किन म नास्तिक ?
धनकृष्ण बढुवाल (क्षेप्यास्त्र )मुगु
लेखक
लेखक
२५ श्रावण २०७५ शुक्रबार ११ः३०
भगवान वा इश्वरको अस्तित्वमा प्रश्न गर्नु या अस्तित्वहिन परमआत्माप्रति अविश्वास गर्नु नै नास्तिकता हो।नेपालीमा कुनै धर्म या कुनै सिद्धान्तबाहेक अन्य अवस्थामा बाँच्नु गाह्रो पनि हो । तर परम्परागत रूपमा धर्म सस्कृतिलार्इ एकै पाटामा राखेर चलेको समाजमा नयाँ सोच राख्नु पनि चुनौतिपूर्ण छ । म एक जन्मजातै नास्तिक पनि होइन तर समय सँगै मेरो सोचमा भगवानको अस्तित्वमा नै ठूलो प्रश्न उठ्न थाल्यो, समाजमा रहेको रूणिवादी रप्राचीनवादी सोच र यथार्थवादी सोचलार्इ मैले तुलना गर्न थाले ।किन समाजमा रहेका मानिसहरू समाजवादी या कम्यूनिष् (साम्यवादी) हुँ भन्दै समाजमा झन सामाजिक रूपमा परम्परागत कु-काम गरीरहेका छन र उनीहरू किन उही रूढिवादी चिन्तनलार्इ चिर्न सक्दैनन् ? किनधर्मको धन नाममा गोप्य राजनीति पश्चिमा राष्ट्रहरूले नेपालमा गरीरहेका छन? किन सिरिया र मुस्लिमराष्ट्रहरूमा धर्मको नाममा नरसंहार भइरहेको छ? रहस्यवाद र अन्धविश्वास के हो? किन समाजमा ठूलाहरूले सानालार्इ अन्धविश्वासको नाममा दमन गरीरहेकाछन ? यी प्रश्नको जवाफ पछि मलार्इ नास्तिकताले झन प्रेरित गर्यो ।
भगवान वा इश्वरको अस्तित्वमा प्रश्न गर्नु या अस्तित्वहिन परमआत्माप्रति अविश्वास गर्नु नै नास्तिकता हो।नेपालीमा कुनै धर्म या कुनै सिद्धान्तबाहेक अन्य अवस्थामा बाँच्नु गाह्रो पनि हो । तर परम्परागत रूपमा धर्म सस्कृतिलार्इ एकै पाटामा राखेर चलेको समाजमा नयाँ सोच राख्नु पनि चुनौतिपूर्ण छ । म एक जन्मजातै नास्तिक पनि होइन तर समय सँगै मेरो सोचमा भगवानको अस्तित्वमा नै ठूलो प्रश्न उठ्न थाल्यो, समाजमा रहेको रूणिवादी रप्राचीनवादी सोच र यथार्थवादी सोचलार्इ मैले तुलना गर्न थाले ।किन समाजमा रहेका मानिसहरू समाजवादी या कम्यूनिष् (साम्यवादी) हुँ भन्दै समाजमा झन सामाजिक रूपमा परम्परागत कु-काम गरीरहेका छन र उनीहरू किन उही रूढिवादी चिन्तनलार्इ चिर्न सक्दैनन् ? किनधर्मको धन नाममा गोप्य राजनीति पश्चिमा राष्ट्रहरूले नेपालमा गरीरहेका छन? किन सिरिया र मुस्लिमराष्ट्रहरूमा धर्मको नाममा नरसंहार भइरहेको छ? रहस्यवाद र अन्धविश्वास के हो? किन समाजमा ठूलाहरूले सानालार्इ अन्धविश्वासको नाममा दमन गरीरहेकाछन ? यी प्रश्नको जवाफ पछि मलार्इ नास्तिकताले झन प्रेरित गर्यो ।
तत्पश्चात् साम्यवादी पिता
मार्क्स, अराजकवादी नेता बाकुनिन, समाजवादी क्रान्तिका सफल नायक लेनिन, नया जनवादी
क्रान्ति सफलतापूर्वक सम्पन्न गर्ने नेता माओ , भारतीय क्रान्तिकारी
भगतसिंह र अरू अन्य को बारेमा अध्ययन गर्दैजादाँ ति सबै नास्तिक नै थिए ,पछि भौतिकवाद, यथार्थवाद ,
अन्धविश्वास, रूणिवाद, समाजवादी, धार्मिक राजनितीहरूको अध्यान गर्दै जादा जसरी
हामी एक समाजमा जन्म लिन्छौ त्यही पलदेखी हामीलार्इ
धार्मिक शास्त्रका आधारमा सिकाइन्छ कि एक सर्वशक्तिमान परमआत्माले पुरा ब्रह्माण्डको
श्रृजना, पालन पोषण या संचालन गर्छ त्यो सबै एक बकवास भ्रम हो । पछि वैज्ञानिक डा.
