Advertise here
कर्णालीको कला सस्कृती लाई चिनाउनक कर्णालीका स्रस्टा राजधानीमा गुन्जिदै
Advertise here

हरि लाल नेपाली
 माघ १० मुगु
आउदो माघ १२ गते कर्णालीका स्रस्टा राजधानी काड्माडौमा साहित्य भाषमा आफनो प्रस्तुतिका साथ गुन्जिने भएका छन । कर्णालीको रहन सहन,कला सस्कृती धार्मिक मौलिक धरोहर को संरक्षण र सम्बर्धन गरि पर्यटन क्षेत्रको बिकास र प्रचारको लागि कर्णालीका सष्टा काड्माडौमा गुन्जिने भएका हुन । रारा साहित्य प्रतिस्ठान को आयोजना र कर्णाली कला सस्कृती प्रतिस्ठानको सम्वनयमा राजधानी को भृकुटीमण्डपमा स्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा बृहत् सयुक्त रचना बाचन कार्यक्रम का कर्णालीका सष्टाले गजल गित मार्फत देस बिदेसमा कर्णाली लाई चिनाउने रारा साहित्य प्रतिस्ठानका बरिस्ठ सल्लाहकार तथा नेपाल सास्कृतिक संघका केन्द्रिय सदस्य साहित्यक सर्जक हिक्मत शाही(क्षितिज )जनाकारी दिनुभयो ।उनका अनुसार गहेका बर्षहरुमा पनी कर्णालीको पर्यटज, मोलिक भाषा लाई संरक्षण तथा प्रचार प्रसार गर्न कर्णाली गुन्जन मार्फत थुप्रै कार्यक्रम गर्दै आएको शाहीको भनाई छ । कर्णालीको बास्ताविक पहिचानका बारे यस्ता साहित्य कार्यक्रम गदै गहेमा  कर्णाली को सपना साकार गर्न र कणार्लीको कला लाई देश तथा बिदेशमा चिनाउने ठूलो मदत पुर्याउने कर्णाली कला सस्कृती प्रतिस्ठानका अध्यक्ष निर्मोही सन्कल्पले बताए ।कार्यक्रममा बिभिन्न किसिमका रचना गजल साहित्य प्रस्तुग गरीने आयोजकर   रारा साहित्य प्रतिस्ठानले जनाएको छ । रचना बाचन तर्फ कमल बुढा (कोपिला)हिक्मत शाही(क्षितिज ),निर्दोष क्षेत्री (अतीत),निर्बाचन देबकोटा(निरास),बिमला पोखरेल,ॐ भोलामान बोगटी र गायन तर्फ अन्तरास्ट्रिय ख्याती प्राप्त गायिका टीका पुन,कर्णाली कि गहना इरानी सुन्दरी भाम,गायक बिज्ञान रोकाया लगायत थुप्रै कलाकारको प्रस्तुती रहने  जनाईएको छ  । यसै बिच रारा साहित्य प्रतिस्ठानका अध्यक्ष दलु बुढा( निस्चल) राजधानी मा रहनु हुने सम्पुर्ण कर्णाली बासी र देस भरिका साहित्य लाइ माया गर्ने साहित्य प्रेमीहरु उपस्तिथि भै कार्यक्रम उपस्थित जनाईदिन  आग्रह गरेका छन  

Advertise Here