई छ ।
हरि लाल नेपाली
जेठ ०७ मुगु
छायाँनाथ रारा नगरपालीका भित्र रहेका गाउँ गाउँमा योग शिवर सञ्चालन गरीएको छ । सकरात्मक स्वस्थ समाज निमार्ण गर्ने उदेश्यका साथ नगरपालीकाका बिभिन्न गाउँ बस्तीमा योगशिविर सञ्चालन गरीएको हो ।
छायाँनाथ रारा नगरपालीकाको आर्थिक सहयोग तथा पतंजली योग समितिको आयोजनामा छायाँनाथ रारा नगरपालीका भित्र रहेका २७ वटा गाउँमा योग शिविर सञ्चालाज गरिएको छ ।
आईतबार बाट शुरु भएको योग शिविरमा ९ जना योग शिवर परिचालीत भएका पतंजली योग समिति मुगुले जनाएको छ ।
योगाले दिर्ग रोगी दम, बल्ड प्रेरस, मुटु रोग क्यान्सर जस्ता रोग नियमित योगाले सन्चो हुने भएकाले योगामा आई स्वास्थय लाभ लिन पतंजली योग समितिमा अध्यक्ष जय बहादुर मल्लले आग्रह गर्नुभयो ।
उहाँका अनुसार मुगुमा नियमित योगा भईरहेको बताउदै यस बाट गाउँमा स्थानीयले पनी लाभ लिइयोस भन्ने उदेश्यले नगरपालीकाका गाउँ गाउँमा योगा शिविर सञ्चालन गरीएको बताउनु भयो ।
एक गाउँमा तिन दिन सम्म योगा सञ्चालन गरीने र आगमी असार २० गते सम्म यो कार्यक्रम लाई निरन्ता दिईने पतंजली योग समिति मुगुले जनाएको छ ।
खड्क सुनार
जेठ ०७ मुगु
मुगुमा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरियाली सहयोग नियोग ९कोइका०को २५ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माणाधीन भवनको करिब ९५ प्रतिशत काम पूरा भएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
२०७३ साउन अन्तिम सातादेखि निर्माण कार्य थलिएको अस्पताल भवनको रंगरोगन गर्ने काम मात्र बाँकी रहेको छ। लुम्बिनी बिल्डर्सले निर्माण कार्यको जिम्मा लिइएको भवनको स्ट्रक्चरको काम सम्पन्न भइसकेको छ भने भित्री भागको फिनिसिङ, रंगरोगन, पर्खाल, पानी ट्यांकीलगायत काम धमाधम भइरहेको छ।
कोइकाका कन्ट्रक्सन इन्जिनियर मक्रबहादुर स्वाँर अनुसार २०७६ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम भए पनि सडक बन्द, सामना ढुवानीमा समस्याका कारण पुस मसान्तमा मात्र निर्माण कार्य सकिने छ ।
अस्पातल भवन तीनतले र ६० कोठा रहेको छ। अस्पताल अपाङ्गमैत्री, पर्याप्त शौचालय, बगैंचा र पर्याप्त पार्किङ सुविधासहितको भवन रहेको कोइकाले जनाएको छ। अस्पताल भवन निर्माणपछि शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार जिल्लामै गर्ने जिल्ला अस्पताल मुगुले जनाएको छ। कोइकाका अनुसार अस्पताल भवन भूकम्पप्रतिरोधी हुनेछ ।
अस्पताल भवन निर्माणपछि २० करोड रुपैयाँ बराबरको उपकरण राखिने जनाइएको छ। एक्सरे, भिडियो एक्सरे, ल्याबलगायत मुगुमै जटिल रोगको शल्यकृया गर्ने व्यवस्थासहित उपकरण खरिद गरी अस्पताललाई हस्तान्तण गरिने कोइकाले जनाएको छ।
भवन अभावमा बिरामीको बिचल्ली
जिल्ला अस्पताल मुगुमा भवन अभाव हुँदा एकै कोठामा बिरामीले खचाखच छ। एक कोठामा २० जनाभन्दा बढी बिरामी राखिएको छ। पुरानो भौतिक संरचना भत्काई नयाँ भवन बन्दै गरेकाले एकै कोठामा बिरामी राख्नुको विकल्प नभएको जिल्ला अस्पताल मुगुका मेडिकल अधिकृत डबलबहादुर मल्लले बताए।
यसअघि अस्पतालमा १५ शय्याको रहे पनि स्तरोन्नति गरी ५० शय्याको बनाउने पहल गरिरहेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पारसमणि मल्लले बताए।
रारा रैवार सम्वाददाता
चैत २२ मुगु
मुगु यहाँका बिभिन्न गाउँबस्तीमा सुरक्षित गर्भपन सम्बन्धि सडक नाटक पछुतो प्रर्दशन गरीएको छ । असुरक्षित गर्भपन बढ्दै धेरैको अकालमा ज्यान गहेकाल त्यसकोे रोगथाम गर्न टेवा पुगोस तथा सुरक्षित गर्भपतनका बारेमा स्थानीय लाई जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दशन गरिएको हो ।
कर्णाली नाट्य समुहको आयोजना तथा आईपास नेपालको आर्थिक सहयोग र कर्णाली गरिब न्युनिकरण तथा बिकास मञ्च प्एब्म्ँ सहजिकरणमा नाटक प्रदर्शन गरिएको थियो ।
स्थानीय नागरिक एवम् सिमान्तकृत बर्ग लक्षित बर्ग गर्भवती महिला एकल महिला लगायत सबै स्थानीय हरु अन्र्तगत पर्ने समुदायका बिभिन्न क्षेत्रका नागरिकहरुलाई सुरक्षित गर्भपनन गराउनु पर्छ सुरक्षित गर्भपन गराउन स्वास्थ्य सस्था जानु पर्छ भन्ने सन्देश नाटकमार्फत स्थानियलाई जानकारी गराईएको कर्णाली नाट्य समुह मुगुले जनाएको छ ।
मुगुमा बढ्दो असुरक्षित गर्भपन संगै घरायसि औषधिले धेरैको अकाल ज्यान गहेकाले यस्को रोगथाम गर्न र सुरक्षित गर्भपनका बारेमा जानकारी होस भन्ने उदेश्यले नाटक प्रर्दश आबश्य देखिएकाले सुरक्षित गर्भपनका बारेमा नाटक पछुतो प्रर्दशन गरीएको छ ।
मगलबार छायाँनाथ रारा नगरपालीकाको १३ वडा रुगा बुधबार मुगु सदरमुकाम गमगढी तथा बिहिबार नगरपालीकाकै ११ रोवाका बिभिन्न वस्तीमा सडक नाटक प्रर्दशन गरीएको कर्णाली नाट्य समुहका संयोजक गगन बहादुर बुढाले बताउनुभयो ।