स्टेपिन हकिङको जीवनि र उनले लेखेका लेख रचना र किताव (द.व्रिफ हिस्टोरी अफ टाइम)
को बारेमा अध्ययन गर्दै जादाँ मलार्इ झन नास्तिकता प्रति आकर्षित गरायो । अव यति सम्म
लाग्न थाल्यो कि यहाँ या जहाँ कहि पनि बस्तुपरक र भौतिकपरक बाहेक अरु सबै मनुष्यमा थुपारेको सामाजिक भ्रम हो । म
आफै यो प्रश्न प्रष्ट पार्न
चाहान्थे कि सुखि र सम्पन्ता या आनन्दको यो क्षणमा नै म नास्तिक रहन सक्छु या नास्तिक
भइरहने शाहस गर्न सक्छु ।धेरै सोचेपश्चात् मैले यो तय गरेकि अब म कुनै पनि
अव्स्थामा म इश्र्वर या भगवान प्रति कुनै किसिमको भक्ति र विश्वास गर्न सक्दैन ।
परिक्षण र परीक्षाको यो समयमा सामाजिकरूपमा नै परापुर्वकालदेखी चलिआएको इश्र्वर प्रतिको
मनुष्यको विश्वासको नकार्न सहास गर्न पनि सकिन्न ।
इश्र्वरमा विश्वास राख्ने
एक हिन्दु अर्को जन्ममा सुखभोगी, राजा र सबैको लोकप्रियतामा हुने आसा गर्न सक्छ, एक मुसलमान
या क्रिचियन र अरूधर्मका अनुयायीहरू स्वर्गमा सुखी, समृद्धी , आनन्दमय जीवन र धर्म
सम्बन्धि कार्य र सिद्धिले पुरस्कारको कल्पना पनि गर्न सक्छ । तर म के गरू ? विना
कुनै स्वार्थमा यो जीवनको पश्चात् पुरूस्कारको इच्छा र सुखी कल्पना गर्नु नै एउटा
भ्रमात्मक हुनु पनि सक्छ । जुन दिन हाम्रो समाजमा धेरै जसो पुरूष या महिलाहरू आफ्नो सम्पूर्ण जीवन मानविय वा
प्राकृतिक सेवा र पिडित मानव या अन्य प्राणीको उद्धार र सहयोग बाहेक अन्य कुनै
सोच्न नसक्ने अवस्था आयो भने र शोषक, सामान्ति, उत्पिडन दिनेहरू र
अत्याचारीहरूलार्इ चुनौति दिन उत्प्रेरित हुन्छन भने त्यो दिनबाट मुक्तिको
युगको शुभारम्भ हुनेछ, जहाँ मृत्योपरान्त स्वर्गमा उनिहरू कुनै सुखी, अर्को जन्ममा
लोकप्रिय र कुनै किसिमको स्वर्गमा पुरूस्कारको इच्छा हराउने छ ।
मृत्योपरान्तको काल्पनिक
सुखको लागी अमुल्य जीवनभर मानवीय सेवा भन्दा अस्तित्वमा नै नरहेको इर्श्वरको
सेवामा लिप्त ति परम्परावादी विचार बोकेकाहरूलार्इ यदी कसैले त्यो भन्दा नी
बस्तुपरक र सत्यपरक या भौतिकवादी विचारमा जोड दिनुहोस् भन्यौ भने सामाजिक घृणित हुन
सक्छ , या त त्यो मान्छे मुर्ख हुन सक्छ । सामाजिक परम्परा हुदैँ ती मानिसहरूको
भावना र हृदयमा यस्तो प्रकारको छायाँ पर्न सुरू गरेको हुन्छ कि त्यो मानवको स्वयं आफूमा भरोसा र आफूमा आसा हराउँदै गएको हुन्छ,
उसले सबै भरोसा र आसाहरू इश्र्वरको भरमा पुर्नजन्म र अर्को संसारमा या कल्पनामा मात्र देखेको
हुन्छ र उसले स्वयंमा भरोसा वा आसा राख्ने मानिसलार्इ सधै
अहंकारीको संज्ञा दिन पनि सक्छ । आफूमा भरोसा, आलोचना दिनु वा लिनु र स्वतन्त्र विचार एक
