Advertise here
एक महिने आधारभुत कम्प्युटर मर्मत तालीम सुरु
Advertise here


रारा रैवार ,मुगु उद्योग गरौं, उद्यमी बनौ र आम्दानी बढाऔ भन्ने उदेश्यका साथ गमगढीमा एक महिने आधारभुत कम्प्युटर मर्मत सिप विकास तालीम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुगुको आयोजना तथा ईन्टर सफ्ट नेपाल प्रालि मुगुको प्राविधिक सहयोग तथा सहकार्यमा जेठ २६ गते देखि सुर भएको तालीममा जिल्ला भरका १२ जना सहभागि भएका छन । सहभागि मध्य ४ जना पुरुष र ८ जना महिला रहेका छन । एक महिने तालीम पछि उद्योग सञ्चालन गरि व्यवसाय गर्न चाहनेका लागि घरेलु तथा साना उद्योग विकास समितिले निशुल्क उद्योग दर्ता गराउने छ भने ईन्टर सफ्टले तालीममा उत्कृष्ट हुने पाँच जनालाई रोजगारको समेत अवसर दिने ईन्टर सफ्टका प्रबनध निर्देशक नरेशकुमार शाहीले जानकारी दिए ।

Advertise Here