सडक नाटक हेर्न आएका सहभागीले सुरक्षित गर्भपनका बारेमा जान्न बुझन पाएका थिएनौ आज प्रर्दशन गरीएको नाटक बाट धेरै जान्न बुझन पाएको बताएका छन । यस्ता कार्यक्रम सडक नाटक मार्फत अझै धेरै गर्नुपर्ने स्थानीयको भनाई छ । मुगुमा ईच्छा विपरित कसैको गर्भ रहेमा घरायसि औषिधिको प्रयोगमा सिसा पिसेर खाने, गहतको झोल खाने लगायत जडीबुटीको प्रयोग गर्न गर्छन ।
जसका कारण धेरैको अकालमा मृत्यु समेत हुन पुगेको कर्णाली गरिब न्युनिकरण तथा बिकास मञ्च प्एब्म्ँ कार्यकारी निर्देशक शिबचन्द कार्काीले बताए । उनका अनुसार सुरक्षित गर्भपनका बारेमा जनचेतना फैलाउन र यस्को रोगथाम गर्न सडक नाटक आबश्यक देखिएकाले सडक नाटक मार्फत स्थानीय लाई जानकारी दिईने कार्काीको भनाई छ ।दान बहादुर बुढा साउन १ गर्ते
गर्त बर्ष र यो बर्ष मुगु जिल्लाको खत्याड गाँउपालिकाको वडा नम्बर ८र १० रिगा गाँउमा मलेरीया रोग फैलीएको हुदा यो बर्षको मलेरीया रोग सम्बन्धि जिल्लामा रहेको सरोकार वाला निकाय बिचको एक अन्तरक्रिया कार्याक्रममा प्रस्तुत गर्दा आ.व ०७४।०७५ मलेरीया रोग बारे चेकजाच गर्दा १सय ३८ जनामा यो रोग देखीएको अषाढ महिनामा मात्र ५० जनामा यो मलेरीया रोग देखा परेको छ । जस मध्य ४ बर्ष मुनिका २२ जना,५देखी ९ बर्ष सम्मका ३० जना,१०बर्ष देखी१४ बर्ष सम्मका ३३ जना,१५ बर्ष देखी मार्थि उम्मेरका ५३ जना गरी महिला ८१ जना र पुरुस ५७ जना मा मलेरीया रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले अन्तरक्रिया कार्याक्रममा जनाएको छ ।
तेस रीगा गाँउ लगाएत खत्याड क्षेत्रमा लामखुट्यालाई नियन्त्रण गर्नको लागी क्षेत्रीय मेडीकल स्टोर बाट एल एलआई नामक झुल २ हजार थान बितरण गरेको जिल्ला स्वास्थ्य कार्यालय मुगु ईजिसीडी महाँशाखा काठमाडौ टेकु बाट आएको स्वासथ्य कर्मिको टिम र जिल्लामा रहेका बिभिन्न संघ सस्थाको पहलमा औलो प्रभाबित क्षेत्रमा जनचेतना मुलक कार्याक्रम,बिटनासक औषधी बितरण ,गरीएको र पछील्लो अबस्थामा केही नियन्त्रणामा आएको समेत जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छन ।
नेपालमा औलो रोग सार्ने ३ प्रजातिका पोथी लामखेट्यले प्जाज्मोडीएम भाइभेक्स नामक भेक्टर मानिसमा सार्ने गरेको पाइएको छ इपिडिमियोलोजी तथा महामारी नियन्त्रण महाशाखाका भेक्टर कन्टोल अधिकृत उत्तमराज प्याकुरेलले बताएका छन नेपालमा पाईने ७० जातका लामखुट्यले औलो रोग सार्ने गरेको छ । मुगुको रीगा र आसपास गाँउमा फैलिएका औलो रोग एनोफिलिज एनुलारिज एनोफिज म्याकुलेटस र एनोफिलिज क्वाडिक्याकुलेटर नामक पोथी लामखुट्य रीगामा उत्पादन भएर हुर्किएको पाईएको र फैलिएको बताएका छन ।
औलो रोग नियन्त्रणाको लागी काठमाडौ बाट आएको बिशेषज्ञ टोलीका अनुसार यहाँका मानिसहरु सरसफाई नगर्ने ,समयमा खानपनि नगर्ने समयमा नसुत्र्ने १४ दिन नियमित खानु पर्ने औषधी २,३ दिन सम्म खार्ने बाँकी खेरा फाल्नो गरेको हुदा थप मलेरीया रोग लम्बीने गरेको छ ।
यो औलो रोग निमूलको लागी हरपहल जुनशुकै अबस्थामा पनि जिल्ला प्रशासन कार्यालय तयार रहेको सबै भन्दा प्रेकोप भएको रीगा गाँउ बाहेक अन्य जिल्लाको बिभिन्न ठाँउमा परीक्षण गनु प्रर्ने प्रमुख जिल्ला अधिकारी उमाकन्त अधिकारीले बताएका छन ।अहिले ल्याप परीक्षण गर्ने स्थान जिल्ला भरीको रातापानि पएिसी र सदरमुकाम गमगढी ठीनिमा रहेको हुदा थप रोगको पहिचाहन नर्ग गारो भएको छ
दान बहादुर बुढा असार ३१ गते
बिकट हिमाली जिल्लामा रहेको मुगमकामारोङ्ग गाँउ पालिकामा नै सिटामोल समेत छहिन ।
मुगमकामारोङ्ग गाँउ पालिका अन्तर गत रहेका मुगु,पुलु किम्री,डोल्फु, ,माग्री स्वास्थ्य चौकी,मा सिटामोल देही अन्य स्वास्थ्य सस्थामा पाईर्ने ३५ प्रकारको औषधी मध्य सिटामोल समेत छहीन हीजो आज तेस क्षेत्रमा स्थानिय बासीहरु औषधी नहुदा निकै मारमा परेका छन ।
३ घण्टा टाढा मह गाँउ बाट स्वास्थ्य चौकी पुलुमा औषधी उपचार गर्न आएका मह गाँउका जिक्मेत कार्मी सिटामोल समेत नपाई खाली हात फ्कनु परेको बताएका छन । अव स्वास्थ्य चौकीमा औषधी पाईएन उपचारको लागी सदरमुकाम गमगढी जानु परेको कार्मीले बताएका छन ।
स्वास्थ्य सस्थामा सरकारको लगानिमा ठूलठूला भवन बनाएका छन आन्य कुनै पनि सेवा सुबिधा छहिनन् सामान्य सिटामोल पाउन पनि निकै गारो हुने गरेको छ स्वास्थ्य सस्थामा सरकारी दरवन्दीका कर्मचारी समेत नबस्र्ने नीकै लापरबाही रहेको छ सरकारको तलव मात्र खार्ने महिलाहरु प्रशुत्री भएका नीकै गारो हुर्ने गरेको आर्थिक भएको मानिस सुबिधा सम्पन्न ठाउमा जाने गरेका छन भर्ने गरीब जनताहरु छटपटीएर बस्नु परेको मुगमकामारोङ्ग गाँउपालिका मुगु गाँउ बडानम्बर २ का खुल्ला सदस्य छिरीङ्ग लामाले बताएका छन ।
