Advertise here
रारा स्थित मुर्मा लगायत ३ वटा गन्तब्य गाउँ घोषणा
Advertise here








मुगु १२ असोज गाउँ पर्यटन प्रवद्धन मञ्च नेपाल ९भिटोफ–नेपाल०ले रारा स्थित मुर्मा लगायतका ३ वटा गन्तव्य गाउँ घोषणा गरेका छन्। भिटोफ–नेपालले ती गाउँलाई भ्रमण वर्ष गन्तव्य घोषणा गर्दै यस वर्षको विश्व पर्यटन दिवस मनाएको छ ।बिहीबार राजधानीमा आयोजित कार्यक्रम बिच भिटोफ–नेपालले कर्णाली प्रदेशको मुगु जिल्लास्थित रारा ताल नजिक रहेको मुर्मा गाउँ, लमजुङगको राईनास्कोट गाउँ र रामेछापको दोरम्बा गाउँलाई पर्यटन भ्रमण वर्ष गन्तव्य गाउँ घोषणा गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटन मार्फत गाउँहरुको आर्थिक विकास सँगै नेपाल समृद्धितर्फ अगाडी बढने बताए । मन्त्री अधिकारीले घोषणा भएका गाउँहरुका प्रतिनिधि मुर्माबाट रारा पर्यटन विकास समितीका अध्यक्ष देबिकृष्ण रोकाया, दोरम्बा गाउँका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठ र राईनास्कोटबाट विष्णुमाया गुरुङगलाई प्रमाण पत्र सहित सम्मानित गरेका थिए ।सो अवसरमा बोल्दै भिटोफ–नेपालका अध्यक्ष ध्रुव सिम्खडाले राज्यले सरकारी कर्मचारीलाई लिभ होलिडे मनाउन व्यवस्था गर्न सुझाउ दिँदै, गाउँ पर्यटन प्रवर्द्धनका लागि आवश्यक निती ल्याउन आग्रह गरे । राज्यले भौतिक पुर्वाधार विकासमा ध्यान दिनु पर्ने बताउदै अध्यक्ष सिम्खडाले कम लगानीमा नै पर्यटन मार्फत मात्र गाउँमा रहेका नेपालीहरुको आर्थिक स्तर उकास्न सकिने बताए ।

Advertise Here