Advertise here
सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व सम्बन्धि अनुशिक्षण सम्पन्न
Advertise here


रारा रैवार ,मुगु जिल्ला स्थित सबै सरकारी कार्यालयमा कार्यरत आर्थिक प्रशासनसंग सम्बन्धित प्रमुखहरुसंग शुक्रवार एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सरकारी कार्यालयहरुमा सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व र कर्मचारीहरुमा आर्थिक अनुशासन कायम गर्न मद्दत पुगोस भन्ने उदेश्यले अनुशिक्षण आयोजना गरिएको हो । सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व सचिवालय र कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुको आयोजनामा भएको अनुशिक्षण कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका कार्यालय प्रमुख , लेखा प्रमुखहरुको सहभागिता भएको थियो । सरकारी कार्यालयको खर्च व्यवस्थापन , सार्वजनिक खर्च तथा वित्त व्यवस्थापन सम्बन्धि प्रचलित कानुन तथा आर्थिक प्रशासनमा संलग्न हुने अधिकारीको काम कर्तव्य र अधिकारका विषय प्रस्तुती गरिएको थियो ।

Advertise Here