मुगमकामारोङ्ग गाँउपालिका बडा नम्बर ६कि महिला स्वास्थ्य सेवयमसेबिका अनुसार प्रतेक दिन ६,७ जना आफु संग औषधी माग्न आउन्छन आफु संग कुनै पनि औषधी छहिन स्वास्थ्य सस्थामा पनि औषधी पनि छहिन स्वास्थ्य कमी पनि नियमित बस्दैनन् आफुलाई गाँउलेले आफुलाई दुख दिने गरेको छ । महिला स्वास्थ्य सेवयसेकी सबै भन्दा पनि ठूलो भन्छ तालिम भत्त लुगा भत्ता समेत पाई दैन जिल्ला बाट आउदैनकी बिचमा स्वास्थ्य कमी खान्छन ।आफुलाई निकै दुख लागेको बताउन्छन ।
नेपाल सरकारको निती अनुसार स्थानिय निकाय गठन भए पनि जिल्ला अस्पताल बाट निकै काम औषधी जाने भएको हुदा अन्य सबै सेवा सुबिधा स्थानिय निकाय बाट गरीनु प्रति निती भए पनी पटक पटक समयमा मुगमकामारोङ्ग गाँउ पालीकामा औषधी सकीएको जानकारी गराए पनि कुनै पनि पहल नभएको अहिले स्वास्थ्य सस्थामा सिटामोल समेत नभएमो पुलु स्वास्थ्य चौकीमा महिला प्रशुति गृह भए पनि अन्य प्रसुतिगृह सम्बन्धिका उपकरण नहुदा र दक्ष जनशक्ती नहुदा ४ बर्ष पहिले लाखै मुल्यको प्रशुती गृह मुसा बस्र्ने भएको र बिस्तारै जिर्ण बन्दै गही रहेको पुलु स्वास्थ्य चौकीकी स्वास्थ्य कर्मी मालिका अधिकारीले बताएकी छन ।
पहीला जिल्ला काट औषधी आउर्ने भएको हुदा केही मात्र बढी हुन्थो पछिल्लो समयमा गाँउ पालिका बाट औषधीको ब्याबस्था गर्नु पर्ने निती भए अनुसार औषधी निकै कम आउर्ने गरेको छ स्वास्थ्य चौकीमा ३५ प्रकारको औषधी हुनु प्रर्नेमा हिजो आज ७,८ प्रकारको औषधी रहेको माग्री स्वास्थ्य चौकीका स्वास्थ्य क्रमी रान थारुले बताएका छन
आ.व २०७४।०७५मा जिल्ला स्वास्थ्य कार्यालय बाट पठाईको औषधी म्याद सकीएर पठाईएको हुदा औषधी खाडल गाडी नष्ट गरीएको र गाँउ पालिका बाट स्वास्थ्य क्षेत्रको लागी १५लाख रकम छुट्याईएको भएता पनि १लाख ५०हजार मात्र औषधी खरीत तथा ढुवानिमा गएको र अन्य रकम स्वास्थ्य क्षेत्रको पूवाधारमा छन गरीएको हुदा स्वास्थ्य क्षेत्रमा औषधीको अभाव भएको र आउने आ.वमा प्रतेक स्वास्थ्य चौकीमा औषधी अभाबहुन नदीने मुगुमकामारोङ्ग गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिकास रिजालले बताएका छन ।
दान बहादुर बुढा १८ असार
डाक्टर गाबिन्द्र के.सी कर्णाली प्रदेशको जिल्लाको जुम्ला बाट नेपाल सरकारको चिकित्सा र गुणस्तरीय सेवाको अभियानमा जुम्लामा आन्दोलनमा २०७५।३।१६ गते बाट गरीएको हुदा आन्दोलनको क्रममा मुगु जिल्ला अस्पतालमा कायरत डाक्टर,नर्सहरुले ईमरजेन्सी सेवा बाहेक अन्य सेवाहरु आज दिनको १२ बजे बाट अनितितकाल सम्मको बन्द गरेका छन ।
डाक्टर गोबिन्द्रकेसी जुम्ला जिल्लाको कवड हलको भुई तल्लामा आमरण अन्सनमा बसेका छन कवड हल ब्याबस्र्थित नहुदा जता ततै फोहोर दिशा पीसाब र भगेराको बास स्थान भएको ठाउमा रहेकोहुदा केसीको स्वास्थ्य अबस्था निकै असहज भएको उहाका चिकत्सकहरुले बताएका छन ।
दान बहादुर बुढा ०६गते
पछिल्लो समयमा स्वास्थ्य सम्बन्धि जनचेतनाको शिक्षा बाट जनचेतना आएपछि मुगुमा पछिल्लो समयमा सुरक्षित गर्भपतन गराउर्नेको संख्या बुद्वि भएको छन ।
मुगु जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय लगाएत बिभिन्न सरकारी गैर सरकारी संघ सस्थाबाट स्वास्थ्य शिक्षा,सरसफाई,लगाएतका क्षेत्रका दर्जनै निकाय बाट जनचेतना मुलक कार्याक्रम शिक्षा शहर देखी गाँउ घर सम्म सन्चालन गर्दा पछिल्लो समयमो स्वास्थ्य सस्थामा आएर सुरक्षित गर्भपतन गराउर्ने किशोरी देखी महिला सम्म दिन प्रति दिन आउन थालेको जिल्ला स्वास्थ्य कार्यालय ठिनी मुगुले जनाएको छ ।
नेपाल सरकारले २०६०सालमा प्रसुति गृह थापाथलि बाट सुरक्षित गर्भपतन गराउन शुरु सेवा भएपछि पछिल्लो समयमा २०६६ सालमा औषधि प्रयोग बाट सुरक्षित गर्भपतनको लागी सेवा शुरुभयो भर्ने २०७३साल देश भरीका सरकारी स्वास्थ्य बाट निशुल्क सुरक्षितगर्भपतन सेवा शुरु भएको हो भर्ने मुगुमा आ.व २०७३।२०७४ सालमा मात्र जिल्ला भरी १सय ७८ जनाले सुरक्षित गर्भपतन गराईकी छन जस अनुसार श्रीकोट स्वास्थ्य केन्द्र बाट ४८ जना रातापानि स्वास्थ्य केन्द्र बाट २५ जना जिमा स्वास्थ्य केन्द्र बाट २५ जना जिल्ला अस्पताल बाट औषधी र औजार उपकरण बाट ८० जनार अन्य जिल्लामा रहेका स्वास्थ्य केन्द्र बाट २५ रहेकी छन गर्भपतन गराउर्नेमा १६ बर्ष देखी ६० बर्ष उम्मेरका महिला रहेकी छन ।
आई पास नपालको सहयोगमा स्थानिय संस्था कर्णाली गरिवी न्यूनिकरण तथा विकास मंञ्च र सि.डि.यस पार्क ले सुरक्षित गर्भपतन सम्वन्धि जनचेतामुलक कार्यक्रम गर्दै आइरहका छन । सरकारको कानुन अनुसार गर्भवती महिलाको ईच्छाले १२ हप्ता सम्म्को गर्भ नवर जस्ती करणी वा हाडनाता बरणस्बाट गर्भ रहन गएमा १८ हप्ता सम्म रहेको गर्भलाई सुरक्षित गर्भपतन गराउन सकीने बानुनि ब्याबस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयकी बरिश्ट अनमि सरोजा घिमीरेरे बताएकी छन ा
