आगामी असार १ गतेदेखि जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आउने
स्वास्थ्य बिमा दर्ता सहयोगिहरु स्वयंमसेवकको रुपमा घरदैलोमै पुगि सबै परिवारको फोटो खिच्नुका साथै बिमा गरीदिने छन्, उहाले भन्नुभयो । सबैले स्वास्थ्य बिमा गर्ने मानसिकता बनाइराख्नुहोला् । स्वास्थ्य बिमाको फाइदा लिन उहाँको अनुरोध छ । स्वास्थ्य बिमा पाँच जना सदस्यसम्म भएको परिवारलाई एक परिवार मानेर वार्षिक दुई हजार पाँच रुपैयाँ योगदान रकम (प्रिमियम शुल्क) बुझाई ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट सेवा लिन पाउन सक्नेछन् ।
पाँच जनाभन्दा बढी सदस्य भएको परिवारको हकमा बाँकि प्रत्येक सदस्यको लागि ४ सय २५ रुपैयाँका दरले थप तिर्दै जानुपर्ने छ । भने त्यसरी सदस्यता लिँदा सम्बन्धित परिवारको सुविधा थैलीमा समेत रु १० हजारका दरले थप हुँदै जाने भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठ्माडौका शाखा अधिकृत जागुराम चौधरीका अनुसार नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेकोले परिप्रेक्षयमा सरकारले यो कार्यक्रम नेपालमा पहिलो पटक कार्यान्वयनमा ल्याइएको बताइएको छ ।
उहाले भन्नुभयो, स्वास्थ्य बिमा एक वर्षका लागि मात्र मान्य हुनेछ । एक बर्षभित्र स्वास्थ्य सेवा लिनु पर्नेछ अन्यथा यो सेवा सुविधा लिन चाहनेले अर्को वर्ष पुनः बिमा बापतको रकम बुझाई नवीकरण गर्नुपर्ने हुन्छ । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमा रकम बुझाई सदस्यता लिएकालाई बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवा, कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि अन्तरङ्ग सेवातर्फ परीक्षण, एक्सरे लगायतका सेवा सुविधा पाइने शाखा अधिकृत चौधरीले बताउनुभयो । हरेक प्राकृतिक घटनाबाट आर्थिक सुरक्षित रहन कृषि, पशु सँगै स्वास्थ्य बिमा गर्नु पनि त्यत्तिकै आवाश्यक रहेको उहाको भनाइ छ ।
स्रोत कर्णाली अनलाइन