कस्ता र कति छन जुम्लामा गरिब घरपरिवार ?
शुभाकर विश्वकर्मा,
३१ असार जुम्ला
जुम्लामा ९ हजार १ सय ४७ जना गरिब परिवार रहेका छन् । जुम्लाका आठ वटा स्थानिय तहमा ९ हजार १ सय ४७ जना रहेको पाईएको हो ।जुम्लामा रहेका गरिब घरपरिवारमा मध्य तीन समुहमा वर्गिकरण गरिएको छ । जुम्लाकाअति गरिब, मध्यम गरिब र सामान्य गरिबको सुचि सार्वजनिक गरिएको छ । कनका सुन्दरी गाउँपालिकामा १ हजार २ सय ६७, सिँजा गाउँपालिकामा १ सय ९५, हिमा गाउँपालिकामा१ हजार २ सय १९ जना गरिव परिवार रहेका छन् । यस्तै तिला गाउँपालिकामा १ हजार ३ सय सय ८८ ,तातोपानी गाउँपालिकामा१ हजार २ सय ९० चन्दननाथ नगरपालिकामा१हजार ९२ जना गरिब छन् । गुठिचौर गाउँपालिकामा १ हजार ७२ जना , र पातारासी गाउँपालिकामा ७ सय २७ जना गरिब छन् । विस २०६८को जनगणना अनुसार १ लाख २० हजा जनसंख्या छ ।