सुरक्षित गर्भपतन गराउर्ने कानुनको ब्याबस्था नआउदा मुगु जिल्ला तथा हिमाली दुर्गममा बस्ने महिलाले बढी सन्तान भएपछि गर्भ रहेका बनमा पाईने बिभिन्न जडीबुटी,यूरीया मल,अन्य नसादार औषधी खाएर गर्भ तुवायर्ने प्रचलन रहेको स्थानिय महिलाको भनाई रहेको छ ,
दान बहादुर बुढा जेठ २९ गते
बिकट हिमाली जिल्ला मुगुमा लामो समय देखी स्वास्थ्यको क्षेत्रमा काम गदै आएको फेज नेपाल नामक गैर सरकारी सस्थाले छायानाग रारा नगरपालिका वडा नम्बर १४मा रहेको बाम स्वास्थ्य चौकीमा बथिङ्क सेन्टरमा प्रयोग हुने उपकरण हस्तान्तरण गरेको छ ।
वडानम्बर १४ बाम गाँउमा लामो समयबाट नेपाल सरकारले तेस क्षेत्रका स्वास्थ्य क्षेत्रमा काम गदै आएता पानि कुनै पनि वथिङ्क सेन्टरका सामानहरु तेस चौकीमा नहुदा बिषेश गरी महिलालाई गर्वको अबस्थामा आफ्नो गर्भको बच्चा र आफ्नो बारे कुनै पनि थाहाँ नपाउर्ने अबस्था भएको हुदा तेस्तो समस्यालाई मध्य नजर गरी प्रसुती सेवामा सहज र मातुशिसु (आमा र बच्चालाई )मृत्यूदर घटाउनको लागी भ्याकुम,सक्सन,अक्सीजन कन्सन्टेटर,लगनएतका अन्य स्वास्थ्य उपकरणहरु बाम स्वास्थ्य चौकीका प्रमुख ,मिरजङ्क मल्ललगाएत स्वास्थ्य ब्याबस्थापन समितीको रोहोवरमा हस्तान्तरण गरीएको फेज नेपालका जिल्ला स्रोत ब्याक्तिमुगुका मिलन घिमिरेले बताएका छन ।
फेज नेपाल नामक गैर सरकारी सस्थाले यस बाम गाँउ मार्फत अन्तर गर्त बडानमबर १४मा रहेका सम्पूर्ण स्थानिय जनताहरुले स्वास्थ्य सेवाका अन्य औषधी सेवा स्वास्थ्य शिक्षा गाँउ घर किन्नीक खोप सेवा दिदै आईरहोको र आज बाट थप प्रशुति सेवाका सामाग्रीहरु समेत हस्तान्तरण गरेको हुदा थप यस क्षेत्रका स्थानिय बासीले सेवा पाउने भएको हुदा आफुलाई पनि स्वास्थ्य सेवा दिनमा पनि सहज हुर्ने भएको छायानाथ रारा नगरपालिका १४ बडाकी महिला स्वास्थ्य स्वंयमसेबीका राममाया बढुवालले बताएकी छन ।
डा. जया प्रधान

२०७४ चैत १४
२०७४ चैत १४
‘नानी रोएको छ, भोक लाग्यो होला, खुवाइहाल’
‘नानीलाई छिटो दुध खुवाउनु’
शिशुका आमालाई घरपरिवारले यस्ता कुरा भनिरहन्छन्, सम्झाइरहन्छन्।
अर्थात् धेरैको ध्यान शिशुमा हुन्छ। तर शिशुलाई दुध खुवाउनुपर्ने भएकाले पोषिलो खाना समयमा खानु, आराम गर्नु जस्ता कुरा विरलै सुन्छौँ।
हो, बच्चाले भन्न जान्दैन। त्यसैले उसलाई समय–समयमा आमाको दुध खुवाइरहनुपर्छ। सुरुमा पाएको पोषिलो आहारले उसको भावी जीवनलाई प्रभाव पार्छ। शिशुले जन्मदेखि कम्तीमा पनि ४ वा ६ महिनासम्म प्रशस्त मात्रामा आमाको दुध खान पाएको खण्डमा उसले आवश्यक पौष्टिक तत्व त पाउँछ नै, रोग प्रतिरोधात्मक शक्ति पनि प्राप्त गरी उसको सन्तुलित वृद्धि र विकासमा टेवा पुग्छ।
सर्वगुणसम्पन्न आमाको दुधको स्रोत अर्थात् आमाको पोषणको स्तर, उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे भने तुलनात्मक रुपमा कम मात्र चासो राख्ने गरेको पाइन्छ। अझ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने स्तनपानलाई पौष्टिक र स्वास्थ्यका दृष्टिकोणले भन्दा पनि परम्परागत मान्यताको रुपमा अवलम्बन गरिएको छ। स्तनपानलाई प्राथमिकता दिँदा शिशुले यथेष्ट पौष्टिक तत्व प्राप्त गर्ने मौका पाउँछ। तर आमाको खानामा उचित ध्यान पु¥याउन नसकेमा उनको स्वास्थ्य प्रतिकूल असर पर्न सक्छ। प्रायजसो सुत्केरी महिलामा लौहतत्व, भिटामिन ए तथा प्रोटिनको कमी भएको कुरा अध्यानले देखाएको छ।
साधारणतया महिलाहरु आफ्नो बच्चलाई स्तनपान गराउन सक्षम हुन्छन्। टीबी, एड्स तथा विशेष औषधिको सेवन गरिएको अवस्थाबाहेक अन्य साधारण अवस्थामा स्तनपान गराउन सकिन्छ। सफलताका साथ स्थानपान गराउन सुत्केरी अवस्थाबाहेक गर्भवती अवस्थामा समेत महिलाको दैनिक खानामा ध्यान दिनुपर्ने हुन्छ।
आमाको पोषणस्तर जति राम्रो हुन्छ, त्यति नै गुणात्मक र परिणात्मक रुपमा शिशुले आमाको दुध प्राप्त गर्न सक्छ। एकातिर आमाको स्वास्थ्यस्थिति सन्तुलित राख्न र अर्कोतिर शिशुलाई यथेष्ट दुध उपलब्ध गराउन आमाको भोजनमा साधारणभन्दा थप खानाको व्यवस्था गर्नुपर्छ। महिलाको अवस्था, उनले गर्ने कामको प्रकार हेरि दैनिक भोजनमा क्यालोरी, प्रोटिन, भिटामिन, खनिज पदार्थ थप गर्नुपर्ने हुन्छ। सुत्केरी महिलाले दैनिक आवश्यक सन्तुलित भोजन प्राप्त गर्न सकेमा शरीर स्वस्थ राख्न मद्दत मिल्छ। साथै, दुध बन्नका लागि शरीरमा जम्मा भएको पौष्टिक तत्वको पुनः पूर्ति हुनुका साथै शिशुका लागि प्रशस्त दुध उत्पादन गर्न मद्दत पु¥याउँछ।
एक स्वस्थ दुध खुवाउने महिलाबाट करिब ६ सय मिलिलिटर प्रतिदिन दुध बन्न सक्छ। आफ्नो दैनिक पौष्टिक आवश्यकता पूरा गर्न र उल्लिखित परिमाणमा दुध बन्न उनलाई दैनिक आवश्यकताबाहेक थप पोषिलो खानाको जरुरत पर्न सक्छ।
सुत्केरी महिलाको प्रतिदिन उत्पन्न हुने ६ सय मिलि दूधमा प्राप्त पौष्टिक तत्वको परिमाण यस प्रकार छ।
