Advertise here
कर्णाली प्रदेशका कन्दीलाई पुस्तक
Advertise here




दिलमाया शाही
जुम्ला  चैत्त १०
कर्णालीका दस वटै जिल्लामा पुस्तकालय स्थापनामा जुटेको नेपाल प्रहरीले अहिले कारागार भित्र पुस्तक क्लव गठन गर्न थालेको छ । जुम्ला कारागारमा गगनबहादुर शाहीको संयोजकत्वमा ७ सदस्यीय पुस्तक क्लव गठन गरिएको हो । कर्णाली प्रदेशका डिआईजी महेशबिक्रम शाह,चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे लगायतको टोलीले पुस्तक क्लवमा आवद्धलाई अबिर लगाएर औपचारीक रुपमा घोषणा गरेका हुन । 

कारागार भित्र औपचारीक कार्यक्रम गरेर पुस्तकालयको निरिक्षण र पुस्तक क्लव गठन गरिएको जुम्लाका प्रहरी प्रमुख डिएसपी सिताराम रिजालले जानकारी  दिनु भ्एको छ । 

 उहाका  अनुसार पुस्तकालयमा सात सय बढि पुस्तक संकलन भईसकेका छन् ।  डिआईजी शाहले कर्णालीको जुम्लाबाटै कारागारमा पुस्तकालय निर्माणको सोचको बिकास भएको बताउनु भयो , उहाले पुस्तक क्ल्व पनि जुम्लाबाटै गठन गर्न थालिएको बताउनु भयो  ।  

एक कारागारमा दुई हजार भन्दा कम पुस्तक नहुने उहाले बताउनु भयो  ,। उहाले भन्नुभयोअहिलेका कैदीबन्दी पुस्तक पढेर असल नागरिकका रुपमा पुनरस्थापित हुनेमा आशा गरेका छौ । 

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले स्थानीय सरकारले सुधारगृहलाई गर्न सक्ने सहयोग गरिने बताउनु भयो  । उहाले भन्नुभयो ,हरेक सकारात्मक परिबर्तनका लागि साथ र सहयोग दिन तयार रहेको  छु ।उहाले  कैदीबन्दीको सकरात्मक परिबर्तनका लागि स्रोत साधनले भ्याए सम्मको साथ दिने प्रतिबद्धता जनाउनु भयो । 

 प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पठन संस्कृतिको बिकास गर्न कर्णालीका प्रत्येक कारागारमा पुस्तकालय निर्माण गरिएको बताउनु भयो । उहाले भन्नुभयो  पठन संस्कृतिले जीवन रुपमान्तरणको यात्रामा लैजान सकिनेमा दुईमत छैन् ।सकरात्मक सोचको विकास गर्न, ज्ञान सिपको आदान प्रदान गरी असल नागरिक बन्न प्रेरित गर्नेमा ढुक्क रहेको बताउनु भयो ।

ईतिहास,राजनिति,कानुनी, साहित्यीक र मानव जीवनमा लागु हुने प्रकारका पुस्तक कारागारमा राखिएको छ ।  प्रमुख जिल्ला अधिकारी बञ्जाडेले  कर्णाली प्रदेशका कैदी बन्दी परिर्बतनका संवाहक हुने छन भन्ने सन्देश विश्वभर फैलाउने कार्यमा अग्रसर हुन आग्रह गर्नु भयो ।

कर्णाली प्रदेशका दस वटै जिल्लामा चैत २३ गते एकसाथ पुस्तकालय उद्घाटन हुने छन् । पुस्तकालय स्थापना भएर पुस्तक क्लब गठन भएपछि कैदीबन्दीमा नयाँ उत्साह थपिएको जेलर टंकराज न्यौपानेले जानकारी दिनु भएको छ । उहाका  अनुसार पुस्तक पढ्नको लागि पटक पटक कैदीबन्दीले माग गरिरहेका थिए । झण्डै दुई बर्षको अन्तरालमा पुस्तक पढ्न पाउने सपना साकार भएकोमा  उहाले खुसी ब्यक्त गर्नु भयो ।


Advertise Here