Advertise here
मुगुमा यसरी मनाईयो संविधान दिवस (७ तस्विरमा हेर्नु होस )
Advertise here

असोज ३ मुगु 
आज मुगु सहित देशैभर संविधान दिवस भब्यरुपमा मनाईएको छ । संविधान दिवस ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा मुगु सहित देशैभर विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनार्इँको हो । संविधान दिवस मुल समारोह समितिको आयोजनमा मुगु सदरमुकाम गमगढीमा प्रभातफेरीको आयोजना गरेर संविधान दिवस मनाइएको थियो । मुगु सदरमुकाम गमगढी स्थित अदातलतचोक बाट शुरु भएको र्याली बजार परिक्रमा गरेर प्रावाधिक कार्यलयमा पुगेर कार्यक्रमको आयोजना गरिएको थियो ।  प्रभातफेरी र्यालीमा समन्वय समितिका उप प्रमुख कर्णशिला मल्ल ,जिल्ला न्यायधिस जवाहर प्रसाद सिहं , छायाँनाथ रारा नगरपालीका मेयर हरिजंग शाहि, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगुका सभापती ंएवम केन्द्रीय सदस्य तिलक बहादुर मल्ल लयायत कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।







Advertise Here