सिमा मिचिएको भन्दै मुगुमा पनी विरोध प्रर्दशन

हरिलाल नेपाली
कार्तिक २१ मुगु
भारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा आज यहाँ प्रर्दशन गरिएको छ ।मुगु जिल्ला स्थित रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत विरुद्घ चर्का चर्का नारा लगाउदै सदरमुकाम गमगढी बजार परिक्रमा गदै विरोध प्रर्दशन गरिएको हो ।पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भुभाग एक ईन्च पनि गुमाउन हामी चाहदैनौ राज्यले आदेश मात्र देओस हामी मर्न पनि तयार छौ । रारा क्याम्पस स्वतन्त्र विद्याथी युनियनका सभापती चन्द्र प्रकाश मल्लले बताए ।कालापानी,लिपुलेख मात्र हाईन नेपालको साविकको नक्शा नै विग्रने गरि भारत र चिनले मिचेका नेपालका अन्य भुभागको समेत कुटनैतिक तबरबाट पहल गरि फिर्ता ल्याउन पनि आन्दोरत विद्यार्थीहरुले सरकार समक्ष माग गरेका छन ।विरोध ¥यालीमा सहभागीहरु नेपाली भुभाग फिर्ता गर,सिमा मिच्न पादैन यस्तो छिमेकी चाहिदैन,गोर्खालीका सन्तान हौ,पछि हामी हटदैनौ,अघि बढ सरकार हामी तिमो्र साथमा छौ जस्ता नारा लगाउदै र पलेकाड बोकेर सदरमुकाम गमगढीको कृष्ण चोक,मिलन चोक अदालत चोक हुदै पुन कृष्ण चोक पुगेर बजार परिक्रमा गरेको थियो । प्रर्दशनमा नेपाल विद्यार्थी संघ,अनेराश्ववियका विद्यार्थी कार्यकर्ता र स्वतन्त्र युवाहरुको सहभागिता थियो ।