उदारणिय गाउँपालीका बन्दै पातारासी
दिलमाया शाही
चैत्त ५ जुम्ला
विकास र समृद्धि नागरिकको जिवनसंग जोडीएको मुल आधार हो । जब विकास हुँदैन तबसम्म समृद्धि हासिल गर्न असम्भव छ । जुम्लामा रहेका ८ वटा स्थानीय तहहरुले विकास निर्माणको कार्यलाई रप्तारमा अघि बढाउन नसकेको आरोप लाग्ने गरेको छ ।, केहि स्थानीय तहले छोटो सयमै उदारणीय काम पनि गरेका छन् । जनभावना र जनआकांक्षा अनुसारको काम भएको जनप्रतिनिधिहरुले देखाएका छन् । केहि स्थानीय तहले काम गरे पनि त्यो सबैलाई थाहा पाउने गरि देखाउन सकेको अवस्था छैन् । काम भएको हुन्छ तर, देखाउन नसक्नु जनप्रतिनिधिको कमजोरी हो । गाउँपालिकाले गरेको काम प्रष्ट देखिने गरि काम गरेका गाउपालिका प्रति भने नागरिक हर्षित छन । नागरिकहरुको आवश्यताका अधारमा छिटोछरीतो काम गर्ने उदारण बनेको छ , पातररासी गाउपालिका,,,, विकास निर्माणका कामलाई सोचे अनुरुप अघि बढाउन नसकेपनि वर्षभरी गरेको काम र भएका उपलब्धिलाई जनताका बिचमा जानकारी गराउने कार्य पातारासि गाउँपालिकाले गरेको छ । केहि गौरवका योजना र केहि जनताका प्रत्यक्ष जनजीविकासँग जोडिएका कामहरु पातारासिले गरेको देखीन्छ ,छ । शिक्षा, पर्यटन, कृषि र पूर्वाधार, सभ्य सुन्दर र समृद्ध पातारासिको मुल आधार भन्ने मूख्य भनाइलाई आत्मसाथ गर्दे विकास गर्न तर्फ लागी परेको देखीन्छ ,।।
गुनासो सुन्ने पहिलो गाउपालिका
नागरिकको गुनासो सुन्ने र उनिहरुले गरेको प्रश्नमा सरकारले जवाफ दिने काम पातारासि गाउँपालिका पहिलो बनेको छ ।। त्यहाँका स्थानीयले मनमा लागेका कुरा प्रत्यक्ष रुपमा सरकार समक्ष राख्न पाएका छन् । गाउँपालिकाले गरेको विकास, सुरक्षा र मदिरा नियन्यणका विषयमा स्थानीयले खुलेर मनमा लागेका कुरा राखेका छन् । सरकारले गरेको कामलाई सुधार गर्न र आगामी दिनमा हुने विकास निर्माणका कामलाई अझै प्रभावकारी रुपमा संचालन गर्न सरकारलाई जनताले सुझाव दिएका छन् ।
स्थानिय सरकारको अनुभित
त्यहाका नागरिकले सिहदरवर गाउमा आएको महसुस गरेको स्थानिय रामतुला बुढाले बताइन । उनले भनिन् पहिला सानोकामको लागी सदरमुकाम धाउनु पथ्यो अहिले पालिकाले दिएको छ । बुढाले थपिन ् सरकार समक्ष आफ्नो मन्मा लागेका गुनसो गर्न पाउदा खुसि लागेको छ । ,स्थानीय सरकार गाउँमा आइ सकेपछि भएका उपलब्धि र आगामी दिनमा गर्नु पर्ने बाँकि विकास निर्माणका बारेमा जानकारी गराउन वृहत्त सार्वजनिक सुनूवाई कार्यक्रम गरेको हो । गाउँपालिकाले गौरवका योजनाहरु अघि सारेको छ।
योजना यस्ता छन ?
उथ्र्रु पेरे चोत्रा सडक, चुकेनी जलविद्युत आयोजना, रारा–मुन्दु–धान,चौरी, लुम, सेफुक्सोण्डो सडक निर्माणलाई गौरवका योजनाका रुपमा पातारासि गाउँपालिकाले अघि सारेको छ । गाउँपालिकाको मुहार फेर्नको लागि दिर्घकालिन रणनीतिक गुरु योजना तयार गर्न लागेको बताएको छ । विकास र समृद्धिको नारालाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए। सरकारले गर्ने काम पारदर्शि हुनु पर्ने भन्दै उहाँले गाउँपालिका बासिलाई डर रहित वातावारणमा बस्न पाउने व्यवस्था गर्नु सरकारको कर्तव्य भएको बताए ।
मदिरा न्युनिकरण गर्ने
मदिरा सेवनलाई न्युनिकरण गर्न तर्फ स्थानिय सरकार तयार रहको अध्यक्ष बोहोराले बताए । उनले भने यसैको प्रयोगले गर्दा समाजमा विकृति फैलिएको छ । समाजमा विकृति फैलाउने जोसुकै व्यक्तिलाई शुन्य सहनशिल्ता अपनाएर कारबाहीको दायरामा ल्याउने उनकोे भनाइ छ ।स्थानीय स्तरमा प्रयोग हुने मदिराले महिला र बालबालिकालाई प्रत्यक्ष असर गरेको भन्दै यस्तो कार्य नियन्त्रणको लागि सबैको भूमिका हुने पतररासी गाउपाकिाका प्रमुख प्रशासिकय अधिकृत टेक बहादुर बुढथापाले बताए ।उनले भने समाजमा हुने जघन्य प्रकृतिका घटना मेलमिलापका आधारमा टुंगो लगाउन नहुने भन्दै कानुनी प्रक्रियामा आउन नागरिकलाई सुझाव दिए ।सभ्य समाज निर्माण हुन सकेमा समृद्ध समाज निर्माण गर्न सकिने भन्दै सकारात्मक सोचको विकास हुनु पर्ने बुढाथापाले बताए
कृषि र पर्यटनमा अब्बल पातररासी
जुम्लाका अन्य गाउँपालिका भन्दा पातारासि क्षेत्र कृषि र पर्यटनमा अब्बल रहेको क्षेत्र हो । गाउँपालिका भित्रको स्रोत साधनलाई भरपुर सदुपयोग गर्दे सुखि र खुसी नागरिक निर्माणको अभियानमा जुटेको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा कालिमार्सी धान फल्ने छुम ज्युलोलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने भएको छ ।
अभियानमा सहयोग गर्न आग्रह
पातारासि गाउँपालिकालाई बाल विवाह, मदिरा, छाउपडि र छुवाछुत मुक्त गाउँपालिका निर्माणको अभियानमा सहभागि भएकाले सबैलाई सहयोग गर्न गाउपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम तय गरेकाले विकास निर्माणका क्षेत्रमा देखिने गरि कामको थालनी भएको छ । पातारासि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकवहादुर बुढथापाले समृद्धि र नमूना गाउँपालिका निर्माणको कार्यमा सिंगो टिम लागिएको बताइए ।उनले भने पर्यटन क्षेत्रको विकास र कृषिलाई मुलधारमा राखेर गाउँपालिकाले कार्यक्रम अघि सारीएको छ ।