क्रान्तिकारीको लागी सबै अनिवार्य गुण हुन्छन ।
हामीहरूका पुर्खाहरूले पनि
कुनै पनि अस्तित्वहिन परम आत्मा प्रति विश्वास लिएका थिए र लिदै आएका छन, यदी कोही कुनै
व्यक्तीहरूले त्यो परम आत्माको सत्यता, विश्वास र परम आत्माको अस्तित्वमा चुनौति दिने कोसिस गर्यो भने
त्यसलार्इ विश्वासघाती, अंहकारी या नास्तिकको संज्ञा दिनु पनि स्वभाविक नै हो ।
यदी त्यो मनुष्यको विचार अकाट्य या सार्थकपूण छ या इश्वर्रबाट हुने प्रकोप वा
विपत्तिको डर देखाए पनि जो कठोर हुन्छ त्यसलार्इ सामाजिक रूपमा नै निन्दा गर्नु
पनि स्वभाविक हो । हो, मलार्इ थाहा छ की जीवनमा हुने अनेकौ कष्ट, दुखः
या सुखमा इश्वर या भगवानको आस्ताको साहाराले जीवन सहज र बोझ हल्का हुन सक्छ तर
मेरो यथार्थवादी चिन्तनले मलार्इ त्यो साहारा लिने अवस्था मलार्इ दिन सक्दैन । म
प्रकृतिमा बुद्धि र विवेकको सहयोगले यथार्थवादी या भनौ भौतिकवादी भएरै बाच्न चाहान्छु, सफलता
त संयोग र प्रकृतिमा निर्भर हुन्छ , कोही व्यक्तिमा अलिकति विवेक छ, र उ वातावरणको
तार्किक रूप लार्इ बुझ्न चाहान्छ, जहाँ त्यसको कुनै प्रमाण छैन त्यहाँ
दर्शनशास्त्रको महत्व हुन्छ । हाम्रो पुर्खाले विश्व, व्रह्माण्डको रहस्य , यसको
भुत, बर्तमान र भविष्यको बारेमा, कहा , कसरी, कहिले भन्ने बुझ्ने प्रयास गरे तर
तार्किक प्रमाणको कमि र अभावले गर्दा हरेक व्यक्तिले यस प्रश्नको आफ्नै तरिकाले हल गरे ,
त्यही कारणले यहाँ विभिन्न धार्मिक मतले मनुष्यमा विभिवता र भिन्नता पैदा गर्यो, र
यो कहिले धार्मिक दन्दको रूपमा विश्वमा देखा परिसकेको पनि छ ।
यहाँ न त पूर्व या पश्चिमको दर्शनमा मात्रै
अन्तरमत कहाँ छ ? यहाँ त फरक परिवेशअनुसारको धर्ममा फरक मत छ । पुर्वी समाजका
धर्ममा इस्लाम तथा हिन्दुमा एक पनि अनुरूपता छैन, बौद्ध र जैन धर्ममा पनि आर्यसमाज र सनातन धर्ममा नै
फरक मत पाइएको छ । पहिला एक स्वतन्त्र विचारक चार्वाक थिए, जस्ले इर्स्वरको
अस्तित्वलार्इ पहिलाकै समयमा नै चुनौती दिएका थिए ।आधुनिक समाजमा अब केवल विश्वास र
अन्धविश्वास मात्र खतरानाक हुनसक्छ। यसले मस्तिष्कको सोच र मानिसलार्इ प्रतिक्रियावादी
बनाउने गर्छ, जो मानिस आफुलार्इ यथार्थवादी हुँ भन्ने दावा गर्छन उनीहरूले समस्त
प्राचीन रूढीवादी विश्वासलार्इ चुनौती दिन जरूरी छ । ति प्राचीन मतभेतहरूलार्इ आधुनिक विज्ञानको आधारमा कस्न जरूरी पनि छ तब
नयाँ दर्शको स्थापनाको लागी प्राचीन रूढीवादलार्इ धराशायी बनार्इ केही पुरानो