आमाले गरेको भोजन क्यालोरीमध्ये ६० प्रतिशत क्यालोरी मात्रा दुधमा रुपान्तरण हुन सक्ने भएकाले ४ सय २० क्यालोरीका लागि दैनिक थप ७ सय क्यालोरी आवश्यक पर्नेहुन्छ। यसैगरी आमाको दुधमा प्राप्त हुने ७.२ ग्राम प्रोटिनका लागि भोजनमा १४.४ ग्राम आवश्यक पर्ने हुनाले यस आवश्यक पर्ने हुनाले यस अवस्थामा २० ग्राम थप प्रोटिन अवस्थामा २० ग्राम थप प्रोटिन आवश्यक पर्छ। यसैगरी दुध खुवाउने महिलाको भोजनमा दैनिक ७ सयदेखि १ हजार मिलिग्रामसम्म क्याल्सियम थप गर्नुपर्ने हुन्छ। आमाको दुध बन्न शरीरको कुल क्याल्सियममध्ये करिब २ सयदेखि ८ प्रतिशत खर्च हुने भएकाले यसको पूर्तिका लागि पनि थप क्याल्सियम आवश्यक पर्ने हुन्छ।
यदि दुई बच्चाबीचको जन्मान्तरको दूरी कम छ भने त्यस्तो स्थितिमा आमाको शरीरमा क्याल्सियम आवश्यक मात्रामा जम्मा हुन नसक्दा पछि गएर हाड कमजोर हुने सम्भावना हुन्छ। शिशु जन्मँदा रगत खेर जाने भएकाले यस समयमा बढी फलाम (लौहतत्व ) आवश्यक हुन्छ। तर स्तनपानको समयमा भने थप लौहतत्व त्यति आवश्यक पर्दैन। सुत्केरी अवस्थामा गर्भवती अवस्थामा भन्दा कम लौहतत्व भए पुग्ने हुन्छ। प्राय प्रशस्त स्तनपान गराउन्जेलसम्म केही महिना महिनावारी नहुने र महिनावारी सुरु भएपछि भने थप लौहतत्व आवश्यक पर्ने हुन्छ। भिटामिन ए, बी, सी, फोलिक एसिडका हकमा भने थप आवश्यक पर्दछ।
यसप्रकार आमाको खानाले उनको शरीरबाट उत्पन्न हुने दुधको गुण र परिमाणमा प्रभाव पार्छ। त्यसैले यस अवस्थामा सकेसम्म उचित भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ। हुन त कमजोर आर्थिक अवस्था भएको र उचित भोजन प्राप्त गर्न नसकेको अवस्थामा पनि महिलाले आफ्नो बच्चालाई स्तनपान गराउन सक्छिन्। यस्तो स्थितिमा आमाको शरीरका कोषहरुमा जम्मा भएका तत्वहरु प्रयोग भई दूध बन्ने भएकाले आमाले आफ्नो शिशुलाई स्तनपान गराउन त सक्छिन्।
तर उनको शरीरमा बिस्तारै पौष्टिक तत्वको अभावबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। यस्तो स्थितिमा प्राप्त भएको आमाको दुधको आयतन कम हुने तथा परिमाणमा समेत कम हुन सक्छ। शक्तिभन्दा पनि भिटामिन बी, सी, थायमिनको परिमाणलाई आमाको खानाले बढी प्रभाव पार्छ। यदि आमाको खानामा उल्लिखित भिटामिनको कमी छ भने शिशुमा यी तत्वको अभाव हुने धेरै सम्भावना हुन्छ। यसैगरी जिंक र आयोडिनको अभाव छ भने पनि शिशुले पर्याप्त यी खनिज तत्व प्राप्त गर्न नसकी वृद्धि विकासमा असर पर्ने हुन्छ।
शिशुको सर्वाङ्ग विकासका लागि चहिने सम्पूर्ण तत्वहरु आमाको दुधमा प्राप्त हुन्छ। यसले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने हुन्छ। जस्तै स्तनपान गराउँदा आमाको शरीरबाट निस्कने एक प्रकारको हार्मोन अक्सिटोक्सिनले पाठेघरको मांसपेशी खुम्च्याउने, चाँडो रक्तस्राव रोक्ने, पहिलेको शारीरिक बनाबट र तौल कायम गर्ने, आमा र शिशुबीच बलियो भावनात्मक सम्बन्ध कायम राख्न मद्दत पु¥याउने हुन्छ। त्यसैले गर्भवती अवस्थामा समेत आमाको दैनिक भोजनको उचित व्यवस्था गर्नुपर्छ। यसबाहेक घर परिवारबाट पूर्ण सहयोगका साथै उचित वातावरण उपलब्ध गराउन सकेमा अवश्य पनि सफलताका आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन्।
Source:http://swasthyakhabar.com/news-details/23506/2018-03-28
राजु लामिछाने
रुकुम, चैत १४ – तरकारीको बिउ उत्पादनका हिसाबले पकेट क्षेत्र मानिएको जिल्लामा क्रियाशील एक सहकारी संस्थाले तरकारीको उन्नत बिउ बिक्री गरेर सवा दुई करोडभन्दा बढी आम्दानी गरेको छ ।
समशितोष्ण उन्नत बिउ उत्पादन कृषि सहकारी संस्था चौरजहारी नगरपालिका – १० ले तीन वर्षमा तरकारीको उन्नत बिउ मात्रै विक्री गरेर दुई करोड २१ लाख ८० हजार रुपैयाँको कारोबार गरेको हो । सहकारीमा आवद्ध किसानहरुले गरेको बिउ उत्पादन र त्यसबाट भएको विक्रीको जोड्दा दुई करोड २१ लाख ८० हजार रुपैयाँ भएको सहकारीका अध्यक्ष गोपाल विएमले बताउनुभयो । औपचारिक विउ विजनको कारोबारमार्फत उन्नत बिउ विक्री गर्दा सहज भएको सहकारीले जनाएको छ ।
उक्त सहकारीले २०७१ सालको पुस महिना यता अहिलेसम्म ७५ मेट्रिक टन तरकारीको उन्नत बिउउत्पादन गरेर बिक्री वितरण गरेको हो । अध्यक्ष बिएमका अनुसार, सहकारीमा आवद्ध किसानहरुले तीन वर्षको अवधिमा सबैभन्दा बढी मुलाको बिउ बिक्रीगरेका छन् । ५१ मेट्रिक्टन मुलाको बिउ बिक्रीबाट ९६ लाख ९० हजार, ९ मेट्रिकटन केराउबाट ९ लाख ९० हजार, ७ मेट्रिकटन प्याजको बिउबाट ८४ लाख, ५ मेट्रिक टन रायोको विउबाट २५ लाख र ३ मेट्रिक टन काउलिको बिउ बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।
