Advertise here
अटोको यात्रा गदै अपांग पुगे मुगु
Advertise here


रारा रैवार सम्वाददाता
चैत १७ मुगु

गरे के हुदैन भन्ने आत्मबिश्वास बढउन सात जना शारिरिक रुपमा अपांग भएका ब्यक्ति अटोको यात्रा गदै मुगु पुगेका छन । सडक दुर्घटना न्युनिकरणको मुद्धा बोकि जुम्लापछी ३९ औ जिल्लाकारुपमा आईतबार अपांगता भएका कलकार मुगु पुगेका हुन । 

 राष्ट्रि अपाङ्ग सास्कृतिक प्रतिष्ठान काड्माडौको टोलि जिल्ला जिल्लाका ट्राफिक कार्यलय संग सहकार्य गरी बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न सहयोग पुगोस भन्ने उदेश्यका साथ आज मुगु पुगेका छन । 

अपांगता भएका ब्यक्तिले पनी समाज रुपान्तरणमा योगदान दिन सक्छन भन्ने धारणा बोकि जोखिम सडक मा अटोको यात्रा गरी मुगु पुगेका राष्टिय« अपाङ्ग सास्कृतिक प्रतिष्ठानका संयोजक आकाश विरहि कान्छाले बताउनुभयो ।
 देशभरी सडक दुर्घटना न्युनिकरण र अपांगताको हक अधिकारका बिषय जिल्ला जिल्लामा सास्कृतिक कार्यक्रम गदै ३९ औ जिल्लाका रुपमा मुगु पुगेको राष्ट्रि अपाङ्ग सास्कृतिक प्रतिष्ठानका संयोजक कान्छाको भनाई छ । 
उहाँका अनुसार प्रदेश नम्बर १ को ताप्लेजुङको पाथिभारा देविको दर्शन गरेर शुरु भएको देश दौडा यात्रा  आज पुगु पुगेको उहाँको बताउनुभयो ।

 मुगुमा पनी लक्षीत समुदायमा क्षमता अभिबृद्धिका साथै, बढ्दो सडक दुर्घटना न्युनिकरणका बिषयमा सास्कृतिक कार्यक्रम गरीने संयोज विरहिले बताउनुभयो । कार्यक्रम मंगलबार सदरमुकमा गमगढीको कृष्ण चोकमा गरीने जनाईएको छ ।

Advertise Here