Advertise here
नेपाल रेडक्रस कर्णाली प्रदेश स्तरीय कार्यालय स्थापना
Advertise here


रारा रैवार सम्वाददाता
चैत १० मुगु
नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश स्तरीय कार्यालय स्थापना गरिएको छ । आईतबार एक औपचारी कार्यक्रमको आयोजना गरी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल रेडक्रस सोसाईटीको कार्यलयको स्थापाना गरीएको हो 
कार्यालयको उद्घाटन नेपाल सरकारका कर्णाली प्रदेश प्रमुख माननीय श्री दुर्गा केशार खनालले गर्नु भयो । सो कार्यक्रम को सभापतित्व कर्णाली प्रदेश संयोजक तिलक ब मल्लले गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाईटीले हरेक दिन दुखिको सहयोग गदै समाजरुपान्तरणमा उल्लेखिए भुमिका खेलेको स्थानीयको भनाई छ ।

कणार्लीका सबै जिल्लामा शाखा कार्यलय रहेपनी प्रदेश स्तरीय कार्यलय नभएको र आज एक औपाचरी कार्यक्रम गरी प्रदेश स्तरीय रेडक्रसको कार्यलय स्थापाना गरीएको कर्णाली प्रदेशका संयोजंक तिलक बहादुर मल्लले जानकारी दिनुभयो ।

 उनका अनुसार आजै प्रदेश कार्यसमितिको पहिलो बैठक बसेको समेत बताउदै  आगमी चैत १९ र २० गते  कर्णाली प्रदेश स्तरीय अधिवेशन गर्ने निर्णय समेत गरीएको मल्लको भनाई छ  ।

Advertise Here