काँग्रेसमा आन्तरिक सुदृढिकरणको खाँचो
रारारैवार सवांददाता
फागुन १३ मुगु
नेपाली काँग्रेस भित्र आन्तरिक लोकतन्त्रको अभ्यास नहुँदा अहिले चौतर्फी क्षेत्रबाट लोकतन्त्र समाप्त पार्ने खेल भई रहेकाले काँग्रेस भित्रै लोकतान्त्रिक पद्धतीको विकास हुनु पर्ने काँग्रेसका जिल्ला स्तरिय नेताहरुले बताएका छन ।
सोमवार काँग्रेसका पुर्व महामन्त्री महेन्द्र नारायण निधीको ९७ औ जन्म जयन्तीका अवसरमा महेन्द्र नारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्र माथीका चुनौती र यसका सामना विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले त्यस्तो बताएका हुन ।
लोकतन्त्रको हिमायती बताउने काँग्रेस भित्र अहिले गुट उपगुट सिर्जना भएको, पदिय लोलुपताले पुस्तान्तरण हुन नसकेको , पाटीको संस्थागत हित भन्दा व्यक्ति र नातावाद हावी भई नैतिकता र अनुशासन समेत कायम हुन नसक्दा लोकतन्त्र माथी थप चुनौति थपिदै गएकाले
अव काँग्रेसले लोकतन्त्रको संस्थागत विकासका लागि आन्तरिक सुदृढिकरण नगर्दासम्म लोकतन्त्रको रक्षा गर्न नसकिने नेपाली काँग्रेस मुगुका कार्यवाहक सभापति खगेन्द्रबहादुर मल्लले बताए ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी संघका तिर्थराज शाहीले काँग्रेस आफै अलोकतान्त्रिक बाटोमा हिड्दा देशमा भष्ट्राचार , अनियमितता मौलाउदै गएको र लोकतन्त्रको विरोधी मानिएका वाम शक्तिहरुको दुई तिहाई बहुमतको सरकारले संसदिय व्यवस्था माथी नै हमला गरि रहँदा प्रतिपक्ष काँग्रेस आन्तरिक विवादमा नै अल्झि रहेको बताए ।
अब केहि महिना भित्रै मुगु काँग्रेसले आफना सबै भातृ संगठन र पाटी पंक्ति कार्यकर्तालाई प्रशिक्षित गरि लोकतन्त्रको संस्थागत विकासका लागि घरदैलो अभियान सञ्चालन गर्नु पर्ने , जिल्लामा देखिएका अनियमितता, भ्रष्टाचारका विरुद्ध खबरदारी गर्नु पर्ने महेन्द्र नारायण स्मृति प्रतिष्ठान मुगुका अध्यक्ष प्रकाशकुमार शाहीले बताए ।
