Advertise here
जुम्ला रारा अल्ट्रा म्याराथुन खेलाडी लाई पुरस्कार बितरण
Advertise here


शान्तिमाया खत्री 
असार २९ जुम्ला
गहेको असार २७ गते भएकोे जुम्ला रारा अल्ट्रा म्याराथुनका प्रतियोगि खेलाडीहरु लाई आज सम्मानका साथ  पुरस्कार बितरण गरीएको छ । अल्ट्रा म्याराथुनको समापन तथा खेलाडी बिदाई कार्यक्रमको अबसरमा उनिहरुलाई पुरस्कार बितरण गरीएको हो । 
प्रतियोगितामा केटा तर्फ क्रमश दुर्गा बहादुर बुढा , धिर बुढा र धमेन्द्र भण्डारी प्रथम,द्धितिय र तितृय भएका थिए  भने यस्तै केटी तर्फ  सुनमाया बुढा, राममाया बुढा र हिमाली रावल प्रथम,द्धितिय र तितृय आएका थिए ।
 सदरमुकाम जुम्ला खलंगाबाट शुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड बुढाले पाँच घण्टा १९ मिनेट ४९ सेकेण्डमा पुरा गरी प्रथम हुनुभएको हो ।
पाँच घण्टा २८ मिनेट ३२ सेकेण्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय र पाँच घण्टा ३२ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी धमेन्द्र  भण्डारी तृतीय  भएका थिए 
यसैगरी, महिलातर्फ छ घण्टा ३४ मिनेट ४९ सेकेण्डमा अन्तिम बिन्दु रारातालको हुटुमा पुगेर सुनमाया बुढा प्रथम, छ घण्टा ५९ मिनेट ४३ सेकेण्डभित्र पार गरी राममाया बुढा द्वितीय र सात घण्टा १० मिनेट १७ सेकेण्डमा पार गरी हिमाली रावत तृतीय हुनुभएको छ ।
प्रतियोगितामा प्रथम,द्धितिय र तितृय आउने खेलाडीलाई क्रमश ५० हजार ३० हजार र २० हजारका दरले पुरस्कार बितरण गरीएको कर्णाली खेलकुद कल्ब जुम्लाले जनाएको छ । अन्य टप टेन भित्रका खेलाडीलाई सम्मानका साथ रु २ ̸ २ हजार पुरस्कार प्रदान गरीएको कर्णाली खेलकुद कल्बका अध्यक्ष सरोज शाहीले बताए 
यसैबिच कार्यक्रममा कार्यक्रमा बोल्दै उद्योग वन तथा प्रर्यटन मन्त्रालय कर्णाली प्रदेशका शाखा अधिकृत महेश कुमाईले खेल क्षेत्रको बिकासका लागी मन्त्रालयले बिशेष बजेटको व्यवस्था गरेको बताएका छन ।
प्रर्यटन प्रवद्धनको लागी खेल क्षेत्रको नै महत्वपुर्ण भुमिका रहने भएको हुदा सबैले खेल क्षेत्रलाई महत्व दिनु पर्ने उनले बताए ।  यता कल्बका उपाअध्यक्ष रोशन क्षेष्ठ , कल्बका सदस्य महेन्द्र कार्की लगायतका अन्य खेलाडी हरुले जुम्ला रारा अल्ट्रा म्याराथुन बाट थप हौसला मिलेका बताएका छन । 
समापन तथा खेलाडी बिदाई कार्यक्रमको अबसरमा प्रथम आएका पुरुष खेलाडी दुर्गा बहादुर बुढाले खेल क्षेत्रको बिकासको लागी रु ५ हजार रुपैया हरी रोकाया पाउन्डेशन लाई सहयोग गरेका छन । धावक हरी रोकाया जस्तै सर्याै व्यतिm जुम्लामा उत्पादन गर्न सक्नु पर्ने उनले जोड दिएका छन ।  

Advertise Here