विस्वासलार्इ पनि प्रयोग गरी पुनर्निमाण गर्न सकिन्छ । मलार्इ पुरा विश्वास छ कि,
एक चेतनशिल परम आत्मा, जो प्रकृतिको गतिमान गर्न सक्छ भन्ने रूणिवादी चिन्तन छ त्यस परम आत्माको कुनै अस्तित्व नै
छैन । हामीले परम आत्मामा हैन प्रकृतिमा विश्वास गर्नु पर्छ र प्रकृतिलार्इ दिशा निर्देशन गर्ने
कुनै चेतन शक्ति यहाँ छैन त्यो केबल हामीमा परम्परागत रूपमा थुपारीएको
अन्धविश्वासनीय दर्शन मात्र हो ।
हाम्रो आस्तिकहरूसँगको प्रश्न, यदी तपार्इलार्इ विश्वास छ कि
एक सर्वशक्तिमान, सर्वव्यापक र सर्वज्ञानी भगवान छ, जस्ले विश्व या ब्रह्माण्डको
रचना गर्यो, तार्किक रूपमा उसले यो ब्रह्माण्डको रचना किन गर्यो? असंख्यक कष्ट र
दुखले भरिएको दुनियाँ, एक बाट अर्को शोसित हुने दुनियाँ, कोही कोहीबाट या भनौ प्रकृतिबाट पनि सन्तुष्ट
छैन , के उसको यही नियम हो? यदी उ कुनै
नियमबाट बाधिएको छ भने उ सर्वशक्तिमान हुदैँ हैन । उ पनि हामी मानव जस्तै नियमको
दास नै हो । के उसले विभिन्न रचना गर्नु उसको मनोरन्जनको लागी हो ? उसको इतिहासमा
कस्तो र कुन स्थान छ? उसलार्इ इतिहासकारहरू कुन नामबाट सम्वोधित गर्छन? उदाहरणको
लागी एक चङ्गेच खानले आफ्नो मनोरन्जनको लागी हजारौलार्इ मार्यो र हिटलरले आफ्नो निहित स्वार्थका लागी
लाखौ मानिसलार्इ मार्यो र आज हामी सबै उनिहरूको नाम
देखीनै घिणा गर्छौ , तब तपार्इहरूले कसरी आफ्नो इश्वर लार्इ न्यायोचित ठहराउनु भयो? जहाँ हरेक
दिन, हरेक घण्टा, हरेक मिनेट र हरेक पल कोही कसैले दुखःको सामाना गर्नु परेको
हुन्छ त्यसमा आफैले रचना गरेकाहरूले दुखः पाएको त्यो इश्वर हेर्न चाहान्छ त? आफ्नो छोरा छोरीले दुखः पनि
पाएको कोही आमाबाबुले सहन सक्छन त? के इश्वरले धर्मकर्म या राम्रो काम गर्नेलार्इ
पुरूस्कार या स्वर्गमा सुख र गल्ती वा अपराध, पाप गर्नेलार्इ दण्ड दिएको तार्किक
इतिहास छ? अब त्यस्तो भगवानलार्इ कहिले सम्म ठीक मान्न उचित हुन्छ, हाम्रो शरीरमा
त्यसैले घाउँ पार्छ कि पछी आरामदायी मलहम लगाउनको लागी? त्यसैले म प्रश्न गरी
रहेको छु कि त्यो चेतन परम आत्माले यो विश्व र त्यसमा मनुष्यहरूको रचना किन
गर्यो? मुसलमान र इसार्इहरूले पुर्वजन्ममा विश्वास गर्दैनन् जहाँ हिन्दुले विश्वास
गर्छन कि हालको प्रत्यक्ष निर्दोष व्यक्तिको कष्टमा उसको पूर्वजन्मको कर्मको फल हो
। महलमा बस्ने देखी झुपडीमा बस्नेहरू, पुजीँपति देखी गरीवीको जीवन जिउने हरू, शोषक
सामान्ती देखी श्रमजीविहरूको फरक किन? किन कोही श्रमजीविहरूको रगत चुसेर आलिसान विलाशी जीवन वितार्इ