सहकारीकी अध्यक्ष बिएमले २०७१ सालदेखि बिउ बिक्रीले औपचारीकता पाएसँगै आफूहरु पनि व्यवसायिक बन्दै गएको बताउनु भयो । किसानका लागि उन्नत बिउ विजन कार्यक्रम, कृषि उद्यम केन्द्र जिल्ला लगानीद्धार कार्यालयले बिउ बिक्रीका लागि सहजिकरण गरिदएपछि बिउ बजारीकरण गर्न सजिलो भएको उहाँले जनाउनु भयो । बिउ उत्पादन गरेर पनि विक्रीको लागि समस्या भैरहेको बेलामा बिउ कम्पनीसँग सम्झौता गर्ने वातावरण कृषि उद्यम केन्द्रले बनाइदिएपछि उत्पादित तरकारीको बिउसजिलै विक्री हुने गरेको सहकारी सञ्चालक समितिका सदस्य पर्शुराम शर्माले बताउनु भयो ।
चौरजहारी नगरपालिकाका १०, ११ र १३ नम्बर वडाका २ सय ५८ घरधुरी किसान आवद्ध भएर उनीहरुले एक हजार नौ सय ७५ रोपनी क्षेत्रफलमा तरकारीको उन्नत बिउ उत्पादन गर्दै आएका छन् ।
चौरजहारी नगरपालिकाका १०, ११ र १३ नम्बर वडाका २ सय ५८ घरधुरी किसान आवद्ध भएर उनीहरुले एक हजार नौ सय ७५ रोपनी क्षेत्रफलमा तरकारीको उन्नत बिउ उत्पादन गर्दै आएका छन् ।
Source:http://ujyaaloonline.com/news/96140/sheed-income-/
२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।
उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।
पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।
उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।
पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।

२१ चैत, भैरहवा । रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए ।
स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए ।
पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।

२१ चैत, भैरहवा । राष्ट्रिय गौरवको आयोजना रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टर नेपाली कम्पनी बिच रकम विवाद कारण रोकिएको विमानस्थलको निर्माण कार्य सुचारु भएको छ ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीचच रकमको विवाद कारण केही दिन रोकिएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनीले आफैंले सुचारु गरेको आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिए ।
चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण केही दिन रोकिएको विमानस्थलको निर्माण को काम चिनियाँ कम्पनीले तत्काल आफूले भ्याएसम्म निर्माण कार्य गरिरहेको छ आयोजना प्रमुख शर्माले अनलाइनखबरसगँ भने अहिले उसले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र फायर भवनको निर्माण कार्य गरिरहेको छ ।
सरकारबाट विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले नेपाली कम्पनीलाई निर्माण कार्य जिम्मा दिएको थियो ।
निर्माण कार्य जारी रहेको अवस्थामै नेपाली कम्पनीले आफुलाई चिनियाँ कम्पनले काम गरेको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माण कार्य रोकेको थियो ।

२१ चैत, चितवन। मुग्लिन-नारायणगढ सडक खण्डको कविलास-६ घुमाउनेमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । पहिरोका कारण साढे ७ घण्टादेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालानमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए ।
सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । पहिरोमा परी मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा लम्जुङ सुन्दर बजार ३ भोटओडार बस्ने ४५ वर्षीय रेशराज राना रहेका छन् । अर्का एकको पहिचान खुलेको छैन् । बा १० प ४८४४ नम्बरको मोटरसाइकल सवार रानाको घटनास्थलमै मृत्यु भएको हो । उनको मोटरसाइकल पछाडि बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् ।
उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै ना ४ ख ५४१९ नम्बरको ट्याङकरका सह चालकको समेत मृत्यु भएको छ । अन्दाजी २८ / २९ वर्षको जस्तो देखिने उनको पूर्ण सनाखत हुन बाँकी छ ।
ट्याङकरका चालक पर्सा जिल्ला लछुमनवा १८ वस्ने ३६ वर्षका बनु पटेल समेत घाइते छन् । पहिरोले पाँचवटा सवारी साधन पुरिएको छ ।
पुरिएको सवारी साधनमध्ये दुईवटा सवारी साधनको केही भाग मात्रै देखिएको छ । मालबाहक ट्रक, टाटा मोबाइल, कार र टयाङकरसँगै केही मोटरसाइकलहरु पनि पुरिएको प्रहरीले आशंका गरेको छ ।
माथिबाट खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । घटनास्थल भरतपुरदेखि २० किलोमिटरको दूरीमा छ ।

२१ चैत, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा स्थानीय तहको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको छ । साथै एक व्यक्ति केन्द्र, प्रदेश र स्थानीय तह मध्ये एउटामा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले गौतमको नेतृत्वमा १५ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको हो । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली छन् । यस्तै नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् ।
यस्तै महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ । समितिमा सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । यस्तै छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् ।
