Advertise here
विपद पुर्व सुचना सम्बन्धि तिन दिने तालिम सुरु
Advertise here
रारा रैवार ,मुगु
शुक्रवार देखि सदरमुकाम गमगढीमा विपद तथा प्रकोप पुर्व सुचना सम्बन्धि तिन दिने क्षमता अभिवृद्धि तालीम सुरु भएको छ ।
सामुदायिक विकास कार्यक्रम सिडिपी मुगुको आयोजनामा सुरु भएको तालीममा जिल्लामा आउन सक्ने विपद र घट्न सक्ने प्रकोपका विषयमा पुर्व तयारी तथा सुचना प्राप्त गर्न सहज होस र समुदायलाई प्रकोप जोखिम उन्मुख बनाउनका लागि तालीमको आयोजना गरिएको सिडिपी मुगुले जनाएको छ । आईतवार सम्म सञ्चालन हुने तालीमका लागि सिडिपीले समुदायमा गठन गरेका प्रकोप पुर्व सुचना कार्यदलका पदाधिकारीहरु रहेका छन । साविकका श्रीनगर , सेरी र नार्थपु गाविसमा गठित कार्यदलका ३६ जना सहभागि रहेका छन ।
Advertise Here