बिमा वापतको रकम हस्तान्तरण

साउन २२ मुगु
एशियन लाईफ इन्स्योरेन्स मुगु शाखाले मृत्यु दावी विमा रकम आज एक कार्यक्रमका विच चेक हस्तान्तरण गरेको छ । छायाँनाथ रारा नगरपालीका वडा नं १ का जय प्रकाश मल्लको अल्पायु मै निधन भएकोमा मृत्यु दावी विमा वापतको रकम उहाका श्रीमती ज्ञानु सिहं मल्ल लाई हस्तान्तण गरिएको हो ।मल्लले एक बर्ष पहिले एशियन लाइफ इन्स्योरेन्स कम्पनिमाजीवन बिमा गराएका र बिमा गरेको ६ महिना भित्रै मल्लको अकस्तमात मृत्यु भएक थियो मृतक मल्लको निधन भएपछि उनिकी श्रीमति ज्ञानु मल्ल लाई मुगु शाखका वरिष्ठ अभिकर्ता जय बहादुर मल्लले रकम हस्तान्तरण गरेका हुन । श्रीमती ज्ञानु मल्ल लाई ५ लाख २६ हजार ५ सय रुपैयाको चेक घरमै गहेर हस्तान्तरण गरिएको छ भने प्रस्तावको मुत्यु पश्चात छोरीको चार किस्ता वापर्तको ४४ हजार रुपैया पनी फिर्ता गरीएको छ । कार्यक्रमका वरिष्ठ अभिकर्ता जय बहादुर मल्लले विमा गर्दा फाईदा हुनुका साथै आर्थिक समस्या परेको समयमा पनि काम लाग्ने भएको हुदा सवै ले विमा गरिनु पर्ने बताएका थिए ।