रहेका छन? किन श्रमजीविहरू आत्महत्या गर्न मजवुर छन? किन एक मानवले अर्को मानको
श्रम, शरीर शोषण गरीरहेको छ? किन करोडौ महिलाहरू आफ्नो शरीर बेचेर बाच्न
बाध्य छन ? किन मानिसहरू मा विभेद र भिन्नता? दलित, महिला, जनजाती, पिछडिएको,
अपांग र गरिवी भएर जन्मिनु कस्को दोष? मलार्इ यो लाग्छ कि, यहाँका पुर्खाहरू धेरै
चलाख व्यक्ति हुदाँ हुन, त्यसैले उहाहरूले समाजमा यस्ता सिद्धान्त बसाले कि जस्मा
अविश्वासका सबै प्रयासलार्इ विफल पार्न सक्ने शक्ति "डर"लार्इ उत्पति गराएका रहेछन
। जहाँ प्रगतिशिल विचारलार्इ प्रतिकार र निन्दा गरिन्छ, खै इश्वरले मानव सुधारका
लागी कति पटक मौका दिएक इतिहास छ । धार्मिक सैद्धान्तिक आधार बाहेक पापी कर्मले गर्दा पुर्वजन्म या अर्को
जन्ममा गधा या कुकुर भएर जन्मेको तार्किक उदाहरण मैले अहिले सम्म भेटाएको छैन,
सायद भेटिदैन होला । सत्यपरकमा दुनियामा सबै भन्दा ठूलो पाप मनुष्यलार्इ गरीव
बनाउनु या गरीव घरमा जन्म दिनु हो यसको सजाय या दण्ड इश्वरले पाएको इतिहास छ कि
छैन? कसैले विश्वको दर्जनौ देशहरूमा पढाइ गरेर सुखी जीवन विताइरहेका हुन्छन, र गरीविबाट
हुर्केका मानिसहरू सरकारी स्कूल पढ्न पाउने अवसरबाट पनि बञ्चित छन , किन? विभिन्न
साम्प्रदायका मानिसहरू तिरस्कृतको जीवन वितार्इ रहेका छन त्यसमा कस्को दोष?
त्यसैले म सर्वशक्तिमान परम आत्मालार्इ मान्न अस्वीकार
गर्दछु , म नास्तिक यसैले बनिन् कि म अभिमानी हुँ , पाखण्डी या निरर्थक हुँ , न म
स्वयं परम आत्मा हुँ । इर्श्वरमा विश्वास गर्ने एक हिन्दुँ अर्को जन्ममा एक राजा बन्ने आसा गर्न सक्छ, एक मुसलमान
या इसाइलार्इ स्वर्गमा भोगविलास पाउने इच्छा हुन सक्छ, उसलार्इ उसको कष्ट र त्याग
बलिदानको बदला पुरूस्कृत हुने आसा हुन पनि सक्छ । तर मलार्इ के को आसा म त केवल एक यथार्थवादी भौतिकवादी चिन्तन लिएर बाचेको
मान्छे मलार्इ त यति मात्रै थाहा छ कि मृत्यु अन्तिम सत्य हो र मृत्योपरान्त न
मेरो शरीर रहन्छ न ही मेरो आत्मा नै सबै ध्वस्त हुनेछ बाँकि रहने छ त केवल जीवनमा
गरेक राम्रो र नराम्रो कामहरू र मेरो व्यक्तित्व । मेरो यो तर्कलार्इ झुठो र तार्किकहिन भन्न पनि
सक्छन तर यसलार्इ सत्य र तार्किक बनाउन पनि सम्भव छ , किनकी तर्क एउटा जीवनको मार्गदर्शक हो। तर अन्धविश्वास धेरै घातक हो, त्यो एक व्यक्तिको सोच्न सक्ने शक्तिको नष्ट गर्न सक्छ । अमेरीकाले विश्वमा इश्वरको कारणले आफ्नो अस्तित्व सर्वशक्तिमान को रूपमा प्रस्तुत गरेको होइन उसले हतियार, सेना, विज्ञान प्रविधि र अर्थतन्त्रको आधारमा आफ्नो शक्तिमानको क्षवि बनाएको हो ।


