Advertise here
बिद्यार्थीको क्षमता बिकासका लागी अतिरिक्त कृयाकलाप
Advertise here


नन्दबहादुर रोकाया
पुस ०८ मुगु
हिमाली जिल्ला मुगुका बालबालीका तथा बिद्यार्थीको शैक्षिक संगै खेलकुद क्षेत्रको बिकास गर्न बिभिन्न गैर सरकारी सस्थाले काम गदै आएका छन । त्यस मध्ये बिगत लामो समय देखि शैक्षिक क्षेत्रमा लगानी गदैका आएका दुई सस्था किर्डाक नेपाल मुगु र गुडनेर्वश ईन्टरनेशन्ल को सहकार्यमा बिद्यार्थीको क्षमता बिकासका लागी खेलकुद लगायत अतिरिक्त त्रृmयाकलाप सञ्चालन गरी सकिएको छ ।


गहेको मंसिर २९ गते सोरु बाट सञ्चालन गरीएको अतिरित्त कृयाकलाप पुस ५गते छायाँनाथ रारा नगरपालीकामा सञ्चालन गरी सकिएको हो । गुडनेर्वश ईन्टरनेशन्ल को आर्थिक सहयोग , 

किर्डाक नेपाल मुगुको आयोजना तथा सम्बन्धित पालीकाको समन्वयमा मुगु जिल्लाका चार वटै स्थानीय तहको समन्वयमा अन्तर बिद्याालय स्तरीय अतिरिक्त कृयाकला सकिएको छ ।
 मुगु जिल्लाका चार वटा स्थानीय तह छायाँनाथ रारा नगरपालीका ,खत्याड गाउँपालीका ,सोरु गाउँपालीका र मुगुमकामरोगं गाउँपालीकाममा  पालीका स्तरीय अन्तर बिद्यालय अतिपरिक्त कृयाकलाप सकिएको जनाईएको छ ।  
अन्तर बिद्यालय स्तरिय अतिरिक्त कृयाकलापमा सोरु गाउँपालीकामा निमावि र मावि गरी ८ बिद्यालय कामारोगंमा ४ निमावी खत्याडमा १४ निमावि मावि र छायाँनाथ रारा नगरपालीका भित्रका १५ मावि निमावि गरि ४१ बिद्यालयका ६ सय भन्दा बढी बिद्यार्थीले अतिरित्त कियाकलापमा सहभागीता जनाएका किर्डाक नेपाल मुगुका कार्यक्रम संयोज टेक बहादुर शाहीले जानकारी दिए । 
उनका अनुसार बिद्यार्थीको शैक्षिक संगै अन्य क्षेत्रको बिकासका लागी पालीका स्तरीय अतिरित्त  कृयाकलाप संञ्चालन गरेका शाहीको भनाई छ ।  

अत्तिरित्त कृयाकलापमा  चित्रकला , छात्रा,छात्र पन्ध सय,चार सय  एक सय मिटर दौड,वक्तृत्वकला,निबन्ध,कविता लेखन र वाचन ,कम्प्युटर सिप, अग्रेजी स्पिलिङ र हाजिरिजफाव गरी बिभिन्न ८ बिधा मा प्रतिस्पर्धा गराईएको थियो ।

चार वटै स्थानीय तहमा कार्यत्रलम सञ्चालन गर्दा १३ लाख बराबरको रकम खर्च भएको किर्डाक नेपाल मुगुले जनाएको छ ।

Advertise Here