ताल्चा विमान स्थलले सेवा संगै निम्त्यायो विपत्ति
नन्द बहादुर रोकाय
मुगु ७ साउन
मुगु ७ साउन
मुगुको हवाई यातायातको एकमात्र माध्यमा ताल्चा विमान स्थलले सेवा सुविधा संगै विपत्ति पनि निम्त्याएको छ।ताल्चा विमानस्थल पिच भएसंगै पानीको नहर बुका खोलामा मिसाईएकाले ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिमामा परेका छन्।
खोलामा आएको बाढीले सयौ बिगाहा जमिन कटान गरेको छ । पानी नै नआउने बुका खोलामा हिजो आज पानी खलखल बगेको देखिन्छ। खोलामा पानी मात्रै होईन अहिलेको अवस्थामा बाढी नै आउँने पानीको बाहव हुन्छ। बाढी संगै आउने पहिरोको त्रासका कारण स्थानीय भने चिन्तित भएका देखिएका छन्। बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्रम बस्न बाध्य छन् ।
पानीसँगै आउने बाढीले ताल्चा बिमानस्थल तलका बस्तीमा दिनप्रतिदिन यस्तो समस्या थपिदै गैरहेको छ । बुका खोलाले सयौ बिगाह जमिन पनि कटान् गरेको छ ।
खोलको आसपासका बस्ति जोखिममा परेका यस प्रति कसैले ध्यान नदिएका छायाँनाथ रारा नगरपालीका वडा नं ४ का हिलादाङ्ख नेपालीले बताए । उनि भन्नछन खोलाले खेति योग्य जमिन पनी कटान गरेको छ । प्रति बर्ष यसरी नै खेत कटान गदै जाने हो भने विमानस्थलको भविश्यसुरक्षित नहरेको उनको भनाई छ ।
सदरमुकाम नजिकैको छायाँनाथ रारा नगरपालीका वडा नं ४ स्थित कोश,कालपाल्त ,दोवाट कालजुरका वस्ती पहिरोको उच्च जोखिममा रहेका छन ।
लगातार आएको अबिरल वर्षाले खोलामै आएको बाढिकै कारण सोक्षेत्रका बिभिन्न क्षेत्रहरुमा जमिन भासिदाँ सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्रम बस्नु परेको स्थानिय गुनासो गरेका छन ।
खोलाले बर्षेनी कटान गदै जाने हो भने यसबाट खोलाको शिरमा रहेको रारातालको जमिनलाई पनि क्षति पुग्ने छायाँनाथ रारा नगरपालीका वडा नं ४ का स्थानीय राज्य नेपालीले बताए ।
ताल्चा विमानस्थलले निम्त्याएको यो समस्या छिटो समाधान गर्न स्थानीयले सरोकारवाला निकाय स्थानीय तहका प्रतिनिधि समक्ष माग गरेका भएपनि सुनुवाई नभएको स्थानीयको भनाई छ ।




