Advertise here
केसीको समर्थनमा हाइप्रोफाइलदेखि सर्वसाधारणसम्म सडकमा (फोटोफिचर )
Advertise here


 साउन ५ काठमाडौं चिकित्सा शिक्षा सुधारका माग राखेर अनसनमा बसिरहेका प्राध्यापक डा। गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको छ। र्‍यालीका सहभागीले डा। केसीका माग सम्बोधन गरी उनको जीवन रक्षा गर्न माग गरेका छन्।

माइतीघरबाट सुरु भएको र्‍यालीमा पूर्व प्रधानमन्त्रीदेखि पूर्वप्रधान न्यायाशीशहरूसम्म सहभागी छन्। नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई र उनकी पत्नीसमेत रहेकी नेत्री हिसिला यमी र्‍यालीमा सहभागी छन्। पूर्व मन्त्री एवं कांग्रेस नेता गगन थापा पनि सहभागी छन्। 

यस्तै पूर्व प्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ र सुशीला कार्की पनि कार्यक्रममा सहभागी छन्। अभिनेत्री मनिषा कोइरालासहित विभिन्न कलाकारहरू पनि र्‍यालीमा सहभागी छन्।

चिकित्साशिक्षा सुधारका लागि गठित माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासहित नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, कृष्ण पहाडी, श्याम श्रेष्ठ लगायत लेखक(बुद्धिजीवी पनि कार्यक्रममा छन्।













साभार अन्नपुर्ण पोष्ट दैनिक

Advertise Here