१५ असार रारा रैवार मुगु
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने बताउनुभएको छ । संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयको
बजेट बिनियोजनका बिषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभुती दिलाउन प्रधानमन्त्री कार्यलयले अुनगमन गर्न लागेको उहाँले बताउनुभयो ।
विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि योजना आयोगको पुर्नगठन गरिएको प्रधानमन्त्री ओलीको भनाई थियो । सरकार नयाँ ढंगले अघि बढेकोले मानिसहरुलाई सरकारको चाल बुझ्न मुस्किल भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
“सधैं हिडिरहेको बाटो अध्याँरोमा पनि हिड्न सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ बाटो हिड्दा उज्यालोमा पनि डर लाग्छ । कतै घुमाउरो छ कि ,लडिन्छ कि भनेर । अहिले सरकारका कामहरु पनि त्यस्तै हो । नयाँ ढंगले काम अघि बढाउदा के हुन्छ ? कस्तो हुन्छ ? भनेर अलमल परेको हो ।
” भूकम्प पछिको पुननिर्माणलाई गति दिन सरकार लागि परेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले केही बर्षभित्र नेपालमा गरिबीको गीत गाउनु पर्ने दिनको अन्त्य हुने बताउनुभयो ।
असार १३ रारा रैवार मुगु
सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध ढंगले काम गरिरहेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला,
बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापाले मन्त्रालयमाथि सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै सडक बालबालिको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिइएको बताउनुभयो ।

ज्येष्ठ नागरिकको संरक्षणका लागि ज्येष्ठ नागरिक ऐनको परिमार्जन प्रक्रिया अगाडि बढाइएको बताउँदै उहाँले हरेक प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्ने, बीमा तथा समाजिक
सुरक्षालगायत अन्य विषयमा सरकारले ध्यान दिइएको र यस सम्बन्धमा आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो ।
मन्त्री थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरकारले विशेष कार्यक्रम लागू गरेको तथा मुलुकका विभिन्न दश जिल्लामा पुनःस्थापना केन्द्र निर्माणको काम शुरु भएको बताउनुभयो ।
श्रम तथा समाजिक सुरक्षा मन्त्रालयको समन्वयमा वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र बेचबिखन नियन्त्रणका लागि प्रयास भइरहेको बताउँदै उहाँले सरकारले आगामी आवमा मानव बेचबिखन तथा जोखिम नियन्त्रणका लागि विशेष कार्यक्रम शुरु गर्न लागेको जानकारी दिनुभयो ।
मन्त्री थापाले महिलालाई रोजगारी तथा समाजिक सुरक्षाका लागि कार्यक्रम अगाडि सारिएको र संविधानप्रदत्त समानुपातिक तथा समावेशी कानूनको प्रबन्ध गरिन लागेको बताउनुभयो ।
सामाजिक कुरुतीका रूपमा रहेको छाउपडी प्रथा नियन्त्रणका लागि विशेष अभियान शुरु गरिएको उल्लेख गर्दै उहाँले महिला हिंसा नियन्त्रणका लागि प्रभावकारी अभियान शुरु गरिएको तथा विकृति, विसंगति नियन्त्रणका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको स्पष्ट पार्नुभयो ।
मन्त्री थापाले अपांगता भएका व्यक्तिको अधिकारका लागि पनि सरकारले ऐन तथा नियमावली निर्माणमा जोड दिएको उल्लेख गर्दै उनीहरूका लागि सहायक सामग्री उत्पादन र सहज आवागमनका लागि अपांगमैत्री भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।
मुलकमा ४८ हजार बढी गैरसरकारी संस्था र २५० अन्तर्राष्ट्रिय संघ संस्थालाई व्यवस्थापनका लागि गैरसरकारी ऐन प्रतिस्थापनको प्रक्रिया अगाडि बढाइएको तथा त्यस्ता संघ संस्थालाई सरकारको योजना र प्राथमिकताका क्षेत्रमा लगानी तथा खर्च गर्ने व्यवस्था गराउन गृह मन्त्रालयको समन्वयमा काम भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
मन्त्री थापाले आगामी पाँच वर्षभित्र ज्येष्ठ नागरिकलाई पूर्व प्रतिबद्धताअनुसार नै मासिक रु पाँच हजार ज्येष्ठ नागरिक सुरक्षा भत्ता उपलब्ध गराइने स्पष्ट पार्दै भृकुटीमण्डपमा रहेको मन्त्रालय मातहतका कार्यालयको व्यवस्थापनमा जोड दिइएको र त्यसका लागि कानूनी तथा नीतिगत व्यवस्था गर्न लागिएको बताउनुभयो ।
मन्त्री थापाको जवाफमा चित्त नबुझेको भन्दै सांसद प्रेम सुवाल, लक्ष्मीकुमारी चौधरी, विमला नेपाली, दुर्गा पौडेल, सरिताकुमारी गिरिले स्पष्टीकरण माग्नु भएको थियो । विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयको छलफल बुधबार पनि जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते बिहान ११ बजे बस्नेछ ।
रासस
९ असार रारा रैवार मुगु
माध्यमिक शिक्षा परीक्षा (एसईई )को नतिजा आज प्रकाशित हुने भएको छ ।परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले आज ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको सीआईएनलाई जानकारी दिनुभयो । आज दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ।
४ बजे पत्रकार सम्मेलन राखिएको छ।गतवर्षको एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।
२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।
उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।
पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।
उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।
पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।