Advertise here
सन्दीपले भने : अमित ‘भाइ’ सँग धेरै कुरा सिक्नेछु
Advertise here

काठमाडौं, चैत १३ – आईपीएल टिम दिल्ली डेयरडेभिल्समा अनुबन्धित नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली पुगेका छन् । 
दिल्ली पुगेका सन्दीप टिमको प्रशिक्षण क्याम्पमा छिट्टै समावेश हुँदैछन् । मंगलबार दिल्ली डेयरडेभिल्सले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमाफर्त सन्दीपको भिडियो सन्देश सार्वजनिक गरेको छ । 
सन्दीपले आफूले दिल्ली डेयरडेभिल्सका बलर अमित मिश्राबाट धेरै कुरा सिक्ने बताउँदै भनेका छन्, ‘अमित भाइ आईपीएलका महान तथा धेरै चर्चित बलर हुनुहुन्छ । मलाई लाग्छ उहाँ आईपीएलका लिडिङ विकेटटेकर पनि हुनुहुन्छ । उहाँबाट मैले बलिङ भेरियसनलगायतका थुप्रै कुरा सिक्ने अपेक्षा लिएको छु ।’
सन्दीपले आफूले हरसम्भव आफ्नो टिमलाई जिताउन प्रयास गर्ने बताएका छन् ।
भिडियोमा उत्साहित देखिएका सन्दिपले भन्छन्, ‘म मेरो टिमलाई हरेक खेल जिताउन प्रयास गर्नेछु र हामीले प्रतियोगिता जित्ने गरी नै खेल्नुपर्छ, मैले सबै खेलाडीबाट धेरै कुरा सिक्नेछु, यस्ता प्रकारका लिजेन्ड खेलाडीसँग जोडिन  पाउनु मेरा लागि धेरै नै ठूलो अवसर हो ।’
बीस लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्समा आवद्ध भएका सन्दीप मंगलबार दिल्ली पुगेका हुन् ।  गौतम गम्भीर कप्तान रहेको दिल्ली डेयरडेभिल्सको पहिलो खेल किंग्स इलाभेन पञ्जाबसँग अप्रिल ८ मा हुनेछ । 


Source: http://ujyaaloonline.com/news/96097/sandeep-reaches-delhi/

Advertise Here