Advertise here
हावा हरिले रुख ढल्दा एक युवतीको मृत्यु
Advertise here

सुमन मल्ल
वैशाख १८ मुगु
आईतवार बेलुकी ६ बजे तिर अविरल वर्षासंगै चलेको हावा हुरिका कारण रुख ढल्दा एक जना युवतीको मृत्यु भएको छ ।
जिल्लाको पश्चिम खत्याड गाउँ पालिका ४ चिमाढंग्री गाउँकी १८ वर्षीया सुनिता रावतको दाउरा लिएर घर तर्फ फर्किदै गर्दा गाउँ नजिकै पाँचे चौर भन्ने स्थानमा रुख भाँचिएर शरिरमा लागे पछि मृत्यु भएको अस्थायी प्रहरी चौकी माथी चौरले जानकारी दिएको छ । बनबाट दाउरा लिएर घर फर्किदै गरेकी रावतको घर पुग्न विस मिनेट बाँकि रहँदै हावा हुरीले रुख भाँचिएर मृत्यु भएको हो ।
हावा हुरीका कारण रुख ढल्दा एक जनाको मृत्यु भएको जानकारी आए पनि विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाउँ तिर हावा हुरीले घरका छाना उडाएको भने पनि सञ्चार सम्पर्क राम्रो नभएकाले पुर्ण जानकारी आउन बाँकि रहेको बताईएको छ । लगातार आधा घण्टासम्म चलेको हावा हुरीका कारण सदरमुकाम गमगढीमा एक घण्टा विद्युत सेवा समेत अबरुद्ध भएको थियो ।



Advertise Here