Advertise here
कथनी भन्दा करणीमा जाेड दिन जि.स.स. प्रमुखकाे अाग्रह
Advertise here

चैत्र १६ । मुगु
विगत दुइ वर्ष देखि मुगु  र बाजुरा जिल्लामा शिक्षा, स्वास्थ्य र कृषिकाे क्षेत्रमा काम गर्दै अाइरहेकाे अवसर परियाेजनाले कृषि प्रशार सम्बन्धि कृषि प्रशारकहरू लगाएत अवसर परियाेजनाका सामाजिक परिचालकहरूलाइ  २ दिने जिल्ला स्तरीय पुनःतार्जगी तालिम जिल्ला स्थित चन्दनाथ हाेटलमा अाज सम्पन्न गरेकाे छ । 


१५ गते बिहान सवा नाै बजेबाट शुरू भएकाे तालिमकाे उद्घाटन शेषनमा बाेल्दै मुगु जिल्ला समन्वय समिति प्रमुख पूर्ण बहादुर राेकायाले भन्नु भयाे । " मुगु जिल्ला भाैगाेलिक विविधतायुक्त जिल्ला हाे , यहाँ अाज भन्दा केहि बर्ष पहिले  जिल्लाका बासिन्दालाइ अावश्यक पर्ने सम्पूर्ण खाद्य पदार्थ जिल्ला भित्र नै उत्पाद हुने गर्थ्याे तर अाजभाेलि काम भन्दा कहानी बढी भन्ने गर्ने  प्रचलनले गर्दा  जिल्लामा खाद्य उत्पादन क्षमता घट्दै गइरहेकाे  छ ।जसका कारण  जिल्लामा निर्यात भन्दा अायात बढेकाे छ ।  अबका दिनमा कथनी भन्दा करणीमा जाेड दिन तालिमा सहभागी सबैलाइ अनुराेध गर्दछु । " 
२ दिन सम्म चलेकाे उक्त तालिममा कृषि  विकास कार्यालयका अधिकृतहरूले प्रशिक्षण दिनु भएकाे थियाे । 

Advertise Here