एमाले बैठकले पार्टीको निर्णयअनुसार स्थानीय तहको उम्मेदवारको सिफारिस पठाउनका लागि मिति पनि तोकेको छ ।
वडा कमिटीले चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीले वैशाख ४ गतेसम्म, जिल्ला कमिटीले वैशाख ७ गतेसम्म र प्रदेश कमिटीले वैशाख १० गतेसम्म उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्नेछ । यसरी आएको नामबारे वैशाख १२ गते स्थानीय कमिटी बैठक बसेर निर्णय गर्नेछ ।
एमालेले एक व्यक्ति केन्द्र, प्रदेश र स्थानीय तह मध्ये एउटामा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ । सचिव योगेश भट्टराईले अनलाइनखबरसँग भने, ‘हामीले चुनावको तयारीका लागि सबै कार्यकर्तालाई गाउँ र्फकन आग्रह गरेका छौं ।

२१ चैत, काठमाडौं । १८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । उपत्यका बाहिर पनि लोडसेडिङ न्यून हुँदै गएको छ ।
धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङलाई साइजमा ल्याउने प्रमुख पात्र हुन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उर्जामन्त्री जनार्दन शर्माले मुकेशराज काफ्लेलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको केही महिनापछि नै काठमाडौंमा लोडसेडिङ हुन छाडेको थियो ।
पहिले के कारणले चर्को लोडसेडिङ भइरहेको थियो र अहिले एकाएक कसरी हट्यो भन्ने प्रश्न कुलमानलाई भेट्ने थुप्रैले तेस्र्याउँछन् । यसको जवाफमा कुलमानले भन्ने गरेका छन्, ‘पुरानो कुरा कुरा कोट्याउनतिर नलागौं । अहिले लोड म्यानेजमेन्ट गरेका छौं, यसैका कारण नै लोडसेडिङ अन्त्य भएको हो ।’
चमत्कारको शैलीमा लोडसेडिङ हटाइदिने कुलमानको आज सबैतिर वाहवाही भइरहेको छ, जसका हकदार उनी हुन् पनि । यद्यपि, यो अभियानमा कुलमान एक्लै भने छैनन् । उनी कार्यकारी निर्देशक बनेपछि धेरै कर्मचारीमा काम गर्ने उत्साह बढेको छ ।
अधिकांश उच्च तहका पदाधिकारीसँग उनी पछिल्लो अवस्थाको बारेमा सोधखोज गरिरहेका हुन्छन् । यसबाट कर्मचारीलाई खटेर काम गर्ने जाँगर चलेको छ ।
कुलमानलाई मन्त्रीदेखि कर्मचारीसम्मको साथ र सहयोग छ । आखिर को-को हुन् त लोडसेडिङ हटाउने अभियानमा कुलमानका सारथी ?
१. गोपालबाबु भट्टराई
लोडसेडिङ अन्त्य गर्ने कुलमानको टिमका एक पात्र हुन् प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई । ३३ केभिएसम्मको प्रसारणलाइन निर्माण, सवस्टेशन मर्मत-सम्भारका साथै मिटर रिडिङसम्मको काम उनकै नेतृत्वमा भएको छ ।
लाइन जानेबित्तिकै जनताले नो लाइटमा फोन गरेर जानकारी लिन सक्छन् । यो काम उनकै नेतृत्वमा रहेको बितरण तथा ग्राहक सेवा निर्देशनालयले गर्छ । बिग्रिएका लाइनलाई तत्काल मर्मत गर्ने काममा भट्टराईले तीब्रता दिएका छन् । प्रसारण लाइन बिग्रेर लामो समय बिद्युतबिना बस्नुपर्ने अवस्था हटेको छ । प्राधिकरणका कुल कर्मचारीमध्ये ६० प्रतिशतभन्दा बढी उनकै निर्देशनालाय अन्तर्गत रहेका छन् ।
कार्यकारी निर्देशकको प्रतिवद्धताले आफुहरुमा काम गर्ने उत्साह पलाएको भट्टराई बताउँछन् । उनले भने, ‘दिनदिनैको काममा उहाँले चासो राख्दा हामीलाई पनि काम गर्न उत्साह पलाएको छ । हाकिम नै समर्पित भएर लागेपछि हामी पछि हट्ने त कुरा आएन नी ।’
२. विष्णुकुमार श्रेष्ठ
प्रणाली सञ्चालन विभागको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठको पनि लोडसेडिङ हटाउनमा ठूलो भूमिका रहेको छ । देशका विभिन्न भागमा रहेका पावर हाउस कतिबेला चलाउने र कति समय सञ्चालन बन्द गर्ने भन्ने निधो प्रणाली सञ्चालन विभागले गर्छ ।
थप विद्युतको आवश्यकता देखियो भने जलाशयुक्त आयोजना कुलेखानी कुन बेलामा चलाउने र कति घन्टा चलाउने भन्ने पनि यही बिभागले टुङ्गो लगाउँछ । मागअनुसार विद्युत कहाँबाट उत्पादन गर्ने भन्ने चटारो यही बिभागलाई छ ।
श्रेष्ठ भन्छन्, ‘अहिले त हामी जोश-जाँगरका साथ राती पनि काममा खटिएका छौ ।’ २०४६ सालदेखि बिद्युत प्राधिकरणमा जागीर सुरु गरेका श्रेष्ठ २५ वर्षदेखि यही बिभागमा कार्यरत छन् ।
३. मनोज सिलवाल
लोडसेडिङ हटाउनमा भारतबाट आयातीत बिद्युतको पनि ठुलो हात छ । किनकि गत वर्षभन्दा यस वर्ष बिद्युत आयात बढेको छ ।
खिम्ती ढल्केबर प्रसारण लाइनको निर्माण भएपछि भारतबाट विद्युत आयात थप्न सम्भव भएको हो । खिम्ती ढल्केबर प्रसारण लाइनको काम रातारात भएको थियो । यसरी प्रसारणलाइन निर्माण गर्ने बिद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमा निमित्त उपकार्यकारी निर्देशकको रुपमा मनोज सिलवाल रहेका छन् ।
४. प्रबल अधिकारी
अधिकारी प्राधिकरणका प्रवक्ता तथा बिद्युत व्यापार विभागका प्रवन्धक हुन् । निजी कम्पनीबाट उत्पादित विजुलीको ‘पावर पर्चेज एग्रीमेन्ट’ गर्ने जिम्मेवारी पनि अधिकारीलाई नै छ । उनि धेरैजसो कुलमानसँगै हुन्छन् ।
