Advertise here
भिरबाट खसेर एक जनाको मृत्यु
Advertise here


गणेश खड्का 
असार २८ मुगु
छाँयानाथर रारा नगरपालिका—११ का ३५ बर्षिय युवाको गमगढी बजारबाट घर फर्किदै गर्दा भिर बाट खसेर मृत्यु भएको छ ।

छाँया नाथ रारा नगरपालिका—११ रोवागाँउका हिरा सिंह बिक सदरमुकाम गमगढी बजारबाट घर फर्किदै गर्दा सोही नगरपालिका—१ ककनी भिरबाट खसेर मृत्यु भएको हो ।

मगंलबार बिहान ९ बजे घरका लागी चाहीने सामग्री किनमेलका लागी गमगढी बजार आएका साँझ सामान किनमेल गरि घर फर्किने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।

Advertise Here