Advertise here
नेपाली सेना र एसइईका नक्कली परीक्षार्थीसहित ३० जना प्रहरी हिरासतमा
Advertise here


जुम्ला, चैत्र १३ – एसइई परीक्षा र नेपाली सेनाका नक्कली परीक्षार्थी, जुवा खेलिरहेका व्यक्ति, चोरी गर्ने र लागुऔषधसहितका ३० जना अभियुक्तलाई प्रहरीले हिरासतमा लिएकाे छ ।
 
गएको शनिबार सम्पन्न भएको नेपाली सेनाको परीक्षामा अर्कैको नाममा परीक्षा दिने ४ जना, सोमबारको एसइई परीक्षाको गणित विषयमा अर्काको परीक्षा दिने नक्कली परीक्षार्थी ४ जना, जुवा खेलिरहेका १२ जना, पसल चोरी गर्ने एक जना र लागुऔषधलगायतका क्रियाकलापमा संलग्न ३० जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले हिरासतमा लिएकाे हो ।
 
जिल्ला प्रहरी कार्यालय जुम्लाले मंगलबार पत्रकार सम्मेलन गरी अमर्यादित गतिविधि गर्ने ३० जनालाई जेल चलान गरेको जानकारी गराएको हो । ‘जुम्लामा चोरीका घटनादेखि विभिन्न सामाजिक अपराधका काममा प्रहरीले दुईवटा विधिको अभियान थालेको थियो’, जुम्लाका प्रहरी नायब उपरीक्षक डाक्टर तपनकुमार दाहालले भन्नुभयो, ‘पहिलो प्रोयाक्टिक पोलिसिङ (घटना पूर्वको सर्च) अर्को रियाक्टिभ पोलिसिङ (घटनापछिको सर्च) ले शान्ति सुरक्षाका गतिविधिको अनुगमन भइरहेको छ ।’
प्रहरीले जुम्लाको सदरमुकाम खलंगामा ९९ प्रतिशत जुवा नियन्त्रण भएको दाबी गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी नायब निरीक्षक दाहलले दशैंपछि विभिन्न ४ चरणमा थालिएको नियन्त्रण अभियानमा ३० भन्दा बढी जुवाडेलाई कारवाही गरिएको बताउनुभयो ।
 
पछिल्लो समयमा प्रहरीको कडा ‘सर्च’ अभियानले जुवाडेको चहलपहल बन्द भएको छ । 







Source: http://ujyaaloonline.com/news/96094/arrested/

Advertise Here