Advertise here
प्रहरी भवन शिल्यानस
Advertise here

हरिलाल नेपाली 
जेठ ०६ मुगु
जिल्ला प्रहरी कार्यलय मुगुको नयाँ निमार्ण हुन लागेको भवनको शिल्यानस गरिएको छ ।  कणाली प्रदेश प्रहरी प्रमुख महेश विक्रम शाहाद्धारा सोमबार भवनको शिल्यानस गरिएको हो । 
कर्णाली प्रदेश सरकारको २ करोड ६५ लाख ८९ हजार ५  सय ३७ लागतामा १९  कोठाको नयाँ भवन निमार्ण गरिने  जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ  । 

कणार्ली प्रदेशका १४ वटा स्थानमा प्रहरी भवन र युनिट यो बर्ष बाट निमार्ण कार्य अगाडी बढ्ेका कणार्ली प्रदेश प्रहरी प्रमुख शाहाले जानकारी दिनुभयो । 

शिल्यानश कार्यक्रम बोल्दै प्रदेश प्रहरी प्रमुख शाहाले देशमा तिन तहको सरका गठन भएको छ । देश संघिय संरचनामा गहेकाले जनप्रनिधि पनी राष्टसेवक भएको बताउनुभयो । एक राष्टसेबकले अर्को राष्ट सेवक लाई भवन निमार्ण देखी अन्य संरचना निमार्णमा सहयोग गर्न अनुरोध समेत गरेका छन ।

 प्रहरी लाई पनी अपराध , अनुसन्धानको काममा कटीबद्ध भएर लाग्नु निर्देशन दिनुभएको छ । समाजमा हुने अपराधिक क्रियकलाप  लाई नियन्तत्रण गर्नमा प्रहरीले रात्त दिन नभरी खट्न निदेशन दिएका छन । 

 भवनको निमार्ण कार्य धुलिखेल निमार्ण सेवाले जिम्मा लिईएको र भवन निमार्ण कार्य एक बर्ष भित्र सकिने  जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

Advertise Here