कुलमानलाई निर्णय प्रक्रियामा सघाउनेदेखि आवश्यक जानकारीसमेत अधिकारीले उपलब्ध गराउँछन् । कुलमानको व्यस्त सेड्युलसँगै दगुर्ने अधिकारीलाई मिडियाको चासो पनि सम्बोधन गर्ने जिम्मेवारी छ ।
५ हरेराम न्यौपाने
निर्माणाधीन अवस्थामा रहेका जलबिद्युत आयोजनाको नियमन गर्ने काम उत्पादन निर्देशनालयले गर्दछ । दुई वर्षदेखि यही निर्देशनालयमा बसेर काम गरिरहेका छन् हरेराम न्यौपाने । उनले कुलमान आएपछि केही फरक महशुस गरेका छन् । समयमा निर्णय दिने कुलमानको बानीको उनी खुलेर प्रशंसा गर्छन् ।
न्यौपाने भन्छन्, ‘नयाँ कार्यकारी निर्देशकले समयमै निर्णय दिनुहुन्छ र निर्णयका लागि हामीले छिट्टै उहाँलाई कन्भिन्स गर्न सक्छौ ।’
६ शान्ति लक्ष्मी शाक्य
कर्मचारीको सरुवा गर्नेदेखि कुन कर्मचारी कहाँ काजमा खटाउने भन्ने जिम्मवारी शान्तिलक्ष्मी शाक्यको काँधमा छ । प्रशासनको निमित्त उपकार्यकारी निर्देशक शाक्यले हालै मात्र २४ सय कर्मचारीको सरुवा गर्ने आँट गरेकी थिइन् ।
आफूले गरेको सरुवालाई कार्यकारी निर्देशकले साथ दिएकोमा उनी निकै खुसी छिन् । शाक्य भन्छिन्, ‘प्रशासन यस्तो ठाउँ हो, जहाँ कर्मचारी सरुवा गर्दा आफ्नै सरुवा हुन बेर लाग्दैन । तर कुलमान सरको कारण त्यसो भएन ।’
७. राजीव शर्मा
प्रसारण निर्देशनालयमा उपयकार्यकारी निर्देशक रहेका राजीव शर्मा पनि लोडसेडिङ हटाउनका लागि खटिने महत्वपूर्ण व्यक्तिमा पर्दछन् । प्रसारण लाइनको निर्माण सञ्चालन तथा सम्भार गर्ने कार्यमा शर्माले सफल नेतृत्व दिइरहेका छन् ।
८. शिवकुमार अधिकारी
कार्यकारी निर्देशकको सचिवालयमा रहेका छन् सहनिर्देशक अधिकारी । विभिन्न कार्यालय तथा क्षेत्रीय निर्देशनालयबाट आएका तथ्यांकहरु इन्ट्री गर्ने उनको जिम्मामा छ । यसरी प्राप्त भएका तथ्यांकका आधारमा कहाँ बढी विद्युत चुहावट भएको छ वा कुन ठाउँमा पोलहरु ढलेका छन् भन्ने जानकारी हासिल हुन्छ ।
यही तथ्यांकका आधारमा कुलमानले कर्मचारीलाई निर्देशन दिने गर्छन् । साथै, उनकै सहयोगमा नीतिगत निर्णय बोर्डमा लैजाने अनि त्यो बोर्डबाट पारित भएको नीतिबमोजिम काम अघि बढाउनसमेत यो सचिबालयले महत्वपूर्ण भूमिका खेल्छ ।
कुलमान अाफैं सक्रिय
सामुहिक प्रयासमा भएको कामको म्ख्य जस अहिले कुलमानले नै लिएका छन् । किनकि लोडसेडिङ हटाउने कामको नेतृत्व उनले नै गरेका हुन् ।
कुलमानसँग चिलिमे हाइड्रोपावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरेको अनुभव छ । उनले चिलिमेकै आम्दानीबाट तीनवटा अन्य आयोजना निर्माण सुरु गरेका थिए ।
ती आयोजनाको निर्माण तीब्र गतिमा अघि बढाइरहेकै बेला तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिदिएकी थिइन् ।
उनलाई चिलिमेबाट सरुवा गरेपछि रसुवामा आन्दोलनसमेत भएको थियो । तर, प्राधिकरणको कार्यकारी निर्देशक हुनुअघि उनी खासै चर्चित भने थिएनन् ।
कुलमानले अहिले प्राधिकरणका प्रायः धेरै कर्मचारीबाट उचित सहयोग पाइरहेका छन् । उनी लोडसेडिङ घट्नुको श्रेय प्राधिकरण्को पूरै टिममा रहेको सार्वजनिक कार्यक्रमहरुमा बताउँछन् ।
उनले विद्युत् विज्ञान भएकाले प्राधिकरणको सबै कर्मचारीको ‘टिम वर्क’बाट उपलब्ध विजुली म्यानेमेन्ट गर्दै अहिलेको अवस्थामा ल्याएको सम्भव भएको बताउने गरेका छन् ।

२१ चैत, काठमाडौं । प्रहरी धरपकडका क्रममा ‘देश खारेज गर’को नारा लगाएको भन्दै चर्कौ आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् ।
उनले सोमबार पत्रकार सम्मेलन गर्दै मातृभूमिको अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको बताइन् ।
आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनकी पत्नी यमी लगायतलाई पक्राउ गरेको थियो । त्यसक्रममा यमीले ‘यो देश खारेज गर’ भन्ने नारा लगाएकी थिइन् ।
झण्डै एक घन्टाको ठेलमठेलमा आफू अर्धमूर्छित हुन पुगेको तर, पति डा. बाबुराम भट्टराई लगायत सम्हालेको उनले सुनाइन् ।
लगतै सुरक्षाकर्मीहरुले पक्राउ गर्दा आफूले आवेश र अर्धचेत अवस्थामै नाराबाजी गरेको भन्दै नयाँ शक्तिकी अन्तराष्ट्रिय सम्वन्ध विभाग प्रमुख यमीले भनिन्, त्यसैक्रममा स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन भन्न पुगेछु ।’
नेपाली भाषामा राम्रो दखल नहुनुका साथै आन्दोलनको दबाव, आवेश र बेहोसीमा आदेशलाई अन्यथा भन्न पुगेको भन्दै उनले भनिन्, साथीहरुले रोकेपछि मात्र म होसमा आएँ र आफ्नो गल्ती महसुस गरेँ ।’
यो परिस्थिति जन्य घटना भएको भन्दै उनले भनिन्, ‘बेहोसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति म अत्यन्त दुःखी छु । म अन्तरहृदयदेखि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दछु ।’
साथै आगामी दिनमा आफ्नो अभिव्यक्तिमा पूर्ण समेत रहने समेत नेतृ यमीले बताएकी छन् ।